text
stringlengths
2
914
नरेन्द्रकुमार नगरकोटी
सानो छँदा ‘चित्र छ कि छैन ?’ भन्दै पाना पल्टाउँदै किताबसँग खेलेको सम्झना मजस्तै धेरैसँग हुनुपर्छ । मेरो समयका किताबमा विरलै हुन्थे चित्र । चित्र भए पनि सामान्यतया रङ्गीन हुँदैनथे । किताबका पानामा चित्र छन् कि छैनन् भन्दै अनुमान गर्ने खेल बडो आनन्दको हुन्थ्यो ।
भाद्र २७, २०७७
चिनिमा : ज्ञानकी आदिम नेतृ
भोगीराज चाम्लिङ
मलाई सुरुसुरुमा लाग्थ्यो- मुन्दुम भनेको धामीहरूको रातो भाले खाने मन्त्र हो । यो धारणा मैले लामो समयसम्म आफूमा जोगाएर राखेँ । तर, यो मेरो अवधारणा त्यतिखेर भत्कियो जब मैले इमानसिंह चेम्जोङ र बैरागी काइँलाले सङ्कलन/सम्पादन गरेको लिम्बू मुन्धुमका पुस्तक पढेँ ।
‘अद्वितीय रिमाल’ बारे भूगोलविद्को चिठी
श्यामल
डा. पीताम्बर शर्मालाई एक विशिष्ट वर्गले चिन्ने धेरै कारण छन् । विश्वविद्यालयका प्राध्यापक, नेपालविज्ञ र योजनाविद् । मसिनो स्वरमा खरो बोल्ने प्राज्ञ । सत्यलाई ओझेलमा पर्न नदिन सतत् प्रयत्नशील अनुसन्धानकर्ता । १२ वर्षसम्म एकीकृत पर्वतीय विकाससम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) मा क्षेत्रीय योजनाकार ।
काकाकुल कोइलाबास
नवीन विभास
लोककथन छ, ‘सुन नभए नि हुन्छ, मानिसलाई नुन नभई हुन्न ।’ सञ्जोग ! नहुँदा पनि हुने ‘सुन’ यतिबेला जुगकै सर्वाधिक महँगो छ ।
देबन काकाको अपहरण-कथा
तुलानारायण साह
२०६५ साल भदौ एक–दोपहरको समय । आफ्नै घरको ढोकामा अडेस लागेर बसिरहनुभएका देबन काकालाई कोही एक जना अपरिचित मानिसले एउटा चिठी थमाएर गयो । चिठीमार्फत मधेसी मुक्ति टाइगर्सले एक लाख रुपैयाँ चन्दा मागेको थियो । बीस दिनको म्याद दिइएको थियो । देबन काकाकै घरसँग टाँस्सिएको हाम्रो घरमा पनि ठ्याक्कै त्यस्तै बेहोराका चिठी आएको थियो ।
गणितको गोलचक्कर
शिक्षा रिसाल
भनिन्छ— संसार गणितीय छ । प्रकृतिका नियमहरू गणितको हिसाब वरपर घुम्छन् । ग्रह, तारा र अरू आकासीय पिण्डहरू गणितका नियम पछ्याउँछन् । दैनिक जीवनका भागदौड, सुख–दुःख, सफलता, असफलता सबै गणितीय छन् । केही अमूर्त कुराहरूबाहेक सबै चीजको हिसाब निकाल्न सकिन्छ ।
भाद्र २६, २०७७
आफ्नै विरोधाभासहरूमा
रोशन शेरचन
आफू हिँडेको बाटोलाई कहिलेकाहीँ फर्केर हेर्नुपर्छ । एकोहोरो हिँडी मात्रै रहँदा धेरै कुरा छुट्छ । शिक्षाविद् पाओलो फ्रेरेले रोकिँदै र फर्केर हेर्ने विधिलाई स्टेपिङ ब्याक भनेका थिए । कर्म समीक्षा, कर्म समीक्षा र कर्म समीक्षाको यो चक्र (एक्सन रिफ्लेक्सन साइकल) वास्तवमै उपयोगी विधि छ । आफू हिँडेको साहित्यिक यात्रालाई कहिलेकाहीँ मैले पनि फर्केर हेर्ने गरेको छु ।
भाद्र २०, २०७७
बोल्न कुनै ‘वादी’ हुनु पर्दैन
नारायणी देवकोटा
