text stringlengths 2 914 |
|---|
आज लक्ष्मीपूजा । मलाई खुल्दुली छ– यसपल्टको लक्ष्मीपूजा विगतको भन्दा अलिक फरक होला कि उस्तै ? थाहा पाउन मन छ, कोभिड–१९ ले व्यवसाय चौपट भएका, रोजगारी गुमाएका र ऋण तिर्न नसकेका प्रत्येकले लक्ष्मीको फोटो अघिल्तिर बसेर धूप सल्काइरहँदा तिनका मनमा कस्तो धूवाँ मडारिएला ? जिज्ञासा छ– महिनौंदेखि रत्नपार्कलाई दैनिक गन्तव्य बनाइरहेका भोका पेटहरूले विगतमा कहिल्यै लक्ष्मीपूजा गरेका थिए होलान् कि नाइँ ? |
चाडबाडको संग्राम शृंखला |
गनेस पौडेल |
पहिलो प्रसंग तिहारको बारेमा होइन । तीन वर्षपहिले दक्षिण भारतको लामो भ्रमणमा थिएँ । हामी चढेको मोटरको स्पिकरमा घनाघन मादल घन्किन थाल्यो । बिल्कुल नेपाली झ्याउरे गीतको ‘इन्ट्रो’ सुनेर मैले सोचेँ, क्याब ड्राइभरले हामीलाई नेपाली भनेर चिनेछन् र हाम्रो गीत बजाइदिएछन् । तर, जसै गीतको बोल सुरु भयो म अचम्भित भएँ । त्यहाँ नेपाली होइन उतैको मलयालम गीत बजिरहेको थियो । तर, बिल्कुल नेपाली लय र बान्कीमा । |
सर्वहारीको बाँच्ने उपक्रम |
भीम घिमिरे |
सर्वत्र सजिलै देखिने, कर्कश आवाजले कराउने भएकाले काग सर्वसाधारणको चासोको चरोमा पर्दैन । चरा मन पराउनेले पनि उति धेरै काग मन पराउँदैनन् । |
कार्तिक २२, २०७७ |
देवकोटा नामको मसलन्द |
दीपक अर्याल |
यहाँ प्रस्तुत केही सामग्री शंकर लामिछानेको परिवारबाट संरक्षणका लागि मदन पुरस्कार पुस्तकालयका लागि प्राप्त भएका हुन् । भारतको राजधानी दिल्लीमा सन् १९५६ मा भएको एसियाली लेखकहरूको सम्मेलनसँग लक्ष्मीप्रसाद देवकोटा र नेपाली साहित्यकारहरू कसरी जोडिएका थिए भन्ने बुझ्नका लागि विगतको यो अभिलेखीय सामग्री महत्त्वपूर्ण हुन सक्छ । |
आफ्नै मानसिक भुमरीहरूको इतिहास |
राजव |
आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन । |
वन केवल वृक्ष होइन |
तीर्थबहादुर श्रेष्ठ |
नेपाल सानो देश होइन । यो एउटा सानो संसार हो । छिमेकी राष्ट्रहरूलाई विशाल देख्ने र नेपाललाई सानो देख्ने तथा सधैं सानो छ भन्ने मानसिकता बोकेका नेपालीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले— ‘नेपाली नहुनुको अन्धता’ भनी व्याख्या गरेका छन् । |
कार्तिक २१, २०७७ |
जरुर साथी म सिंगल |
शिक्षा रिसाल |
‘तिमीलाई न त खाना पकाउन आउँछ, न घरको केही काम । तिमीलाई त जिरा र ज्वानो पनि छुट्याउन आउँदैन । न त घरको जिम्मेवारीबारे थाहा छ । तिमीलाई के लाग्छ— म तिमीसँग बिहे गर्छु ? सरी, मेरो परिवारलाई तिमीजस्तो बुहारी चाहिएको हैन ।’ |
कार्तिक १५, २०७७ |
हुइयाँ मोह : जिउँदै श्रद्धाञ्जली |
लीला लुइटेल |
