text
stringlengths
2
914
अफगानिस्तानमा जो पस्यो, त्यो फस्यो
जगदीश्वर पाण्डे
सन् २०१७ को नोभेम्बर महिनाको एक साँझ । भारतको चेन्नई सहरस्थित एसियन कलेज अफ जर्नालिज्मको प्रांगणमा मसहित भारत, भुटान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका केही साथीहरू छलफलमा मस्त थियौं । दिनभरको गर्मी र पढाइको तनाव भुल्न फरक मुलुकका साथीहरूबीच हरेक दिनजस्तै हुने बहसले छुट्टै ऊर्जा र नयाँ–नयाँ सूचना मिल्थ्यो । त्यो दिन छलफलको विषय थियो, अफगानिस्तान !
श्रावण २३, २०७८
आँसुमा नुन, समुद्रमा नुन
घनश्याम खड्का
मान्छेको रगत, पसिना, आँसु, मासु, पिसाब र वीर्य इत्यादि सबैमा पाइने एउटै साझा तत्त्व के हो ? यो दोस्रो वाक्य पढिसक्नुअघि नै तपाईंको मनमा उत्तर फिरिसकेको हुनुपर्छ– नुन । हो, नुन नै त्यस्तो पदार्थ हो, जो जिब्रोबाट भित्र पसेपछि मान्छेको सम्पूर्ण शरीरमा फैलिन्छ, आफ्नो स्वादलाई दुरुस्तै राखेर ! अरू स्वाद पेटमा पुगेपछि बिलाउँछन्, नुनचाहिँ जीउभरि नै फैलिएर रजगज गर्छ । अरू प्राणी (मान्छेले पालेको बाहेक) नुन नखाने हुनाले तिनको जीउमा यसको बास हुने कुरै भएन । त्यसैले हुँदो हो, बाघले एक पटक मान्छेको रगत चाखेपछि अरू जनावर सिकार गर्ने रहरै गर्दैन, उसलाई मानिसकै रगत चाहिन्छ, किनभने यो नुनिलो हुनाले उधुमै स्वादिलो छ ।
चक्रव्यूहबाट फर्किएका शरद छेत्री
शैलिका छेत्री
सपना र गर्भपतन जबजब दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन हुन्छ, म बाबालाई सम्झिन्छु । उन्मुक्तिको सपना कसले पो देख्दैन र ? तर, सन् १९८० देखि २०२१ सम्मै त्यो सपना सपना मात्रै बन्यो । मेरो बाबाको पनि एउटा सपना थियो– छुट्टै राज्य भयो भने कम से कम सरकारले मान्यता दिइसकेको नेपाली भाषामा लेखिने साहित्य केन्द्रमा त पुग्थ्यो ।
तःकैदेखि कोरोनासम्म
प्रशान्त माली , हिमेश
संस्कृतिविद् सत्यमोहन जोशी (१ सय २) सँग मुलुकको पुरातात्त्विक इतिहास, लोकसंस्कृति, कला साहित्य, उसबेलाका जनजीवनजस्ता विभिन्न विषयमाथि ज्ञान, सीप र बहुमूल्य अनुभव छन् खाँदाखाँद ।
नागबेली उपनिवेश
विनोदविक्रम केसी
तिमीले मलाई दिएको पहिलो शिक्षा थियो— कदापि नघस्रिनू जिन्दगीमा बग्नू, कहिले मतापमा आफ्नै पिरतीलोकमा मग्न मायालुझैं बग्नू, कहिले गडगडाएर दुनियाँ फेर्न व्यग्र बागीझैं
एक पन्छी, एक कल्पना
मुंशी विजयकुमार सक्सेना