साउन पहिलो साता सोफिया थापाले गाएको ‘तीजमा हुने विभेदलाई बहिष्कार गरौं’ भन्ने आशयको गीत हिन्दु अतिवादीका धम्कीका कारण युट्युबबाट हटाइँदै गर्दा श्रीमती मारेर जन्मकैद भुक्तान गरिरहेका एक अपराधी लोकतन्त्रको योद्धाको जस्तो आत्मविश्वासका साथ हात हल्लाउँदै जेलबाट बाहिरिँदै थिए ।
बोरोबुद्दुर : बिनाव्याख्या
सौरभ
१. बोरोबुद्दुरको अर्थ के हो भन्ने अहिलेसम्म थाहा पाइएको छैन (नेट) । बोरोबुद्दुरको सोझो नेपाली अर्थ हुन्छ— बडाबुद्ध । बोरोबुद्दुर इन्डोनेसियास्थित एक बौद्ध तीर्थस्थल हो । यहाँ निर्मित छन् बौद्ध चैत्यहरू । आयाताकार ठूलो छ ।
तमसपुर मोन्ताज
नारायण ढकाल
(अग्र–टिपोट : कोभिड–१९ भय र आतङ्कको नाम थियो । अथवा त्यो नीलो भाइरस भनिएको पदार्थ रहस्यमय सर्वनाम, आक्रमणकारी विशेषण वा षड्यन्त्रकारी व्याकरण थियो । जब ऊ खलनायक शैलीमा मानव बस्तीमा छिर्‍यो र युद्धरफ्तारमा मृत्युशिविरहरू बन्न थाले तब टाढाटाढा पुगेका मानिसहरू हतारहतार आआफ्नो थातथलो फर्किए । तर, केही मानिस भने उल्टै आफ्नो घरबास त्यागेर जीविका खोज्न जता पायो त्यता भौंतारिन थाले । यो लघुवृत्तान्त उही शठनायक कोभिड–१९ को प्रकोपपछि कुनै अनाम देशबाट भागेका दुई पलायनवादी गुरु र चेलाको हो । —लेखक ।)
भाद्र १३, २०७७
बार्ले : एक सहरमा दुई देश
जीवा लामिछाने
बूढापाकाहरू भन्थे– दुइटा नाउमा खुट्टा नराख्नु । यो अर्ति–उपदेश सुन्दै हुर्किएको मैले यसपालि एकैचोटि दुई देशमा खुट्टा राख्ने अवसर प्राप्त गरें । यो मैले कहिल्यै कल्पना नगरेको दृश्य थियो । प्रिय पाठकहरू समक्ष त्यही नौलो अनुभव साट्न यो आलेख लेखियो ।
‘रित्तो पेट रित्तै हुनेभैग्या’
कुन्साङ
बिहानको एघार बजेको थियो । घाम उदाएको थिएन । यस्तो लाग्थ्यो– बादलको बर्को ओढेर घाम कतै चुपचाप निदाइरहेको छ । पैंतालीस मिनेटअघि नेपालगन्जको बाफिदो गर्मी चंखेली हिमाल काट्नेबितिकै सेलाइगयो । चंखेली हिमाल पुग्नेबितिकै जहाजभित्रै सर्र बहने चिसो हावाले भनेझैं लाग्छ– वेलकम टु हुम्ला !
नुनको (बै)गुन
सुजित मैनाली
मरिमराउमा नुन बार्नुलाई सामान्यतः धार्मिक प्रचलन मान्ने गरिन्छ । पहाडी हिन्दुहरूले मरिमराउ र सुतक परेको बेला नुन बार्ने गर्छन् । नेवार, गुरुङ, तामाङ, राई, लिम्बू आदिले पनि मरिमराउमा नुन बार्छन् । झट्ट हेर्दा खसभाषी हिन्दुहरूको सिको गरेर पहाडी भेगका अन्य समुदायले पनि मर्दापर्दा नुन बार्न सुरु गरेका हुन्जस्तो देखिन्छ ।
भाद्र १२, २०७७
लायकुको अन्तिम पर्खाल !
दीपक सापकोटा
‘अरनिकोले बनेपाको लायकुमा बनाएको नौतले दरबारकै नमुनामा चीनमा पनि एउटा दरबार बनाएका थिए ।’ किंवदन्ती बनेको बनेपाको लायकु, दन्त्यकथाजस्तै बनेका अरनिको ! अनि तिनै अरनिकोले लायकुको नमुनामा चीनमा पनि दरबार बनाएको मिथक–कथा !
