text stringlengths 2 914 |
|---|
यस्तो हुन सक्छ र ? |
विप्लव प्रतीक |
नजाने संसारको कुनकुन प्रदेश उसकै मनखुसी डुल्दैडुल्दै, कहिले नदी, पहाड, जंगल र सागर छुँदै मायालुका केश फर्फराइदिँदै केही थकित मानिसहरुलाई शीतल बाँड्दै मन्द पवन मछेउ आइपुगेको छ सुवासको सौगात लिएर । |
सिमेट्रीमा सखार वाक |
राजव |
‘स्टप ।’ ‘स्टप ।’ म पछाडि फर्किएँ । वातावरण स्पष्ट देखिने बेला भइसकेको थिएन । सखारको चार नबज्दैको बेला थियो । म अडिएको चाल पाएर फेरि त्यही स्वरले भन्यो, ‘कम हेर ।’ |
वेश्या |
अस्मिता बादी |
विवशतामा उत्रिएको मेरो चोली वीर्य र रगतमा लतपतिएको फरिया स्तनमा गाडिएका दाँतका नीला डामहरू पुजारीले यौवनको हवस गरेको मेरो योनि तड्पिएको त्यो रात अनि त्यही रात मुटुमा पसेको चिसो अपमान अनि अपमानमै जलेको मेरो अस्तित्व यी सबै त प्रमाण हुन् म वेश्या हुनुका । |
एक सर्को बास्ना |
शिवानीसिंह थारू |
प्रस्तावना प्रेमको आलिंगनमा पहिलोपटक जकडिइँदा के मैले दाँजेकी थिएँ प्रेमीको गर्दनबाट सुवासिएको मांसल बास्ना र बुबाले लगाउने ‘कियो कार्पिन’ केशतेलको सुगन्ध हल्का ? लेखिका आँखा चिम्लेर सम्झिने प्रयास गरिरहेकी थिई । नाकको पोरा फुलाउँदै हरेक सासमा सुवासीय स्मृति खोजिरहेकी थिई । |
सेम्ला माया |
राबत |
सुकबहादुरको जाँडको डबकामा घाम अस्ताइसकेको थिएन । |
प्रश्नयुद्ध |
रेशम विरही |
अनेक प्रश्नहरु छन् मानिससँग युगौंदेखि जमठ भएर बसेका आदिम प्रश्न |
जन्मदिन नभएको मान्छे ! |
भूपाल राई |
बुद्व जन्मिनासाथ सात पाइला हिँडेका थिए रे ! |
जुन २६ को सपना |
विश्व पौडेल |
सामान्यतया अगस्ट लागेपछि बर्कलीमा केही हप्ता तातो सुरु हुन्थ्यो । स्थानीयहरू त्यसलाई ‘हिट वेभ’ भन्थे । मेरी घरभेटी बज्यै एक जना वृद्धा थिइन्, जो एक्लै बस्थिन् । क्यालिफोर्निया सुक्खा हुँदै छ भन्ने कतै पढेदेखि नै कोठामा बस्नेहरूले पानी धेरै खर्च नगरून् भन्ने उनको चाहना हुन थालेको थियो । |
विचारको बजारशास्त्र |
गनेस पौडेल |
भन्छन् नि, ‘काम गर, दुनियाँले तिमीलाई के भन्छ वास्ता नगर ।’ हिन्दीको भनाइ झन् स्वादिलो छ— सबसे बडा रोग, क्या कहेंगे लोग ! प्रेरणा र परामर्शको मेन्युमा आइरहने अचार अभिव्यक्ति हो यो । तर, खास कुरा के हो भने दुनियाँले बनाउने तपाईंमाथिको विचार वा राख्ने तपाईंउपरको धारणा निरपेक्ष हुँदैन । |
आश्विन १६, २०७८ |
दुबोको कथा |
रजनी ढकाल |
उन्मुक्त छु हरियो हाँसोमा मेरै सामुन्ने छ तिम्रो रंगीन आवरण र, बोलिहेछु आफ्नै समयको कथा ! |
हिमाली कथा : हिउँमा हाइभिजन हल |
कुन्साङ |
हुम्लामा ठूल्ठूला घर बनेका थिए । नयाँ होटल र मोबाइल पसल खुलेका थिए । तर, ०५६ सालमा खुलेको रत्ना कुमारी हाइभिजन हलको ढोका सधैंका लागि बन्द थियो । |
गँगटाको चटनी ! मुसाको चखना ! |
संगीता उराँव |
‘आज्जी, आज्जी, आज्जी... खरा कोहा ककडो रइ,’ हामी दुईबीच घम्साघम्सी चलिरहेको थियो । न मैले छोडिरहेकी थिएँ, न एक हात गहिरो दुलोभित्र बसेको गँगटोले । मेरा दसमध्ये माझीऔंलालाई दुई ठूला बक्का (कैंची) ले बेस्सरी च्याप्प समातिरहेको थियो गँगटो । |
अफ्रिदीको ‘एभरेस्ट इन्काउन्टर’ |
