text
stringlengths
2
914
भूपेन्द्र खड्का
देशद्रोहको अभियोगमा चार सपूतलाई सहिद बनाएको घटनामा खाटा बस्न पनि पाएको थिएन । राणातन्त्रको दुन्दुभि प्रवृत्तिले समय नै आतंकित थियो । शासनलाई जलाउनुपर्ने राँको र जहान–परिवारका पेटका राँकाहरू बाल्न हरेक नेपाली उद्यत थिए । लाहुरेका पयरहरू दिन–रात लगाएर विदेशतिर कुदिरहेका हुन्थे । त्यस्तै कठोर समयको फेरोमा लाहुरे बाउको काँध चढी गोरखपुरको रेल–यात्रा गर्ने बालक हुन्– चेतन कार्की ५ वर्षका थिए उनी, भारतीय सेनाका कप्तान बुबाले देहरादून लैजाँदा । उतैको गोर्खा मिलिटरी स्कुलमा शिक्षा–दीक्षा भयो । कक्षा ९ सम्म ऐच्छिक संस्कृत पढ्ने उनी एक्लो विद्यार्थी भएपछि विज्ञान विषय लिए र मेट्रिकपछि पनि विज्ञान नै पढे । बीएस्सी पास गरे ।
जेष्ठ ७, २०७८
डोरबहादुरको अन्तिम अन्तर्वार्ता
अच्युत वाग्ले
यो लेख नै लेख्ने कि नलेख्ने द्विविधामा अढाई वर्ष बितेछ । २०७५ माघ १० गते ‘अनलाइनखबर’ ले ‘डोरबहादुर विष्टको अन्तिम प्राज्ञिक योगदानका साक्षीको बयान’ शीर्षकको समाचार प्रकाशित गरेको थियो, दिवाकर प्याकुरेलको बाइलाइनमा । सन्दर्भ ‘नेपाली मानवशास्त्रका पिता’ भनेर मानेका विष्टको उनका सहकर्मी र अनुयायीहरूले मनाएको जन्मदिनको थियो । समाचारमा थप लेखिएको थियो, ‘तिनैमध्येका एक हुन् अमेरिकी मानवशास्त्री जेम्स एफ् (अर्थात् ‘जिम’) फिसर । विष्टका कतिपय अनुसन्धानमा सँगै काम गरेका फिसर विष्टको अन्तिम अन्तर्वार्ता लिने व्यक्ति आफैं भएकाले उनको अन्तिम प्राज्ञिक योगदानको सबभन्दा नजिकको साक्षी आफू भएको दाबी गर्छन् ।’
जेष्ठ १, २०७८
माला लिम्बू
भूपेन्द्र सुब्बा
प्रेमकुमार लिम्बूको छोरी माला लिम्बूले जुन दिनदेखि मेरो बाउको हात थामिन् त्यही दिनदेखि माला लिम्बूलाई भुल्दै भुल्दै गइन्
आमाबाट सरेका बान्कीहरु
उषा थपलिया
खेतीपाती, वस्तुभाउ, आधा दर्जन सन्तानको लोलोपोतो र अनगिन्ती घरधन्दाले साँझ ओर्लिएसँगै थकाइले आमाको मुहार क्लान्त भइसक्थ्यो । बेलुकाको खानापछि बुबा गाउँ टहलिन निस्कनुहुन्थ्यो । सन्तानहरू छिँडीकै सुकुल/गुन्द्रीमा यत्रतत्र पल्टिन्थे/निदाउँथे । भाँडा माझ्न बस्नुभएकी आमा अत्यधिक थकाइले हजार बार झप्को लगाउनुहुन्थ्यो । उँग्दै भाँडा माझ्दा पोखिएको पानीले भुइँ आहाल बन्थ्यो ।
