text stringlengths 2 914 |
|---|
त्यो हिँडाइ, यो साइक्लिङ |
जीवन क्षत्री |
मध्याह्नको समय । पानी नपरेको बर्खाको दिन । पातलो बादल छेडेरै साइकलको सिट तताउने गरी सूर्यको ताप आइरहेकाले उखुम गर्मी थियो । त्यसमाथि पानी बोक्न बिर्सेछु । |
साथी हो, म त बाटैमा छु ! |
विनोदविक्रम केसी |
जिन्दगीको महाभाष्य ‘केवल द्रव्य महान् !’ बनाएका मेरा एक डफ्फा द्रव्यपरायण साथीहरूका सस्ता सवाल झेलिरहेको हुन्छु : यो जगत्मा तँ कहाँ छस् ? द्रव्यको दुनियाँमा कहाँ छस् ? उन्नतिको आकाशमा कहाँ छस् ? मुद्राको मर्त्यलोकमा कहाँ छस् ? जिन्दगीमा गरिस्चाहिँ के ? |
श्री ३ चन्द्र–पुत्रको रूमानी रहस्य |
डा. महेशराज पन्त |
इतिहासमा खासै चर्चा नगरिएका विष्णुशमशेर र हलिउड अभिनेत्री स्यान्ड्राको रोमान्सदेखि ट्र्याजेडीसम्मको कथा हो यो । श्री ३ चन्द्रशमशेरका छोरा हुन्– विष्णुशमशेर । यहाँ श्री ३ भीमशमशेरले १९८८ जेठ १८ गते फ्रान्सका इतिहासविद् सिल्विं लेविलाई लेखेको चिठी र त्यसमाथि इतिहासविद् महेशराज पन्तको विश्लेषण प्रस्तुत छ । प्यारिसको राष्ट्रिय पुस्तकालयमा सुरक्षित त्यस चिठीमा नेपाल–खाल्डोमा भेटिएका लिच्छविकालका दुई शिलालेखको उतारदेखि विष्णुशमशेर भारत छोडी प्यारिस पुगेसम्मको विवरण छ । |
भाद्र १९, २०७८ |
ताता दिनहरू आउनेछन् |
कृष्ण ढुंगाना |
मान्छेले दिनदिनै जीवनयापनका सुविधा र उपभोग क्षेत्र थप्दै गइरहको छ । हातहातमा चल्ने स्मार्टफोनको ब्याट्री आयु बढाउनेदेखि, लाखौं टेगाबाइट डाटा भण्डारण गर्ने क्लाउड सेन्टरसम्म । खाना पकाउने चुल्होदेखि एउटा बटन दबाउँदा तातो/चिसो पानीले दिशा धुने ट्वाइलेट ब्रससम्म । प्रत्येक दिन सूर्य उदाउँदा करोड डलर कमाइ गर्ने ठूला उद्योगदेखि लिफ्टको सहारामा चढ्नुपर्ने गगनचुम्बी व्यापारिक भवनसम्म । रिमोट दबाउँदा घरकै ताप आफूअनुकूल बनाइदिने एयर कन्डिसनदेखि सिटमा मसाज सुविधा भएका सवारी साधनसम्म । |
धरहरा |
भूपिन |
रात स्वयम् छ गहिरो निद्रामा नसुतेको तिमी छौ र म छु पुलिस दाइ ! म केही छिन आँखाको पिरो मार्न चाहन्छु म केही छिन आँखाको ढक्कन बन्द गर्न चाहन्छु नयाँ बनेको यो धरहरामा आज एकरात बास बस्न चाहन्छु ! |
बाउ बदलिए भने |
शान्ता बस्नेत |
मसेन्जरको भिडियो–कलमा मैले देखें, बुवालाई आँगनमा सुताइएको थियो । आँखा बन्द थिए । अनुहार ख्याउटे । श्वासप्रश्वासको चाप बढेको थियो । मेरो कान्छो दाइ भूपेन्द्रले ‘यो शान्ताको तर्फबाट’ भनेर बुवाको मुखमा पानी खुवाउँदै गरेको देखेपछि मेरा आँखा एक्कासि धमिला भए । मैले वरिपरि तिरमिर–तिरमिर देखें । हेर्न नसकेर चल्दै गरेको मेसेन्जरको भिडियो बन्द गरें । भक्कानिएर उभिएकै ठाउँमा थ्याच्च बसें । त्यतिबेला मेरो कर्मथलो क्यानडामा झमक्कै साँझ परेको थियो । मलाई लाग्यो, फेब्रुअरी ७ को त्यो साँझ मेरो संसार अँध्यारो बनाउन आएको हो । |
