text
stringlengths
2
914
शिक्षा रिसाल
मान्छे घाट कि त कोही मरेपछि जान्छ, कि आफ्नै मन मरेपछि जान्छ । म यस्ता घाट थुप्रैपटक गएकी छु । लोकल घाट पशुपतिदेखि ‘अन्डर–रेटेड’ वाग्मतीका अरू घाट । किनकि मन मर्ने र ब्युँतने क्रम चलिरहन्छ ।
अक्षर साधनाको गोधूलि जीवन
अभि सुवेदी
अंगुरबाबा जोशी ३१ जेठ २०७७ मा दिवंगत भइन् भन्ने समाचार सुनेपछि समय र शिक्षाको एउटा गोधूलि चित्र मेरो आँखासामु आयो । अंगुरबाबा जोशी (१९८९–२०७७) को अवसानको खबर सुनेर जीवनका आधी शताब्दी त्रिभुवन विश्वविद्यालय उच्च शिक्षा तहमा प्राध्यापन गरेको म स्तब्ध भएँ । मैले उनलाई धेरै नजिकबाट चिनेको र उनले नेतृत्व गरेको र उनले निर्माण गरेको पद्मकन्या कलेज भवनमा शिक्षकको नियुक्ति लिएर पढाउन गएको व्यक्ति पनि होइन ।
अप्प दीपो भव
भूपिन
प्रिय बुद्ध, तिमीले सत्य भन्यौ, जीवन दु:खपूर्ण छ... !
असार ६, २०७७
लकडाउनमा ब्रेकअप
सजना बराल
म सरासर उसको भान्साकोठामा छिरेँ, इन्डक्सन चुलो झिकेँ अनि छेवैको सेरामिक–बोउल (डबको) समेत बोकेर बाहिर आएँ । ऊ ढोकाको चुकुल लाउँदै हुन्छ, त्यही बेला ग्रिटिङ कार्ड फिर्ता मागेँ । थपक्कै दियो । र, खुरुक्क सिरकभित्र पस्यो । म ढोकाछेउ उभिएर अरू सामान फिर्ता माग्न थालेँ, ‘पोहोर बर्थ डेमा देको प्यान्ट निकाल्नू । तपाईंका सामान किन्दा मेरो दुई–तीन हजार खर्च भाथ्यो, त्यो पनि चाहियो ।’
कक्षामा गयल छात्राका कुरा
रीता साह
केही महिनाअघि सामाजिक सञ्जालमा एक महिला अधिकारकर्मीले छोरी पहिलोपटक महिनावारी भएको जानकारी पोस्ट गरिन् । त्यसमा उनले खुसी व्यक्त गरेकी थिइन्, गौरव महसुस गर्दै छोरीलाई बधाई दिएकी थिइन् । कमेन्टमा पनि बधाईका साथै धेरै सकारात्मक प्रतिक्रिया आएका छन् ।
नेपाली वास्तुकला र नवनिर्माण
विपिन अधिकारी
‘सौन्दर्य मान्छेको जीवनमा नाश हुन्छ, रारा कलमा अमर रहन्छ’ भनेका छन् पुनर्जागरणकालीन प्रख्यात इटालियन कलाकार लियोनार्दो दा भिन्चीले । धेरै गहिरो छ यो कुरा । तर नेपाली वास्तुकला, कलाकारिता र लोक परम्पराको कुरा केवल सौन्दर्यको होइन । यो सरल जनजीवन, हाम्रो समाज र यसको औकातसँग सम्बन्धित कुरा पनि हो ।
ऊ सिक्दै छ
स्वीकृति बराल
ऊ बल्लतल्ल जग उचालेर हिँड्नै के लागेको थियो, अनियन्त्रित भयो । जग हातबाट फुत्कियो र पानी छताछुल्ल भयो । सिसाको जग फुटेको आवाजसँगै निक्लन थाले अन्य आवाज । एउटाले भन्यो, ‘नसक्नेले किन उठाउनुपर्थ्यो?’ अर्कोले भन्यो, ‘बढी जान्ने हुनुपर्छ यसलाई आजभोलि ।’ अझ अर्कोले थप्यो, ‘भनेको काम केही गर्नु छैन । खाली बिगार्ने मात्रै काम गर्छ ।’
जेष्ठ ३१, २०७७
महामारीमा आदिवासी
स्मृति रानाभाट
सन् १९५० ताका डाभी कोपेनवाका हजुरबुबा र हजुरआमाले पहिलोपटक आफ्नो समुदायइतरका मानिसलाई भेटेका थिए । आर्का नदी किनारमा भेटिएका गोरा मानिसहरूसँग बन्चरोलगायतका फलामे औजार थिए । कोपेनवाका हजुरआमा–हजुरबुबाले उनीहरूसँग ती औजार माग्थे । र, औजार कोपेनवाको समुदायभरि नै चलाइन्थ्यो ।