अङ्ग्रेजीको ‘क्राउड बिहेभियर’ पदावलीको प्रकृति र विशेषता केलाउँदा यो नेपालीमा प्रचलित ‘हुइयाँ’ शब्दसँग मेल खाने देखिन्छ । अहिलेको विद्युतीय सञ्चारको युगमा हुइयाँ आतङ्कको नेतृत्व त अनलाइन पत्रिका तथा युट्युबहरूले लिएको अनुभव सबैले गरेकै हुनुपर्छ । |
गीता : कति प्राचीन ? |
भोगीराज चाम्लिङ |
हाम्रो गाउँ (बोहेम्मा) मा एक जना बाजे हुनुहुन्थ्यो ब्रिटिस लाहुरे । उहाँलाई कहाँबाट कसरी प्रभाव पर्यो, म भन्न सक्दिनँ तर घरमा गीता राखेर सातामा दुई या तीन दिन बिहान–बिहान पूजापाठ र वाचन गर्नुहुन्थ्यो । |
बौद्धिकी-निर्माणको हर्जा |
गुरुङ सुशान्त |
नेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका कारण यो किताब ‘नेपाली हावापानी सुहाउँदो’ प्रसंगमा पनि उत्तिकै बहसयोग्य छ । |
माफ गर्नू महिषासुर ! |
सरिता तिवारी |
पछिल्ला वर्षमा भारतका मूलनिवासी समुदायले असोज शुक्ल पूर्णिमाका दिन अर्थात् आज महिषासुर स्मरण दिवस (शहादत दिवस) मनाउने गरेका छन् । भारतीय आदिवासी जनश्रुतिअनुसार, महिषासुर यहााका मूलवासी (अनार्य) हरुका संरक्षक, प्रतापी राजा थिए । |
हराएको सुरुवाल |
शरच्चन्द्र वस्ती |
नगरमा अकस्मात् हल्ला फैलियो, ‘शत्रुदेशको सैनिक रथ नगरमा प्रवेश गरेको छ ।’ शुरूमा नागरिकले पत्याएनन् । नगरमा रथ प्रवेश गर्न सक्ने एउटा मात्र द्वार थियो र त्यो एक वर्षदेखि बन्द थियो । यसबीच मित्रदेशका सामान्य रथ समेत नगरमा प्रवेश गरेका थिएनन्, न त नगरको कुनै रथ बाहिर गएको थियो । |
कार्तिक १४, २०७७ |
नेपाल नाम : अर्को एउटा परिभाषा |
सौरभ |
नेपाल नाम कसरी रह्यो ? भन्ने प्रश्नका अघिल्ला उत्तरहरू सूचीबद्ध गर्ने हो भने यस अखबारका दुई पानाले पनि पुग्दैन । अनगिन्तीले अनगिन्ती तर्क विगतमा प्रस्तुत गरिसके । सबैभन्दा पछिल्लो उल्लेखनीय तर्क ‘नेपाल निरुक्त’ हो, ज्ञानमणि नेपालको । |
आश्विन २४, २०७७ |
गर्भवती उर्मिलाको अन्त्य |
संगीता उराँव |
दुःखका कारण अनेक हुन सक्छन् । दुःख त सबैसँग यात्रा गर्दोरहेछ । जब दुःख सहने आत्मबल घट्दै जान्छ, तब जीवनबाट हरेस खाई विश्राम लिन मन लाग्छ । यस्तै कैयन् प्रश्न मनमा बोकेर हिँडेका कल्पना र उर्मिलाहरूको दुःखसँग कैयौं दिन यात्रा गरेको छु । |
समर्पणको ऐतिहासिक उपन्यास |
बिन्दु शर्मा |
चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले २०७६ को मदन पुरस्कार पाएको घोषणा हुँदा साहित्यमा चासो राख्ने धेरै मानिस अचम्ममा परे । मिडियाले नचिनेका, कुनै समूहले सेलेब्रिटी नबनाएका र प्रचारप्रसारमा पनि पर्दापछाडि रहेका लेखकको किताब एकाएक विमर्शमा आउँदा कति जिल्लिए होलान्, कति ईर्ष्याले जले होलान् । |
कमरेड दीपकको हस्ताक्षर |
दिनमान गुर्मछान |