नेपाल-चीन सम्बन्धको एक आँखीझ्याल
दीपक अधिकारी
ठ्याक्कै मिति याद भएन, तर २०५१ सालतिर हुनुपर्छ । केही साथीहरूसित म पहिलोचोटि तिब्बतको सीमावर्ती बजार खासा गएको थिएँ । काठमाडौंबाट हामी चढेको बस अरनिको राजमार्गमा हुइँकिँदै करिब १० बजेतिर तातोपानी बजार पुगेको थियो ।
म्वाईंको रहस्य
सहारा आले
प्रिय, म बडो कृतज्ञ हुँदै त्यो समय सम्झिरहेछु– त्यो समय हर्षको थियो वा थियो त्यो उदास, म केही सोचिरहेकै छैन ।
त्यो किताब : त्यो कायाकल्प
प्रमोद मिश्र
शिक्षक र अभिभावकले पाठ्यपुस्तक मात्र पढ्न लगाएको दबाबमुनि थिचिएर कक्षामा उत्तीर्ण नभइरहने एक विद्यार्थीले स्कुल–जीवनमा कस्तो तनाव झेलेर पढ्नुपर्छ ? तर, पाठ्यपुस्तकबाहेक एउटै मात्र किताब हात लागेपछि उसको जीवन कसरी बदलिन्छ ?
वैशाख ३१, २०७८
नदीझैं निर्मल यौटा रेशमी आवाज
विप्लव प्रतीक
हरेक कुराको अन्त्य निश्चित छ, जे रचित छ । प्रेमध्वज दाइलाई सम्झिँदा सम्झनाको कुनचाहिँ गाँठो फुकाएर सुरु गरूँ ? तर, योजनाअन्तर्गत सम्झना कहाँ आउँछ ? र, योजना बनाएर सम्झिनु पनि के सम्झिनु ?
वैशाख २५, २०७८
चिसा सडकका स्वतन्त्र आत्मा
मनोजबाबु पन्त
म जब सानो थिएँ, बेइजिङ सहरको एक कुनामा हुर्कंदै थिएँ, मेरो बा र म एक खेल खेल्ने गर्थ्यौं । हामी पुराना चाइनिज कविताहरू सम्झँदै सँगै गुनगुनाउँथ्यौं । त्यहाँ एउटा हरफ थियो, जुन अहिले पनि म स्पष्ट सम्झन्छु— मानिसहरू जन्मजातै राम्रा छन् ।’
आमा
राबत
झरीको एक बिहान आकाश नै धर्तीमा झरिरहेको बेला तिमी भने आकाशतिरै गयौ आमा, तिमी आकाश भयौ ! अब कसरी छुनु मैले आकाशलाई ?
वैशाख २४, २०७८
पढ्नु र लेख्नुका दिग्भ्रमहरू
सौरभ
बितेका केही वर्षमा पुस्तक–वार्ताका करिब आधा दर्जन प्रस्तावलाई टारेपछि तलको विवरण दिनु बढी सामयिक लागेर लेखिएको छ ।
वैशाख १८, २०७८
ओ अमेरिका  !
मनप्रसाद सुब्बा
ओ अमेरिका  ! तिमीले सुन्यौ ? कि एक तन्नेरी नेपाली भाषी कविले तिमीलाई ठाडै काफरे भनेको छ  !