भारतीय काव्यजगत्का त्रिमूर्ति– पन्त, प्रसाद र निरालाका हाराहारीका कवि मानिन्थे– गोपालसिंह नेपाली । उनको गद्य कविताको पुस्तक ‘कल्पना’ राणाकालमै नेपालबाट छापिएको थियो । र, लामै समयसम्म आईएको कोर्समा उनको ‘भ्रान्ति’ कविता पढ्नुपर्थ्यो । उपल्लो हारका कवि भए पनि ‘नेपाली’ भएकाले भारतले बिस्तारै उनलाई बिर्संदै गयो । अनि हिन्दीमा बढी कविता लेखेका र भारतमै जीवन व्यतीत गरेकाले पञ्चायती राज्यले उनलाई अपनाएन । फलतः उनी नेपाल–भारत दुवैतिर बिर्सिइँदै गए । प्रस्तुत छ, ११० वर्षअघि (अगस्ट ११, १९११) जन्मिएका कवि गोपालसिंह नेपालीको जन्म–दिवसको सन्दर्भमा उनको जीवन–वृत्त :
श्रावण १६, २०७८
इन्द्रचोकको मायावी कथा
सुरेश किरण
भनिन्छ– ‘काठमाडौं’ नाम ‘काष्ठमण्डप’ बाट अपभ्रंस भएर बनेको हो । यसको स्रोत काष्ठमण्डप जीवितै छ । ०७२ को भूकम्पमा यो सम्पदा ढल्यो, अहिले ठड्याइएको छ । तर, ‘काठमाडौं’ हुनुअघि यस सहरको नाम ‘कान्तिपुर’ थियो । ‘कान्तिपुर’ नै सहरको पहिचान थियो ।
नेपाली संघीयता, उमेर : २६०० वर्ष
भोगीराज चाम्लिङ
कथरी बुद्धिजीवी, पार्टी र नेताहरूलाई अझै लाग्छ– संघीयता आयातित सवाल हो । यो मत अहिले मुखर हुन खोज्दै छ । पछिल्लो अभिव्यक्ति हो ‘संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रह’ गर्ने रवीन्द्र मिश्रको प्रस्ताव ! खास कुरा के भने पृथ्वीनारायण शाहपछि मात्रै नेपाली मौलिकतायुक्त संघीय अभ्यास टुटेको हो । बहुदलीय व्यवस्थाजस्तै संघीयता पनि अहिले पुनःस्थापित भएको हो । लोकतन्त्र पुनःस्थापित हुन ३० वर्ष लाग्यो, संघीयता पुनःस्थापित हुन त्यस्तै दुई सय पचास वर्ष ।
भर्न बाँकी उडान
विद्या राई
इतिहासतिर चियाउँदा थाहा हुन्छ– पश्चिमाबाट महिलावाद सुरु भयो । यसैको प्रभावमा नेपालमा पनि विभिन्न रूप–रङमा महिलावादी बहस हुँदै आएका छन् । ०६२/०६३ को जनआन्दोलनपछि नेपालको महिलावादले अझै संस्थागत हुने अवसर पायो । समावेशी नीति र सिद्धान्तले प्राथमिकता पायो । फलस्वरूप महिलाका सवाल र मुद्दा स्थापित गर्ने केही प्रयास भएका छन् ।
हुमानसिं भुजेलको भैंसी–प्रेम
श्रवण मुकारूङ
घटना २०७८ असार–१ गतेको हो मेलम्चीको बाढीले हेलम्बूको गोर्नागेसँगै हुमानसिं भुजेलको भैंसी बगायो । बाइस किलोमिटर तल देवदूतजस्तो कुनै युवाले भैंसीको उद्धार गर्‍यो ।
नगरकोटीको गन्तव्य
अभि सुवेदी
एउटा अत्यन्त वाचाल घटनाको सम्झना हुन्छ । सन्दर्भअनुसार, म त्यो भनिबस्छु । सन् १९९६ को मार्च महिनाको अमुक दिन इटालीको विशाल कोमो तलाउ यताको पहाडी खण्डमा पन्ध्रौं शताब्दीको एउटा दरबार छ । त्यहाँ रकफेलर फाउन्डेसनको बेलाजियो अध्ययन केन्द्र छ । त्यो दुईमहिने कार्यक्रममा म गएको थिएँ । वर्षैभरि धेरैतिरबाट मजस्तै गएका मानिसहरू त्यहाँ आफ्ना काम गर्छन्– किताब लेख्छन्, संगीत गर्छन्, चित्र बनाउँछन् अनि संवाद र छलफल गर्छन् । अनि आफूले गरेका कामको तिनीहरूले सबैसामु प्रस्तुति गर्नुपर्छ ।
लोककविज्यू, आकाशमा बादलु डम्मै छ !
