text
stringlengths
2
914
साहित्यकार, आन्दोलन र बहस
अभि सुवेदी
यो लेख तयार पारेको बेलासम्मको नागरिक आन्दोलनले क्रमशः उठाउँदै गएको प्रसङ्ग छ यहाँ । इतिहासले भुलेका विषयलाई उठाउनुपर्छ भनेको छ, यो आन्दोलनले । उठ्तै जानेछन् । हिजोका बृहत् आन्दोलनको बहसको केन्द्रमा राजनीतिक दलहरू थिए । तिनको पुनरुत्थान गर्नु, तिनलाई दलको आकार दिनु र एउटा संविधानभित्र राखेर तिनलाई देश र जनताको सेवा गर्ने जिम्मा दिनु ती आन्दोलनहरूको मुख्य लक्ष्य थियो ।
हेर्दा जाबो कागज !
हरिवंश आचार्य
कागजको आविष्कार नभएको समयमा पनि लेख्ने अक्षरको आविष्कार भइसकेको थियो । कागजको आविष्कार कुन देशबाट भएको हो भनेर अलिकति लख काट्न सकिन्छ तर अक्षरको आविष्कारचाहिँ इन्द्रको बाबु चन्द्रकै पालामा सुरु भइसकेको हुनुपर्छ । यो अक्षरको आविष्कार गर्ने अक्षरबहादुरले जमिनमा छेस्कोले कोरेर हिमाल, पहाड, नदी, फूलको चित्र कोरे होलान् । अक्षरबहादुरलाई मानिसले बोल्ने भाषाको पनि चित्र बनाउन मन लाग्यो होला । त्यसपछि ‘क’ उच्चारण हुने ध्वनिको कल्पना गरेर ‘क’ अक्षरको चित्र भुइँमा कोरे होलान् । ‘ख’ उच्चारण हुने ध्वनिको कल्पना गरेर ‘ख’ को चित्र बनाए होलान् ।
मन्दिर, तर हेर्ने सिनेमाको !
वसन्त थापा
बम्बई सहरको केन्द्र भागमा मराठा मन्दिर नामको एउटा ख्यातनामा भवन छ । बम्बईबारे जानकार कसैले पनि मराठा मन्दिरको नाम नसुनेका होवोइन । धेरैजना त त्यहाँ गएका पनि हुन सक्छन् । नामले यसलाई मराठाहरू अथवा महाराष्ट्रका मूल निवासी मराठाहरूको मन्दिर या उपासना स्थल भन्ने जनाउँछ । तर, यो त्यस्तो खालको मन्दिर विल्कुल होइन । यदि यो मन्दिर हो भने फिल्मकलाको प्रदर्शन गरिने मन्दिर हो । अर्थात् यो फिल्म देखाइने सिनेमाघर हो, सिनेमाहल हो ।
फाल्गुन ७, २०७७
भू–संवाद : झोलेको टार, गण्डकीको किनार
रमेश भुसाल
पारि गोर्खे दर्बुंङको फाँट, वारि धादिङे माझीटार । पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट हुँदै त्रिशूली तरेर सिउरेनीटारबाट बूढीगण्डकीको किनारैकिनार दस किलोमिटरजति उत्तर हानिएपछि दाहिने फर्केर गण्डकी पारि हेर्दा ४८ हेक्टरको कुलो लाग्ने लोभलाग्दो माझीटारको फाँट देखिन्छ ।
फाल्गुन १, २०७७
तिमी आएपछि
सुनिता खनाल
प्रिय मान्छे ! यतिबेला म संसारकै सबैभन्दा सुख बाँचिरहेछु संसारकै सबैभन्दा खुसी बाँचिरहेछु !
रूपान्तरित भूमिकामा प्रणव मुखर्जी
लोकराज बराल
राष्ट्रपतीय र संसदीय प्रणालीअन्तर्गतका राष्ट्राध्यक्षको भूमिका फरक पर्छ । राष्ट्रपतीय प्रणालीमा राज्यका कतिपय संवैधानिक र धेरै कार्यकारिणी भूमिका रहे पनि मुख्यतः राष्ट्रपति कार्यकारी नै हुन्छ । नयाँ संसदीय प्रणालीमा संविधानमा उल्लेख भएअनुसारका काममा राष्ट्राध्यक्ष सन्तुष्ट नहुँंदा सरकार प्रमुख र उनीबीच खटपट भई व्यवस्था धरापमा पर्ने सम्भावना पनि हुन्छ ।
तानाशाहको हुलिया
स्वप्निल स्मृति
स्कुल जाने बाटोमा जुलुस पोखिएपछि केटाकेटीलाई लाग्दो रहेछ– नौवटा मस्तिष्क, तीनवटा मुटु, नीलो रगत, उल्टा फर्किएका पाखुरा, टाउका, पाइतला... बडेमान अक्टोपसजस्तो हुन्छ तानाशाह...
