text
stringlengths
2
914
कान्तिपुर संवाददाता
मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेता हुन् । उनी ६ दशकदेखि निरन्तर संगठन, अध्ययन–अनुसन्धानमा सक्रिय छन् ।
एक ‘जीवित ज्ञानकोश’ का नाममा
राजेन्द्र महर्जन
सत्ता पक्षमा कम्युनिस्ट, प्रतिपक्षमा कम्युनिस्ट, सदनमा कम्युनिस्ट, सडकमा कम्युनिस्ट ! पार्टीका साइनबोर्ड मात्रै हेर्दा नेपाल कम्युनिस्टमय भएको भान हुन्छ । नाम मात्रकै किन नहोस्, देशमा सबैतिर कम्युनिस्ट छाएको भ्रान्ति हुन सक्छ । यस्तो देशमा धेरैजसो कम्युनिस्ट नेताका सल्लाहकार र कम्युनिस्ट आन्दोलन सचेतकको मृत्यु भएको छ, जसको कथनी र करणीमा भेदको रेखा कम छ ।
चैत्र ६, २०७७
एक ‘आलोचक’ को घनचक्कर
फणीन्द्र संगम
मोटो गाता भएको पहेँलो फाइल एकसुरमा उधिनिरहेका छन्, जहाँ मिलाएर राखिएको छ– अखबारमा प्रकाशित कविता, लेख र निबन्धका कटिङ । बेलाबेला आफ्नो कवितासंग्रह ‘सातौं बादशाहको रातो कोट’ को लेआउट हेर्न डिजाइनरको कम्प्युटरतिर आँखा पुर्‍याउँछन् । गएको कात्तिक पहिलो साता बागबजारस्थित एक प्रकाशन गृहमा रेशम विरही यस्तै धपेडीमा भेटिए ।
फाल्गुन २९, २०७७
कर्णालीका मान्ठ
हीरा बिजुली नेपाली
केही वर्षअघि कर्णालीको गुम्दै गएको समृद्धिबारे लेखिएको, सायद पहिलो पुस्तक, ‘समृद्ध कर्णालीको दुःख’ पढ्ने अवसर पाएको थिएँ । सोमत घिमिरे र टीका भट्टराई लिखित उक्त पुस्तकले राज्यका मूलधारका भनिएका पत्रकार, लेखक र राजनीतिक दलहरूले ‘दुर्गम, भोकमरी’ हुने ठाउँ भनेर दिएको परिचयको खरो प्रतिकार गरेको छ । साथै ‘गोर्खे राज्य’ को जितअघिको समृद्ध कर्णालीले सिमान्तीकरणको चपेटामा परी आफूसँग भएका समृद्धिका आधार भत्काउँदै कालान्तरमा दुःखी र दरिद्र भएको तीतो सत्य प्रकाश पारेको छ ।
म एउटा विषय हुँ
सविता गौतम दाहाल
चुप लागेर घरमै बसिरहूँ वा सबै भुलेर अघि बढूँ, जे गरे पनि, म एउटा विषय सुन्दरतम– समाजको ।
गुलाबी सपना
ईश्वरी कार्की 'वर्षा’
र्‍याकभरिका पुस्तकले पर्खिरहेछन् नव दुलहीझैं घुम्टो खोलीको दिन
जब त्रिभुवनले दिल्लीमा चुरोट बाँडे
देविचन्द्र श्रेष्ठ
आधुनिक नेपालको इतिहासमा ७० वर्षअघिको राजनैतिक परिवर्तनले ‘२००७ सालको जनक्रान्ति’ भनेर प्रसिद्धि पाए पनि वास्तवमा यो घटना ‘जनक्रान्ति’ मात्रै थिएन । यसलाई चार कोणबाट हेर्नुपर्छ । त्यसलै त्यो परिर्वतनलाई चौ–आयामिक संघर्ष भन्दा उपयुक्त हुनेछ ।
थला परेको नुनथलो
नवीन विभास
प्रधानमन्त्री केपी ओलीले ‘मिथ’ का राम नेपालमा जन्मेको दाबीसँगै गुमनाम ठोरी सञ्चारमाध्यममा (दुई/चार दिन नै सही) झुलुक्क झुल्केको सत्य हो । योभन्दा पनि सत्य हो, भारतमा मोदीले जसरी नेपालमा ओलीले गरेको ‘राम’ राजनीति । त्यत्ति नै सत्य हो, नुन बोक्ने हटारु लर्को लाग्ने कुनै जुगको नुनथलो ठोरी हो । भिखनाठोरीमा गुड्ने रेल गीत भएर फुलेको नि सत्य हो–
अक्षरका वर्जित यात्रीहरू
भूपाल राई
तपाईं यसलाई नपढ्न सक्नुहुन्छ । हो, नपढ्न सक्नुहुन्छ । तर, तपाईंले नपढ्दैमा मैले नलेख्न सक्छु, त्यस्तो सोच्न सक्नुहुन्न । नपढ्नु तपाईंले नलडी प्राप्त गर्नुभएको क्षेत्राधिकारभित्र पर्छ होला । तर, लेख्नु अधिकारको कुरा मात्र होइन । त्यो अरू पनि केही हो ।
फाल्गुन २८, २०७७
ज्ञानु : ५० वर्षअघि, ५० वर्षपछि !