फिरन्ते फर्नको भ्यान
रीना मोक्तान
यस वर्षको ओस्कार एसियाली देश र महिला फिल्ममेकरका लागि ऐतिहासिक बन्यो । ओस्कारको ९३ वर्षे इतिहासमा निर्देशनतर्फको विधामा यस वर्ष पहिलो पटक २ महिला एकैसाथ मनोनयमा परे । आइतबार सम्पन्न अवार्डमा यी दुवै फिल्ममेकर रित्तो हात फर्किएनन् । चीनकी क्लोईले ‘नोम्याडल्यान्ड’ बाट निर्देशनतर्फ अवार्ड प्राप्त गरिन् भने ‘प्रमिसिङ योङ वुमन’ बाट एमरेल्ड फिनेलले ओरिजिनल स्क्रिन–प्लेका लागि ओस्कार उचालिन् । क्लोई निर्देशनमा ओस्कार जित्ने पहिलो एसियाली महिला बनिन् । यो विधामा अवार्ड प्राप्त गर्ने उनी दोस्रो महिला हुन् । यसअघि ‘दी हर्ट लकर’ बाट सन् २०१० मा क्याथरिन बिगेलोले यो अवार्ड प्राप्त गरेकी थिइन् ।
सम्झनामा नाटक– नौटङ्की
अभि सुवेदी
गएको साललाई हामीले नाटक दिवसको बेला पारेर खुब सम्झ्यौं । मञ्चदेखि मिडियासम्मका चौतारीमा सम्झ्यौं । सबैका सम्झनाका तरङ्ग लगभग उस्तै थिए । आपत् परेका बेला नाटक गर्नेले जाने ठाउँ मञ्च नै हो । केही मञ्चन सडकमा पनि भए । तर, नेपालमा राजनीति गर्नेले नयाँ नाटक गर्ने शैली निकाले । उनीहरूले आफ्नै किसिमका गाईजात्रा नाच र अभिनय गरे । नाट्य–रङ्गमञ्चमा काम गर्नेहरूले यसको मर्यादाभित्र रहेर नाटक गरे । नाटक एउटा जीवनको शक्तिशाली कला हो भन्ने कुरालाई जोडतोडले सम्झाइबसे । एरिस्टोटलले भने नाटकको मूल आत्मा भनेको परिर्वन वा रिभर्सल हो । गम्भीर होस् कि कमेडी, नाटकको आत्मा भनेको एउटा अवस्थाबाट अर्कोमा हुने परिवर्तन हो ।
एक शाकाहारीको एकालाप
शिक्षा रिसाल
‘म शाकाहारी हुँ । मासु खान्नँ ।’ यत्ति लेखेर बिट मारेको भए पनि हुन्थ्यो । न पढ्नेलाई झन्झट, न वनमारा भइने चिन्ता । न सम्पादकलाई घण्टौं लगाएर सम्पादन गर्नुपर्ने झमेला । (वनमारा अर्थात् ताइँ न तुइँका किताब लेखेर वन मार्ने र मास्ने लेखकहरूलाई कटाक्षस्वरूप भनिने शब्द ।)
लोकप्रियताको सूत्र
अभय श्रेष्ठ
कुनै दिन कालम समुदायको गाउँ केशपुत्तमा देशना गरिरहँदा बुद्धलाई एक जिज्ञासु युवकले सोधे, ‘यहाँ थुप्रै धार्मिक समूह आउँछन् । सबैले आफ्नै धर्मलाई सर्वश्रेष्ठ भन्छन् । हामी कसको कुरा पत्याऊँ भिक्षु ?’ शान्त स्वरमा बुद्धले भने, ‘हे युवक, कसैले राम्ररी भन्दैमा नमान । कुनै पावन ग्रन्थमा लेखिँदैमा नमान । कुनै सम्मानित गुरु वा नेताका कुरा र मेरै वचन पनि नमान । कुनै पनि कुरा मान्नुअघि आफैँ जान ।’ झन्डै २६ सय वर्ष अघिका बुद्धले जस्तै दुई सय वर्षअघिका कार्ल मार्क्सले पनि उही कुरा भने । अर्थात्, हरेक कुरामा सन्देह गर । दुवैको ‘सन्देह’ को निहितार्थ नकारसूचक ‘अविश्वास’ वा ‘आशङ्का’ थिएन, बरु तिनमा ‘परीक्षण’ र ‘पुनः परीक्षण’ मा जोड थियो ।
ऋतु–विचार २.०
शिवानीसिंह थारू
भूमिका तपाईंले ठीक बुझ्नुभयो ! यो शीर्षक कविशिरोमणि लेखनाथ पौड्यालकृत ‘ऋतु–विचार’ खण्डकाव्यकै हो । ‘ऋतु–विचार’ को पछिल्तिर ‘२.०’ थप्ने धृष्टता सायद मैले गर्दैनथें होला यदि यो कोरोनाकालमा नपढेको भए ।
वैशाख १७, २०७८
अरे यार, कतिन्जेल पछ्याइरहने गुरुप्रसादलाई !
