text stringlengths 2 914 |
|---|
‘ठूलो भएपछि के बन्छौ नि तिमी ?’ पत्रकारका प्रश्न त्यति रेडिमेड हुँदैनन्, जति हाम्रा आफन्तका हुने गर्छन् ! तर, रेडिमेड प्रश्नको उत्तर दिन म सधैँ रेडी भइहाल्थेँ । प्रश्न भुइँमा खस्न नपाउँदै बालसुलभ हाँसोको सहारा लिएर म आँखा ठूला बनाउँदै, थुक घुटुक्क निलेर गर्वका साथ भन्थेँ– मिस नेपाल ! |
पुस १०, २०७७ |
सुनसान नुनमार्ग |
नवीन विभास |
नेपाली भान्साबाट भोटे नुन बिलाएकै जुग बिते पनि जनजिब्रोबाट बिलाउन बाँकी छ । भोटे नुनसँगै भोटे ताल्चा र भोटे कुकुर लोक ‘सम्झना सल्लाघारी’ मा भुर्रभुर्र उड्छन् । ती कहिले ‘आहानमेन’ भएर उड्छन् त कहिले ‘गीत’ भएर । कहिले ‘आसिक’ त कहिले ‘मन्त्र’ भएर । |
पुस ४, २०७७ |
एक बूढो हनुमानको कन्फेसन |
नवीन |
मिथकभन्दा पर रहेर अब म बोल्न चाहन्छु अब म बताउन चाहन्छु कुचीको जादुमा रङमङिएर अनुहार बिर्सिएको क्यानभासझैं आफैंलाई बिर्सिएको रूमानी सम्बन्धहरुको कथा आफ्नै अस्तित्वलाई पर्दाभित्र राखिबसेर बाँचेको जिन्दगीको कथा |
फुर्का पौभाको : हिमालयबाट पेरिससम्म |
सौरभ |
सोझै प्रारम्भ डोटीको फलेडीबाट नेपाली कागज बनाउन थालिएको हो (११ असोज २०३२ को गोरखापत्रमा सूर्यप्रसाद जोशी) । |
मृत्युको कथा |
केशव दाहाल |
झन्डै ३८ वर्षअगाडिको कुरा हो । त्यो दिन पश्चिम आकाशमा तामा रङको बादल लागेको थियो । थामडाँडामुनि भित्तामा सिमसिम पानी पर्दै थियो । घरनजिकै पयौंको रूख चिसो सिरेटोसँग नाच्दै थियो । र, पश्चिम क्षितिजको डिलमा उभिएर सूर्यदेव सुस्केरा हाल्दै थियो । त्यही साँझ गाउँमा एक जना युवक मर्यो, जो मलाई कान्छा भनेर बोलाउँथ्यो । |
चन्द्रमान मास्के र त्रिभुवनका जुँगा |
अभि सुवेदी |
कलाकार चन्द्रमान मास्केलाई सम्झिने बलियो सन्दर्भ परेकाले यो लेख लेख्न लागेको छु । भर्खरै ‘सिर्जना’ कला पत्रिकाको निम्ति कलाकार नवीन्द्रमान राजभण्डारीको प्रस्तावमा ‘इन्टर्फेस अफ नेपाली आर्ट एन्ड लिटरेचर’ शीर्षकमा एउटा लेख लेखेर बुझाएको सन्दर्भ छ । त्यसमा मैले एउटा कुरा भेटेको लागेको छ । कलकत्तामा उन्नाईसौं शताब्दीका अन्तिम वर्षदेखि बीसौं शताब्दीका सुरुका दशकसम्म कलाकार ईबी हाभेल र अवनीन्द्रनाथ ठाकुरको नेतृत्वमा कलामा पूर्वीयवादी आन्दोलन र शिक्षा चलेको थियो । |
एक मार्क्सवादी पोपको अवसान |
हरि रोका |
‘दाइ, हाम्रो पोपको निधन भो नि ! एका–बिहानै विराटनगरबाट वासु न्यौपाने भाइको फोन आयो । म अलमल्ल परेँ । उनले थपे, ‘कृष्ण दाइ क्या बीए कृष्ण दाइ ।’ मैले लामो निःश्वास छोडेँ । हाम्राबीच थप कुरा भएनन् । |
पुस ३, २०७७ |
ज्यानमारा इज्जत |
सरला गौतम |
जंगबहादुरको शासनमा उर्दी जारी गरिएको थियो– ‘व्यभिचार गर्ने आइमाईलाई बाघको मुखमा हालिदिनू ।’ राणासनमा मात्रै होइन, महिलाको यौनिकतामाथिको नियन्त्रण आजसम्मै छ । मानव सभ्यतामै निजी सम्पत्तिमाथि नियन्त्रणका लागि बन्धक गरिएको यौनिकता महिलाका लागि सबैभन्दा हानिकारक कैद हो । |