रामेश
टेबहालको एउटा कोठा । कोठा भाडा महिनाको ३५ रुपैयाँ । एक जनाको आयस्ताले नभ्याउने भएकाले तीन जना साथीहरू मिलेर लिएको । नयाँसडकछेउको डेरा । साँझ यसो न्युरोड घुमेपछि हाम्रो कोठामा सुस्ताउन आइपुग्थे किसिम किसिमका साथीहरू ।
फाल्गुन २२, २०७७
सुश्री आमा सुन्दरी
अभय श्रेष्ठ
१. मैले आफ्नो सौन्दर्यमा त्यतिखेरै पाएकी हुँ निखार जब गुराँसजस्तो निख्खर मेरो प्रेमको नासो संगीत भएर ओर्लियो सुनौलो धरतीमा ।
दुःखपछिको हुटहुटी
बुनु थारु
जागिर त परको कुरा, कमलरीहरूका लागि शिक्षा भन्नु घामजस्तै थियो– आशा बनेर हरेक बिहान उदाउने, साँझ अँध्यारो छाडेर अलप हुने । यसै पनि शिक्षा र रोजगारीका क्षेत्रमा थारू समुदाय अझै पछाडि छ । कमलरी प्रथाका बेला कतिसम्म ताडना भोग्नुपर्थ्यो, त्यो उनीहरूकै कथाले बताउँछ ।
झलो ताचीको बुख्याँचा
संगीता उराँव
दादाबोहे (हजुरबुबा) बिहान सधैं रेडियोमा समाचार सुन्थिन् । त्यस दिन भने समाचार होइन हजुआमाको गाली सुन्नुपर्‍यो । म भने लगलग काँपिरहेकी थिएँ । आँगनबाट मुसोको चालमा निस्किएँ, साथी बसोलाई भेट्न ।
हिम्मतको गोल्डेन बुट
सविता आचार्य
त्यस दिन आफूलाई सतत् कमजोर ठानेर चुपचाप बसेँ । डरले मरिचझैं चाउरिएँ ।
गलत कायामा अड्केको मान्छे !
कल्पना बान्तवा
विभिन्न मन्दिरहरूका प्रांगणमा, सन्चोले चारा टिपेर भुर्रर उडिहिँड्ने परेवालाई एकाएक अँठ्याएर उड्न नदिँदा कस्तो अनुभव गर्दो हो बिचरा त्यो ! वनमा खाइखेली हुर्किरहेका चरालाई पक्रिएर ल्याई पिँजडामा थुनेर बजारमा बिक्रीका लागि राखिएको देखिन्छ, स्वतन्त्रता गुमाएर पराधीन बनेका ती निरीह पन्छीलाई कैदमा कुँजिँदा कति छटपटी हुँदो हो !