दीपक सापकोटा
यशस्वी आख्यानकार नयनराज पाण्डेको मान्यता छ– जतिसुकै कल्पनाको उडान भरे पनि कम्तीमा लेखकको खुट्टाको बुढीऔंलाले जमिन टेकेकै हुनुपर्छ । यही मान्यताकै कारणले हुनुपर्छ, उनको लेखनको केन्द्रमा सामान्य मान्छे, उसका यथार्थ र दु:ख हुन्छन् । अनि, परिस्थिति बदल्ने उसको आकांक्षा पनि हुन्छ, जो खासमा पाण्डेकै आकांक्षा हो ।
वैशाख ११, २०७८
म अर्थात् एक बेसुल्लो
राखी गौचन
म निःसंकोच नग्न हिँड्न सक्छु यी मान्छेहरुका आँखामा म सोच्छु अरुकै लाजको पर्दा छ मेरो स्वत्वलाई ढाक्ने अरुका आँखाहरु त केवल भ्रम हुन् सत्य म हुँ, सृष्टि म हुँ संहार म हुँ ।
जवाफ कसले दिने ?
अस्मिता बादी
म देशद्रोही होइन माया छ, अपार छातीमा मेरो तर, भन्न मन लाग्दैन आजकल– म नेपाली हुँ । राज्यले मलाई नागरिक ठान्दैन, समाजले मलाई मान्छे स्विकार्दैन म कुन दर्जाको मान्छे ? म कहाँको मान्छे ? छूत या अछूत ? म को हुँ ??? जवाफ कसले दिने ???
नबोलाइएको भेला, मृगस्थलीमा
शरच्चन्द्र वस्ती
आहा ! क्या दिनुभएछ आज । व्यंग्य भन्या त यस्तो पो हुनुपर्छ । तात्तातो जेरी खाएजस्तो !’
अपहरित आन्दोलनको लेखाजोखा
हरि रोका
क्रान्तिमार्फत ‘समाजवादी–समाज’ निर्माण गर्दै साम्यवादमा पुग्ने लक्ष्य राखेर उहिले कम्युनिस्ट पार्टी जन्माइन्थ्यो/जन्मिन्थे । ‘समाजवाद’ त्यस्तो सामाजिक संगठनले आत्मसात् गर्ने अर्थराजनीतिक सिद्धान्त हो, जसले उत्पादनका साधन, वितरण र विनिमयको स्वामित्व वा नियमन पूर्ण समुदायले जिम्मा लिन्छ ।
एक योगीको स्वप्न संसार
घनश्याम खड्का
बितेका कुराले हाम्रो जीवनमा के अर्थ राख्छ ? हजारौं वर्षअघिको कुनै घटना वा व्यक्तिको निर्णयले अहिलेको समाज र मानिसलाई के प्रभाव पार्छ ?
