text stringlengths 2 914 |
|---|
हर रात सपनीमा ऐंठन हुन्छ गाउँमा सायद पहिरो गयो कि –विप्लव प्रतीक |
छोपिँदै–खोलिँदै मान्छेको सभ्यता |
सरला गौतम |
मान्छेले कहिलेबाट आफूलाई ढाक्न सुरु गर्यो होला ? प्रायः हामी सबैले सुन्दै आएको कथा हो– ‘रूखको बोक्रा बेरेर हिँड्थे रे हाम्रा पुर्खाहरू !’ |
विकास र लोकतन्त्र : पञ्चायतदेखि गणतन्त्रसम्म |
देवेन्द्रराज पाण्डे |
२०४६ सालपछिको प्रजातन्त्रजस्तै हाल वामे सर्दासर्दै सही धार समात्न नसकेको लोकतान्त्रिक गणतन्त्रमा पनि लोकतन्त्र भनेको के हो, विकास के र कसका लागि हो भन्ने प्रश्नहरूमा सम्बन्धित सबै अन्योलग्रस्त देखिएका छन् । यिनै विडम्बना र अन्तर्विरोधहरूको सेरोफेरोमा रहेर नेपालको लोकतान्त्रिक विकासबारे अनुभव र अनुभूति आत्मसात् गर्नुपर्छ । |
शिवलिंग |
सविता विमली |
सभ्यताको आदिम सिर्जनाको प्रतीक हो शिवलिंग ! |
माघ ९, २०७७ |
राजा, रानी र कहानी |
नयनराज पाण्डे |
एक थिए राजा, एक थिइन् रानी ! दुवै मरे, खतम कहानी !! हो, सानोमा यसरी नै धेरैपटक कथा सुरु भएको छ र यसरी नै खतम पनि भएको छ । |
माघ ३, २०७७ |
तपाईं के खरिद गर्न चाहनुहुन्छ ? |
रेजिना पाण्डे |
वस्तुको, बजारको, मानिसको या त सिंगो भूगोलको ? |
प्रवास पर्यवेक्षण |
रामदयाल राकेश |
'प्रवास' सुमित शर्मा समीरको पहिलो उपन्यास हो । किताब ‘म’ शैलीमा लेखिएको छ । किताबको प्रारम्भमा उपन्यासकारलाई एउटा उद्बोधनले जीवनपर्यन्त लखेटिरहेको छ, ‘उठ अली, तिमी जीवनपर्यन्त निदाएका छौ । अब उठ ।’ उपन्यास पाँच अध्यायमा विभाजित छ । |
डबल फासिस्ट |
विमल निभा |
मेरो टोलमा बस्छ एउटा फासिस्ट |
हृषिकेश शाहको कमिनिस्ट नेतामोह |
अभि सुवेदी |
हृषिकेश शाह (१९८२–२०५९) को आज मलाई सम्झना भएको कारण अहिलेको राजनीतिमा कमिनिस्ट पात्रहरूमा देखिएको उथलपुथल हो, किनकि इतिहासकार, प्राज्ञिक अनि राजनीतिक चिन्तक शाह नेपाली कमिनिस्ट राजनीतिलाई सिद्धान्तभन्दा नेताका चरित्र र स्वभावबाट हेर्थे । म उनलाई शाहजी भनेर सम्बोधन गर्थें । उनीसँग मेरो लगभग दुई दशकको सम्बन्धलाई फर्केर हेर्दा देखेका कुरा यस्ता छन् । शाहजी कमिनिस्टहरूका सिद्धान्तभन्दा तिनका पत्यारिला व्यक्तित्व छन् कि छैनन् भनेर हेर्थे भन्ने कुरा पछि थाहा हुँदै गयो । |
अग्निपन्छीको एथेन्स उडान |
सौरभ |
धारणाहरू गोंग याने कुखुराको भाले भन्छन् छानाका चार कुनामा रहेका उड्न लागेका जस्ता चरालाई ठिमी, भक्तपुर, बुङ्मती, कीर्तिपुर आदि निवासीहरूले । गोंगपा याने भाले इँट भन्छन् खोकनाकाहरूले । |
स्मृतिपत्रमा माया–विभेद |
मनीषा गौचन |
'खानानी खा, भोक लाग्यो होला !’, उनी मेरो सामुन्ने कोदोको फाँडोसँग आगोमा पोलेको सुकुटी–मासु राखिदिँदै भन्थिन् । भोको पेट भर्न मलाई उनको मायाको बानी लागिसकेको थियो । उनलाई म ‘ठूलीआमा’ भन्थें । |
एकादेशमा एउटा साथी थियो |
आहुति |