अनि डुंगा खियाउन थालें
हस्तमाया विक
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट झन्डै ३ घण्टा पर खुर्कोटनजिकैबाट बगेको छ, सुनकोसी नदी । बेतोडले बगेको कोसीको छाल काट्दै माझीले डुंगा तारेको हेरेर हुर्किएँ । डुंगा चढ्ने आँट कहिल्यै आएन । १४ वर्षअघि पोखरा आएपछि पहिलोपल्ट यति ठूलो फेवाताल देखेँ । अहिले ६४ वर्षको उमेरसम्म यही तालमा डुंगा खियाइरहेछु ।
पुनर्विवाहमा किन प्रश्‍न ?
प्रमिला रिमाल
सुरक्षा दिदी र म एउटा विवाहको उत्सवमा गएका थियौँ । दिदी बिहे भएको एक वर्षमै श्रीमान्बाट अलग्गिएर बस्नुभएको दशक पुग्न लाग्यो । शैक्षिक–यात्रा सकेपछि राम्रो जागिरका साथ सामाजिक क्षेत्रमा निकै सक्रिय दिदी मिजासिली हुनुहुन्छ । अझ मेरो त बेस्टफ्रेन्डजस्तै हुनुहुन्छ । उहाँलाई देख्दा मलाई खुब आत्मविश्वास जाग्छ ।
फाल्गुन २१, २०७७
नजलेको मुस्कान
हीरादेवी लामा
‘मेरो ठम्याइ छ कि तपाईं बलियो किशोरी हो । मेरो शुभकामना छ– तपाईंलाई । चाँडोभन्दा चाँडो निको हुनुहोस्, सधैंभरि यसरी नै मुस्कुराउनुहोस्,’ बलिउडका महानायक अमिताभ बच्चनले मुस्कान खातुनका लागि मुस्कानको कामना गरेका वाक्य हुन् यी ।
फाल्गुन १५, २०७७
पहाडको अर्थ खोज्दै
विश्‍व सिग्देल
मानिससँग हिँड्दाहिँड्दै कहिल्यै नसकिने बाटाहरू हुन्छन् । खाँदाखाँदै कहिल्यै नसकिने खाने क्रम हुन्छ । लाउँदा–लाउँदै नसकिने लुगाहरूको फेहरिस्त, गाउँदा–गाउँदै नसकिने जीवनगीत अनि लेख्दा–लेख्दै नसकिने खाली पानाहरूको थाक हुन्छ । अर्थपूर्ण संगति खोज्दाखोज्दै ती पानाहरू खाली नै रहन पुग्छन् । मेरो अगाडि प्रत्येक पानाहरू सुन्दर कविताले भरिएका ‘पानाहरू खाली छन्’ नामको युयुत्सु आरडी शर्माको कविता संग्रह छ ।
आए, सबै याद आए
देवेन्द्र भट्टराई
सन् १९७५, २४ नोभेम्बर ‘यो केके भयो र कसरी भयो सबै कुरा यहाँ मुस्किल भयो हामी भेटिनु त मुस्किल भयो
एउटा मण्डपमा 'सेमियोटिक्स’
सौरभ
सेमियोटिक्सको अर्थ नयाँ उब्जेका प्रतीकहरूलाई शास्त्रीय रूप दिने, त्यसको मूल्यलाई स्थापित एवं व्याख्या गर्ने कार्य हो सेमियोटिक्स साह्रै सरल भाषामा भन्नुपर्दा । मोटो अर्थमा प्रतिमा लक्षणशास्त्र (आइकनोग्राफी) र सेमियोटिक्समा भिन्नता छ जस्तो लाग्दैन पनि । तर, यसको चलन नै नेपालमा नभएको हुँदा सेमियोटिक्सलाई एउटै शब्दमा परिभाषित यतिबेला गर्न सकिन्न । त्यो हास्यास्पद हुन पुग्छ, कृत्रिम लाग्छ ।
आपा क्हार्पको इन्द्रधनुष
रोशन शेरचन
सूर्योदय हेर्न उक्लनुस् बेलुका अबेरसम्मै बसियो । तीर्थ गुरुङको कथासंग्रह ‘आपा क्हार्प’ को विमोचन सम्पन्न भएको खुसियाली, पोखराको चिसो साँझ मज्जैले तातेको थियो । लेकाली चुल्होको आतिथ्यको न्यायो पनि त्यसमा मिसिएको थियो ।
सिग्नेचर प्लिज !