सुरज कुँवर |
काठमाडौं गौचरबाट उडेको यती एयरलायन्सको एटीआर–७२ टर्बोप्रोप विमान उत्तरी भेगका हिमशृंखला नजिकै फन्को लाउँदै एक घण्टामै काठमाडौं फर्किने तरखरमा छ । आइतबार बिहान ४४ यात्रु बोकेर त्यो माउन्टेन फ्लाइट उडेको थियो । जहाजको अन्तिम लहरको दोस्रो सिटमा एक्लै बसेका एक यात्रुले अरू सहयात्रीको ध्यान खिचिरहेका थिए । गाढा नीलो क्याप, इटालियन रेबान चस्मा, अर्मानीको कालो टिसर्ट र जिन्स पाइन्टमा मास्कले अनुहार छोपेर बसेका उनी थिए– पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी । |
सिन्धुघाटी : ३ हजार वर्ष पुरानो निद्रा |
विकास बस्नेत |
हिन्दु, यहुदी, इसाई मिथकहरूमा पुरानो सभ्यताको अन्त्य र नयाँको आरम्भसँग भिषण बाढी जोडिएको छ । बाइबलको बाढी ईश्वरको प्रत्यक्ष्य हस्तक्षेप हो । मान्छेको अटेरीपनाले आजित ईश्वर आफ्नै प्रिय सृष्टि नष्ट गर्न भीषण बाढी निम्त्याउँछन् । एक मात्रै इमानदार नोहालाई मान्छेको बंश विस्तार गर्न जोगाएर परमेश्वरले सम्पूर्ण मानव सभ्यता बाढीमा डुबाउँछन् । यता सतपथ ब्राह्मणमा उल्लिखित मिथकमा बाढी एउटा नियमित प्राकृतिक प्रकोप हो । यहाँ दयालु मनुलाई माछाले बाढीको पूर्वसंकेत दिएर बचाउँछ । हिन्दु मिथकअनुसार, नयाँ सभ्यताको आरम्भका लागि बाँचेका उनी एक्ला आदिपुरुष हुन् । |
गान्धी हत्या : षड्यन्त्र र स्रोतको खोजबिन |
उपेन्द्रराज पाण्डेय |
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन जे विषयमा पनि सम्झौता गरेको आरोप लगाउँदै वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले एक अभिव्यक्ति दिए, ‘खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है ! कोही नाथुराम गोड्सेको आवश्यक पर्यो अब, यो देश बचाउन । कोही गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’ |
‘सतीप्रथाको अवशेष अझै जब्बर बनेर बसिरहेकै छ’ |
दीपक सापकोटा |
नारीलाई जिउँदै चितामा धकेल्ने इतिहासकै एउटा क्रूर संस्कार हो, सतीप्रथा । जन्मँदै पितृसत्ताको जन्जिरले बाँधिएका नारीहरू आफ्नो स्वाभाविक आयु बाँच्नसमेत स्वतन्त्र रहेनन् । महिलाको जीवनलाई पुरुषको नियन्त्रणमा राख्न थालनी गरिएको यो प्रथालाई पछि शासकहरूले सत्ता टिकाउने हतियारसमेत बनाए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले सय वर्षअघि कानुनी रूपमै बन्देज नलगाएसम्म नेपालमा पनि यो शृंखला लामै चलिरह्यो । |
पृथ्वीसँग बात मार |
अजय दीक्षित |
कोभिड–१९ को त्रास अझै उस्तै छ । आफन्तका असामयिक मृत्युका पीडा छँदै छन् । असोजमा पनि असारे झरीझैं दर्केर पानी परिरहेकै छ । अघिल्ला वर्षझैं यस वर्ष पनि घर–गोठ, बारी–कान्ला र बाटा भत्किए, पुल–पुलेसा र घर–खेत बगे । बस्ती डुबानमा परे । कति ठाउँमा आवतजावत रोकिएर बिरामीका लागि औषधि किन्न बजारसम्म जान सकिने अवस्था पनि थिएन । आउँदा वर्ष पनि यस्ता घटना घट्नेछन् । बाढी–पहिरोका घटना पहिले पनि हुन्थे । फरक यत्ति हो— हिजोआज यी बढेका छन् । मनसुनको पहिलो झरीमै विनाशकारी बाढी–पहिरो आउन थालेका छन् । |
आश्विन ९, २०७८ |
जम्काभेट शवहरूसँग |