महामारीमा कुमारी : एक दुःखान्त
डा. महेशराज पन्त
वि.सं. १७९६–९७ मा चम्केको बिफरभन्दा २५ वर्षअगाडि अर्कै रोगको महामारी यहाँ फैलिएको थियो । अघिल्लो लेखमा (महेशराज पन्त, ‘मरकले राजालाई पनि छोडेन’, ‘कान्तिपुर’ दैनिक, २०७७।१।२०।७, ५ पृ.) बयान गरिएका अरू अरू महामारीको भन्दा यसको विषयमा बढी अभिलेख पाइएकाले यस विषयमा खुलाएर लेख्न सकिने भएको छ ।
हाँस, रोएर केही हुँदैन
मोहन मैनाली
नेपालमा कोरोना वेगले फैलँदै जाँदा पनि लकडाउन चाँडै खुल्ला र झन्डै तीन महिनाको गुप्तबासपछि बाहिर निस्कन पाउँला भन्ने आशा जागेको छ । तर, अहिले बाहिर निस्कने बानी छुटेको छ । त्यसैले अब बाहिर निस्कँदा के कसो गर्नुपर्ला, के कसो गरौँला भनेर कल्पना गर्छु ।
ज्योतिषशास्त्र : रहस्यको पाण्डुलिपि
अनुपम रोशी
भनिन्छ, यो संसारमा जति पनि महामारी फैलिन्छ वा उथलपुथल आउँछ ती सबै ब्रह्माण्डमा हुने ग्रहकै चालका कारण हुन् । ज्योतिषशास्त्रअनुसार महामारी, विस्फोट, भूकम्पजस्ता सबै प्राकृतिक विपत्तिको मुख्य स्रोत सौरमण्डल हो । यस लेखमा ब्रह्माण्डको अध्ययन गर्ने शास्त्र ज्योतिष विज्ञानबारे केही चर्चा गरिनेछ ।
खप्तड बाबासँग अद्‍भुत भेट
स्वरूप आचार्य
शेष नागको शय्यामा उत्तानो परेर लडिरहेका बूढानीलकण्ठलाई बायाँ पारेर शिवपुरीतर्फ केही मिनेट उकालो उक्लिएपछि एउटा चिटिक्क परेको कुटीमा पुगिन्थ्यो । सो कुटीको पिँढीको बीचमा राखिएको केही अग्लो काठको आसनमा प्राय: पहेंलो टोपी, सेतो हाइनेक र पहेंलै धोती लगाएको हँसिलो बूढो मानिस बसिरहनुभएको हुन्थ्यो । सेतै फुलेको दारीले पनि उहाँको गुलाबी गालाको चमकलाई छेक्न सक्दैनथ्यो । गलामा भिरेको मसिना रुद्राक्षका मालाले अझ बढी अलौकिक भाव झल्किन्थ्यो ।
जेष्ठ २४, २०७७
नेपाल-चीन सम्बन्ध र भारत
सुजित मैनाली
भारतको विदेश–नीति बेलायती उपनिवेशको अनुभवमा धेरै हदसम्म आधारित छ भन्नेमा अन्तर्राष्ट्रिय सम्बन्धका अध्येताहरूबीच मतैक्य छ । सुरक्षासम्बन्धी मामिलामा भारतीयहरूमाझ औपनिवेशिक प्रशासकहरूको धारणा अझ बढी प्रभावी रहँदै आएको छ ।
भिल्लको देशमा मिल्किन्छन् रत्‍न
विप्लव प्रतीक
रत्नशमशेर थापा अर्थात् मेरा निम्ति रत्न दाइ भन्नेबित्तिकै अधिकांश नेपाली श्रोतालाई अनायास सम्झना आउने गीत हो– ‘घुम्तीमा नआऊ है’ । यो गीत रेडियोमा घन्किन थालेपछि तन्नेरीहरूले आफ्नो मनको आवाज भेटे, रत्नशमशेरका भाव र प्रेमध्वजको आवाजमा ।
प्रेम वर्जित, हत्याचाहिँ जायज ?
भानु बोखिम
डा. अम्बेडकरले भारतमा एक बौद्धिक व्यक्ति तथा नेताको परिचय बनाए । दलित समुदायका भीमराव रामजी अम्बेडकरले दलितका निम्ति समानताको लडाइँ मात्रै लडेनन्, भारत स्वतन्त्र भएपछि संविधान निर्माणमा महत्त्वपूर्ण योगदान पनि गरे । तर, अम्बेडकरको भारतमा दलित समुदायका अधिकांशले अझै उपेक्षित भएर बाँच्नुपरेकै छ ।
हामी मान्छे कहिले बन्ने ?