सन्चै ?
स्वीकृति बराल
यो बाटोमा एकाबिहानैदेखि चहलपहल सुरु हुन्छ । सबै हतारोमा देखिन्छन् । यस्तो लाग्छ, बिहानको पर्खाइमा सारा मानिसले नसुतेरै रात बिताए । सायद सबैलाई कतै पुग्नु छ । बेलाबेला सोच्छु, यी सबैलाई जिन्दगीले आफ्नो गन्तव्यसम्म पुर्‍याउला कि बीचमै अलपत्र पारेर छोड्ला !
समय : अलग आयामको भाष्य
घनश्याम खड्का
एउटा गीत छ दीपक खरेलको– प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ–कहाँ पुर्‍याउँछ...!
कल्पनाको गगन, मुस्कुराउने कम्युनिस्ट बन न !
भूपेन्द्र खड्का
उसको नाम सेते हो, उसकी आमाले बोलाउने । उसको नाम कान्छा हो, उसका बाले बोलाउने । उसको नाम गोरे हो, उसका काकाले बोलाउने । उसको नाम गोकर्ने हो, उसका सहपाठीले बोलाउने । उसको नाम राजेन्द्र हो, हाजिरी मास्टरले बोलाउने । उसको नाम गगन हो, उसका सहयोद्धाहरूले बोलाउने ।
त्यो यादगार 'निर्जल भोज'
ध्रुवचन्द्र गौतम
नमस्कार जनार्दनजी ।’ ‘नमस्कार डाक्टर साहेब ।’
मायानगरीका मायावी कथा
निखिल उप्रेती
एकदम डरपोक मान्छे हुँ । मेरोबारे अरूले के भन्थे सम्झना छैन । तर, आफूलाई डरछेरुवा नै मान्छु । तराईका फाँट हेरेर हुर्केको बाल्यकालले यौवनसम्म डोर्‍यायो । त्यसपछि मेरो यात्रा स्वप्न नगरी मुम्बईतर्फ पलायन भइगयो । हरेक नेपालीको नियति मोफसलबाट काठमाडौंतर्फ हुन्छ, मेरो महाकाठमाडौंतिर भयो । सायद ठूलो समुद्रमा माछा परिहाल्छ र भोकै मर्नु पर्दैन भन्ने मनोविज्ञानले काम गरेको हुनुपर्छ । चलचित्रको नगरीमा हिँड्न सिकें, दौडन जानेँ र उड्ने प्रयास गरेँ ।
कानेखुसी यन्त्र
शरच्चन्द्र वस्ती
अमेरिकाबाट फर्कंदा देबुका खुट्टा भुइँमा थिएनन् । कारण थियो— काकाले दिएको कानेखुसी यन्त्र । झ्वाट्ट हेर्दा मोबाइलबाट गीत सुन्ने फुच्चे इयरफोनको एउटा डल्लो जस्तो लाग्ने त्यो यन्त्र अचम्मको थियो । चट्ट एउटा कानमा घुसारेपछि चमत्कार शुरू गरिहाल्थ्यो ।
माघ ३०, २०७७
जीवन : रोमान्स श्रृंखला
विकास बस्नेत
सन् १८६७ मा चार्ल्स डार्बिनले आफ्ना चिरप्रतिद्वन्द्वी र विकासवादका सह–प्रवर्तक अल्फ्रेड रसेल वालेसलाई जवाफी पत्र लेखे, ‘तपाईंको पत्र रोचक लाग्यो । तर, त्यसमा उठान भएको विचार मेरा लागि नौलो होइन । मेरो पुस्तक ओरिजिन अफ स्पेसिजको चौथो संस्करणको पेज नं. २४० मा ध्यान दिएर हेर्नुहोला, मैले त्यहाँ मयूर र ब्ल्याक ग्राउजको (सबैभन्दा उपल्लो तहको सौन्दर्य र व्यवहार) उदाहरण दिएको छु । मेरो मनमा यो कुरा पहिल्यैदेखि खेलेको हो, तर कुनै निष्कर्षमा भने पुग्न सकेको थिइनँ ।’
माघ २४, २०७७
उडुवा सर्पसँग साक्षात्कार
राजकुमार बानियाँ