संसारमा सबै मानिसहरू खराब छन् तर खराब मानिसहरूभित्र धेरै वा थोरै असल चीज छन् । तिनै असल चीजहरूलाई जोड्नु, अगाडि ल्याउनु र त्यसमार्फत सारा खराबीका विरुद्ध लड्नु नै क्रान्तिकारीहरूको काम हो ।–स्वनाम साथी |
सर्वज्ञानी, अर्थात् सर्व–अज्ञानी |
शरच्चन्द्र वस्ती |
चिया सुरुप्प पार्दै हारुकी नाकामुराले भन्यो, ‘नेपालीहरू सर्वज्ञानी हुँदा रहेछन् । कति धेरै कुरा जानेका, बुझेका, थाहा पाएका !’ |
माघ २, २०७७ |
रामापिथेकश : आदिमानवको उत्थान र पतनको आख्यान |
विकास बस्नेत |
सन् १८६० को जुनमा चार्ल्स डार्बिनको ‘ओरिजिन अफ स्पेसिस’ बजारमा आएको सात महिना मात्रै बितेको थियो । भिक्टोरियन समाजका उपल्ला तहका करिब पाँच सय भद्र–भलाद्मी ब्रिटिस एसोसिएसनको भेलामा पछिल्लो वैज्ञानिक उपलब्धिबारे विमर्श सुन्न भेला भएका थिए । भेलाको चौथो सत्रमा पोडियममा विशप स्यामुयल विल्वरफोर्स पुगे । माइकमा बोल्न सुरु नगर्दै उनले डार्बिनको विकासवादविरुद्ध धाराप्रवाह बोल्न थाले । हलभित्रको भीडको ठूलो हिस्सा डार्बिनविरुद्ध थियो । |
पुस २५, २०७७ |
यातनागृह |
देवकी अभिलाषी |
जब खुला आकाशका चराहरु उड्दा उड्दै खस्छन् वधशालाको अगाडि सोच्नुस् अब बन्द भयो उसको उडान |
द्वन्द्वको पानीफोटो |
शेखर खरेल |
घुर्मैलो तस्बिर’ अध्यायबाट आरम्भित श्रीभक्त खनालको ‘जोर बन्दुकको छाया’ वास्तवमा उनको समकालीन सञ्चारकर्मीको नाताले यस पंक्तिकारका लागि पनि घुर्मैलो तस्बिर नै हो । पुस्तक लेखकले ‘फ्ल्यासब्याक’ मा गएर उधिनेका घटना र पात्रहरू अहिले पढ्दा नेपालले भोगेको माओवादी जनयुद्ध नामको सबैभन्दा त्रासद कालखण्ड हो । |
‘धोतिनी’ को पकौडा |
मुना चौधरी |
२०७६ वैशाख १ । घाम चर्को थियो । सुक्खा खडेरीले खेतका मसिना दरार फाटेका थिए । लहानभन्दा तीन किलोमिटर पश्चिम भोटियाटोल चोकछेउ सलहेश फूलबारी छ, जहाँ प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने गर्छ । फूलबारीमा हारम फूलका बोट छन् । हारममा चैतको अन्तिम दिन कोपिला टुँसाउँछ, वैशाख १ गते फुल्छ । त्यही एकै रातमा ढकमक्क हारम हेर्न नेपाल र भारतका हजारौँ मानिस आइपुग्छन् । |
अमूर्त सहर : एक वृत्तान्त |
नारायण ढकाल |
धेरै रहस्यमय र कठिन रहेछ शब्दार्थ पहिल्याउन |
पहाड नचढी पहाड बुझिँदैन |
तीर्थबहादुर श्रेष्ठ |
पहाड, पर्वत वा हिमाल जेसुकै भनिए पनि तिनलाई नचढीकन तिनको पत्तो लाग्दैन । तिनलाई बुझ्न सकिँदैन । साधारणतः अंग्रेजीमा जसलाई ‘माउन्टेन’ भनिन्छ । हामी त्यसलाई पहाड भनेर बुझ्छौं । तर, पनि कुनै परिभाषाले पहाडलाई बाँध्न सकिँदो रहेनछ । करिब २० वर्षपहिले फ्रान्सको आल्पस पर्वतको अट्राँ र ग्रिनोबल सहरमा विश्वका प्रसिद्ध वैज्ञानिक एवं चिन्तकहरू पहाडको परिभाषा खोज्न जुटेका थिए । |
गाउँको युगान्त-युगारम्भ |
प्रमोद मिश्र |
