text stringlengths 2 914 |
|---|
अविन |
धन्न नयाँ वर्ष मना’को जस्तो देखिने फोटो खिच्न पाइयो । नत्र त भरे फेसबुकमा के फेस देखाउने ? इज्जतै दाउमा पर्थ्यो । धन्न जोगियो । अनि मज्जाले पोस्टियो... ह्याप्पी न्यु इयर ! |
मन्त्रीको विदेश भ्रमण : उनकै मुखबाट |
शरच्चन्द्र वस्ती |
त्यस दिन प्रधानमन्त्रीले फोन गर्दा म कुखुरालाई चारो हाल्दैथिएँ । ‘तुरुन्त आइहाल’ भनेपछि हतारहतार एउटा कुखुरो झोलामा हालें र लगाएको ट्राउजर, टीशर्ट पनि नफेरी रात्रिबस चढेर भोलिपल्ट बिहानै उहाँको निवासमा पुगें । भन्नुभयो, ‘मन्त्रिपरिषद पुनर्गठन हुँदैछ, तिमीलाई उद्योगमन्त्री बनाइदिएको छु । दश बजे शपथ ग्रहण छ, वेलैमा हाजिर हुनू ।’ |
वैशाख ३, २०७८ |
बाबाको लोकतान्त्रिक आँगन |
विनोदविक्रम केसी |
झन्डै–झन्डै लोकतन्त्रको ‘अबिच्युअरी’ लेख्ने खण्ड आइलागेको थियो । निर्ग जैसी, सङ्घर्ष दाहालहरूले टाउको र ढाडमा निर्मम बुट खाएर; रीता परियार, मोहना अन्सारी, अनुभव अजित, नारायण वाग्ले, युग पाठक, सङ्गीतहरूले पानीको फोहोरा खाएर लोकतन्त्रलाई दिवंगत हुनबाट जोगाइदिए । यो कसको लोकतन्त्र हो, कसले गरिखाने लोकतन्त्र हो, कसले मरिजानुपर्ने लोकतन्त्र हो, यस्ता सवालहरूले ‘लाल सिनिक’ भएका नाताले मथिङ्गल रिङाइरहे पनि म यो लोकतन्त्रको मृत्युको कामना गर्न सक्दिनँ । यसको दीर्घायुको कामना पनि गर्न सक्दिनँ । |
चैत्र २८, २०७७ |
झ्यालबाट हेरिरहेकी कुमारी |
राजव |
झ्यालबाट हेरिरहेकी कुमारी के हेर्छे ? के खोज्छे ? के देख्छे ? |
‘हिन्द–प्रशान्त रणनीति’ को रहस्य |
जगदीश्वर पाण्डे |
डोनाल्ड ट्रम्प प्रशासनको कार्यकालमा अमेरिकाले अघि सारेको विदेश नीतिमध्ये सबैभन्दा महत्त्वपूर्ण रणनीतिमा पर्छ, इन्डो–प्यासिफिक स्ट्राटेजी (आईपीएस) । नेपालीमा यो हिन्द–प्रशान्त रणनीतिको नामले परिचित छ । |
परराष्ट्र प्रवृत्ति : बिनाटिप्पणी |
सौरभ |
जागिरेहरू एक नेपालमा संविधानको एउटा मस्यौदा निस्क्यो । मैले दिल्लीमा प्राप्त गरें । यो ठीक–बेठीक के छ बाबाजी (चन्द्रशेखर, इन्डियाका पूर्वप्रधानमन्त्री) कहाँ पनि पुर्याइदिनुपर्यो भनेर भोलिपल्ट डा.गोविन्द रेग्मी, डा. रामपदारथ बिछा र मैले त्यो मस्यौदा दियौं । चन्द्रशेखरलाई सम्झँदा– प्रदीप खतिवडा, कान्तिपुर, २०६४ असार २५ । पछि यी बंगलादेशका निम्ति राजदूत भए । |
धूमिल सहरको धूमिल चित्र |
मिलन बगाले |
शिवरात्रिको केही दिनअघि तुंख्य (टुँडिखेल) को दक्षिणी भागमा एउटा अचम्मको दृश्य देखियो । त्यो भागमा केही समयअघिदेखि माटो थुपारिएको छ । माटोको त्यस ढिस्कोमाथि आराध्यदेव शिवको बडेमाको चित्र उभ्याइएको थियो । टुँडिखेलको चौडाइ लगभग वारपार फैलिएको त्यो अग्लो ढिस्को शिवको एउटा चित्रले के छोपिन्थ्यो ? ढिस्को ढाक्न सेतो र हरियो कपडा पनि टम्म मिलाएर फिँजाइएको थियो । |