सत्यभामा माथेमा |
यहाँ लेखिएका यी कथा मनगढन्ते होइनन्, बेहोरेकै व्यथा हुन् । न्यायाधीश पदबाट सरकारी अधिवक्तामा सरुवा हुँदा भएका लासहरूसँगका जम्काभेटको नालीबेली हो यो । म कानुनमा हदै अडिग भइदिँदा सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत चिढिए । सजायस्वरूप म जिल्ला न्यायाधीशको पदबाट अञ्चल सरकारी अधिवक्तामा सरुवा गरिएँ । २०३०–३२ सालतिर अपराध भएका घटनास्थलमा प्रहरीसँगै सरकारी अधिवक्ता पनि जानु अनिवार्य थियो । त्यसै क्रममा आत्महत्या वा हत्याको स्थलगत लास मुचुल्का गर्दा धेरै लाससँग साक्षात्कार गरेकी छु । |
जब्बर फ्यानको बखान |
वसन्त थापा |
देव आनन्द हिन्दी फिल्म संसारका यस्ता सितारा थिए, जसको चिर युवाको रोमान्टिक छवि तथा आकर्षक अदाकारीको सम्मोहनबाट दर्शकका तीन–तीन पुस्ता बाँधिएका थिए । फिल्म लेख्नु, बनाउनु, निर्देशन गर्नु र त्यसमा खेल्नु नै यी अविश्रान्त अभिनेताको ध्येय बन्न गएको थियो जीवनको । र, मृत्युपर्यन्त फिल्म बनाइरहे उनले । नेपालमै सुटिङ गरिएका देव आनन्दका फिल्ममध्ये ‘ब्लक बस्टर’ बन्यो ‘जानी मेरा नाम’ । दरबारसँग पनि उनको घनिष्टता थियो । उनी महेन्द्रका विशिष्ट अतिथि बनेर काठमाडौं आएका थिए– युवराज वीरेन्द्रको विवाहमा । |
लिखुरी हावा लिखुरी... ! |
पदम गौतम |
उखुम गर्मीमा उफ्रिँदै खेल्दै छन् नानीहरु लामो समयदेखि हावा चलेको छैन गाउँमा घमौरा कन्याउँदै उनीहरु डाकिरहेछन् हावा– लिखुरी हावा लिखुरी... ! |
क्रान्ति |
निमेष निखिल |
बटुल्दै आँखाबाट खसेका सपना म फेरि तिमी छेउ आइपुगेको छु । |
तालको पानी बगेर जानी |
भोगीराज चाम्लिङ |
भूगर्भशास्त्रीय अध्ययन भन्छ— आदिम समयमा काठमाडौं उपत्यका तालका रूपमा थियो । ठ्याक्कै यही कुरा काठमाडौं उपत्यकामा प्रचलित मिथकहरूले पनि भनिरहेका छन् । जस्तो कि बौद्ध मिथकअनुसार, उहिल्यै यो तालको नाम नागबास (नागह्रद, नागदह) थियो । तालमा विपश्वी बुद्धले कमलको बीउ रोपे । त्यो कमलमा ज्योतिरूप स्वयम्भूका रूपमा आदिबुद्धको प्रादुर्भाव भयो । |
नयनतारा कन्फेसन्स |
राजा पुनियानी |
कथाकार/कवि अविनाश श्रेष्ठको बहुचर्चित कविता हो– ‘कुन्नि कुन अपरिचित गाउँकी नयनतारा बरूवा ।’ विसं २०३८–४० मा असममा भएको ‘विदेशी बहिष्कार’ आन्दोलनमा धेरै नेपाली लखेटिएका र मारिएका थिए । त्यसै सन्दर्भको हो– २०४० मा लेखिएको यो कविता । |
अफगानी लेखकहरू सम्झेर |
अभि सुवेदी |
अफगानिस्तानको संकटले सवैका मनमा तरङ्ग जन्माएका छन् । उत्तरभन्दा प्रश्न धेरै उठ्ने रहेछन्, यस्तो किसिमको अकस्मात् परिवर्तनमा । मेरो मनमा पनि अनेकौं प्रश्न उठेका छन् । ती राजनैतिकभन्दा साहित्यिक प्रकृतिका छन् । आफूले सम्झिने न अफगानी राजनेता हुन्, न पत्रकार र सरकारी मानिस । ती हुन् साहित्यिकार, जोसँग यस्तै संगमहरूमा भेट गरियो । कविताको गोधूलिमा भावना, पीडा र आह्लाद बुझ्ने प्रयास गरियो । तिनका विषयलाई लिएर अफगानिस्तानको अहिलेको स्थितिमाथि कल्पना गर्ने जमर्को हो यो लेख । |
अम्बेडकर–गान्धीको सत्य शल्यक्रिया |
गुरुङ सुशान्त |