मंसिर २७, २०७७ |
स्त्रीरत्न-१९९२ |
सुमनराज ताम्राकार |
आधुनिक नेपाली कथाको प्रस्थानविन्दु मानिने ‘नासो’ का लेखक गुरुप्रसाद मैनालीको नाम धेरैले सुनेका छन् । तर, पहिलो नेपाली नारी कथाकार कुमारी तुषारमल्लिकाको नाम सुन्ने कमै होलान् । संयोग के भने दुवैको पुर्ख्यौली घर काभ्रे हो– मैनालीको कानपुर हो भने तुषारमल्लिकाको बिहाबर, कुशादेवी । |
वन्यजन्तुको संरक्षण र टाइगर टप्सको सम्झना |
सागरशमशेर जबरा |
केही समययता चितवन राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित गैंडाहरू ठूलो संख्यामा मारिन थालेको खबर दुःखदायी छ । सन् १९८४ मा विश्व सम्पदा क्षेत्रका रूपमा सूचीकृत भएको चितवन राष्ट्रिय निकुञ्ज हाल ‘तस्कर सिकारीहरूका निम्ति स्वर्ग’ साबित भइरहेको बारेमा कान्तिपुर दैनिकमा बारम्बार समाचार आइरहेका छन् । |
‘क्रोधी’ कविको सन्तान प्रेम |
शार्दूल भट्टराई |
बेचिएको छ न्याय, कुल्चिएको छ सत्य ध्वस्त गरिएको छ प्रकृतिको महान् महत्ता जालझेलमा सञ्चित छ स्वर्णराशि ध्वंसको सिंहासनमा बसेर चर्कोसँग चिच्याऊ तिम्रो देशको श्राप तिमीमाथि छ । |
इतिहासको आँखामा ‘एक अत्याचार’ |
शंकर तिवारी |
६० वर्षअघिको एउटा मिति (पुस १, २०१७) नेपाली इतिहासमा एउटा काल विभाजकको रूपमा अंकित छ । त्यो मिति एउटा काल विभाजक मात्रै नभएर लोकतन्त्रको विपरीतार्थी विम्ब भएर बसेको छ । त्यस दिन राजा महेन्द्रले प्रजातन्त्रको गतिलाई उल्टो दिशामा धकेलिदिए, २००७ सालको क्रान्तिको बलात् अपहरण गरे । |
असुरक्षित हिरोइन |
सोविता सिम्खडा |
हिरोइनलाई गुन्डाहरूले लखेटिरहेका हुन्छन् । उनी ‘बचाऊ’ भन्दै अनकण्टार जंगल, गोदाम वा एकदम भयावह स्थानमा पुग्छिन् । गुन्डाहरूले हिरोइनलाई समात्छन् र यौन दुर्ब्यवहार गर्छन् । उनी चिच्याउँछिन् । |
मंसिर २०, २०७७ |
मातृत्व कहर |
सरस्वती प्रतीक्षा |
फेवातालको किनारामा अवस्थित क्रेजी गेको रेस्टुरेन्ट । तालको छाल नजिकै बसे पनि कुराचाहिँ मनभित्रका छालहरूको गर्दै थियौं । भीडभाडको बीचमै थियौं, तर पनि भीडमा थिएनौं । पहिलो भेट थियो । पहिलो भेटमा हुनेजस्तो औपचारिकताचाहिँ कत्ति पनि थिएन हामीबीचमा । |
महाभारत युद्ध : मिथक कि यथार्थ ? |
भोगीराज चाम्लिङ |
के महाभारत युद्ध साँच्चै भएको थियो ? विद्वानबीच लामो समयदेखि छलफल र बहस चलेको विषय हो यो । यो अझै लामो समयसम्म कायम रहनेछ । अन्तिम टुङ्गोमा चाहिँ सायदै पुगिनेछ । यद्यपि यसबारे आजसम्म चलेका छलफलसँग परिचित हुनु अन्यथा हुने छैन । |
मंसिर १३, २०७७ |
प्रतिरोध बोल्छ मेरो उपनिवेशित जिब्रो |
लुना रञ्जित |