'मलाई त्यसले छोएको मन पर्दैन' |
शैलिका छेत्री |
ऐलट्रइज्म पीडामा स्त्री मानव सभ्यतामा पुरुष जातिलाई पौरुष्य सभ्यताको सर्वश्रेष्ठ प्रतिनिधिका रूपमा स्थापित गरिएको छ । स्त्रीमाथि भइआएको उत्पीडनले समाजको रोगी मानसिकतातर्फ संकेत गर्छ । कामसूत्र भन्छ, ‘अभ्यस्त इन्द्रिय सुख, जस्तै कामुक इच्छाले पनि दुःखलाई निम्त्याउँछ ।’ जुन समाजमा जागरुकताको कमी हुन्छ, त्यहीँ नै यौन आनन्दको नाममा लुटिएको हुन्छ मानव अस्मिता । तर, के यौन यति बढी स्पेस पाउने विषय हो र ? बायोलोजिकल दृष्टिले हेर्ने हो भने यौन केवल प्रकृतिमा होमो सेपियन्स अर्थात् हामी मानव जातिको जनसङ्ख्यालाई कायम राख्ने अति साधारण प्रक्रिया मात्रै हो । |
जो पानीमा ‘आगो’ बालेर गए |
सुरेश किरण |
कवितामा अरू जम्मै छुटे पनि कविताचाहिँ छुट्नु हुन्न’, कवि पूर्ण वैद्य बरोबर भनिरहन्थे । जतिबेला पूर्ण वैद्यले नेपालभाषामा कविताको गद्यलेखन सुरु गरे त्यतिबेला यो भाषामा भएभरका कविहरूको लेखन पद्यमा हुने गर्थ्यो । छन्द, मात्रा, अनुप्रास, अन्त्यानुप्रास यी सबै जोडजाड पारेपछि मात्रै कविता बन्छ भन्ने कठोर धारणा त्यतिबेला थियो । तर, पूर्ण वैद्य प्रश्न गर्थे, ‘छन्द, मात्रा, अनुप्रास जम्मै जोडेर जुन शब्दहरूको थुप्रो बन्छ, त्यसमा यदि कविता नै जोड्न बिर्सिएछ भने त्यसलाई कविता कसरी भन्ने ?’ उनको भनाइ थियो— कवितामा बरु छन्द नभए पनि केही छैन, मात्रा नभए पनि केही छैन, कविताचाहिँ हुनुपर्छ । कवितामा अरू जम्मै छुटे पनि कविताचाहिँ छुट्नु हुन्न । |
कहत कबीर सुनो भाई साधो ! |
सीके लाल |
नाम : कबीर । अरबी भाषाको शब्द, अर्थ हुन्छ ‘महान्’ । जन्म : ठोकुवा तिथिमिति अनिश्चित, तर परिस्थितिजन्य प्रमाणका आधारमा सन् १४४० । जन्मस्थान : लहतारा ताल, काशी । कर्म : कपडा बुन्ने जोलाहा । शिक्षा : निरक्षर, तर अनवरत आत्म–अवलोकन । दीक्षा : ‘भाव गुरू’ स्वामी रामानन्द । धर्म : निर्गुन एकेश्वरवाद । परिवार : जनश्रुतिअनुसार जन्म दिने आमा–बुवाद्वारा परित्यक्त, पोखरीछेउ भेट्टिएको नवजात ‘नीरू–नीमा’ दम्पतीद्वारा हुर्काइएका, पत्नी ‘लोई’ बाट पुत्र ‘कमल’ तथा पुत्री ‘कमाली’ । सृष्टि : मौखिक परम्पराका ५००० भन्दा बढी पद एवं दोहा । दृष्टि : मानवतावाद, ‘जात पात माने नहीं कोई, हरी के भजे से हरी के होई’ । मृत्यु : मगहर, सन् १५१८ । |
भाद्र १८, २०७८ |
जेबीका जीवन–आलापहरू |
रामेश |