केहीअघि एउटा पार्थिव शरीरको फोटो मेरो फेसबुक वालमा देखा पर्यो । ‘फलानोको बुबाको स्वर्गे भएकोमा श्रद्धाञ्जली व्यक्त गर्दछु’ भनेर पोस्टमा लेखिएको थियो । पोस्टिङ तल देशविदेशमा छरिएर बसेका मेरो मोरङस्थित गाउँका मानिसको अंग्रेजीमा ‘आरआईपी,’ नेपालीमा ‘वैकुण्ठ बास होस्’ आदि शोक व्यक्त भएको थियो । यो कोभिड महामारीमा त श्रद्धाञ्जली र ‘आरआईपी’ को दैनिकी नै हुन थालेको छ फेसबुकमा । |
ध्रुवचन्द्र गौतमको साइकल हरायो |
देवेन्द्र भट्टराई |
आख्यानकार ध्रुवचन्द्र गौतमको पछिल्लो उपन्यास ‘चकमन्नमा एकान्त’ मा एउटा अज्ञातझैं पात्र छ, जो मध्यरातको चकमन्नमा एकान्त चिर्दै मोटरबाइकमा एउटा निश्चित घरमा आउँछ र, हराउँछ । त्यो पात्र उही समयमा आउँछ, उही हुँकार लिएर आउँछ र, उसैगरी चकमन्नमा अलप हुन्छ । यस्तै अनेक अज्ञेय कुरा छन्- ध्रुवचन्द्रको हराएको साइकलमा । |
पुस २४, २०७७ |
नेपाल एकीकरणको आर्थिक कोण |
त्रिरत्न मानन्धर |
पृथ्वीनारायण शाह सम्झँदा मेरो दृश्यमा आउँछन् बिसे नगर्ची । भनिन्छ– पृथ्वीनारायण शाहले सैन्य अभियान सुरु गर्नुअगाडि बिसे नगर्चीले उनलाई एक रुपैयाँको सहयोग गर्न चाहे । पृथ्वीनारायणले उल्टै सोधे, ‘जाबो यति सहयोगले के नै हुन सक्छ र ?’ बिसेको उत्तर थियो, ‘म एक्लैले पो एक रुपैयाँ दिएँ, सबैले यस्तै एक–एक रुपैयाँ दिने हो भने त धेरै पैसा जम्मा हुनेछ ।’ बिसेको यो उत्तरबाट पृथ्वीनारायण निकै प्रभावित भए । |
पुस १८, २०७७ |
केही असहमति |
राप्रउ पोखरेल |
'बहुदलीय प्रणाली स्वभावतः राष्ट्रिय राजनीतिमा भएको अनेकतालाई समेटी एकताको विन्दु र शृंखलाहरूलाई पहिचान गराउने प्रणाली हो,’ (लोकतन्त्र र आजको मार्क्सवाद, लेखक प्रा. चैतन्य मिश्र, सम्पादक राजेन्द्र महर्जन) । |
आन्दोलनका आँधीबेहरीहरूमा |
कुन्ता शर्मा |
विसं २०२१ सालमा मैले कलेज प्रवेश गरेँ । त्यतिबेला भर्खरभर्खर धरानमा महेन्द्र कलेज स्थापना भएको थियो । त्यो समयमा केटीहरू कलेज पुग्नु असम्भवप्रायः थियो । त्यो पनि तल्लो फुस्रेमा बस्ने ब्राह्मण परिवारका छोरीहरू ∕ हामी बस्ने अमरपथ धरानको मुख्य बजारबाट धेरै टाढा नभए पनि निकै पिछडिएको थियो । माध्यमिक कक्षा टेक्दा–नटेक्दै केटीहरूको झ्याइँकुटी भइसक्थ्यो । एकाध वर्षमै बच्चा च्यापेर माइत आउँथे । गाउँका महिलाहरू मलाई खिस्याउँदै भन्थे, ‘कुन्ता, तिमी त बूढीकन्या हुन लाग्यौ ।’ |
चंखमानको डायरी |
हाङयुग अज्ञात |
हिटलरको ग्यास च्याम्बरबाट भागेर जब म सुन्दरीजल पुगेँ, यौटा ख्याउटे दारीजुँगा फुलेको अग्लो मान्छे जेलको कुनामा कालो फ्रेम र बाक्लो लेन्सले केही पढ्दै र टिपोट टिप्दै बसिरहेको देखेँ । मनको घुर्यानमा कालो सुँगुरको बुच्चाले निस्केर भन्यो, ‘यही हो सुम्निमा लेख्ने मान्छे । यही हो हरेकको घरमा एउटा–एउटा दुहुनो गाई होस् भनेर सपना देख्ने मान्छे । पूर्वीय मिथकलाई पश्चिमसँग जोड्ने यही हो ।’ |
मान्छे–नदी |
नीलम कार्की निहारिका |