भिजेको कागजमा लेखिएको थियो– ‘तपाईं उहाँसँग आउनुहोला । हामीलाई तपाईंको खाँचो छ ।’ –कमरेड दीपक । र, अन्तिममा थियो किरिङमिरिङ हस्ताक्षर । |
मदिराको वर्गसंघर्ष |
आहुति |
राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनेर हिँड्ने क्रममा विसं २०४३ को अन्त्यतिर सिन्धुपाल्चोकको हैबुङ गाउँ आसपासको एक गुरुङको घरमा बास पर्यो । शरीरमा कम्पन छुट्ने गरी हनहनी ज्वरो आएको थियो । त्यहाँ आधुनिक औषधि प्राप्त हुने कुनै सम्भावना थिएन । मेरो हालत देखेपछि घरकी वृद्ध महिलाले कराहीमा घिउ तताइन्, त्यसपछि कालो रिठ्ठाको गेडा फुटाएर गुदी तातो घिउमा केहीबेर भुटिन् । |
के थियो ग्लुकको मनोकांक्षा ? |
विप्लव प्रतीक |
लुइस ग्लुकले यसपल्ट साहित्य विधामा नोबेल पुरस्कार पाइन् । साहित्यमा गरिमामयी मानिने पुरस्कार । मलाई विश्वास छ, ग्लुक भने पुरस्कार वा सम्मान होइन, नौलो कविताको खोजीमा रहेकी हुनुपर्छ । |
आश्विन १७, २०७७ |
विज्ञान विचार : सही विचार |
मोहन मैनाली |
घरबाहिर निस्कन पाउँदैनस् भनेर सरकारले नभनेको भए डुल्ने रहर त्यति औधी लाग्दैनथ्यो होला । तर, यसपालि कोरोनाको डरले घरभित्र लुक्नुपरेका बेला घरबाहिर निस्कौँ, निस्कौँ लाग्यो । एउटा उपाय निस्कियो– कुर्सीमा बसेर नेपाल घुम्ने । घुम्ने तलतल मेटाउन मलाई मन पर्ने लेखक डा. तीर्थबहादुर श्रेष्ठको पुस्तक पल्टाएँ– नेपाल : नखुलेका पाटाहरू (विचार–विज्ञान लेख संग्रह) । |
स्मृतिलेखको राजनीति |
सङ्गीत |
सहरी आकाशमा कोरोना–आतंकका विस्फोटक बेलुन बढ्दै गरेका बेला माधव घिमिरेको निधनको खबर जब फैलियो, अनलाइन–मिडिया र पत्रपत्रिका शताब्दी लामो शोकमा रुन थालिहाले । कवि घिमिरे ठूला कवि थिए नै, नेपालको सत्ताधारी प्रतिबद्धतामा सायद उनी एक नम्बरै हुन् । |
‘निस्कन्छ अर्कै युगभित्रबाट...’ |
केदार शर्मा |
‘भोका छन् जब दाजुभाइ यसरी खाएर पो के भयो नाङ्गा छन् जब इष्टमित्र यसरी लाएर पो के भयो खै, उल्लास कहाँ छ यौवन यहाँ आएर पो के भयो मुर्दातुल्य छ जिन्दगी जब यहाँ बाँचेर पो के भयो ?’ |
छोरी, जिन्दगी कहाँ सानो स्कुल हो र ? |
संगीता श्रेष्ठ |
‘...यो स्कुलको मिनिमम चार्ज हो । स्कुलले पनि घरभाडा तिर्नुपर्छ । यसमा हामी केही गर्न सक्दैनौं । आई एम सरी !’ |
इतिहासको गुरुकिल्ली |
राजकुमार बानियाँ |
नेपाली ज्ञानको गुरुकिल्ली (अथोरिटी) कतै छ भने, त्यो इतिहास, संस्कृति र पुरातत्त्वमा मात्रै छ । त्यसको एक मात्र श्रेय जान्छ, संशोधन–मण्डलको गुरु–शिष्य परम्परालाई । उसैले बाहिरिया (विदेशी) बाट फर्काएको हो, इतिहासको आचार्यत्व । अन्यथा यतिबेला पनि हामी ड्यानल राइट, सेसिल बेन्डल, सिल्भाँ लेभीकै अखण्ड गीत गाएर इतिहास भट्याइरहेका हुन्थ्यौं । |
भारत विभाजनको वृत्तान्त |
विष्णु रिजाल |
