text stringlengths 2 914 |
|---|
रासस |
नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । गत मंसिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले तत्काल विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । |
प्रतिनिधिसभा सचिवमा राई नियुक्त |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । |
बाल विवाहमुक्त नेपालको राष्ट्रिय अभियानमा सफल बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी ओली शर्माले ‘बाल विवाहमुक्त नेपाल राष्ट्रिय अभियान’ लाई सफल बनाउन प्रतिबद्धता जाहेर गरेका छन् । |
अपहरित यात्रुले अपहरणमा परेका जहाजको मोडल बनाएर तालिबान सरकारलाई बुझाए |
सुरज कुँवर |
२५ वर्षअघि काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलायन्सको जहाज अपहरणको घटनाबारे अनेकन कथाहरु सार्वजनिक भइसकेका छन् । तर अपहरणमा परेको उक्त जहाजका यात्रुहरुले अपहरणमुक्त भएपछि तत्कालीन तालिबान सरकारलाई उपहार दिएको रोचक प्रसंग भने धेरैका निम्ति नयाँ हुनसक्छ । |
इजरायलमा पहिलो चरणमा १ हजार केयरगिभर लैजान स्वास्थ्य परीक्षण सुरु |
होम कार्की |
वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) को रुपमा पहिलो चरणमा १ हजार नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको छ । जसमा महिला ६ सय जना र पुरुष चार सय जना रहेका छन् । |
सहकारी नियमन र बचतकर्ताको पैसा फिर्ता गर्न ल्याइएको अध्यादेशमा के-के छ ? |
कान्तिपुर संवाददाता |
सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने उद्देश्यले ल्याइएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेलगतै राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति पौडेलले गत आइतबार अध्यादेश स्वीकृतसहित जारी गरेका हुन । यससँगै अब सरकारलाई अध्यादेश कार्यान्वयनको बाटो खुलेको छ । |
कान्तिपुरकर्मी सुरज कुँवर पुरस्कृत |
कान्तिपुर संवाददाता |
नेपाल नागरिक उड्डयन प्राधिकरणले २६औं वर्षगाँठको अवसरमा कान्तिपुरकर्मी सुरज कुँवरसहित ७ जना पत्रकारलाई मंगलबार पुरस्कृत गरेको छ । |
आमाको शोकमा छोरीको पनि गयो ज्यान |
वसन्तप्रताप सिंह |
दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो । |
सूर्यदर्शन सहकारी ठगी प्रकरण : हिरासतमा रहेकाको बयान सकियो, थुनछेक बहस सुरु हुँदै |
दीपक परियार |
सूर्यदर्शन ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाको बयान मंगलबार सकिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको छ । तीमध्ये आरती गुरुङको अन्तिम बयान मंगलबार सकिएको हो । |
बालविवाह अन्त्य गर्न तीनै तहका सरकार र सरोकारवालाको प्रतिबद्धता |
नुमा थाम्सुहाङ |
बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियानका लागि सरकार र सरोकारवाला निकायले प्रतिबद्धता जाहेर गरेका छन् । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नाराका साथ सुरू बालविवाह मुक्त अभियानका लागि तीनै तहका सरकार र सरोकारवाला निकायले सामूहिक प्रतिबद्धता गरेका हुन् । |
पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे |
कान्तिपुर संवाददाता |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताएका छन् । |
गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता : सभापति देउवा |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् । |
साउदीबाट फर्किएका दुई श्रमिकमा मंकीपक्स, एकको अवस्था जटिल |
प्रशान्त माली |
साउदी अरबबाट फर्केका मंकीपक्स संक्रमित एक नेपालीको अवस्था जटिल देखिएको छ । पछिल्लो दस दिनमा साउदी अरबबाट फर्किएका दुई नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको थियो । उनीहरूमध्ये गत शनिबार काठमाडौं आएका सिन्धुलीका ४४ वर्षीय पुरुषको अवस्था यसअघि पहिचान भएका संक्रमितको भन्दा जटिल देखिएको हो । |
सामुदायिक शौचालयले फेरिएको बस्ती |
अजित तिवारी |
जन्मिँदै सरस्वती पासवानका दुवै खुट्टा थिएनन् । खुट्टा नहुँदा दिनचर्यामा सकस त छँदै थियो, शौचको बेला झन् गाह्रो हुन्थ्यो । घरबस्तीमा शौचालय थिएन । शौच गर्न घिस्रिँदै नजिकको खेत वा बाँसघारी पुग्नुपर्थ्यो । |
अयोध्या पुगेर पोखरा फर्कियो सेतो गिद्ध |
मनोज पौडेल |
विश्वकै दुर्लभ सेतो गिद्ध भारतको अयोध्या पुगेर फेरि पोखरा फर्किएको छ । ‘स्याटेलाइट ट्याग’ लगाइएको गिद्ध अयोध्याको घाघरा नदीछेउ ३ दिन बसेर पोखरा फर्किएको हो । |
संविधान संशोधनमा दलको बल कि विज्ञको विवेक ? |
कुलचन्द्र न्यौपाने |
कांग्रेस र एमालेले सरकार गठनको चार महिनापछि संविधान संशोधनको गृहकार्य गर्न भन्दै कार्यदल बनाउने निर्णय गरेसँगै कुन–कुन विषयमा संशोधन गर्ने र यसको विधि के हुने भन्नेबारे आम चासो बढेको छ । २०७२ असोज ३ मा संविधानसभाबाट जारी भएको संविधान राजनीतिक दलको कार्यदलले दिने सुझावका आधारमा संशोधन हुन सक्ने कि नसक्ने भन्ने प्रश्न उब्जेको छ । |