हिमाल बग्छ उँधो–उँधो हिमनदी बनेर पहाड बग्छ उसै उँधो छङ्छङ् छहरा भएर मान्छे पनि बग्दो रहेछ सुस्तरी–सुस्तरी नदी भएर मान्छे नदी गाउँ तन्कँदै सहरतिर बग्छ अनि सहर पनि बग्छ एक समय वल्लो किनार, पल्लो किनार मिलन हुने अभिलाषाका साथ आधा उतै, यतायतै भंगालोमा बाँडिएर निरन्तर |
ह्युब्रिस्, कमिनिस्ट र मेटामोर्फोसिस् |
अभि सुवेदी |
यो लेखको शीर्षकमा प्रयोग भएका तीनैवटा शब्द नेपाली होइनन् । यिनका प्रयोग यसरी भए– प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा ५ पौस २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो गणतान्त्रिक संसद् भङ्ग गरेपछि उठेका चक्रवातका धूलोले आँखा मिचेर बसेको अवस्थामा त्यसलाई व्यक्त गर्न उपयुक्त भाषिका खोजिरहेको थिएँ । |
डेढ दशकपछि उही वृत्तमा |
सञ्जीव उप्रेती |
माइतीघर मण्डलामा बृहत् नागरिक समाजको भेलामा सहभागी हुन जाँदा मस्तिष्कमा एउटै कुरा ओहोरदोहोर गरिरहेको छ, ‘कतै इतिहासको पांग्रा उल्टो घुम्दै पुनः २०६२/६३ कै सेरोफेरामा फर्किएको त होइन ?’ त्यसबेला पनि सडकमा आन्दोलनकारीहरूको भीड थियो । |
‘महिला हिरो’ खोज्दै मझुवाबेंसी |
देवेन्द्र भट्टराई |
उमेर हिसाबमा बारबरा निमरी अजिज ८० वर्ष लागिन् । तर, उनको निरन्तरको पत्रकारिता कर्म र मानवशास्त्रीय शोधखोज भने अझै तन्नेरीझैं छ । अमेरिकाको न्युयोर्कवासी अजिज ‘रेडियो ताहिर’ नामको वेबसाइट रेडियो पनि चलाउँछिन्, जहाँ बढीजसो अरबी जगत्का समस्या र सरोकारलाई उनी उठाउने गर्छिन् । |
पुस ११, २०७७ |
भीमसेन–जंगबहादुर : को विभूति, को क्रूर ? |
सुजित मैनाली |
नेपालको इतिहासमा भीमसेन थापा (विसं १८३२–१८९६) लाई नायक र जंगबहादुर राणा (विसं १८७४–१९३३) लाई खलनायकका रूपमा चित्रण गरिएको छ । इतिहाससम्बन्धी आम बुझाइ तथ्यमा मात्र आधारित हुँदैन । शासन व्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र तीसँग गाँसिएको अर्थराजनीतिले पनि इतिहाससम्बन्धी आम दृष्टिकोणलाई आकार दिइरहेका हुन्छन् । त्यसैले इतिहासका तथ्यसँगै इतिहास लेखनको अर्थराजनीतिक धरातललाई पनि उधिन्न सकियो भने इतिहास लेखनको पृष्ठभूमिले ओझेल पारेका तथ्यहरूसमेतको आलोकमा विगतको समग्र चित्र कोर्न सकिन्छ । |
ई वीरगन्ज ह ! |
चन्द्रकिशोर |
ई वीरगन्ज ह ! क्रान्तिको नगरी ! आर्थिक राजधानी ! राष्ट्रिय अर्थतन्त्रको ब्यारोमिटर ! पुसको चिसो बिहान, वीरगन्जलाई कुहिरोले ढपक्कै छोपेको छ । मिर्मिरेमा जीवन खोज्दै सडकमा उत्रिएकाहरूले घण्टाघरलाई घुम्टोमा बेरिएको देखे । कोरोना कहरले गति हराएको यो सहरको चेहरा एकताका यसैगरी संकटको कुहिरोमा छोपिएको थियो । सहरवासीको मृत्यु फगत एक आँकडा भएको थियो । सहर कतै गहिरो र भयानक भुमरीमा फस्ने त होइन भन्ने चिन्ता व्याप्त थियो । |
के तपाईं सुन्दर हुनुहुन्छ ? |
सविना देवकोटा |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.