पछिल्लो समय नेपालमा अरुन्धती रोयका प्रशंसकहरू झन्–झन् बढेको दृश्यलाई सुखदै मान्न सकिन्छ । तर, विस्मित विपर्यास यस्तो छ– अरुन्धतीलाई नानावली अलंकारसहित बखान गर्ने कतिपय नेपाली ‘विद्वान्’ नै जात–व्यवस्थाको सन्दर्भमा परोक्ष गल्ली हुँदै दक्षिणपन्थी गजुर छुन पुगिहाल्छन् । |
आश्विन २, २०७८ |
रातो पृथ्वी, तातो पृथ्वी |
रमेश भुसाल |
पाँच किलोमिटरको दौडपछि पाइला रोकिए । पूरै शरीरै रोयो । म सडकछेउको इँटाले बनेको एउटा सानो पर्खालमा थचक्क बस्छु, जमिनतिर मुन्टो फर्काएर– स्याँस्याँ गर्दै ! धेरै अक्सिजन हुल्न म प्रयासरत छु किनभने अंगअंगमा बढेको अक्सिजनको माग पूरा गर्न मेरो फोक्सोलाई थप सक्रिय बनाउनुपरेको छ । हावामार्फत आएको अक्सिजन नाकमुखबाट फोक्सोमा पुगेपछि त्यहाँबाट मुटुले तानेर रगतमा रहेको हेमोग्लोबिनको सहाराले शरीरभरि पुर्याउँछ । हावाको अक्सिजनलाई रगतमा मिसाएर शरीरभरि पुर्याउनु, फुर्ती गर्नु– यही हो बाँच्नु भनेको । यति गर्न नसकेको दिन जिन्दगी चैट हुन्छ ! |
मकलको आगो र फुलमार चुरोट |
भुवन ढुंगाना |
लक्ष्मीप्रसाद देवकोटाको भदौ २९, २०१६ सालमा निधन भएको थियो । म त्यसबखत विरानगरमा कक्षा ८ मा अध्ययनरत थिएँ । त्यसदिन स्कुलमा छुट्टी भएको थियो । |
हिमाली दुःख आख्यानमा |
मणि लोहनी |
साहित्यको समालोचक/समीक्षक होइन म । कथा, कविता लेख्न रहर गर्ने र मिलेसम्म राम्रा किताब पढ्न खोज्ने एक सामान्य पाठक हुँ । म यहाँ नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘द्रौपदी अवशेष’ माथि समालोचकीय सिद्धान्तभन्दा पर रहेर सिलसिला नमिलाई एक सामान्य पाठकीय अनुभूति राख्न चाहन्छु । उपन्यासका दुई फरक संवादले निकै प्रभावित बनाउँछ । |
विष्णुशमशेरको त्यो मुक्का |
जनकराज सापकोटा |
कोसेली’ को अघिल्लो अंक (भदौ २६) मा इतिहासकार डा. महेशराज पन्तलिखित ‘श्री ३ चन्द्र–पुत्रको रुमानी रहस्य’ शीर्षक इतिहास–आलेखमा उल्लेख नभएका केही नयाँ तथ्य भेटिएकाले यहाँ समेटिएको छ । |
भाद्र २६, २०७८ |
पृथ्वी एक्सप्रेस |
केशव सिलवाल |
करोडौं वर्षको हो पृथ्वी र मेरो बीचको प्रेम |
मधेस मर्म |
कुमारी लामा |
किनारीकृत समुदायका कथा लेख्छन्– श्याम साह । सीमान्तीय आवाजमा उनको कलमले बल प्रदान गर्छ ! उनी धूलोको कथा बटुल्छन्, मधेसको व्यथा उजागर गर्छन् ! दमन र उत्पीडनको कहर उप्काउँछन् । कथासंग्रह ‘अब्बा’ मा साहले ‘लाटीको छोरा’ जस्तो शक्तिशाली कथामार्फत हाम्रो सामाजिक मनोविज्ञानलाई उदाङ्गो पारेका थिए । साहको पछिल्लो कथासंग्रह ‘पथेर’ सिमानाका मानिसको रगत र पसिनाले सिञ्चित फरक सुवास बोकेका कथाहरूको संग्रह हो । |
आनन्ददेव भट्टको प्रगतिशील टर्च |
श्यामल |
नेपाली समाजलाई उन्नत बनाउन जीवनभर संघर्ष गर्ने एक अग्रज प्रतिनिधि पात्र आनन्ददेव भट्ट बितेर गएपछि मन एकतमासले वेचैन भयो । अंग्रेजी भाषा साहित्यका प्राध्यापकको रूपमा उनका शिष्यहरूले चिन्नु त छँदै छ, विद्रोहका कुशल संगठनकर्ताका रूपमा, प्रगतिशील सोचका अभियन्ताका रूपमा, सरल भाषाका सहज कविका रूपमा र लेखनमा सन्तुलन बनाइराख्ने प्रगतिशील समालोचकका रूपमा उनी सम्झिइनेछन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.