बाह्रै मास–चौबीसै घन्टा नित्य चलिरहने लस्कर छ, वैदेशिक रोजगारीमा । सरकार भट्याइरहन्छ, ‘सुखी नेपाली, समृद्ध नेपाल’ । तैपनि वैदेशिक रोजगार विभागका झ्यालढोका खुलै छन् । श्रममन्त्रीको योग्यता मापन हुन्छ, सस्तामस्ता श्रम बजार खोजेर युवाशक्ति निर्यात गर्नुमा । रेमिट्यान्सबिना देश–दुनियाँ नै नचल्ने छाँट छ ।
गायत्री मन्त्र जपिरहेकी छोरी
कुन्ता शर्मा
‘ॐ भूर्भुवःस्वः तत्सवितुर्वरेण्यं भर्गोदेवस्य धीमही धियो यो नः प्रचोदयात् ।’
मखुन्डो कारखाना
शिक्षा रिसाल
माफ गर्नुहोला ! यो मैले देखेको समाजको एउटा ऐना मात्र हो । त्यो ऐना, जहाँ म हरेक अनुहारमा दाग देख्छु । हुन सक्छ— ऐना होइन, मेरै आँखा धमिला होऊन् ।
ढुंगेधारा केवल पँधेरो होइन
मल्ल के. सुन्दर
मानव जीवन, सभ्यता र समुन्नतिको आधार पानी नै हो । प्रागऐतिहासिक कालतिर नियाल्दा नाइल नदीको वरपर विकसित मिश्र सभ्यता, सिन्धु घाँटीको हरप्पा, मोहनजोदारो, ह्वांग हो नदी किनाराको चिनियाँ सामाजिक विकास, गंगा नदीको उर्वरभूमिका प्राचीन भारतीय सभ्यता यस्ता दृष्टान्तमध्ये हुन् । वाग्मतीको पानी सिञ्चनबाट व्यवस्थित भएको उपत्यकाभित्रको नेपालमण्डल सभ्यता पनि यस्तै प्रकारको एक हो ।
राइन किनारमा ‘शेर्पा दाइ’
भूपाल राई
आयरल्यान्डबाट छोरा रिदुमको फोन आएको दिन यस्तो लाग्छ, घरमा अचानक कोभिड– १९ को खोप आइपुगेको छ । ऊ सकुशल रहेको जानकारीले पनि हामीलाई त्यस्तै महसुस दिलाउँछ कि मानौँ त्यो खोप उसकै मुस्कानमा छ । छोराले देश छाडेको लगभग सात वर्षको लामो अन्तरालमा यत्तिको चिन्तित हामी सायदै थियौँ । हामी मात्र होइन देश–विदेशमा रहने आफ्ना सन्तानप्रति हरेक अभिभावक यतिखेर समान मनोदशामा छन् ।
बिलाएको भोटेताल्चा
नवीन विभास
भोटेताल्चा मारेर छातीमा, राखेँ तिम्लाई कलेजी माझैमा (गीत– सरुभक्त, स्वर– तिलक बम मल्ल, परिवेश ब्यान्ड)
माघ २३, २०७७
जीवन निस्सार छ मेरी मुवाँ !
कल्पना बान्तवा
मैले यसअघि केहीपटक छापाहरूमा लेख लेखें– मुवाँ जानुभो ! आमा जानुभो ! तिनीहरू लेखिएका सन्दर्भ थिए– अस्थायी रूपमा केही समय काठमाडौं बसेर मुवाँ पुनः सप्तरी घर फर्कनु ! ती बेलामा पनि मलाई मुवाँको विछट्ट न्यास्रो लाग्थ्यो, तर बिस्तारै मुवाँबिना काठमाडौंमा बस्न र बाँच्न बानी पार्दै जान्थें ।
माघ १७, २०७७
पाशुपत बेलीविस्तार
हरिहर तिमिल्सिना
पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त)’ नामक किताब पढिरहँदा अर्को सन्दर्भ मिल्दो समाचार पनि पढ्न पाइयो, ‘पशुपति मन्दिर परिसरबाट २०४१ सालको असारमा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिङ्ग अमेरिकाको सिकागो म्युजियममा भेटियो ।’
जोकर र देश
विश्‍व सिग्देल
जोकरले आफ्नी श्रीमतीलाई चुट्किला सुनायो र मुस्कान पायो !
