text
stringlengths
2
914
आज लक्ष्मीपूजा । मलाई खुल्दुली छ– यसपल्टको लक्ष्मीपूजा विगतको भन्दा अलिक फरक होला कि उस्तै ? थाहा पाउन मन छ, कोभिड–१९ ले व्यवसाय चौपट भएका, रोजगारी गुमाएका र ऋण तिर्न नसकेका प्रत्येकले लक्ष्मीको फोटो अघिल्तिर बसेर धूप सल्काइरहँदा तिनका मनमा कस्तो धूवाँ मडारिएला ? जिज्ञासा छ– महिनौंदेखि रत्नपार्कलाई दैनिक गन्तव्य बनाइरहेका भोका पेटहरूले विगतमा कहिल्यै लक्ष्मीपूजा गरेका थिए होलान् कि नाइँ ?
चाडबाडको संग्राम शृंखला
गनेस पौडेल
पहिलो प्रसंग तिहारको बारेमा होइन । तीन वर्षपहिले दक्षिण भारतको लामो भ्रमणमा थिएँ । हामी चढेको मोटरको स्पिकरमा घनाघन मादल घन्किन थाल्यो । बिल्कुल नेपाली झ्याउरे गीतको ‘इन्ट्रो’ सुनेर मैले सोचेँ, क्याब ड्राइभरले हामीलाई नेपाली भनेर चिनेछन् र हाम्रो गीत बजाइदिएछन् । तर, जसै गीतको बोल सुरु भयो म अचम्भित भएँ । त्यहाँ नेपाली होइन उतैको मलयालम गीत बजिरहेको थियो । तर, बिल्कुल नेपाली लय र बान्कीमा ।
सर्वहारीको बाँच्ने उपक्रम
भीम घिमिरे
सर्वत्र सजिलै देखिने, कर्कश आवाजले कराउने भएकाले काग सर्वसाधारणको चासोको चरोमा पर्दैन । चरा मन पराउनेले पनि उति धेरै काग मन पराउँदैनन् ।
कार्तिक २२, २०७७
देवकोटा नामको मसलन्द
दीपक अर्याल
यहाँ प्रस्तुत केही सामग्री शंकर लामिछानेको परिवारबाट संरक्षणका लागि मदन पुरस्कार पुस्तकालयका लागि प्राप्त भएका हुन् । भारतको राजधानी दिल्लीमा सन् १९५६ मा भएको एसियाली लेखकहरूको सम्मेलनसँग लक्ष्मीप्रसाद देवकोटा र नेपाली साहित्यकारहरू कसरी जोडिएका थिए भन्ने बुझ्नका लागि विगतको यो अभिलेखीय सामग्री महत्त्वपूर्ण हुन सक्छ ।
आफ्नै मानसिक भुमरीहरूको इतिहास
राजव
आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन ।
वन केवल वृक्ष होइन
तीर्थबहादुर श्रेष्ठ
नेपाल सानो देश होइन । यो एउटा सानो संसार हो । छिमेकी राष्ट्रहरूलाई विशाल देख्ने र नेपाललाई सानो देख्ने तथा सधैं सानो छ भन्ने मानसिकता बोकेका नेपालीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले— ‘नेपाली नहुनुको अन्धता’ भनी व्याख्या गरेका छन् ।
कार्तिक २१, २०७७
जरुर साथी म सिंगल
शिक्षा रिसाल
‘तिमीलाई न त खाना पकाउन आउँछ, न घरको केही काम । तिमीलाई त जिरा र ज्वानो पनि छुट्याउन आउँदैन । न त घरको जिम्मेवारीबारे थाहा छ । तिमीलाई के लाग्छ— म तिमीसँग बिहे गर्छु ? सरी, मेरो परिवारलाई तिमीजस्तो बुहारी चाहिएको हैन ।’
कार्तिक १५, २०७७
हुइयाँ मोह : जिउँदै श्रद्धाञ्जली
लीला लुइटेल
अङ्ग्रेजीको ‘क्राउड बिहेभियर’ पदावलीको प्रकृति र विशेषता केलाउँदा यो नेपालीमा प्रचलित ‘हुइयाँ’ शब्दसँग मेल खाने देखिन्छ । अहिलेको विद्युतीय सञ्चारको युगमा हुइयाँ आतङ्कको नेतृत्व त अनलाइन पत्रिका तथा युट्युबहरूले लिएको अनुभव सबैले गरेकै हुनुपर्छ ।
गीता : कति प्राचीन ?