भारतका विदेश, अर्थ र रक्षामन्त्री रहिसकेका जसवन्त सिंहको हालै (२७ सेप्टेम्बर) ८२ वर्षको उमेरमा निधन भएको छ । भारतको परमाणु परीक्षण, कारगिल युद्ध, अमेरिकासँगको सम्बन्ध, इन्डियन एअरलाइन्सको विमान अपहरण प्रकरणलगायत विदेश नीति, अर्थतन्त्र र रक्षा मामिलामा उनले गरेका योगदानको समकालीन, सहकर्मी र शिष्यहरूले चर्चा गरिरहँदा मलाईचाहिँ उनले लेखेको पुस्तक ‘जिन्नाह : इन्डिया–पार्टिसन–इन्डिपेन्डेन्स’ को प्रभावले तानिरहेको छ । |
आश्विन १०, २०७७ |
अन्तर्यात्राका तपस्वी |
अमर न्यौपाने |
८३ औं जन्मदिनका लागि कलाकार मनुजबाबु मिश्रले बनाएको आफ्नै स्केच, जुन अपूरै रह्यो । |
मार्खेजको हुलाक टिकट |
कुमार नगरकोटी |
प्राक्कथन/पार्श्व–कथन ‘मोजार्ट अफ् पेन’ भनेर चिनिइने डेबिड स्ट्रेटफेल्ड अमेरिकी पत्रकार हुन् । सन् १९८७ देखि १९९८ सम्म उनी ‘द वासिङ्टन पोस्ट’ का साहित्यिक संवाददाता थिए । जगत् जान्दछ, सन् २०१३ मा उनले पुलित्जर प्राइज ‘पनि’ पाएका थिए । |
आश्विन ३, २०७७ |
‘प्रतीक’ प्रोफाइल |
खिमलाल देवकोटा |
कोरोनाले निम्त्याएको तनावबीच ‘प्रतीक’ दैनिकले भदौ १ गते आफ्नो ३४औं वार्षिकोत्सव अन्य वर्षझैं धुमधामले होइन, अति सामान्य प्रकारले मनायो । यो लेख काठमाडौंबाहिरबाट छापिने एउटा पत्रिकाको जीवन–संषर्घ हो । एक पत्रिकाको प्रोफाइल । |
छोप्न खोजेका विषय उघारिँदै गए |
कान्तिपुर संवाददाता |
अर्थशास्त्रका प्राध्यापक विश्वम्भर प्याकुर्याल संगीत, साहित्यका पारखी हुन् । नारायणगोपालले गाएको ‘तिमीले भनेका सारा देव छोएर’ गीतका गीतकार प्याकुर्यालको आत्मकथा ‘आफैंलाई खोज्दा’ हालै प्रकाशित छ । |
मुस्कुराउनुस्, तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ ! |
भूषिता वशिष्ठ |
जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कताकता झल्किन्छ ममता मेरो भावगंगा जताजता |
स्वर्गीय पिताजीका नाममा |
अभय श्रेष्ठ |
इटालीका निर्देशक भितोरियो डेसिकाले आफ्नो फिल्म ‘उम्बर्टो डी’ मा संसारभरिका सारा वृद्ध पिताहरूको संघर्ष र संवेदनाको कथा टपक्क टिपेका छन् । कताकता त्यसमा म आफ्नै पिताजीको विरही जीवनको एउटा झाँकी भेट्छु । |
अङ्ग्रेजीमा कविता अनुवादको मोह |
अभि सुवेदी |
गएको हप्ताको अमुक राति ढिलो केन्द्रीय अङ्ग्रेजी विभागमा पढाउने मेरा एक पूर्व विद्यार्थी महेश पौडेलले फोन गरे । यिनले धेरै नेपाली कविताहरू अङ्ग्रेजीमा अनुवाद गरेका छन् । कुनै सम्पर्कले गर्दा अनि कुनै केही पारिश्रमिक लिएर पनि गर्दा हुन् । सोधेको छैन । उनले भने, ‘यो के भइरहेको हो ? तपाईंले पनि अनुवाद गर्नुभएको छ ।’ |
बालबालिकालाई ‘कोसेली’ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.