सरुभक्त
लोककवि अली मियाँ (विसं १९७५ फागुन १५–२०६३ साउन १८) ले जीवनका दुःखहरुको गीत रचे, प्रकृतिको गीत रचे, संस्कृतिको गीत रचे, क्रान्तिको गीत रचे । अली मियाँसँग असल संगतमा रहेका कवि सरूभक्त भन्छन्, ‘उनका गीतहरु कविता थिए, कविताहरु गीत थिए ।’ अली मियाँ स्मृति दिवस (साउन १८) को सन्दर्भमा उनको सम्झना :
श्रावण १५, २०७८
खानी गाउँको सवाइ कहानी
नवीन विभास
घुरिन्भीरको घोङ्रेरूखमा घाम लागेपछि जैपा गाउन थाल्छ । रोल्पाको सुदूर गाउँ हो जैपा । अनि घोङ्रेरूख त्यहाँको घडी । भीरको टाउकोमा घुङ्रिएको रयाजको त्यो बूढो रूखमा घाम लाग्नु नै दिनको दोपहर हुनु हो ।
श्रावण ९, २०७८
श्यामसुन्दरका उदास आँखा
मुना चौधरी
अधबैंसे, सिकुटे, ख्याउटे, गाला भित्र धसिएको, कालो वर्णको ! कलेजी रङको कुर्ता र हरियो बुट्टेदार लुङ्गी । एक हातले मोबाइल समातेर कुरा गरिरहेको, अर्को हातले बसको रड समातिरहेको । काखीमा आएको पसिनाले उसको कुर्ता भिजेको थियो । ऊ अर्थात श्यामसुन्दर ।
बच्चुकैलाश, वाईएस मुल्की, पाबुङ
ब्रजेश
म बच्चुकैलाशको ठूलो प्रशंसक हुँ । त्यसैले उनीप्रति आदर र सम्मानको रूपमा म कार्यक्रममा उनको एउटा गीत गाउन चाहन्छु । कसो होला ?’ उनले शालीन स्वरमा विनम्रतापूर्वक प्रश्न गरे । उनी दुब्ला पातला थिए । उनको कपाल फुलिसकेको थियो । चाउरीका केही मुजाहरूले उनको अनुहारमा अधिकार जमाउन थालिसकेका थिए । तर, उनी तेजिला थिए । फुर्तिला थिए । उनको खास नाम त त शान्तनुकुमार लिम्बू हो । मणिपुरका नेपालीभाषी गायक । तर, उनी पाबुङ भनेर बढी चिनिन्थे । पाबुङ त्यहाँको भाषामा माया र आदरको शव्द रहेछ । त्यसैले सबैले उनलाई पाबुङ भनेर बोलाउँदा रहेछन् ।
बीपीको कलम फेर्दै सम्पादक !
डा. महेशराज पन्त
बीपी कोइरालाले लेखेर वा बोलेर गएका विषयवस्तु जसरी बजारमा छापिएर आएका छन्, ती ठाउँठाउँमा मूलअनुरुप नभएको र सिद्धान्तअनुसार सम्पादकले सम्पादन नगरेको इतिहासविद् डा. महेशराज पन्तको अनुभव छ । बीपीका बोलाइ र लेखाइको सम्पादन कसरी हुनुपर्छ ? पन्तको विमर्श :
सिकन्दरदेखि सर्वसाधारणसम्म मदिरामग्न
विकास बस्नेत
डिस्क्लेमर इसापूर्व ३३० मा अलेक्जेन्डरले पर्सियाको अकामेनिद साम्राज्यमा चढाइ गरे । सम्राट् दारियस तृतीय भाग्न सफल भए । अकामेनिद साम्राज्यको वैभव राजधानी पर्सेपोलिस अलेक्जेन्डरको हात लाग्यो । साँझ विजय भोज चल्यो । मातेको सुरमा सम्राट्लाई राजधानीमा आगो लगाउने सनक चल्यो । सैनिक अधिकारीले रोक्न पनि खोजे । तर, बिहान उठ्दा वैभव भग्नावशेष भइसकेको थियो । बिहानको ‘ह्याङ्ओभर’ मा विश्वविजेता सम्राट् अलेक्जेन्डर पश्चात्तापमा छटपटाएका थिए । (द सुमेरियन्स, पाउल कोलिन्स) ।
सहरमा जातको त्रास
अमर विक
पीएचडी अनुसन्धानको क्रममा समय–समयमा पोखरा बसेँ । धेरै दलित महिला र पुरुषसँग जातसम्बन्धी कुराकानी गरेँ, अनुभव सुनेँ । थाहा पाएँ– सहरमा जात अझै बलियोसँग बसेको छ । सहरमा जात डेरामा मात्र होइन, व्यवसाय र जागिरदेखि किरियाघर र घाटसम्म जबर्जस्त छ । एक हिसाबले सहरमा जात झनै क्रूर छ, र यसले दलितलाई अत्यन्तै मनोवैज्ञानिक यातना दिएको छ ।
प्रलयको पदचाप !