द गैंडाकोट म्यान |
देवेन्द्र भट्टराई |
भारतको बिहार राज्यमा गया सहरनजिकै एउटा गाउँ छ— गेहलौर । त्यही गाउँमा एक खेतीकिसानी बस्थे, दशरथ माझी । अग्लो पहाडी चट्टान नाघेर मात्रै औषधिमुलो किन्नलाई पुग्न सकिने त्यो गाउँमा एक दिन दशरथकी श्रीमतीलाई व्यथा लाग्छ । त्यो पहाड छिचोलेर सहर पुगेपछि मात्रै दशरथ छोरीका बाबु बन्छन् तर श्रीमतीको भने निधन हुन्छ । यो सत्य कथा र पीडाका माझ एक्लो सपनाजीवी बन्दै माझीले अठोट गर्छन्— त्यो विशाल पहाड छेडेर सडक बनाइछाड्ने । नभन्दै २२ वर्ष समय खर्चेर उनले बाटो पनि बनाए । |
नवाल सादवी र नारी क्रान्तिका पाठ |
अभि सुवेदी |
इजिप्टकी विश्वविख्यात नारीवादी लेखिका र महिला क्रान्तिकारी नवाल एल सादवीको ८ चैत २०७७ (२१ मार्च २०२१) मा ८९ वर्षको उमेरमा निधन भयो । तिनको निधनले अरबको नारीजगत्मा मात्रै होइन, विश्वभरिकै नारी आन्दोलनमा तरंग ल्याएको छ । नेपाल र दक्षिण एसियामा अहिले नारी आन्दोलन गर्नुपर्ने आवश्यकतामाथि लगभग आम सहमति तयार भइसकेको अवस्थामा यी विख्यात नारी अधिकारकर्मीको जीवन, यिनका दर्शन र कर्मबारे थोरै भए पनि चर्चा हुनैपर्छ भनेर यो लेख लखिरहेको हुँ । एल सादवीका ५० वटा किताब धेरैजसो अरबी भाषामा लेखिएका छन् । तर, केही किताब अंग्रेजीमा अनुवादित भएर व्यापक पढिएका छन् । |
सिम्माको पानीफोटो ! |
कल्पना बान्तवा |
मन्त्र जप गरिरहँदा जपमालाको सुमेरु नाघ्न हुन्न भनेर सिकाउँछन्, पुराना जपालुहरू ! व्यवहारका कति सुमेरु पनि नाघ्न नहुने हो जिन्दगीमा सायद । मायाप्रेमका मधुर/मदिर स्मृतिलाई पनि सजाइराख्न सक्नुपर्ने हो हृदयमा, तर त्यसो नहुँदो रैछ ! |
मनगीतमा मनमीत |
राजन गोदार |
गोरेटोमा एक्लै रुँदा... सम्झनाले मुटु छुँदा सम्झेर तिमीलाई दुख्दैन यो मन दुख्दैन यो मन किन ? यो रातको प्रहरमा आएर सपनाभरि छोपेर यो मनमुटुलाई छाएर आँखैभरि यो रात तिम्रै नै भो यो मुटु तिम्रै नै भो... |
चैत्र २७, २०७७ |
दिवंगत हुक्काको यादमा |
तीर्थबहादुर श्रेष्ठ |
मेरो जन्म काठमाडौं इलाकाको महाबौद्ध टोलमा ब्लक नम्बर १०/४३९ को एक घरमा भएको थियो । विसं १९९४ दसैंताका सोही घरको एउटा सानो कोठामा आमाले मलाई जन्माउनुभयो । वीर अस्पताल नजिकै थियो, तर प्रसूति सेवा थिएन । विसं २००२ ताका दरबार हाई स्कुलमा सबभन्दा तल्लो प्रारम्भिक कक्षा ‘अइट क्लास’ (आठौं) मा भर्ना भएँ । त्यस बेलाको त्यो दुई स्तरको कक्षा थियो । प्रत्येक वर्ष कक्षा उत्तीर्ण हुँदै फस्ट क्लास पुगेर प्रवेशिका परीक्षा अर्थात् एसएलसी उत्तीर्ण भएपछि स्कुल छोडेर कलेज गइन्थ्यो । दसौं कक्षालाई ‘फस्ट क्लास’ अर्थात् पहिलो कक्षा भन्ने चलन थियो । |
