text
stringlengths
2
914
शिवानीसिंह थारू
कोरोनालाई जितेपछि कस्तो महसुस हुन्छ ? कोरोनालाई ‘जितेपछि’ जिन्दगी बेसार–पानी महसुस हुन्छ । ‘जितेको’ कैयौं दिन भइसक्दा पनि सुक्खा खोकीको लहरे ठाउँठाउँमा विजयी गान सुनिन्छ । कोरोनेसित लडियो भनेर गर्वले फोक्सोभरि सास लिन खोज्यो, आन्द्रा सोहोरिएर आएको एउटा करौंतीदार खोकीले छातीमा प्रहार गर्दै सम्झाइदिँदो रहेछ– मनुख्ये सासचाहिँ छोटो–छोटो नै ल !
असार १२, २०७८
वृत्तान्त : सेयर्ड मदरहुड
कल्पना वान्तवा
ओई ! बतासे, खोटी कर्म, हरामी, पुङमाङे...!’ भनेर बाबुको टुंगो नलागेका मानिसलाई हियाएर बोल्ने, खिल्ली उडाउने र हेप्ने दिन अब तुरिए ! आमाले बच्चाको बाबु नचिनाउँदा वा चिनाउन नसक्दा आमाको चरित्रमा खोट लगाउने जमाना पनि ‘उहिलेका कुरा खुइलिए’ भइसक्यो । म मेरो सन्तानको बायोलोजिक बाबुबारे बताउन चाहन्नँ भने देश–दुनियाँ र समाजले जेसुकै सोचोस्, मलाई बालै फरर !
बेच्दा जाबो कागज
विरहीबाबु ढुंगेल
२०७७ फागुन ८ गते ‘कान्तिपुर’ मा हरिवंश आचार्यको लेख छापिएको थियो– ‘हेर्दा जाबो कागज’ ! पढेपछि मनमा अनेकन् तर्कना उठे । औतार–औतारका स्वरूप फिरेर आए कागजका जुलुसहरू ! र, जुलुसको घेराबन्दीमा गजबले निसास्सिएँ ! कागजले निक्कै सताएको मान्छे म !
‘मरुभूमिमा जीवन खोज्नेहरू’ का नाममा
गणेश गुरुङ
वैदेशिक रोजगार नेपालीका लागि नौलो विषय होइन । वैदेशिक रोजगारमा नेपालीहरू जान थालेको निकै वर्ष भइसक्यो । खाडी राष्ट्रमा जान थालेको भने धेरै भएको छैन । तेल उत्पादनसँगै खाडी राष्ट्रहरूको आम्दानी बढ्न थालेपछि भौतिक विकासका कामले तीव्रता पायो ।
अन्तिम रात
केवल बिनाबी
बाल्यकालमा म रातसँग खुब डराउँथेँ लाग्थ्यो – हजुरआमाले सुनाएका कथाका भूतप्रेतहरु मानौं मेरैवरिपरि नाचिरहेका छन् ।
असार ११, २०७८
एक झिल्को सपना
खगेन्द्र लामिछाने
कलाकार दर्शकको संवेदनशीलता बुझेर अभिनयमार्फत यश र ऐश्वर्य कमाउने मान्छे मात्रै होइन । ऊ मुलुकको सचेत नागरिक पनि हो । र, त्यसकै उदाहरण हुन्– खगेन्द्र लामिछाने । घर कमजोर छ भने त्यसलाई मजबुत पार्न एउटा कुनोबाट निर्माण सुुरु गर्नुपर्छ । खगेन्द्रले झैं नेपालका प्रत्येक युवाले आ–आफ्नो मेलो पाए देशले आफ्नो मुहार फेर्न कुनै ‘मसिहा’ लाई पर्खेर समय नष्ट गर्नु पर्दैन । तर, मानिसको जीवनमा परिवर्तन जगाउन कुनै घटनाको आवश्यकता पर्दोरहेछ । कस्तो घटना थियो, जसले खगेन्द्रलाई आफ्नो बगैंचा सिँगार्न र विस्तार गर्न प्रेरित गर्‍यो ? प्रस्तुत छ दस वर्षअघि उनले देखेको एक झिल्को सपना, उनकै लेखनीबाट :
असार ५, २०७८
जीवन गीत
रिमा केसी
कुन शोकमा छ प्रकृति आकाश रोइरहेछ ।
एक मुठी सास
सुशील बीके
कतिखेर जान्छ, कुनबेला जान्छ, निरुमाया, आफ्नो भन्नु एक मुठी परान छ, रिवन छोटो छ, जीवन... !