अविनाश श्रेष्ठ
तपाईं–हामीले सोचेको भन्दा अलि फरक शैलीमा आउनेछ प्रलय चुपचाप–चुपचाप प्रलयको कतै नसुनिने बहिरो पदचाप !
श्रावण ८, २०७८
उत्तम साधना... अन्तिम समाधि !
अमर न्यौपाने
नेपाल भर्खर आधुनिक चित्रकलामा गति लिँदै गर्दा उत्तम नेपालीले कलायात्रा आरम्भ गरेका थिए । त्यतिबेला उनले परम्परालाई नयाँ शैली र रूप दिए । जस्तो कि पौभा शैली र टुँडालका यौनिकतालाई नवीनतम रूपमा अर्धअमूर्त शैली । ती चित्र यथार्थवादी, आध्यात्मिक र अर्धअमूर्त थिए । उनको मान्यता थियो— परम्परा कहिल्यै पुरानो हुँदैन । त्यसको रूप मात्रै बदलिन्छ ।
श्रावण २, २०७८
एक्लै हिँडे पुष्पलाल
शार्दूल भट्टराई
पुष्पलालको व्यक्तित्वबारे प्रकाश पार्दा धेरैले एउटै कुरामा बढी जोड दिएर भन्ने गर्छन्— ‘पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् ।’ निर्विवाद सत्य हो— पुष्पलाल नेकपाका संस्थापक महासचिव हुन्, तर उनी त्यति मात्र होइनन् । उनी गणतन्त्रका पहिलो उद्घोषक पनि हुन् । कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद गर्ने पहिलो अनुवादक पनि हुन् । नेपालमा नयाँ जनवादको नारा दिने पहिलो कम्युनिस्ट पनि उनै हुन् । नेपाली समाजका ऐतिहासिक सर्वेक्षक पुष्पलाल क्रान्तिको दिशानिर्देश गर्ने विचारक पनि हुन् । ऐतिहासिक भौतिकवादी चिन्तक पनि हुन् । मार्क्सवादी इतिहासकार पनि हुन् । सारमा, उनी नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार हुन् ।
अलमलिएकी इन्द्रमाया
रुचि श्रेष्ठ
आफूले जीवनमा गरेका मात्र तीनवटा निर्णयले नारीत्वको महासागरबाट जीवन संघर्षलाई अलग तुल्याएर ‘अस्तित्वबोध’ गराएको विषय स्वीकार गरे पनि आफ्ना जीवनका अनुभूतिलाई ‘असाधारण’ भन्दिनन् इन्द्रमाया । आफ्नो अस्तित्वबोधले उनलाई कसरी नारीत्वको भूमिकाबाट अलग गरायो ? हो के यो नारीत्व ? के हो अस्तित्व ? गजबको जटिल जीवन छ इन्द्रमायाको ।
बीपीको अप्रकाशित कविता
बीपी कोइराला
‘मसँग के भयो’ भन्ने कुराको सम्झनामा बाँचिरहने भनेको विगत मात्र हो, र वर्तमान त्यसैको सम्झना हो । या, म भनूँ, बितेर गएको दिनको अनुभव हामी स्मृतिमा ल्याउँछौं राति देख्ने सपनाहरूमा, जुन वर्तमान हो तथ्य विगतको कुरा हो, वर्तमान भन्नु कल्पना हो आजको रातले नै अस्तित्वको गद्य पल्टाउँछ गद्य विगत हो, कविता वर्तमान हो श्यामश्वेत रङमा खिचिएको वास्तविक तस्बिरको रङलाई सम्झनाले पुनरूत्पादन गरिदिन्छ स्वप्नदर्शी अलप होइदिनु हो भने वर्तमान नै अलप हुनेछ ।
आधुनिक बृकासुर
ठाकुर बेलबासे
पौराणिककालमा जन्मिएको बृकासुर शक्तिको उन्मादमा आफैं भस्म भएर देवलोक जोगियो अझ सुन्दर कुरा त देवका पनि देव महादेव बाँचे एउटा सभ्यताका लागि गम्भीर अनिष्ट रोकियो महादेवको वध भएको भए सम्झौं त एउटा संस्कृति क्रूरताबाट शासनको परम्परामा बाँधिन्थ्यो धन्न धन्न बृकासुरबाट बचे महादेव !