चैत्र २१, २०७७ |
बिछोड : एक व्यग्रता |
हिमांशु |
म छु बिछोडको सँघारमा अब मैले जानैपर्छ ... |
संगीतस्रष्टाका नालीबेली |
शार्दूल भट्टराई |
झुले अर्ग्यानिक फार्महाउस एन्ड रिसोर्टमा गीत–संगीतबारे अनौपचारिक कुराकानी भइरहेको थियो । त्यसको नेतृत्व गरिरहेका थिए– बुलु मुकारुङले । कुराकानीमा सहभागी थिए– वसन्त थापा, नारायण ढकाल, डम्बर चेम्जोङ, सुरेश ढकाल र देवेन्द्र ढुंगाना । |
‘निबन्धको स्वास्थ्यमा सुधार हुँदै गएको देख्दै छु’ |
कान्तिपुर संवाददाता |
लेखक हरि अधिकारीको नयाँ निबन्धसंग्रह ‘संकलित गद्यरचना’ भर्खरै प्रकाशनमा आएको छ । करिब १० वर्षअघि उनको पहिलो निबन्धसंग्रह ‘६० वर्षपछि’ प्रकाशित भएको थियो । बहुविधाका लेखक अधिकारीका यसअघि उपन्यास, कथासंग्रह र कवितासंग्रह गरी ७ थान कृति प्रकाशित भइसकेका छन् । |
कम्प्युटर : एक अलिखित कथा |
भुवनहरि सिग्देल |
नेपालमा कम्प्युटर स्थापना र सञ्चालन गर्न यूएसएडबाट २२०० डलर मासिक तलब पाउने गरी जोन एडम्स प्राविधिक सल्लाहकार भई २०२८ सालमा नेपाल आइपुगेका थिए । जोनसँगै नेपालमा आइपुगेको थियो– आईबीएम १४०१, एक दोस्रो–पुस्ते कम्प्युटर । |
गुनिला अनुवादक |
विप्लव प्रतीक |
पुस्तक पढ्ने मेरो बानी ‘कमर्शियल’ हिन्दी साहित्यबाट सुरु भएको हो । तिनबाट म हिन्दी जासुसी उपन्यासको कक्षामा उक्लिएँ । तर, साहित्यसागरको रसपान गर्ने मेरो यात्रा त्यत्तिकैमा सीमित रहेन । कुन्नि कुन स्रोतबाट हिन्दीमा अनुवादित रुसी साहित्यको निकट पुगेँ । निकोलाई आस्त्रोभ्स्की, टोल्सटोय, दोस्तोएभ्स्की, चेखभ, इभान तुर्गनेभ र पुश्किनका किताब पढेपछि मैले फर्केर पनि हेरिनँ ती जासुसी र सामाजिक भनिने हिन्दी उपन्यासतर्फ । तर, तिनले पढ्ने बानी लगाएको गुन भने अहिले पनि बिर्सिएको छैन । |
न्युरोड : ५० वर्षमा जे हरायो |
ग्रेटा राणा |
म पहिलोपटक २०२८, असार २० गते नेपाल प्रवेश गरेकी थिएँ । अबका केही महिनामा म नेपाल बस्न थालेको ५ दशक पूरा हुनेछ । यति लामो समय नेपाल बसूँला भन्ने सोचेकै थिइनँ । तर, बसेँ । त्यसमा मलाई कुनै पछुतो छैन । |
अनुवादका अम्मली |
जीवा लामिछाने |
विश्वव्यापी महाव्याधि लिएर आएको कोरोना भाइरसको कहरले यो एक वर्षभित्र हामीले गुमाएका र अझै गुमाइरहेका कुराहरूको सूची लम्बिँदै गर्दा विश्वासै गर्न नसकिने गरी रुसमा सबै नेपालीका अभिभावक, नेपाली साहित्यका अथक् साधक र मेरा साहित्यिक गुरु कृष्णप्रकाश श्रेष्ठलाई पनि निर्ममतापूर्वक चुँडाएर लग्यो । उहाँ ८२ वर्षको उमेरमा पनि तन्दुरुस्त–जाँगरिलो हुनुहुन्थ्यो । |
जसका निम्ति ‘पेसा’ थिएन राजनीति |