भाद्र ६, २०७७
मास्क लगाइरहेको मार्क्सवाद
प्रेम फ्याक
अहिले मास्कको चर्चा छ । कोरोना–कहरले मास्कलाई आममानव जीवनको अभिन्न अंग बनाएको छ । कस्तो मास्क, किन र कसरी लगाउने भन्ने कुरा सार्वजनिक भाष्यको मुख्य विषय बनेको छ । यसले वर्ग, लिंग, उमेर, क्षेत्र र जातको सीमारेखालाई भत्काएको छ ।
कोरोनाकालको स्मृति–चित्र तिमीलाई
शिवानीसिंह थारू
विक्रम संवत् २११७ आजभन्दा सय वा डेढ सय सालअघि यो चिठी लेखिएको भए यसको सुरुआत माफीबाट हुने थियो । केही यसप्रकारले– ‘प्रिय संसारा माफ गर्नु तिम्रो चिठी अबेर गरी पाएँ । जवाफ दिन त्यसैले ढिला भयो ।’
मृत्युचेत
श्रीश भण्डारी
विश्वभर दिनहुँ डेढ लाख मानिस मर्छन् । सबै मृत्युको सबैलाई वास्ता हुन्न । केही मृत्यु यस्ता हुन्छन्, जसले आफ्नै मुटुको बेलो छिन्न लागेझैं आघात पार्छन् । मस्तिष्कको सिंगो स्नायुतन्त्रमा करेन्टले जस्तै झट्का दिन्छन् । कविवर माधवप्रसाद घिमिरेले स्वस्थ र पूर्ण आयु बाँचे । तैपनि जब उनी गए, धेरैलाई तरंगित बनाए ।
श्रावण ३१, २०७७
‘भगवान्’ राम : उमेर १६०० वर्ष !
भोगीराज चाम्लिङ
सुरुमा वाल्मीकि रामायण २४ हजार श्लोकको थियो, अहिले झन्डै १ लाख श्लोकको छ (अल्ब्रेख्त वेबर, अन द रामायण, जर्मनबाट अंग्रेजीमा अनुवाद सन् १८७३(, पृष्ठ १०२, एम. विन्टरनित्ज, अ हिस्ट्री अफ इन्डियन लिटरेचर, भोल्युम १, सन् १९२७, पृष्ठ ५००) । त्यस्तै सुरुमा पाँच काण्डको थियो, अहिले सात काण्डको छ ।
कान्ति हराएका कङ्‍कालका शिर
हरि अधिकारी
मेरो नाम हिमालय पर्वत हो । सुदूर–पूर्वमा तिब्बतको नामचे–बरवादेखि सुदूर–पश्चिममा भारत (जम्मू–कश्मीर) को नंगा–पर्वतसम्मको, लम्बाइमा करिब २५ सय किलोमिटरर क्षेत्रफलमा करिब ५ लाख वर्गकिलोमिटर भू–भाग ओगटेर उभिएको म पृथ्वीको सबैभन्दा लामो पर्वत शृंखलामध्ये दोस्रो हुँ ।
शरीर-राजनीति : बहसमा छुटेको पाटो
प्रतिभा बेल्वासे
शरीर राजनीति– नेपाली सञ्चारमाध्यममा अहिले चर्चामा रहेका केही विषयमध्ये प्रमुख एक बनेको छ— खासगरी एक सरकारी महिला कर्मचारीले मोटरसाइकलमा ‘नग्न ढाड प्रदर्शन गरिन्’ भन्ने टिप्पणीसहित फोटो सार्वजनिक भएपछि र त्यसबारे अनेकन टिप्पणी भएपछि ।
महामारीको मौसममा माया
बसन्त बस्नेत
नारायण ढकालहरूको मुखमा सधैं मार्खेज, बोर्खेज । तिनै ढकाल हिजोआज महाभारतको मूलपाठ पढ्न कस्सिएका छन् रे ! ‘चतुर्दिक क्षमता’ का प्रधानमन्त्रीबाट अयोध्या उत्खननको छेकमा यी पूर्वनेताको पौराणिक ग्रन्थ विचरण संयोग मात्रै होला । या नहोला पनि । के भर ?
नलीहाड फुकिरहेको डोजर
विनोदविक्रम केसी
तिम्रा घरमाथि छुचुन्द्राका ताँती पिँडालुको सेलामा टेकेको लट्ठी सर्प भइदेला दिन बिग्रेको बेलामा...
श्रावण ३०, २०७७
अब आर्काइभमा ‘हरि/बलराम’
हरिबहादुर थापा
मित्र बलराम बानियाँको निधनको अकल्पनीय घटनाले मेरो मन–मस्तिष्क विचलित तुल्याइरहेको छ । लामो समय सहकार्य र सहयात्रामा हिँडेका मित्रको असामयिक अवसानको अप्रत्याशित समाचार पत्याउनै मुस्किल पर्‍यो । त्यो खबरसँगै सामाजिक सञ्जालमा उनका तस्बिरसहित ‘श्रद्धाञ्जली’ छाउन थाले ।
श्रावण २४, २०७७
बस्तीमा किन छिर्छन् बाँदर ?