मेरो जिब्रो एउटा उपनिवेश जहाँ मलाई पूर्वजहरूसँग जोड्ने मेरो मुटुको भाषालाई विस्थापित गरेर आधिपत्यमा यो बाँच्नका लागि चाहिने भाषाले हाम्रा कथाहरू दबाउँदै हाम्रा स्मृतिका पानाहरू मेटाउँदै |
सिमलको रूखमुनि |
हेमन यात्री |
‘यात्रीले गोल गर्यो आज,’ कुलबहादुरले धेरैपटक दोहोर्यायो । ऊ मेरो विपक्षमा थियो । उसले गोलपोस्ट सम्हालेको थियो । मेरा टिमका साथीहरूले धेरैपटक कुलबहादुरको पोस्टमा बल हाने पनि गोल गर्न सकिरहेका थिएनन् । |
सेतु विकको मौन सालिक |
सङ्गीत |
टाँगालाई उलार परेर पनि सुख छैन अघि बढिरहेकै छ घोडा घिच्याइरहेकै छ टाँगावाल यो उलारको यात्रा कहाँसम्म चल्ने हो ? सालिक मौन छ ! |
फर्केर हेर्दा थकथक त लाग्छ ! |
सीके लाल |
आत्मपरक वर्णन लेख्नु कठिन काम हो । विषय आफैं हुने भएपछि भावुकताले तटस्थ हुन दिँदैन । तथ्यभन्दा तर्कले महत्त्व पाउने जोखिम बढ्छ । व्याकरणमा ‘म’ शब्दलाई ‘उत्तम पुरुषको एकवचनलाई बुझाउने सर्वनाम’ भनेर त्यसै व्याख्या गरिएको होइन । उत्तम पुरुषको एकवचन सर्वनाममा मूल संस्कृतको पर्यायवाची शब्दले जनाउने ‘अहम्’ भाव सन्निहित छ । |
एक खेलाडी ! एक जादुगर ! |
मुकुन्द दाहाल |
गोरु बेचेको साइनो पनि गाँसिएको थिएन, अर्जेन्टिनासँग नेपालको । इंगल्यान्डसँगको सदियौं पुरानो सम्बन्धले दुई देशबीचको सम्बन्ध जहिले पनि न्यानो मानियो । फुटबलको मैदानमा भने नेपालीको साइनो अर्जेन्टिनासँग बढी जोडियो, इङ्ल्यान्डसँग कम । नेपाली र अर्जेन्टिनीबीच साइनो बाँध्ने लमी बने फुटबलका महानायक डिएगो अर्मान्डो म्याराडोना । उनै सूत्रधार बुधबारदेखि सदाका लागि अस्ताए । उनको निधनमा नेपालीहरूको भिजेको परेलीले प्रस्ट पारेको छ, म्याराडोनाले जोडेको दुई देशबीचको साइनो कहिल्यै पनि नझुक्ने गरी सगरमाथाझैं अग्लो रहिरहनेछ । |
मंसिर १२, २०७७ |
भुइँतला : डेरा–संसारको पाताललोक |
शिवानीसिंह थारू |
मध्यमवर्गीय दुःखहरू शास्त्रीय अर्थमा बुझिएको ‘दुःख’ को कोटीमा पर्दैनन् । त्यसैले सायद नेपाली साहित्यमा मध्यमवर्गीय दुःखका ‘दुःखभरि’ कहानी भेटिँदैन । मध्यमवर्गीयका कथा ध्रुवचन्द्र गौतमले नै धेरै लेखेका छन्, त्यो पनि व्यङ्ग्यात्मक ध्वनिमा । सायद मध्यमवर्गीयहरूको दुःखजिलो हास्य र व्यङ्ग्यमै ठीक सुनिने गर्छ । यसो हो भने यसको सौन्दर्य पनि यही हो र दुःखान्त पनि । खैर, त्यही सही ! |
मंसिर ६, २०७७ |
वर्णव्यवस्था : योनिमाथिको अंकुश |
सुजित मैनाली |
हिन्दु समाजमा आजका मितिसम्म विद्यमान सम्भवतः सबैभन्दा पुरानो र जब्बर सामाजिक प्रणाली वर्णव्यवस्था हो । नारीको स्वतन्त्रतालाई अस्वीकार गर्ने र घरपालुवा जनावरलाई झैं उनीहरूलाई विशुद्ध उपयोगितावादी दृष्टिले हेर्ने पुरुषकेन्द्रित सामाजिक चिन्तन वर्णव्यवस्थाभन्दा पनि प्राचीन र जब्बर छ । |
बाजेले सोध्नुभो, ‘राजा सन्चै छन् ?’ |
भूपाल राई |