सुतिरहेको छ सरकार !
चन्द्र गुरुङ
नहोस् नयाँ दिनको आगमन हाँगा–हाँगामा बसेर सुरिलो स्वरमा गीत नगाऊ नचिरबिराऊ ए चराचुरूंगीहरु सरकार सुतिरहेको छ !
नासो-नोस्ताल्जिया
नेत्र एटम
गुरुप्रसाद मैनाली (विसं १९५७ भदौ २३ – २०२८ जेठ २५) को बहुचर्चित क्लासिक हो– ‘नासो’ । ‘नासो’ उनको एउटै मात्र कथाङ्ग्रह हो, जसका एघारवटै कथा नेपाली साहित्यका पुँजी हुन् । ‘नासो’ भित्रका ‘छिमेकी’, ‘सहिद’, ‘चिताको ज्वाला,’ ‘पापको परिणाम’, ‘प्रत्यागमन’जस्ता कथा त्यसबखतदेखि यसबखतसम्मै अत्यन्तै सान्दर्भिक छन् ।
किन बारबार बगाउँछ बाढीले ?
अनिता पण्डित
बाढीले मेलम्ची बजार डुबाएको छ । डुबाएको छ, मनाङका बस्तीहरू । अघिल्ला वर्षझैं तराईका बस्ती डुबानको त्रास पनि सुरु भइसकेको छ । झरी सुरु भएसँगै धेरै बस्तीका जनधनसाथ कैयौंका आशा, सपना र भविष्यसम्म सँगालिएका भौतिक आधार पनि डुबेका छन् । बगेका छन् ।
असार ४, २०७८
हजार वर्षदेखि पाकिरहेको एक कप चिया
विकास बस्नेत
संसारमा पानीपछिको दोस्रो प्रचलित पेय हो– चिया । मानव समाजझैं विविधतापूर्ण छ चियाको पेय संस्कृति । चिनियाँहरू सानो कपबाट सुरुप्प पार्छन्, जापानीहरूको विशिष्ट ‘चिया सेरेमनी’ नै छ, तिब्बतीहरू नौनी हाल्छन्, रुसी कागती–चिया मन पराउँछन्, उत्तरी अफ्रिकामा पुदिना हालिन्छ, अफगानीहरू अलैंची हाल्छन् । बेलायतीहरू चिसो दूध र चिनी थप्छन् ।
जेष्ठ २९, २०७८
गाउँ फर्केको मान्छे
फूलमान वल
वर्षौंपछि– यादहरुको बिस्कुन टिप्दै गाउँ फर्केको छु म र, यतिबेला याङफेल लेकमा उभिएर सोचमग्न–सोचमग्न टोलाइरहेछु ।
कचुर
सुष्मा रानाहँमा
गर्नू बिजुवाको टुङ्गो राख्नू घरमा चिन्ता राखेर एक मुठी अक्षता हेराउनू जोखना परदेशीको समेत ।
गल्लीमा गुन्जिरहने सदावहार धुन
मनोजबाबु पन्त
गत मे महिनामा विश्व–सिनेमा जगत्ले सत्यजित रे (२ मे, १९२१–२३ अप्रिल, १९९२) को १ सय औं जन्म–जयन्ती मनायो । जान्नेहरु भन्छन्– ‘सत्यजित रेका सिनेमा नहेरी बाँच्नु भनेको घाम नहेरी बाँच्नुजस्तै हो, जून नहरी बाँच्नुजस्तै हो ।’ सत्यजितको ‘पथेर पाञ्चाली’ र त्यस फिल्मकी एक कलाकार चुनीबाला देवीमाथिको विमर्श :
आपत् र ओतको सहरी सम्बन्ध