मुकेशकुमार चालिसे
नेपालका प्रायः हिमाली उच्च भूभागबाहेक अरू स्थानमा बाँदरले मानिसहरूलाई निकै दुःख दिएको र बालीनाली नोक्सान गरेर आजित पारेको खबर दिनहुँ आइरहन्छन् । यस अवस्थामा अब बाँदरलाई मार्ने (?) कि अन्यत्रै सार्ने भन्ने बहस पनि चलेको छ । यस समस्या पहिचान गर्न गाउँ र नगरपालिकामा बजेटसमेत छुट्याइएको छ ।
अक्षरमा देखिएको कर्णाली
मोहन मैनाली
आराध्य चन्द्रमामा मानिसले टेके भन्ने खबर फैलिएका बेला भूगोलविद् ब्यारी सी. बिसप साविकको कर्णाली अञ्चलमा थिए । त्यहाँका मानिसले उनलाई यस बारेमा सोधेछन् । ब्यारीले भनेको एउटा कुरामा उनीहरूले खास चासो राखेछन्— जुम्लाका मानिसले ४५० पटक जति काठमाडौँ ओहोरदोहोर गर्न र पृथ्वीबाट चन्द्रमा पुग्न उति नै दूरी पार गर्नुपर्छ ।
‘जनजाति महिला महिलावादी हुनुपर्दैन !’
कैलाश राई
पितृसत्तात्मक हिन्दु मूल्य–मान्यता वर्चस्वशाली रहेको नेपाली समाजमा जनजाति समुदायका महिला लैंगिक समानताको उपभोग गर्दै आइरहेको एक सामाजिक समूह हो । किनभने विश्वभरकै आदिवासी–जनजाति महिलाले पितृसत्तात्मक राज्य संरचना र शासकीय ढाँचाअनुरूप स्थापित मूलप्रवाहका महिलाको तुलनामा स्वायत्त जीवनयापन गर्दै आइरहेका छन् ।
लेखनाथको त्यो चिठी
लोकरञ्जन पराजुली
२०२०–२१ सालतिरको कुरा हो । महेन्द्रले बहुदलीय व्यवस्था फ्याँकेर पञ्चायत लागू गरिसकेका थिए । उनी एकछत्र शासन गर्दै थिए । बहुदलपक्षीय र पञ्चायत प्रतिरोधी आन्दोलन निमिट्यान्नैसरह पार्न सकेकाले अधिनायक र उनका सेनामेना मैमत्त थिए । २००७ सालको आन्दोलनले राणा शासन बढारेपछि खुलेका सामाजिक संस्था, क्लब, पुस्तकालय, थिएटर, समाज सुधार समितिजस्ता जति पनि संघ–संस्था थिए, ती मुर्झाएका थिए ।
नवराजले बोकेको झन्डाको अर्थ
शंकर तिवारी
जेठ महिनामा मध्यपश्चिमको सोतीमा केही निर्दोष नागरिक मारिए । तिनको जातीय हत्या भएको हो कि सामूहिक, यसबारे लामो समयसम्म बहस जारी रहला । भेरी घटनासम्बन्धी संसदीय र स्वतन्त्र प्रतिवेदनहरूमा त्यसबारे स्पष्ट मतान्तर देखिसकिएको छ । तर, जे होस् यो घटना सानो थिएन ।
श्रावण २३, २०७७
वन– पाठशाला
रोशन शेरचन
वनविज्ञान रूखको विज्ञान होइन, बरु मानिसकै विज्ञान हो । रूखकेन्द्रित विज्ञान हो भने, त्यो हदसम्म, जबसम्म रूखले मान्छेको आवश्यकतालाई सम्बोधन गर्छ । – ज्याक वेस्टोविज्, १९६७
श्रावण १७, २०७७
त्यसपछि आमा माकुरा हुनुभो
भूपाल राई
आमालाई कोरोना के हो थाहा भएन । त्यसको कैफियत हात उहाँसम्म पुगेन पनि । तर, त्यसलाई सम्बोधन नगरी आजका कुनै पनि घटना पूरा हुँदैन भन्ने यथार्थबाट म पूरापूर जानकार छु । त्यसैले कोरोनाकालकै छायामुनि म यतिखेर आमाको दुःखान्त यादमा छु ।