मेरा बाजे सबैका लागि असल हुनुहुन्नथ्यो । यसो भन्दा मलाई कुनै लज्जाबोध हुँदैन । तर, त्यस्तो खराब पनि होइन, जसको बयान सधैँ अप्रिय होस् । मैले आज बाजेका नाममा थोरै प्रिय कुराहरू पनि गर्नु छ, जसलाई अप्रिय शब्दभण्डारबाट निचोरेर निकाल्नु छ । र, यी सबै गर्नुभन्दा अगाडि मैले यहाँ सर्वप्रथम काठमाडौं उपत्यकाका हाल सालैका केही सांस्कृतिक घटनाहरूको सिलसिला जोड्नु छ । |
नौलाख तारामाझ शरदको माद |
तीर्थबहादुर श्रेष्ठ |
‘नौलाख तारा उदाए धरतीको आकाश हाँसेछ शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ ।’ अम्बर गुरुङको सुरिलो आवाजमा अगमसिंह गिरीको शरद–वर्णन जति सुन्यो उति मर्मस्पर्शी भएर आउँछ । |
न्यूनवाद : एक आन्दोलन |
प्रतीक्षा कट्टेल |
हाम्रो घरछेउमा टनेल खेती गर्ने सङ्गीता दिदीले एक दिन भन्नुभयो, ‘केही अनावश्यक कपडा भए दिनु न बहिनी, हाम्रो गाउँकी बहिनी सुत्केरी भएकी छ । लाउने लुगा छैन भन्थी । तपाईं जत्रै छ ऊ पनि ।’ |
मनमा बलिरहेको सम्झनाको मधुरो दियो |
विप्लव प्रतीक |
म थिएँ र यौटा साइकल थियो । सिलुएटमा मैले डोर्याइरहेको साइकल र मेरो आकृति यतिखेर मेरो सम्झनाको क्यानभासमा कोरिएको छ । |
मंसिर ५, २०७७ |
इतिहास : विषयमा आकर्षण, विभागमा विकर्षण |
राजकुमार बानियाँ |
कोरोना महामारीका बीचमा पनि इतिहासका पुस्तक बेरोकटोक छापिरह्यो, रत्न पुस्तक भण्डारले । कमलप्रकाश मल्लको ‘स्वयम्भू पुराण’, चित्तरञ्जन नेपालीको ‘पारिवारिक षड्यन्त्रका कथाहरू’ र फादर गुइस्प्पेको ‘एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ आदि । त्यही माचोमा ‘भीमसेन थापा र तत्कालीन नेपाल,’ ‘श्री ५ रणबहादुर शाह’ (चित्तरञ्जन नेपाली) ‘मध्यकालीन भक्तपुर’ (बलराम कायस्थ), ‘नेपालको इतिहासमा जंगबहादुर’ (त्रिरत्न मानन्धर) आदि पनि पुनर्मुद्रण गरिछाड्यो । |
कार्तिक २९, २०७७ |
कर्पोरेट लोकतन्त्रमा भुनभुनाइरहेको सत्ता ! |
विमला तुम्खेवा |
सुन्नुहोस्, धर्मका ठेकेदारहरू समाजका भद्रभलाद्मी देशको संविधान निर्माताहरू छोरा चाहने तमाम बाउहरू सबै सबैलाई एउटा प्रश्न ! |
शासकहरु सबै भाषा पढ्न जान्दैनन् |
कल्पना चिलुवाल |
हे दुर्गे भगवती ! तिम्रो आँसुको आवेदन खारेज भइसकेको छ धेरै अघि नै आँसुको अगोचर अक्षर शासकहरू पढ्न जान्दैनन् |
विस्मृति कथनमा ख्याक |
मल्ल के. सुन्दर |
क्षेत्रपाटीको जुद्धोदय पब्लिक हाइस्कुलको कम्पाउन्डसँगै पूर्वमा उत्तरतिर लाग्ने एउटा सानो बाटो थियो । दुवैतिर खुला खेत, किनारामा नीलकाँडाका झाडीले ढाकेको, सुनसान, खासै चहलपहल नभएको, बटुवाका दिसा–पिसाबले रछ्यानसरह बनेको दुर्गन्धित ठाउँ । त्यस ठाउँको नाम थियो— चलचा गल्ली ! |
पैसा ! पैसा !! हा पैसा !!! |
श्रीश भण्डारी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.