काष्ठमण्डपको काष्ठ–कथा
सुरेश किरण
२०७२ को भूकम्पमा यदि काष्ठमण्डप नढलेको भए त्यो उति सम्झनयोग्य भूकम्प नै हुने थिएन सायद । ठूला भूकम्पमा घर ढल्नु, मान्छे मर्नु स्वाभाविक हो । तर, काष्ठमण्डप नै ढल्नु बिर्सिनका लागि घटेको घटना होइन । काष्ठमण्डप ढलेकै कारण २०७२ को भूकम्प स्मरणीय रहने निश्चित छ ।
‘म नै भविष्य हुँ’
ब्रजेश
केही समयअघिको यातायात व्यवस्था विभागको मीनभवनस्थित कार्यालय भवनको पछाडि लामो लाइनमा उभिनुपर्दा अलि पर कुनामा उपेक्षित रूपमा मिल्काएर राखिएको एउटा ट्रली बसको भग्नावशेषमा मेरा आँखा अडिए । ट्रली बसको त्यो नीलो लासलाई देखेर बाल्यकालको पुरानो सम्झना हरियो भएर आयो ।
वैशाख १०, २०७८
आगोको कथा : लप्काको लामो यात्रा
विकास बस्नेत
भुइँचालोका देउता माफुईसँग पाताल लोकमा निरन्तर बलिरहने आगो थियो । यता मत्र्यलोकका प्राणी भने आगोविहीन थिए । किशोर टिइइटीका बाबु तालङ्गा र माफुई देउताको दोस्ती थियो ।
वैशाख ४, २०७८
वासना र दुर्गन्धको आख्यान
लक्ष्मीशरण अधिकारी
नेपाली औपन्यासिक जगत्का चर्चित उपन्यासकार हुन्— सरुभक्त । उनको पछिल्लो उपन्यास ‘प्रतिगन्ध’ ले नेपाली मूलका डायस्पोराले नयाँ भूमिमा भोगेको तनावलाई मुख्य विषय बनाई नेपाली डायस्पोराको कथा भनेको छ ।
अनि मैले जात ढाँटें
धनकुमारी सुनार
हेटौंडा बजारको मुटुमै जन्मे–हुर्कें म । त्यो टोललाई ‘कामी टोल’ भनिन्थ्यो । टोलको चलनचल्ती र औपचारिक नामचाहिँ स्कुल रोड थियो । मेरो घरअगाडि मकवानपुरकै दोस्रो पुरानो भुटनदेवी मावि (२०१६) र अर्को आधुनिक राष्ट्रिय मावि थियो, जहाँ मैले दिवा–रात्रि गरी दुई फरक कालखण्ड र किस्तामा एसएलसीसम्मको अध्ययन पूरा गरें । जातीय हिसाबले त्यो मिश्रित बस्ती थियो । घरवरिपरि बाहुन, क्षत्री, मगर र नेवारहरूको बाहुल्यता थियो ।
मिथिला कलाको कठिन यात्रा
सीके लाल
जंगलमा अद्भुत परिघटना भइरहन्छन् । मयूर नाच्छन् । सुनगाभा फुल्छ । चन्दन वृक्षको विशिष्ट सुवास फैलिन्छ । कोइली कुहु–कुहु गर्छन् । सुनसान वनमा सुनिने मौनताको संगीतको स्रोत वा श्रोतामध्ये कसैको पनि पहिचान स्थापित गर्न सकिँदैन । आफैँ कर्ता, आफैँ कर्म एवं स्वयम् भोक्ता रहने प्रकृतिको यो चक्र अनन्तकालदेखि कायम छ । दुनियाँदारी भने त्यसरी चल्दैन । नर्तकले दर्शक खोज्छन् । कलालाई गुणग्राही चाहिन्छ । श्रोताबेगरको गायन मन थकाउने घाँटीको अभ्यास हुन पुग्छ । पारखीले मात्र बेसुर एवं लयात्मकता बीचको फरक छुट्याउन सक्ने हुँदा निष्ठावान साधकले अनुरागी श्रोता खोज्छन् ।
गलबन्दी
नीर शाह
उसले बिहानै खाजा बनाइसकेकी रहिछ । खाजालाई एउटा कपडामा पोको पारेर उसले मलाई दिई । म पँधेरोबाट मुख धोएर कुल्ला गरेर भर्खरै घरभित्र पसेको थिएँ ।
ह्याप्पी न्यु इयर ! [ग्राफिक कथा]