यशुको गाउँमा बडेमानको जाँतो
ग्रेटा राणा
जेरुसेलममा आयोजित पहिलो महिला लेखकहरूको विश्व सम्मेलनमा भाग लिने अवसर प्राप्त भएपछि नै म लेखकको रूपमा परिचित हुन थालेकी हुँ । त्यस सम्मेलनमा भाग लिएपछि नै साहित्यको संसारमा विद्यमान असीम अवसरहरूबारे मैले जान्ने अवसर पाएँ, जसप्रति त्यसअघिसम्म म अञ्जान थिएँ । ‘द राइजिङ नेपाल’ को स्तम्भकार हुनुबाहेक अंग्रेजी भाषामा केही सार्थक/सिर्जनशील काम गर्न सकिन्छ र त्यसका पनि पाठक हुन्छन् भन्ने कुरा मैले मननै गरेकी थिइनँ ।
जातले जोगाएको फाँसी
यादव देवकोटा
हलचल बिसौं शताब्दीको आरम्भमै कोतपर्वपछि देश र जनतामाथि थोपरिएको राणाशाही मनोमानीको निरंकुश नंग्राले नेपाली समाजलाई कक्रक्कै पारेर अँठ्यायो । त्यही निरंकुशताको भट्टीमा हालेर नागरिकको चेतनालाई राणा सत्ताले डढाउने यत्न गरिरह्यो । राजा–सत्ताले दोहन गरेको निर्धा नागरिकमाथि राणा–सत्ताले निर्मम मनोमानीको जुवा भिरायो । तर, उज्यालोको खोजीमा प्रतिबद्ध चेतना–दूतहरूले नेपाली समाजलाई हमेसा अँध्यारोविरुद्ध जुधिरहन र उज्यालोको खोजीमा लागिरहन आफ्नो जीवनसमेत बलिदान गरेर उत्प्रेरित गरिरहे ।
कमिनिस्टमा इतिहास लेखन समस्या
अभि सुवेदी
अहिले नेपालमा धेरैजसो समस्या राजनीतिसँग गाँसिएका छन् । पछिल्लो समयमा आएको समस्या भनेको नेपाली दलहरूले इतिहासलाई कसरी व्याख्या गर्छन् र कसरी त्यसलाई हेर्छन् भन्ने नै हो । यस लेखमा नेपाली कमिनिस्ट पार्टीका समस्याको प्रसङ्ग छ ।
जुलुस गइरहने मान्छे
विनोदविक्रम केसी
(कवि भूपाल राईप्रति । जो २०३६ सालदेखि सडकमा छ  ! जुलुसरत छ ।) आजसम्म जीवन जे–जति बन्यो जिउनलायक जुलुस गएरै बनाएको हुँ मैले
माघ १६, २०७७
मरेर जाने शहीदहरूलाई शब्दको माला
सीके लाल
कम्युनिस्ट पार्टीको सचिवालय सञ्चालनदेखि लिएर ठेकेदारी व्यवसाय हुँदै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका सदस्यसम्म भएका कवि भूपी शेरचनले जीवनको उतारचढावलाई संलिप्तताका साथ भोग, अवलोकन र समीक्षा गरेका छन् । विकट मुस्ताङमा जन्मिएकाले होला, उनको शब्द संयोजनमा कृपणता छ । सकभर थोरै शब्दमा धेरै कुरा भन्न खोज्छन् ।
माघ १०, २०७७
भूगोलका फरक हिस्सा हिँड्नुअघि
रामगोपाल आशुतोष
तिमी गए पनि तिम्रो मायाको उपहार रहिरहनेछ । जस्तो –चन्द्रसूर्य आकाशमा –धरतीमा हावापानी
जात वृत्तान्त
तुलानारायण साह
लकडाउनको लामो बिदामा अनेकौं पुस्तक, जर्नलका लेख, हिन्दी सिनेमा, युट्युबमा सामयिक विषयका लेक्चर तथा प्रशस्त आध्यात्मिक प्रबचन सुन्ने अवसर मिल्यो । तिनमा भारतका प्रख्यात साहित्यकार फणीश्वरनाथ रेणुको ‘मैला आँचल’ उपन्यास, फ्रेड्रिक गेजको ‘क्षेत्रीयता र राष्ट्रिय एकता’, प्रकाश झा निर्देशित ‘राजनीति’ सिनेमा र आहुतिका दुई पुस्तक ‘वर्ण व्यवस्था’ एवं ‘जात वार्ता’ अविस्मरणीय रहे ।
पहिरोमा पुरिएको एउटा बालापन
हेमन यात्री