text
stringlengths
2
914
अविन
धन्न नयाँ वर्ष मना’को जस्तो देखिने फोटो खिच्न पाइयो । नत्र त भरे फेसबुकमा के फेस देखाउने ? इज्जतै दाउमा पर्थ्यो । धन्न जोगियो । अनि मज्जाले पोस्टियो... ह्याप्पी न्यु इयर !
मन्त्रीको विदेश भ्रमण : उनकै मुखबाट
शरच्चन्द्र वस्ती
त्यस दिन प्रधानमन्त्रीले फोन गर्दा म कुखुरालाई चारो हाल्दैथिएँ । ‘तुरुन्त आइहाल’ भनेपछि हतारहतार एउटा कुखुरो झोलामा हालें र लगाएको ट्राउजर, टीशर्ट पनि नफेरी रात्रिबस चढेर भोलिपल्ट बिहानै उहाँको निवासमा पुगें । भन्नुभयो, ‘मन्त्रिपरिषद पुनर्गठन हुँदैछ, तिमीलाई उद्योगमन्त्री बनाइदिएको छु । दश बजे शपथ ग्रहण छ, वेलैमा हाजिर हुनू ।’
वैशाख ३, २०७८
बाबाको लोकतान्त्रिक आँगन
विनोदविक्रम केसी
झन्डै–झन्डै लोकतन्त्रको ‘अबिच्युअरी’ लेख्ने खण्ड आइलागेको थियो । निर्ग जैसी, सङ्घर्ष दाहालहरूले टाउको र ढाडमा निर्मम बुट खाएर; रीता परियार, मोहना अन्सारी, अनुभव अजित, नारायण वाग्ले, युग पाठक, सङ्गीतहरूले पानीको फोहोरा खाएर लोकतन्त्रलाई दिवंगत हुनबाट जोगाइदिए । यो कसको लोकतन्त्र हो, कसले गरिखाने लोकतन्त्र हो, कसले मरिजानुपर्ने लोकतन्त्र हो, यस्ता सवालहरूले ‘लाल सिनिक’ भएका नाताले मथिङ्गल रिङाइरहे पनि म यो लोकतन्त्रको मृत्युको कामना गर्न सक्दिनँ । यसको दीर्घायुको कामना पनि गर्न सक्दिनँ ।
चैत्र २८, २०७७
झ्यालबाट हेरिरहेकी कुमारी
राजव
झ्यालबाट हेरिरहेकी कुमारी के हेर्छे ? के खोज्छे ? के देख्छे ?
‘हिन्द–प्रशान्त रणनीति’ को रहस्य
जगदीश्वर पाण्डे
डोनाल्ड ट्रम्प प्रशासनको कार्यकालमा अमेरिकाले अघि सारेको विदेश नीतिमध्ये सबैभन्दा महत्त्वपूर्ण रणनीतिमा पर्छ, इन्डो–प्यासिफिक स्ट्राटेजी (आईपीएस) । नेपालीमा यो हिन्द–प्रशान्त रणनीतिको नामले परिचित छ ।
परराष्ट्र प्रवृत्ति : बिनाटिप्पणी
सौरभ
जागिरेहरू एक नेपालमा संविधानको एउटा मस्यौदा निस्क्यो । मैले दिल्लीमा प्राप्त गरें । यो ठीक–बेठीक के छ बाबाजी (चन्द्रशेखर, इन्डियाका पूर्वप्रधानमन्त्री) कहाँ पनि पुर्‍याइदिनुपर्‍यो भनेर भोलिपल्ट डा.गोविन्द रेग्मी, डा. रामपदारथ बिछा र मैले त्यो मस्यौदा दियौं । चन्द्रशेखरलाई सम्झँदा– प्रदीप खतिवडा, कान्तिपुर, २०६४ असार २५ । पछि यी बंगलादेशका निम्ति राजदूत भए ।
धूमिल सहरको धूमिल चित्र
मिलन बगाले
शिवरात्रिको केही दिनअघि तुंख्य (टुँडिखेल) को दक्षिणी भागमा एउटा अचम्मको दृश्य देखियो । त्यो भागमा केही समयअघिदेखि माटो थुपारिएको छ । माटोको त्यस ढिस्कोमाथि आराध्यदेव शिवको बडेमाको चित्र उभ्याइएको थियो । टुँडिखेलको चौडाइ लगभग वारपार फैलिएको त्यो अग्लो ढिस्को शिवको एउटा चित्रले के छोपिन्थ्यो ? ढिस्को ढाक्न सेतो र हरियो कपडा पनि टम्म मिलाएर फिँजाइएको थियो ।