मोहनविक्रम सिंह |
कामरेड विष्णुबहादुर मानन्धरको निधन नेपालको कम्युनिस्ट आन्दोलनका लागि एउटा ठूलो क्षति हो । इतिहास प्रसिद्ध रौतहटको किसान आन्दोलनमा उहाँको महत्त्वपूर्ण भूमिका थियो । पहिले उहाँ नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । |
चैत्र २०, २०७७ |
एक ‘धुरन्धर ऐतिहासिक’ को दु:खान्त |
सुजित मैनाली |
नेपालको इतिहास लेखन परम्परामा धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१) को अग्रणी स्थान छ । नेपाली इतिहासका मूल सामग्रीहरूको पहिचान गरी तिनको परिशिलन र प्रकाशन गर्ने प्रामाणिक कोटीका एकाध ऐतिहासिकमध्येमा उनी पर्छन् । |
चैत्र १४, २०७७ |
एक इमानदार आत्ममन्थन |
विनोद सिजापती |
निजामती सेवाबाट राजीनामा दिएर स्वतन्त्र नागरिकको हैसियतमा लोकतन्त्र र मानवअधिकारमा चासो राख्ने डा. देवेन्द्रराज पाण्डेको आत्ममन्थन हो, ‘एक ज्यान दुई जुनी’ । विकासबारे अध्ययन–अनुसन्धानमा लाग्दै स्वतन्त्र व्यक्तिको पहिचान स्थापित गरेका पाण्डेको यो पुस्तक उनको जीवन यात्राको एकसरो वर्णन मात्रै होइन, यो त उनले देखेको नेपाली विकास, राजनीति र दातृ निकायको भूमिकाको सूक्ष्म वर्णन हो । |
कम्युनिस्ट ह्याचरी |
राजकुमार बानियाँ |
घट्टेकुलो (काठमाडौं) स्थित एक निवासको बैठक कोठामा दशकौंदेखि ठूलो फ्रेममा सजाइएको छ, गुरु–चेलाको फोटो । फोटोमा देखिन्छन्, गुरु गोविन्दप्रसाद लोहनी र चेला पुष्कर लोहनी । पुष्करका एक मात्र घोषित गुरु गोविन्द मार्क्सवादी थिए भने उनी आफैंचाहिँ फ्रायडवादी । बीपी कोइरालादेखि तुलसी गिरी अनि प्रदीप गिरिसम्म चकित–विस्मित भए, कट्टर मार्क्सवादी गुँडमा फ्रायडवादीको जन्म ! |
बेयुल : एक कथास्था |
रोशन शेरचन |
ख्वप : खुला विश्वविद्यालय २०७७ कात्तिक ६ । भक्तपुर (ख्वप) नगरपालिकाका मेयर सुनिल प्रजापतीसँग भेटेँ । उद्देश्य थियो– नगरपालिकाको जैविक विविधतासम्बन्धी कार्यक्रमबारे जानकारी लिनु । प्रतीक्षा–कक्षको ठूला बोर्डमा टाँसिएका फोटाहरूमा भक्तपुरको जात्रापर्वको तस्बिर, दरबार स्क्वायरको सांस्कृतिक भव्यता अनुभव गरेँ । चाड मनाइरहेको रैथाने नेवारी समुदायको अनुहारको भावमा बेग्लै आभा देख्न सकिन्थ्यो । त्यो भक्तपुरको मौलिक अनुहार थियो । सत्य भन्छु, प्रतीक्षा कक्षमै म प्रभावित भएँ । |
आत्मविश्वासको जरो |
दिपा कोइराला |
प्राथमिकदेखि माध्यमिक तहसम्मका कक्षामा मेरा गुरुहरू भन्थे, ‘जीवनमा सफलता प्राप्त गर्न हामीले आत्मविश्वास बढाउनुपर्छ ।’ आत्मविश्वासको परिभाषा उतिखेर राम्ररी नबुझेको म आफैंमाथि प्रश्न गर्थें– यो आत्मविश्वास भन्ने जिनिस हुन्छ कहाँ ? |
चन्द्रमान मास्के र चन्द्रशमशेर राणा |
अभि सुवेदी |