असार २६, २०७८
स्वर्ण पिँजडा
सुमिना
बाटोमा एकसुरले हिँडिरहेकी तिमी भोलि अचानक छाउन सक्छौ कर्पोरेट मिडियाहरुमा छाउन सक्छौ देशका शीर्ष अखबारका पाना र टेलिभिजनका पर्दाहरुमा बनेर सनसनीपूर्ण खबर
‘पृथ्वी कोल्टो नभइदिएको भए विश्व इतिहास फरक हुने रहेछ’
कृष्ण आचार्य
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेको दृष्टिमा हामी नेपाली अपूर्ण र एकांगी विकासको चित्रमा बढी मुग्ध छौं । भन्छन्, ‘विकास अर्थात् ढुंगा, माटो, गिट्टी, अलकत्रामा हामी अड्किएका छौं ।’ हाल यूएनडीपीको मुख्यालय न्युयोर्कमा एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार वाग्लेको विचारमा नेपाली समाजलाई खराब राजनीतिले न्याक्दा कला, संस्कृति र साहित्य ओझेल परेको छ ।
असार २५, २०७८
मिसरी : कोरोनाकालीन झ्यालबाट हेर्दा
दीपक सापकोटा
गोविन्दबहादुर मल्ल ‘गोठाले’ (१९७९ असार २६–२०६७ मंसिर २७) को बहुचर्चित क्लासिक हो– ‘पल्लो घरको झ्याल’ । उक्त किताबको प्रमुख पात्र मिसरीमाथि युगकवि सिद्धिचरण श्रेष्ठले लेखेका छन्, ‘मिसरी एउटा मुखियाकी स्वास्नी, एउटा घरकी छोरी र अर्को घरकी बुहारी मात्र होइन, ऊ युगको एक उपज, लामो इतिहासको एक निचोड पनि हो ।’ ‘कोसेली क्लासिक’ मा यस पटक गोठालेको जन्म–दिवस (असार–२६) को सन्दर्भमा मिसरी–मीमांसा गरिएको छ :
असार १९, २०७८
सत्ताको उमेर
रामगोपाल आशुतोष
कोभिडसँग युद्धविराम गरेर एक महिनापछि फर्केको छु आफ्नै लयमा । जसरी फर्किन्छन् स्वाधीन घरमा पूर्वको घाम हेर्दै भोकको समाधान गर्न हिँडेका किसानहरु मजदुरहरु, श्रमिकहरु पश्चिम यात्रामा हिँडेको घामलाई खर्पन वा डोकोभित्र हाल्दै ।
६७ भाषाको वर्णमाला : अलिखित कथा !!!
डा. माधव प्रसाद पोखरेल
मैले अहिले सम्म नेपालका ६७ ओटा मातृभाषाको वर्णमाला बनाएको छु । तिनीहरू मध्ये धेरैजसो अलिखित नै थिए । ती मध्ये ४३ ओटा भोट बर्मेली, २० ओटा भारोपेली, दुइटा आग्नेय, एउटा द्रविड र एउटा कुसुन्डा भाषा छन् ।
साहित्यमा ‘तिमी’, राजनीतिमा ‘तपाईं’
अभि सुवेदी
साहित्य र राजनीतिमा आदरार्थीको प्रयोग विषयमा भर्खरै एउटा छलफल भयो । साहित्यिक समालोचना र सृजनशील साहित्य लेख्ने व्यक्तिको नाताले केही दायित्व पूरा गर्न सानै भए पनि यो लेख लेखिएको छ ।
कोरोनाकल्प