द गैंडाकोट म्यान
देवेन्द्र भट्टराई
भारतको बिहार राज्यमा गया सहरनजिकै एउटा गाउँ छ— गेहलौर । त्यही गाउँमा एक खेतीकिसानी बस्थे, दशरथ माझी । अग्लो पहाडी चट्टान नाघेर मात्रै औषधिमुलो किन्नलाई पुग्न सकिने त्यो गाउँमा एक दिन दशरथकी श्रीमतीलाई व्यथा लाग्छ । त्यो पहाड छिचोलेर सहर पुगेपछि मात्रै दशरथ छोरीका बाबु बन्छन् तर श्रीमतीको भने निधन हुन्छ । यो सत्य कथा र पीडाका माझ एक्लो सपनाजीवी बन्दै माझीले अठोट गर्छन्— त्यो विशाल पहाड छेडेर सडक बनाइछाड्ने । नभन्दै २२ वर्ष समय खर्चेर उनले बाटो पनि बनाए ।
नवाल सादवी र नारी क्रान्तिका पाठ
अभि सुवेदी
इजिप्टकी विश्वविख्यात नारीवादी लेखिका र महिला क्रान्तिकारी नवाल एल सादवीको ८ चैत २०७७ (२१ मार्च २०२१) मा ८९ वर्षको उमेरमा निधन भयो । तिनको निधनले अरबको नारीजगत्मा मात्रै होइन, विश्वभरिकै नारी आन्दोलनमा तरंग ल्याएको छ । नेपाल र दक्षिण एसियामा अहिले नारी आन्दोलन गर्नुपर्ने आवश्यकतामाथि लगभग आम सहमति तयार भइसकेको अवस्थामा यी विख्यात नारी अधिकारकर्मीको जीवन, यिनका दर्शन र कर्मबारे थोरै भए पनि चर्चा हुनैपर्छ भनेर यो लेख लखिरहेको हुँ । एल सादवीका ५० वटा किताब धेरैजसो अरबी भाषामा लेखिएका छन् । तर, केही किताब अंग्रेजीमा अनुवादित भएर व्यापक पढिएका छन् ।
सिम्माको पानीफोटो !
कल्पना बान्तवा
मन्त्र जप गरिरहँदा जपमालाको सुमेरु नाघ्न हुन्न भनेर सिकाउँछन्, पुराना जपालुहरू ! व्यवहारका कति सुमेरु पनि नाघ्न नहुने हो जिन्दगीमा सायद । मायाप्रेमका मधुर/मदिर स्मृतिलाई पनि सजाइराख्न सक्नुपर्ने हो हृदयमा, तर त्यसो नहुँदो रैछ !
मनगीतमा मनमीत
राजन गोदार
गोरेटोमा एक्लै रुँदा... सम्झनाले मुटु छुँदा सम्झेर तिमीलाई दुख्दैन यो मन दुख्दैन यो मन किन ? यो रातको प्रहरमा आएर सपनाभरि छोपेर यो मनमुटुलाई छाएर आँखैभरि यो रात तिम्रै नै भो यो मुटु तिम्रै नै भो...
चैत्र २७, २०७७
दिवंगत हुक्काको यादमा
तीर्थबहादुर श्रेष्ठ
मेरो जन्म काठमाडौं इलाकाको महाबौद्ध टोलमा ब्लक नम्बर १०/४३९ को एक घरमा भएको थियो । विसं १९९४ दसैंताका सोही घरको एउटा सानो कोठामा आमाले मलाई जन्माउनुभयो । वीर अस्पताल नजिकै थियो, तर प्रसूति सेवा थिएन । विसं २००२ ताका दरबार हाई स्कुलमा सबभन्दा तल्लो प्रारम्भिक कक्षा ‘अइट क्लास’ (आठौं) मा भर्ना भएँ । त्यस बेलाको त्यो दुई स्तरको कक्षा थियो । प्रत्येक वर्ष कक्षा उत्तीर्ण हुँदै फस्ट क्लास पुगेर प्रवेशिका परीक्षा अर्थात् एसएलसी उत्तीर्ण भएपछि स्कुल छोडेर कलेज गइन्थ्यो । दसौं कक्षालाई ‘फस्ट क्लास’ अर्थात् पहिलो कक्षा भन्ने चलन थियो ।
चैत्र २१, २०७७
बिछोड : एक व्यग्रता
हिमांशु
म छु बिछोडको सँघारमा अब मैले जानैपर्छ ...