मिलन बगाले
जबजब कुनै देशमा आपत् आउँछ, सहरमा बढी खलबल मच्चिन्छ । आपत्को खबर देश–विदेश सबैतिर अलि चर्कोसँग सुनाउने हैसियत सहरकै हुन्छ । सहरमा ठूलो जनसंख्या हुने भएकाले समस्याका आयाम र गहिराइ पनि अनेक हुन्छन् ।
ट्रयाजेडी, प्रतिष्ठा र सम्झना
अभि सुवेदी
ट्र्याजेडीको त्रासदी रूपान्तरण गर्दा भन्न खोजेको कुरा अलि बरालिने भएकाले त्यही शब्द प्रयोग गर्‍यौं । यस लेखमा ट्र्याजेडीसँग मानिसको सम्मान जोडिएको कुरा गरिएको छ । अनि कोरोना महामारीसँग लड्नेको मृत्यु र ट्र्याजेडीका पात्रका मृत्युको तुलना गरिएको छ ।
जेष्ठ २८, २०७८
उपन्यासको उबडखाबड !
राजकुमार बानियाँ
प्रवेश विधा नै उपन्यास ! कथाको अभ्यासै नगरी एकैचोटि उपन्यासकार ! अझ नयाँ–पुराना कविको उपन्यासमै धुइरो ! सबैलाई उपन्यासमार्फत साहित्यको सुपरमार्केटमा पस्ने हतारो !
जेष्ठ २२, २०७८
स्लम सुन्दरी
पवित्रा लामा
महाशय !! लालकिल्लाको भव्य प्राचीरबाट जब फहराउनुहुन्छ, तपाईं राष्ट्रको सम्मान अनि उडाइदिनुहुन्छ मुक्त आकाशमा दर्जनौं सेता परेवा त्यो उभिएकी हुन्छे सधैं निक्कै टाढा, पछिल्तिर अनि कुनामा ।
हिउँ पग्लिनुअघि
रेणुका भट्ट
अनुहारभरि फुसफुसाइरेको हिउँ हातले पुछ्दै
निर्बन्ध नायिकाको प्रस्थान
ज्ञानु पाण्डे
सम्बन्धहरूमध्ये सबैभन्दा उत्कृष्ट सम्बन्ध हो आत्मीयताको सम्बन्ध ! सबैभन्दा सुन्दर सम्बन्ध हो स्वेच्छाको सम्बन्ध । करको, दबाबको, बाध्यताको सम्बन्धभन्दा कता हो कता उपल्लोकोटिको सम्बन्ध हो श्रद्धाको सम्बन्ध ! आदरयुक्त प्रेमको सम्बन्ध । डा. वानीरा गिरि (विसं २००३–२०७८) सितको मेरो सम्बन्ध यही प्रकृतिको हो ।
उज्वल दाइ सुन्नु न !
रञ्‍जु दर्शना
चप्पल–कारखाना अफिसबाट घर फर्कंने बेला उज्वल दाइलाई जोड लगाएर भनेँ, ‘दाइ सुन्नु न ! कान्तिपुर टीभीमा एउटा प्रोग्राम आउँछ नि, त्यसमा सधैं अरू पार्टीका ठूला नेतालाई मात्रै बोलाउँछन्, कुनै दिन विवेकशीलबाट तपाईं र गोविन्द दाइलाई पनि बोलायो भने कस्तो राम्रो हुन्थ्यो के !,’ एक्साइटमेन्टमा थिएँ सायद । एउटै प्रश्नभित्र दाइले उत्तर पनि दिनुभयो, ‘रञ्जु, त्यो प्रोग्राममा तिमी किन हुन सक्दैनौ ?’