२०३३ साल, मञ्जुल र म धनकुटा–धरानका केही ठाउँतिर सासाना गीति कार्यक्रमहरू दिएर फर्केका हुन्छौं । धरानको तातो मध्याह्नमा कोही साथीले भने, ‘ए तिमीहरूजस्तै गीत गाउने एक जना गायक कहिलेकाहीँ यतातिर झुल्किन्छन्, भेटघाट गर न ।’ केही दिनपछि खबर आयो, ‘जेबी धरान आएका छन् ।’ साथीहरूले भेट गराए । गाउँले पाराको साथी, सोझो, निश्छल, मनको कुरा सजिलोसँग गर्ने ! |
भाद्र १२, २०७८ |
अमेजन रेनफरेस्ट अर्थात् आदिमानव |
शकुन्तला जोशी |
म हुँ यो धरतीको आदिमानव नसिकाऊ मलाई सभ्यताको पहेंलो पाठ |
गरिब केटीको प्रेम |
गाई डे मोपासाँ |
रातको खानापछि सिकारको मौसमबारे गफ चलिरहेको थियो । मार क्विस डी बरट्रस र पाहुनाहरू खाना खाने टेबलवरिपरि मैनबत्ती बालेर गोलो घेरा बनाई बसिरहेका थिए । टेबल फूलहरू र अनेक फलले सजिएको थियो ।कुराकानी प्रेमको विषयमा केन्द्रित भयो, जसमाथि लामो बहस चल्यो । मान्छेले सच्चा प्रेम एकचोटि मात्रै गर्न सक्छ वा बारम्बार भन्नेमा टुङ्गो नलाग्ने बहस भयो । एकपल्ट मात्रै सच्चा प्रेम गर्ने व्यक्तिहरूका उदाहरण धेरैले दिए । |
६४ व्यञ्जनको नेवाः थाली |
हिमेश |
काठमाडौं उपत्यका र यहाँका नेवाःहरू (नेवारहरू)सँग जे–जति पक्ष जोडिएका छन्, तिनका केही न केही कथा हुनेगर्छ । एक पुस्ताले अर्को पुस्तालाई यस्ता कथा सुनाउँदै आएको छ । हाम्रो पुस्ताले पनि एउटा यस्तै कथा सुनेको छ । र, कथाले भन्न खोजेको छ— नेवारहरूले किन राँगाको मासु खान थाले ? भनिन्छ, जब इतिहासमा प्रमाणहरू पाउन गाह्रो हुन्छन्, त्यहाँ कथाहरू सुरु हुन्छन् । अझै रमाइलो त के छ भने यस्ता कथामा देउताहरू पनि मान्छेजस्तै बोल्छन् । |
भत्काऊ साहित्यका सीमा |
रोशन शेरचन |
पृष्ठभूमिको कथा यो निबन्ध कसरी लेखियो ? किन लेख्न प्रेरित भएँ ? त्यसपछिल्तिर एउटा कथा छ । तपाईंलाई त्यतातिर लैजान्छु । साउन १६ गते शनिबार, ‘फरकधार’ अनलाइनमा पाका आख्यानकार नयनराज पाण्डेको एउटा अन्तरवार्ता छापिएको थियो । अन्तरवार्ताको शीर्षक थियो, ‘अग्रजलाई सम्मान गर्नुस्, तर तिनले तोकिदिएको सीमा भत्काउनुस् ।’ |
कोरोनाकाल र हिप्पी-कल्प |
अभि सुवेदी |
पूर्णिमाको रात थियो । स्वयम्भू पहाड, वरिपरि, अलिक तलका खुला फाँट र वन स्निग्ध जुनेलीमा खुलेका थिए । त्यो सन् १९६८ को अमुक जाडो जुनेली रात थियो । लाग्थ्यो, पूर्णिमाको जून अलिक तल बिजेश्वरीतिर चिप्लिएर झरिरहेको थियो । हिप्पीहरूको पूर्णिमा महोत्सव चलिरहेको थियो । |
एक थिए सितारा |
ध्रुवचन्द्र गौतम |
सन् ५० को दशकमा एसियाका सिनेमाप्रेमीहरू तीन भागमा बाँडिएका थिए— दिलीप कुमार, राज कपूर र देवानन्द ! अरू पनि थिए, तर मूलतः यी तीन नायक थिए, जसले सम्पूर्ण उक्त जनसंख्यालाई थामेका थिए । |
हृदयका बुद्ध |
जयराम रमेश |