संगीतस्रष्टाका नालीबेली
शार्दूल भट्टराई
झुले अर्ग्यानिक फार्महाउस एन्ड रिसोर्टमा गीत–संगीतबारे अनौपचारिक कुराकानी भइरहेको थियो । त्यसको नेतृत्व गरिरहेका थिए– बुलु मुकारुङले । कुराकानीमा सहभागी थिए– वसन्त थापा, नारायण ढकाल, डम्बर चेम्जोङ, सुरेश ढकाल र देवेन्द्र ढुंगाना ।
‘निबन्धको स्वास्थ्यमा सुधार हुँदै गएको देख्दै छु’
कान्तिपुर संवाददाता
लेखक हरि अधिकारीको नयाँ निबन्धसंग्रह ‘संकलित गद्यरचना’ भर्खरै प्रकाशनमा आएको छ । करिब १० वर्षअघि उनको पहिलो निबन्धसंग्रह ‘६० वर्षपछि’ प्रकाशित भएको थियो । बहुविधाका लेखक अधिकारीका यसअघि उपन्यास, कथासंग्रह र कवितासंग्रह गरी ७ थान कृति प्रकाशित भइसकेका छन् ।
कम्प्युटर : एक अलिखित कथा
भुवनहरि सिग्देल
नेपालमा कम्प्युटर स्थापना र सञ्चालन गर्न यूएसएडबाट २२०० डलर मासिक तलब पाउने गरी जोन एडम्स प्राविधिक सल्लाहकार भई २०२८ सालमा नेपाल आइपुगेका थिए । जोनसँगै नेपालमा आइपुगेको थियो– आईबीएम १४०१, एक दोस्रो–पुस्ते कम्प्युटर ।
गुनिला अनुवादक
विप्लव प्रतीक
पुस्तक पढ्ने मेरो बानी ‘कमर्शियल’ हिन्दी साहित्यबाट सुरु भएको हो । तिनबाट म हिन्दी जासुसी उपन्यासको कक्षामा उक्लिएँ । तर, साहित्यसागरको रसपान गर्ने मेरो यात्रा त्यत्तिकैमा सीमित रहेन । कुन्नि कुन स्रोतबाट हिन्दीमा अनुवादित रुसी साहित्यको निकट पुगेँ । निकोलाई आस्त्रोभ्स्की, टोल्सटोय, दोस्तोएभ्स्की, चेखभ, इभान तुर्गनेभ र पुश्किनका किताब पढेपछि मैले फर्केर पनि हेरिनँ ती जासुसी र सामाजिक भनिने हिन्दी उपन्यासतर्फ । तर, तिनले पढ्ने बानी लगाएको गुन भने अहिले पनि बिर्सिएको छैन ।
न्युरोड : ५० वर्षमा जे हरायो
ग्रेटा राणा
म पहिलोपटक २०२८, असार २० गते नेपाल प्रवेश गरेकी थिएँ । अबका केही महिनामा म नेपाल बस्न थालेको ५ दशक पूरा हुनेछ । यति लामो समय नेपाल बसूँला भन्ने सोचेकै थिइनँ । तर, बसेँ । त्यसमा मलाई कुनै पछुतो छैन ।
अनुवादका अम्मली
जीवा लामिछाने
विश्वव्यापी महाव्याधि लिएर आएको कोरोना भाइरसको कहरले यो एक वर्षभित्र हामीले गुमाएका र अझै गुमाइरहेका कुराहरूको सूची लम्बिँदै गर्दा विश्वासै गर्न नसकिने गरी रुसमा सबै नेपालीका अभिभावक, नेपाली साहित्यका अथक् साधक र मेरा साहित्यिक गुरु कृष्णप्रकाश श्रेष्ठलाई पनि निर्ममतापूर्वक चुँडाएर लग्यो । उहाँ ८२ वर्षको उमेरमा पनि तन्दुरुस्त–जाँगरिलो हुनुहुन्थ्यो ।
जसका निम्ति ‘पेसा’ थिएन राजनीति
मोहनविक्रम सिंह