जेष्ठ १५, २०७८
इजरायली युद्धको विरूद्धमा
प्रगति राई
जब फक्रिनेबित्तिकै फूलको बलि चढाइन्छ ढुङ्गाको तस्बिरमा तब म फूल रोप्न छोडिदिन्छु
हिन्दु दर्शन, मार्क्सवाद र राष्ट्रवादको मीमांसा
नारायण ढकाल
साहित्यकार तथा चिन्तक राप्रउ पोखरेलको सद्य प्रकाशित पुस्तक ‘विचार मीमांसा’ लाई उपशीर्षकमा ‘दर्शन, साहित्य, समाज र संस्कृति’ भनिएको छ । यो उनको दोस्रो कृति हो ।
थालीमा तरकारी कि मासु ?
अरुणा उप्रेती
वैशाख १८ को कान्तिपुर ‘कोसेली’ मा शिक्षा रिसालको अनुभूति–लेख ‘एक शाकाहारीको एकालाप’ पढेपछि यो लेख लेखिएको छ । लेखक रिसालको आग्रह छ, ‘शाकाहारीलाई अपराधीजस्तो व्यवहार नगरियोस् । उनीहरूको मुखमा जबरजस्ती मासु नकोचियोस् !’ मेरो अनुभवमा शाकाहारीलाई अपराधीजस्तो व्यवहार गरिएको छैन, न त शाकाहारीको मुखमा जबरजस्ती मासु नै कोचिएको छ ।
उहिल्यैदेखि गणतान्त्रिक हामी
भोगीराज चाम्लिङ
ल है ठारु (थारू) ज्यूहरू ल है बाजी (वृज्जि) ज्यूहरू ल है साप्ते (शाक्य) ज्यूहरू ल है ठारू (थारू) ज्यूहरूको थातथलो हुँदै (जाँदै छौं) ल है बाजी (वृज्जि) ज्यूहरूको थातथलो हुँदै (जाँदै छौं) ल है साम्भा बाँसको धनुकाँड बोकेर शिर उभ्याउँदै छौं
जेष्ठ १४, २०७८
रिमाल– एक दु:खान्त
शैलेन्द्र साकार
मेरा अग्रज कविहरूमा मैले सम्झिरहने नाम हुन्— गोपालप्रसाद रिमाल, मोहन कोइराला, भूपी शेरचन र वासु शशी । हुन त यीबाहेकका कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारीहरू पनि मेरो सम्झनामा हरपल आइरहन्छन् । कैयौं दिवंगत भइसके र केही अझै छन् । राम्रा लेखकहरूमा रमेश विकल, भैरव अर्याल, शंकर लामिछाने र पारिजातहरू मेरो सम्झनाको आकाशमा झुल्किरहन्छन् ।
जेष्ठ ८, २०७८
सन्चै छ तिमीलाई ?
विमला तुम्खेवा
जीवन – जे सोच्यो त्यसको विपरीत रहेछ हिँड्दिन भनेको यो बाटो हिँडिरहेछु जसले मेरा दुःखका कथाहरुलाई यो बाटोजस्तै लामो बनायो ।
अंग्रेजी साहित्य र प्रिन्स फिलिप
अभि सुवेदी
अहिलेको कोरोना महामारीले आक्रान्त भएको बेला विश्वविद्यालयमा अध्ययन/अध्यापन गरिने विषयमाथि केही लेख्नुको खासै अर्थ छैन । तर, अहिले पनि भर्चुअलदानीको माध्यमले अंग्रेजी विभागको कक्षा लिने, पीएचडीका शोधार्थीको सुपरिवेक्षण गर्ने काम जारी राख्ने आदि गरिरहेकाले हाल छलफलमा उठेका विषयमाथि केही लेख्नु यो छोटो लेखको उद्देश्य रहेको छ ।
'हामी भने त्यही गीत गाइरहन्छौं'
संगीत
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रो ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ– गाऊ न त गाऊ तर, यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौं !
विराट् सांस्कृतिक सहचारी