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै |
कान्तिपुर संवाददाता |
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । |
शताब्दी उमेरमा अस्ताए नेपाली शान्ति प्रक्रियाका साथी |
घनश्याम खड्का |
अमेरिकी पूर्वराष्ट्रपति जेम्स अर्ल कार्टर जुनियर (जिम्मी कार्टर) को सय वर्षको उमेरमा आइतबार निधन भएको छ । धेरैले नेपालसँग उनको सम्बन्ध जोड्दा शान्ति प्रक्रिया अघि बढाउन र संविधानसभाको चुनाव गराउन पहल गर्ने साथीका रूपमा चिन्छन् । यद्यपि, उनको नेपाल साइनो त्यसभन्दा पनि दशकौं पुरानो हो । |
पुस १५, २०८१ |
वैद्यको स्वास्थ्य सुधारोन्मुख |
कान्तिपुर संवाददाता |
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव एवं माओवादीका पूर्वउपाध्यक्ष मोहन वैद्य १५ दिनदेखि उपचाररत छन् । दम बढेपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारार्थ भर्ना गरिएको हो । |
बीपीलाई छुटाउन जिमी कार्टरले राजा वीरेन्द्रलाई फोन गरेका थिए |
घनश्याम खड्का |
सय वर्षको उमेरमा सोमबार बितेका अमेरिकी पूर्वराष्ट्रपतिलाई धेरैले नेपालसँग उनको सम्बन्ध जोड्दा संविधानसभाको चुनाव गराउन र शान्ति प्रक्रियालाई अघि बढाउन पहल गर्ने व्यक्तिका रूपमा मात्रै चिन्छन् । तर, उनको नेपाल साइनो त्यसभन्दा पनि दशकौं वर्ष पुरानो हो । |
जनताले अझै संघीयताको अनुभूति गर्न पाएनन् : उपेन्द्र यादव |
नवीन पौडेल |
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको मर्मअनुसार जनताले अनुभूति गर्न नपाएको बताएका छन् । |
आज दिनभर देश दुनियाँमा के-के भयो ? |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन चुनौती दिएको खबरदेखि हिउँदयाममा बिजुलीको आन्तरिक माग पुर्याउन भारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिनेसम्मका खबरहरू सोमबार चर्चामा रहे । |
दाहालको चुनौती : शेरा दरबारको जग्गा सार्वजनिक भए सरकारका नाममा ल्याऊ |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टीलाई जोडेर गरिएको प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन् । झापाको गौरीगञ्जमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले पार्टीले सुशासनका लागि उठाएको एजेन्डालाई कमजोर बनाउन यस्तो प्रायोजित प्रचार गरिएको बताएका हुन् । |
माओवादीलाई पहिलो पार्टी बनाएर भ्रष्टाचारलाई जरैबाट उखेलिन्छ : अध्यक्ष दाहाल |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनबाट माओवादीलाई देशकै पहिलो पार्टी बनाउने र भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् । |
प्रधानमन्त्री ओलीद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् । |
मकींपक्स पुष्टि भएका बिरामीको शरीरभरि ५० भन्दा बढी फोका |
प्रशान्त माली |
आइतबार मकींपक्स पुष्टि भएका बिरामीको शरीरभरी ५० भन्दा बढी फोका उठेर प्रापा बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकहरूका अनुसार ती पुरुषको शरीरको भित्री अंगमा भने असर गरेको देखिएको छैन । |
रौतहटको दलित बस्तीमा आगलागी |
लक्ष्मी साह , शिव पुरी |
रौतहटको राजदेवी नगरपालिका -५ पतहीटोलस्थित दलित बस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । पतहीटोलका स्थानीय जगरनाथ पासवानको खरले छाएको फुसको घरमा बालेको घुरबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ । |
अन्तर प्रदेश सडक बनाउँदै वाग्मती र मधेश सरकार |
सुवास विडारी |
नेपाल हुँदै भारत–चीन नाका जोड्ने गरी छोटो दूरीको सडक सञ्जाल निर्माणमा वाग्मती र मधेश प्रदेश सरकार जुटेका छन् । |
राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन् । |
सीमान्तकृत महिला सांसद मञ्चको अध्यक्षमा विश्वकर्मा |
कान्तिपुर संवाददाता |
सीमान्तकृत समुदायको हक अधिकार, संविधानिक कानूनी विमर्श र राजनीतिक पहल कदमीका लागि सीमान्तकृत समुदायका महिला पूर्वसांसदहरू संगठित भएका छन् । |
ठूला दललाई असफल हुने छुट छैन : महासचिव पोखरेल |
दुर्गालाल केसी |
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला राजनीतिक दललाई असफल हुने छुट नभएको बताएका छन् । एमाले दाङ प्रचार तथा प्रकाशन विभागले सोमबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको अपेक्षाअनुसार दल र सरकारले काम गर्नुपर्ने बताए । |
आज तमु ल्होसार पर्व मनाइँदै |
रासस |
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । |
अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद |
रासस |
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । |
श्रीलंकाको राजदूतमा नेपाली अनुमोदित |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.