कामरेड विष्णुबहादुर मानन्धरको निधन नेपालको कम्युनिस्ट आन्दोलनका लागि एउटा ठूलो क्षति हो । इतिहास प्रसिद्ध रौतहटको किसान आन्दोलनमा उहाँको महत्त्वपूर्ण भूमिका थियो । पहिले उहाँ नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो ।
चैत्र २०, २०७७
एक ‘धुरन्धर ऐतिहासिक’ को दु:खान्त
सुजित मैनाली
नेपालको इतिहास लेखन परम्परामा धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१) को अग्रणी स्थान छ । नेपाली इतिहासका मूल सामग्रीहरूको पहिचान गरी तिनको परिशिलन र प्रकाशन गर्ने प्रामाणिक कोटीका एकाध ऐतिहासिकमध्येमा उनी पर्छन् ।
चैत्र १४, २०७७
एक इमानदार आत्ममन्थन
विनोद सिजापती
निजामती सेवाबाट राजीनामा दिएर स्वतन्त्र नागरिकको हैसियतमा लोकतन्त्र र मानवअधिकारमा चासो राख्ने डा. देवेन्द्रराज पाण्डेको आत्ममन्थन हो, ‘एक ज्यान दुई जुनी’ । विकासबारे अध्ययन–अनुसन्धानमा लाग्दै स्वतन्त्र व्यक्तिको पहिचान स्थापित गरेका पाण्डेको यो पुस्तक उनको जीवन यात्राको एकसरो वर्णन मात्रै होइन, यो त उनले देखेको नेपाली विकास, राजनीति र दातृ निकायको भूमिकाको सूक्ष्म वर्णन हो ।
कम्युनिस्ट ह्याचरी
राजकुमार बानियाँ
घट्टेकुलो (काठमाडौं) स्थित एक निवासको बैठक कोठामा दशकौंदेखि ठूलो फ्रेममा सजाइएको छ, गुरु–चेलाको फोटो । फोटोमा देखिन्छन्, गुरु गोविन्दप्रसाद लोहनी र चेला पुष्कर लोहनी । पुष्करका एक मात्र घोषित गुरु गोविन्द मार्क्सवादी थिए भने उनी आफैंचाहिँ फ्रायडवादी । बीपी कोइरालादेखि तुलसी गिरी अनि प्रदीप गिरिसम्म चकित–विस्मित भए, कट्टर मार्क्सवादी गुँडमा फ्रायडवादीको जन्म !
बेयुल : एक कथास्था
रोशन शेरचन
ख्वप : खुला विश्वविद्यालय २०७७ कात्तिक ६ । भक्तपुर (ख्वप) नगरपालिकाका मेयर सुनिल प्रजापतीसँग भेटेँ । उद्देश्य थियो– नगरपालिकाको जैविक विविधतासम्बन्धी कार्यक्रमबारे जानकारी लिनु । प्रतीक्षा–कक्षको ठूला बोर्डमा टाँसिएका फोटाहरूमा भक्तपुरको जात्रापर्वको तस्बिर, दरबार स्क्वायरको सांस्कृतिक भव्यता अनुभव गरेँ । चाड मनाइरहेको रैथाने नेवारी समुदायको अनुहारको भावमा बेग्लै आभा देख्न सकिन्थ्यो । त्यो भक्तपुरको मौलिक अनुहार थियो । सत्य भन्छु, प्रतीक्षा कक्षमै म प्रभावित भएँ ।
आत्मविश्वासको जरो
दिपा कोइराला
प्राथमिकदेखि माध्यमिक तहसम्मका कक्षामा मेरा गुरुहरू भन्थे, ‘जीवनमा सफलता प्राप्त गर्न हामीले आत्मविश्वास बढाउनुपर्छ ।’ आत्मविश्वासको परिभाषा उतिखेर राम्ररी नबुझेको म आफैंमाथि प्रश्न गर्थें– यो आत्मविश्वास भन्ने जिनिस हुन्छ कहाँ ?