भोगीराज चाम्लिङ
हाम्रो गाउँ (बोहेम्मा) मा एक जना बाजे हुनुहुन्थ्यो ब्रिटिस लाहुरे । उहाँलाई कहाँबाट कसरी प्रभाव पर्‍यो, म भन्न सक्दिनँ तर घरमा गीता राखेर सातामा दुई या तीन दिन बिहान–बिहान पूजापाठ र वाचन गर्नुहुन्थ्यो ।
बौद्धिकी-निर्माणको हर्जा
गुरुङ सुशान्त
नेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका कारण यो किताब ‘नेपाली हावापानी सुहाउँदो’ प्रसंगमा पनि उत्तिकै बहसयोग्य छ ।
माफ गर्नू महिषासुर !
सरिता तिवारी
पछिल्ला वर्षमा भारतका मूलनिवासी समुदायले असोज शुक्ल पूर्णिमाका दिन अर्थात् आज महिषासुर स्मरण दिवस (शहादत दिवस) मनाउने गरेका छन् । भारतीय आदिवासी जनश्रुतिअनुसार, महिषासुर यहााका मूलवासी (अनार्य) हरुका संरक्षक, प्रतापी राजा थिए ।
हराएको सुरुवाल
शरच्चन्द्र वस्ती
नगरमा अकस्मात् हल्ला फैलियो, ‘शत्रुदेशको सैनिक रथ नगरमा प्रवेश गरेको छ ।’ शुरूमा नागरिकले पत्याएनन् । नगरमा रथ प्रवेश गर्न सक्ने एउटा मात्र द्वार थियो र त्यो एक वर्षदेखि बन्द थियो । यसबीच मित्रदेशका सामान्य रथ समेत नगरमा प्रवेश गरेका थिएनन्, न त नगरको कुनै रथ बाहिर गएको थियो ।
कार्तिक १४, २०७७
नेपाल नाम : अर्को एउटा परिभाषा
सौरभ
नेपाल नाम कसरी रह्यो ? भन्ने प्रश्नका अघिल्ला उत्तरहरू सूचीबद्ध गर्ने हो भने यस अखबारका दुई पानाले पनि पुग्दैन । अनगिन्तीले अनगिन्ती तर्क विगतमा प्रस्तुत गरिसके । सबैभन्दा पछिल्लो उल्लेखनीय तर्क ‘नेपाल निरुक्त’ हो, ज्ञानमणि नेपालको ।
आश्विन २४, २०७७
गर्भवती उर्मिलाको अन्त्य
संगीता उराँव
दुःखका कारण अनेक हुन सक्छन् । दुःख त सबैसँग यात्रा गर्दोरहेछ । जब दुःख सहने आत्मबल घट्दै जान्छ, तब जीवनबाट हरेस खाई विश्राम लिन मन लाग्छ । यस्तै कैयन् प्रश्न मनमा बोकेर हिँडेका कल्पना र उर्मिलाहरूको दुःखसँग कैयौं दिन यात्रा गरेको छु ।
समर्पणको ऐतिहासिक उपन्यास
बिन्दु शर्मा
चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले २०७६ को मदन पुरस्कार पाएको घोषणा हुँदा साहित्यमा चासो राख्ने धेरै मानिस अचम्ममा परे । मिडियाले नचिनेका, कुनै समूहले सेलेब्रिटी नबनाएका र प्रचारप्रसारमा पनि पर्दापछाडि रहेका लेखकको किताब एकाएक विमर्शमा आउँदा कति जिल्लिए होलान्, कति ईर्ष्याले जले होलान् ।
कमरेड दीपकको हस्ताक्षर
दिनमान गुर्मछान
भिजेको कागजमा लेखिएको थियो– ‘तपाईं उहाँसँग आउनुहोला । हामीलाई तपाईंको खाँचो छ ।’ –कमरेड दीपक । र, अन्तिममा थियो किरिङमिरिङ हस्ताक्षर ।
मदिराको वर्गसंघर्ष
आहुति
राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनेर हिँड्ने क्रममा विसं २०४३ को अन्त्यतिर सिन्धुपाल्चोकको हैबुङ गाउँ आसपासको एक गुरुङको घरमा बास पर्‍यो । शरीरमा कम्पन छुट्ने गरी हनहनी ज्वरो आएको थियो । त्यहाँ आधुनिक औषधि प्राप्त हुने कुनै सम्भावना थिएन । मेरो हालत देखेपछि घरकी वृद्ध महिलाले कराहीमा घिउ तताइन्, त्यसपछि कालो रिठ्ठाको गेडा फुटाएर गुदी तातो घिउमा केहीबेर भुटिन् ।
के थियो ग्लुकको मनोकांक्षा ?