स्पेनी फ्लुको महामारीले दक्षिण एसियाली क्षेत्रमा लाखौं मानिसले ज्यान गुमाइरहेको बेला थियो । त्यो अवस्था अहिलेको कोभिड महामारीभन्दा अझ उग्र र भयावह थियो । सन् १९१८ मा बम्बै–ज्वरोको नामले प्रख्यात त्यस इन्फ्लुएन्जाले विभाजनपूर्वको भारतमा झन्डै १ करोड ८० लाख मानिसको ज्यान लिएको थियो । |
गुरुमार्पाको टुँडिखेल कथा |
मल्ल के. सुन्दर |
गायब टुँडिखेल काठमाडौं शान्तिपार्क, दक्षिणतिर भोटाहिटी भएर बागबजार जाने मूलबाटोसँगैको खुला ठाउँ शंखधर पार्क हो । राजाको शासनमा त्यसलाई रत्नपार्क भनिन्थ्यो । सँगै जोडिएको चउरलाई खुलामञ्च बनाइएको छ । त्यसभन्दा पर अलि फराकिलो ठाउँ सैनिक मञ्च बन्यो । सहिदगेट सडकपारिको सिंगो भूमि नेपाली सेनाको एकलौटी अधीनस्थ क्षेत्र भयो । सेनाको मुख्यालय यसै परिसरमा खडा गरिएको छ । आखिर, कहाँ छ टुँडिखेल ? |
चैत्र ७, २०७७ |
बा |
स्नेह सायमि |
बाले भोक चपाएर जोगाइराखेको पानी लाग्ने खेत कुहिनो र कुम टालेको चोलो लगाएर आमाले बाँकी राखेको बारीको पाटो न धान उमार्न सकियो न साग फलाउन |
एक्ला बालबालिकाका बेचैनी |
ज्ञानु अधिकारी |
आज पनि नेपाली समाज एउटी छोरीबाट स्वाभिमान र पहिचान चाहँदैन, केवल अनुशासन, मर्यादा, सम्झौता र इज्जत चाहन्छ । परिवार चाहन्छन्– उसले दायाँबायाँ नहेरोस् । अभिभावकको निर्देशनअनुसार मात्र पाइला चालोस्, नम्र, विनयी र सुशील भइराखोस् किनकि कुनै राम्रो (?) केटा वा परिवारले विवाहका लागि प्रस्ताव गरून् । उसको गृहस्थी जमोस् र ऊ त्यसमै सन्तुष्ट देखियोस् । |
मान्छेको कथा : जिरोदेखि हिरोसम्म |
विकास बस्नेत |
नियान्डरथल क्रेज अमेरिकाको क्यालिफोर्नियामा ‘ट्वेन्टी थ्री एण्ड मी’ नामको ब्यक्तिगत आनुवंशिक तथा अन्य बायोटेक्नोलोजी सेवा प्रदान गर्ने चर्चित ल्याब छ । युरोप तथा अमेरिकाभर फैलिएका यस्ता धेरै सेवा प्रदायकमध्ये यो एक हो । यसले प्रदान गर्ने विविध प्रकारका सेवाको मेनुमा एउटा छ– नियान्डरथल पुर्ख्यौली जाँच सेवा । कम्पनीको वेबसाइटले भन्छ – तपाईंको डीएनएमा नियान्डरथलको अंश र अरूसँग त्यसको तुलनात्मक विश्लेषण गरेर त्यसको विवरण हामी तपाईंलाई बताउँछौं । तपाईंको उचाइ र कपालको रंगजस्ता गुणहरूमा समेत नियान्डरथल डीएनएको योगदान कति छ, हामी भनिदिन्छौं । |
बजार बदलियो, बदलिएन असन |
सुरेश किरण |
पाकिस्तानको लाहोरमा एउटा भनाइ प्रचलित छ– जसले लाहोर देखेको छैन, त्यसले दुनियाँ देखेको छैन । लाहोरको यही भनाइ काठमाडौंमा फिट गर्ने हो भने त्यो असन बजारमा लागू हुन्छ होला– जसले असन देखेको छैन त्यसले काठमाडौं देखेको छैन । |
दर्जनौंपटक दोहोर्याएको ‘आमा’ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.