चन्द्रमान मास्के र चन्द्रशमशेर राणा
अभि सुवेदी
स्पेनी फ्लुको महामारीले दक्षिण एसियाली क्षेत्रमा लाखौं मानिसले ज्यान गुमाइरहेको बेला थियो । त्यो अवस्था अहिलेको कोभिड महामारीभन्दा अझ उग्र र भयावह थियो । सन् १९१८ मा बम्बै–ज्वरोको नामले प्रख्यात त्यस इन्फ्लुएन्जाले विभाजनपूर्वको भारतमा झन्डै १ करोड ८० लाख मानिसको ज्यान लिएको थियो ।
गुरुमार्पाको टुँडिखेल कथा
मल्ल के. सुन्दर
गायब टुँडिखेल काठमाडौं शान्तिपार्क, दक्षिणतिर भोटाहिटी भएर बागबजार जाने मूलबाटोसँगैको खुला ठाउँ शंखधर पार्क हो । राजाको शासनमा त्यसलाई रत्नपार्क भनिन्थ्यो । सँगै जोडिएको चउरलाई खुलामञ्च बनाइएको छ । त्यसभन्दा पर अलि फराकिलो ठाउँ सैनिक मञ्च बन्यो । सहिदगेट सडकपारिको सिंगो भूमि नेपाली सेनाको एकलौटी अधीनस्थ क्षेत्र भयो । सेनाको मुख्यालय यसै परिसरमा खडा गरिएको छ । आखिर, कहाँ छ टुँडिखेल ?
चैत्र ७, २०७७
बा
स्नेह सायमि
बाले भोक चपाएर जोगाइराखेको पानी लाग्ने खेत कुहिनो र कुम टालेको चोलो लगाएर आमाले बाँकी राखेको बारीको पाटो न धान उमार्न सकियो न साग फलाउन
एक्ला बालबालिकाका बेचैनी
ज्ञानु अधिकारी
आज पनि नेपाली समाज एउटी छोरीबाट स्वाभिमान र पहिचान चाहँदैन, केवल अनुशासन, मर्यादा, सम्झौता र इज्जत चाहन्छ । परिवार चाहन्छन्– उसले दायाँबायाँ नहेरोस् । अभिभावकको निर्देशनअनुसार मात्र पाइला चालोस्, नम्र, विनयी र सुशील भइराखोस् किनकि कुनै राम्रो (?) केटा वा परिवारले विवाहका लागि प्रस्ताव गरून् । उसको गृहस्थी जमोस् र ऊ त्यसमै सन्तुष्ट देखियोस् ।
मान्छेको कथा : जिरोदेखि हिरोसम्म
विकास बस्नेत
नियान्डरथल क्रेज अमेरिकाको क्यालिफोर्नियामा ‘ट्वेन्टी थ्री एण्ड मी’ नामको ब्यक्तिगत आनुवंशिक तथा अन्य बायोटेक्नोलोजी सेवा प्रदान गर्ने चर्चित ल्याब छ । युरोप तथा अमेरिकाभर फैलिएका यस्ता धेरै सेवा प्रदायकमध्ये यो एक हो । यसले प्रदान गर्ने विविध प्रकारका सेवाको मेनुमा एउटा छ– नियान्डरथल पुर्ख्यौली जाँच सेवा । कम्पनीको वेबसाइटले भन्छ – तपाईंको डीएनएमा नियान्डरथलको अंश र अरूसँग त्यसको तुलनात्मक विश्लेषण गरेर त्यसको विवरण हामी तपाईंलाई बताउँछौं । तपाईंको उचाइ र कपालको रंगजस्ता गुणहरूमा समेत नियान्डरथल डीएनएको योगदान कति छ, हामी भनिदिन्छौं ।
बजार बदलियो, बदलिएन असन
सुरेश किरण
पाकिस्तानको लाहोरमा एउटा भनाइ प्रचलित छ– जसले लाहोर देखेको छैन, त्यसले दुनियाँ देखेको छैन । लाहोरको यही भनाइ काठमाडौंमा फिट गर्ने हो भने त्यो असन बजारमा लागू हुन्छ होला– जसले असन देखेको छैन त्यसले काठमाडौं देखेको छैन ।
दर्जनौंपटक दोहोर्‍याएको ‘आमा’