राजव
कविता ढाडस दिन्छ अन्धकार सुरुङमा तिमी एक्लो छैनौ – लुइस ग्लुक (६ खण्डमा लेखिएको चर्चित कविता ‘अक्टोबर’ बाट)
छोरा पाउँदिनस् !
अनिता न्यौपाने
घरमा बुबाको श्राद्ध थियो । हामी टीका लगाउन लाम लाग्यौं । पहिले छोरी अनि म । पुरोहितले मेरो निधारमा केशरी लतपतिएको बूढीऔंलो घसार्दै सोधे, ‘कति छन् बच्चाबच्ची ?’
‘मेगजिन कर’ को दुर्लभ रसिद !
भोगीराज चाम्लिङ
खासगरी नेपालको आर्थिक इतिहासका लागि विख्यात महेशचन्द्र रेग्मीले गाई–गोरुको मासु खाएबापत तिर्नुपर्ने ‘मेगजिन’ कर र दण्ड जरिवानाबारे थुप्रै चर्चा गरेका छन्, सरकारले जारी गरेका सक्कल कागज प्रकाशन गरेका छन् । तर, जनताले मेगजिन कर तिरेको कागजचाहिँ आजसम्म सार्वजनिक भएको त्यति थाहा पाइएको छैन । त्यस हिसाबले लगभग एक वर्षअघि विनोद राईले भोजपुरबाट संकलन गरेर पठाइदिनुभएको १४९ वर्ष पुरानो ऐतिहासिक यो कागज दुर्लभ हो । यो षडानन्द नगरपालिका–६, साल्मा (भोजपुर) का जीवन राईको घरमा पुराना कागजहरू पढ्ने क्रममा पदमबहादुर राईले फेला पार्नुभएको रसिद हो ।
ब्याकबेन्चर
केशव सिलवाल
फर्स्टम्यानले बेइमानीमा प्रथम हुने कसरत गरेपछि मलाई ब्याकबेन्चर हुनुमा कुनै अफसोस छैन कुनै पछुताव छैन
फाल्गुन १४, २०७७
ग्रिलको सहर, दिलको सहर !
मिलन बगाले
जब कुनै सहरको कुनै टुक्रा घडेरीमा घर निर्माणको सुरसार चल्छ, सेरोफेरोमा अनौठा दृश्य देखिन्छन् । भूमिपूजन सुरु गरेसंँगै बजारको घेराबन्दी सुरु हुन्छ । घडेरी वरिपरि मोटरसाइकलको ओइरो लाग्छ । अफरै अफरको घेरो लाग्छ । इँटाको अफर । गिटी र बालुवाको अफर । डन्डीको अफर ।
फाल्गुन ८, २०७७
अब पनि म मौन रहें भने
नवीन
अत्ति प्रिय थियो मलाई मेरो मौनता ! राखेको थिएँ सुमसुम्याएर, प्रिय उपहारलाई झैं राखेको थिएँ सुस्तरी चलाएर, फूलको कोपिलालाई झैं राखेको थिएँ स्नेहले पुलपुल्याएर, काखको शिशुलाई झैं
बलात्कार
कल्पना चिलुवाल
आमाले पकाइदिएको खाना दिदीले धोइदिएको लुगा बहिनीले तिहारमा लगाइदिएको मखमली फूल प्रेमिकाले दिएको प्रेमको चिनो सबलाई रछ्यानमा मिल्काएर घरबाट निर्वस्त्र निस्किएको छ बलात्कारी सिंगो महिला जातिमाथि एकमुष्ट बलात्कार गर्न
नयाँ उपन्यासकारको बकपत्र
पदम गौतम
मैले अलिअलि थाहा पाउँदाको मेरो गाउँको परिवेश निकै फरक थियो । त्यसबेला सामान्य लागे पनि अहिले सम्झँदा त्यो अवस्था अनौठो लाग्छ । मैले मेरो पहिलो आख्यानमा गाउँको त्यही पुरानो अवस्थाबाट बिषय उठान गर्ने निर्णय केही वर्षपहिले नै गरेको थिएँ ।
पीडाको पहाड
सविता आचार्य
एक्कासि आमाको चीत्कार सुनें, ‘मार्‍यो नि बज्याले !’