सन् १८७९ को जुलाईमा लन्डनमा प्रकाशित अंग्रेज कवि तथा पत्रकार सर एडविन आर्नोल्डको कविता ‘द लाइट अफ एसिया’ बुद्धलाई पश्चिमी संसारमा चिनाउने एक महत्त्वपूर्ण कृति मानिन्छ । |
भाद्र ५, २०७८ |
काजीदाइले छाडेको दूरबिन |
तीर्थबहादुर श्रेष्ठ |
काजीदाइको उडेर गएको प्राणपखेरु र चरासँग उहाँको आत्मीय सम्बन्ध मेरो मथिंगलमा मडारिरहँदा मेरी १०३ वर्षीया आमाले स्वर्गीय हुनु दुई दिनअघिसम्म पनि हामीलाई सुनाउने श्लोक कानमा गुन्जन थाल्यो- |
विसर्जनको मार्गचित्र |
गुणराज लोहनी |
हिसिला यामीको किताब ‘हिसिला यमी फ्रम रिभोल्युसनरी टु फस्ट लेडी’ विश्वचर्चित प्रकाशनगृह पेन्गुइन र्यान्डम हाउस इन्डियाबाट अंग्रेजी माध्यममा सन् २०२१ मा प्रकाशित भयो । देशमा कोरोना संक्रमणका कारण हुन सक्छ, पुस्तकको त्यति चर्चा भएको छैन । |
कविता : मेरो बगैंचाको पारिजात |
नारायण ढकाल |
वर्षा यामको अन्त्यतिर बिहान सबेरै मेरो आँगनको डिलमा उभिएको पारिजात फक्रिन्छ र, खस्छ पृथ्वीमा म त्यसको सुगन्धले लट्ठिन्छु |
एक जम्काभेट पाटेबाघसँग |
दृष्टान्त बिडारी |
वर्षौं भएको थियो, मैले पाटेबाघ हेर्न खोजेको । करिब तीन वर्षयता पाटेबाघलाई आफ्नो क्यामरामा समेट्ने सपना बुनिरहेको थिएँ । निकै पटक चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्जमा बाघ हेर्ने मेरो असफल प्रयास जारी थियो । |
बाघ सर भन्थे– बलियो जुत्ता किन्नू ! |
रमेश भुसाल |
सन् २००७ को एक बिहान । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभाग परिसरको बगैंचामा हामी उकालिँदै गरेको घाममा आफूलाई सेकाउँदै थियौं । |
समुद्र किनारमा एक कुटी |
सौरभ |
शीर्षक परिचय थेग्नै गाह्रो हुनेगरी सामान लादिएका अजंगका मालवाहक पानीजहाजहरू बगालै यात्रा गरिरहेको देखिने, तर चौडाभन्दा चौडा बगरको वारि नै ताड र नरिवलका रूखहरू तल ठिंग उभिएको कुटीलाई ‘नेपाल’ भनेर बुझियो भने यो लेख निष्चय नै स्पष्ट हुनेछ । |
कसको जित ? कसको हार ? |
रेजिना पाण्डे |
हरे आइमाईको जात ! बिहेको दुई महिनामै नछुनु रोकिएछ नि फलानोकी बुहारीको !’ मेरो बिहे हुनुअघि घरमा, मन्दिरमा, केही अनौपचारिक जमघटमा टोलकी नयाँ बुहारीबारे माथिका खासखुस सुनिरहन्थेँ । तर, कहिल्यै सोचेकी थिइनँ– बिहेपछि मैमाथि संकेत गरेर कसैले एकदिन यस्तै भन्नेछ ! |
निजी वायुयान आकाशमा, ध्वजावाहक भुइँमा |
सुरज कुँवर |
काठमाडौंबाट मनसुनी बादल छल्दै ११ हजार फिटमाथि उडेको बुद्ध एयरको अमेरिकी विच–क्राफ्ट विमान पोखरामा अवतरण गर्यो । लगत्तै उडान गर्दा काठमाडौंतर्फ सोझिएन । फेवातालमाथि ह्विस्की फोर–वान (डब्लु–४१) हवाई रुट समातेर पश्चिमतर्फ लाग्यो, दोस्रो गन्तव्य थियो- भैरहवा । |
श्रावण ३१, २०७८ |
‘शोले’ र त्यसले सारिदिएको किरा |