विप्लव प्रतीक
लुइस ग्लुकले यसपल्ट साहित्य विधामा नोबेल पुरस्कार पाइन् । साहित्यमा गरिमामयी मानिने पुरस्कार । मलाई विश्वास छ, ग्लुक भने पुरस्कार वा सम्मान होइन, नौलो कविताको खोजीमा रहेकी हुनुपर्छ ।
आश्विन १७, २०७७
विज्ञान विचार : सही विचार
मोहन मैनाली
घरबाहिर निस्कन पाउँदैनस् भनेर सरकारले नभनेको भए डुल्ने रहर त्यति औधी लाग्दैनथ्यो होला । तर, यसपालि कोरोनाको डरले घरभित्र लुक्नुपरेका बेला घरबाहिर निस्कौँ, निस्कौँ लाग्यो । एउटा उपाय निस्कियो– कुर्सीमा बसेर नेपाल घुम्ने । घुम्ने तलतल मेटाउन मलाई मन पर्ने लेखक डा. तीर्थबहादुर श्रेष्ठको पुस्तक पल्टाएँ– नेपाल : नखुलेका पाटाहरू (विचार–विज्ञान लेख संग्रह) ।
स्मृतिलेखको राजनीति
सङ्गीत
सहरी आकाशमा कोरोना–आतंकका विस्फोटक बेलुन बढ्दै गरेका बेला माधव घिमिरेको निधनको खबर जब फैलियो, अनलाइन–मिडिया र पत्रपत्रिका शताब्दी लामो शोकमा रुन थालिहाले । कवि घिमिरे ठूला कवि थिए नै, नेपालको सत्ताधारी प्रतिबद्धतामा सायद उनी एक नम्बरै हुन् ।
‘निस्कन्छ अर्कै युगभित्रबाट...’
केदार शर्मा
‘भोका छन् जब दाजुभाइ यसरी खाएर पो के भयो नाङ्गा छन् जब इष्टमित्र यसरी लाएर पो के भयो खै, उल्लास कहाँ छ यौवन यहाँ आएर पो के भयो मुर्दातुल्य छ जिन्दगी जब यहाँ बाँचेर पो के भयो ?’
छोरी, जिन्दगी कहाँ सानो स्कुल हो र ?
संगीता श्रेष्ठ
‘...यो स्कुलको मिनिमम चार्ज हो । स्कुलले पनि घरभाडा तिर्नुपर्छ । यसमा हामी केही गर्न सक्दैनौं । आई एम सरी !’