तीर्थ गुरुङ |
आज अगस्ट १५ । १९७५, अगस्ट १५ कै दिन पहिलोपटक ‘शोले’ फिल्म रिलिज भएको थियो । रिलिजपछिका ४६ वर्षमा ‘शोले’माथि अनेक कथा/किस्सा निर्माण भए । पहिलोपटक आफूले हेरेको पहिलो फिल्म ‘शोले’माथि कवि/कथाकार तीर्थ गुरुङसँग पनि केही घटना/केही किस्सा लिपिबद्ध छन् । रिलिजको ४६ वर्षमा ‘शोले’ सम्झना : |
श्रावण ३०, २०७८ |
श्वान गान – श्वान पुराण |
वसन्त थापा |
आज म यो आलेख त्यसरी सुरु गर्दै छु, जसरी विद्वान् लेखक डा. तीर्थबहादुर श्रेष्ठ प्रायः आफ्नो प्रबन्ध रचना सुरु गर्छन् । फरक यत्ति छ, उनी कसैको गीत या कविताको पङ्क्ति सिरानमा उद्धृृत गर्छन्, म भने आफैंले कोरेको गीतको उतार यहाँ गर्दै छु । उर्दू शेर वाचन गर्नुअघि शायरहरू ‘गौर फर्माइए’ भन्ने गर्छन् । म पनि भन्छु ‘गौर फरमाउनुहोला’ : |
फुस्कीले छाडेको चिसो भात |
संगीता उराँव |
टिङ–टिङ–टिङ ! घन्टीको आवाज सुनेर लमक–लमक पाइला सार्दै, सुँक्कसुँक्क गर्दै, एक हातले आँसु पुछ्दै, अर्को हातले किताब काखी च्यापेर स्कुलतिर अघि बढिरहेकी बालिकालाई हेरिरहेकी थिइन् झरियो । स्कुल गइरहेकी बालिका थिइन्– झरियोकी कान्छी छोरी फुस्की ! असलमा त्यसदिन झरियो पनि फुस्कीजस्तै उदास थिइन् । |
नदीलाई चाहिन्छ बाटो |
अजय दीक्षित |
नदी पहाडी भेगबाट तल्लो भेगमा बग्छ । बग्ने क्रममा नदीले आफूसित भएको ऊर्जा प्रयोग गर्छ । त्यसैले नदी सोझो भएर बग्दैन । एकापट्टिबाट अर्कोपट्टिको किनारामा यताउता गर्छ । मैदानी भागमा नदी नागबेली भएर बग्छ, जुन उसको खास चरित्र हो । आफ्नो प्रकृतिअनुरूप नदीले माटो–बालुवा बगाउँछ । हिमालय क्षेत्र भौगोलिक हिसाबले कमजोर भएको हुँदा, यहाँ हुने प्राकृतिक भू–क्षयको दर अन्यत्रभन्दा धेरै छ । बाढीसँगै नदीले प्रशस्तै थिग्रेनी पनि बगाउँछ । नदीले बगाएर ल्याएको मलिलो माटाले नै मैदानी भू–भाग र डेल्टा निर्माण भएको हो । मलिलो माटो कृषिका लागि सहयोगी हुन्छ, तर बालुवा र गेग्रान सहयोगी हुँदैनन् । |
प्राज्ञिक अपराधको विपक्षमा |
सरुभक्त |
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू,यतिखेर प्रधानमन्त्रीको हैसियतमा तपाईंका अधिकार र कर्तव्यको व्याख्यान छाट्ने कथित विद्वान् वा बुद्धिजीवी भएको स्वाङ नपारी समस्त नेपाली साहित्य वाङ्मयप्रेमी र विशेष महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि अपार श्रद्धा राख्ने उनैका एक अनुयायी भएको नाताले अत्यन्त जरुरी मानी यो सार्वजनिक पत्र लेख्ने दृढता गरेको छु । |
जादु |
रमेश क्षितिज |
अचानक – कहाँबाट आयो एक जादुगर एक दिन र आाखा चिम्लिन भन्यो ! |
श्रावण २९, २०७८ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.