इतिहासको गुरुकिल्ली
राजकुमार बानियाँ
नेपाली ज्ञानको गुरुकिल्ली (अथोरिटी) कतै छ भने, त्यो इतिहास, संस्कृति र पुरातत्त्वमा मात्रै छ । त्यसको एक मात्र श्रेय जान्छ, संशोधन–मण्डलको गुरु–शिष्य परम्परालाई । उसैले बाहिरिया (विदेशी) बाट फर्काएको हो, इतिहासको आचार्यत्व । अन्यथा यतिबेला पनि हामी ड्यानल राइट, सेसिल बेन्डल, सिल्भाँ लेभीकै अखण्ड गीत गाएर इतिहास भट्याइरहेका हुन्थ्यौं ।
भारत विभाजनको वृत्तान्त
विष्णु रिजाल
भारतका विदेश, अर्थ र रक्षामन्त्री रहिसकेका जसवन्त सिंहको हालै (२७ सेप्टेम्बर) ८२ वर्षको उमेरमा निधन भएको छ । भारतको परमाणु परीक्षण, कारगिल युद्ध, अमेरिकासँगको सम्बन्ध, इन्डियन एअरलाइन्सको विमान अपहरण प्रकरणलगायत विदेश नीति, अर्थतन्त्र र रक्षा मामिलामा उनले गरेका योगदानको समकालीन, सहकर्मी र शिष्यहरूले चर्चा गरिरहँदा मलाईचाहिँ उनले लेखेको पुस्तक ‘जिन्नाह : इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’ को प्रभावले तानिरहेको छ ।
आश्विन १०, २०७७
अन्तर्यात्राका तपस्वी
अमर न्यौपाने
८३ औं जन्मदिनका लागि कलाकार मनुजबाबु मिश्रले बनाएको आफ्नै स्केच, जुन अपूरै रह्यो ।
मार्खेजको हुलाक टिकट
कुमार नगरकोटी
प्राक्कथन/पार्श्व–कथन ‘मोजार्ट अफ् पेन’ भनेर चिनिइने डेबिड स्ट्रेटफेल्ड अमेरिकी पत्रकार हुन् । सन् १९८७ देखि १९९८ सम्म उनी ‘द वासिङ्टन पोस्ट’ का साहित्यिक संवाददाता थिए । जगत् जान्दछ, सन् २०१३ मा उनले पुलित्जर प्राइज ‘पनि’ पाएका थिए ।
आश्विन ३, २०७७
‘प्रतीक’ प्रोफाइल
खिमलाल देवकोटा
कोरोनाले निम्त्याएको तनावबीच ‘प्रतीक’ दैनिकले भदौ १ गते आफ्नो ३४औं वार्षिकोत्सव अन्य वर्षझैं धुमधामले होइन, अति सामान्य प्रकारले मनायो । यो लेख काठमाडौंबाहिरबाट छापिने एउटा पत्रिकाको जीवन–संषर्घ हो । एक पत्रिकाको प्रोफाइल ।
छोप्‍न खोजेका विषय उघारिँदै गए
कान्तिपुर संवाददाता
अर्थशास्त्रका प्राध्यापक विश्वम्भर प्याकुर्‍याल संगीत, साहित्यका पारखी हुन् । नारायणगोपालले गाएको ‘तिमीले भनेका सारा देव छोएर’ गीतका गीतकार प्याकुर्‍यालको आत्मकथा ‘आफैंलाई खोज्दा’ हालै प्रकाशित छ ।
मुस्कुराउनुस्, तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ !
भूषिता वशिष्ठ
जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कताकता झल्किन्छ ममता मेरो भावगंगा जताजता
स्वर्गीय पिताजीका नाममा
अभय श्रेष्ठ
इटालीका निर्देशक भितोरियो डेसिकाले आफ्नो फिल्म ‘उम्बर्टो डी’ मा संसारभरिका सारा वृद्ध पिताहरूको संघर्ष र संवेदनाको कथा टपक्क टिपेका छन् । कताकता त्यसमा म आफ्नै पिताजीको विरही जीवनको एउटा झाँकी भेट्छु ।
अङ्ग्रेजीमा कविता अनुवादको मोह
अभि सुवेदी
गएको हप्ताको अमुक राति ढिलो केन्द्रीय अङ्ग्रेजी विभागमा पढाउने मेरा एक पूर्व विद्यार्थी महेश पौडेलले फोन गरे । यिनले धेरै नेपाली कविताहरू अङ्ग्रेजीमा अनुवाद गरेका छन् । कुनै सम्पर्कले गर्दा अनि कुनै केही पारिश्रमिक लिएर पनि गर्दा हुन् । सोधेको छैन । उनले भने, ‘यो के भइरहेको हो ? तपाईंले पनि अनुवाद गर्नुभएको छ ।’
बालबालिकालाई ‘कोसेली’