रमेश भुसाल
मेरो एउटा साथी छ । चिटिक्क परेको, अलि होचो कदको अनि गोरो । ऊ मृदुभाषी छ, उस्तै मिहिनेती र मिलनसार पनि । स्नातकदेखि स्नातकोत्तरसम्म सँगै पढेको । कहिले शिवपुरीका जंगलमा कार्बन कति छ भनेर नाप्न गयौँ त कहिले देउसी–भैलो खेल्न रातभरि हिँड्याैं। सहयोग मागे ऊ विरलै नाइँ भन्थ्यो । थेसिस गर्न जाऊँ भन्दा ऊ सहर्ष स्वीकार गरेर एक साताभन्दा बढी शिवपुरीकै जंगलमा मसँगै बसेथ्यो । हामी कहिले मातेर हिँड्यौँ त कहिले हाँसेर ।
जेष्ठ १७, २०७७
संस्कृत भाषाले उब्जाएका प्रश्नहरू
प्रेम फ्याक
नेपालमा संस्कृत भाषा शिक्षाबारे फेरि बहस सुरु भएको छ । पाठ्यक्रम विकास केन्द्र (पाविके) ले साधारण शिक्षाअन्तर्गत आधारभूत तहमा लागू गर्न सकिने भन्दै कक्षा १ को संस्कृत विषयको पाठ्यपुस्तक तयार पारेपछि यो विषयले चर्चा पाएको छ ।
असहिष्णु मिडियाका विपक्षमा
अरुण गुप्तो
मनीषा कोइरालाले नेपालको सिमानामाथि बोल्नासाथ भारतका हिन्दीभाषी टेलिभिजन च्यानलले दक्षिण एसियाको प्रसिद्ध अभिनेत्रीमाथि आक्षेप लगाए, ‘भारतका खाओगी, चीनका गाना गाओगी !’
प्रकृतिमाथि मानवको विजय
लाेकरञ्जन पराजुली
आजभन्दा ६७ वर्षअघि (शुक्रबार, १६ जेठ २०१० अर्थात् २९ मे १९५३) हिजोको दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको थियो ।
प्रजाको 'पाप’, श्री ५ को 'पुण्य’
राजेन्द्र महर्जन
१९४६ सालमा भक्तपुरमा जन्मिएका पद्मसुन्दर मल्ल नेपालका प्रथम इलेक्ट्रिकल इन्जिनियर र अमेरिका भ्रमण गर्ने पहिलो नेपाली पनि हुन् । जब उनी जापान र अमेरिकाबाट अध्ययन सक्याएर १९८१ सालमा फर्के, उनलाई काठमाडौं उपत्यका पस्न दिइएन, जात नै पतित गरियो ।
देशप्रेमको नयाँ भाष्य
सञ्‍जीव उप्रेती
नेपाल दुई समाचारले तरंगित छ । पहिलो, दक्षिणी सीमाछेउका प्रदेशमा द्रुत गतिले बढ्दै गएको कोरोना संक्रमणको खबर । दोस्रो, पश्चिमी सीमाछेउमा भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रलाई समेटेर नेपाल सरकारले जारी गरेको नयाँ चुच्चे नक्साको समाचार ।
चैत्र ८, २०७६
मिसन महाभोज
विप्लव प्रतीक
बाल्यकालमा स्कुल पढ्दा एउटा नाटकमा मुख्य भूमिका पाएको थिएँ । रिहर्सल एक महिना चल्यो । प्रदर्शन हुन पाएन । त्यसको धेरै वर्षपछि राष्ट्रिय नाचघरमा दाइ हरिप्रसाद रिमालले ‘श्रीकृष्ण चरित्र’ मा मुख्य भूमिका दिनुहुने भयो । त्यो नाटक कहिल्यै बनेन । अब भने नाटक खेल्ने लालसा जाग्यो । अनेक प्रयासपछि संगीतकार गणेशप्रसाद श्रेष्ठले बनाउनुभएको ‘निर्वाण मार्ग’ मा भूमिका पाइयो, मन्त्रीको ।
ब्याडमिन्टनका ‘राजकुमार’
पवन आचार्य
दार्चुला खलंगाका नारायण दाहाल आफ्नो समयका औसत खेलाडी थिए, ब्याडमिन्टनका । तीन छोरीपछि कान्छो सन्तानका रूपमा जन्मिएका छोरालाई उनले दाहाल परिवारको युवराज मानेर नाम दिए— प्रिन्स । उनै प्रिन्स अहिले ब्याडमिन्टनको जुनियरतर्फको विश्व वरीयतामा ७ औं स्थानमा उक्लिएका छन् ।
अन्ततः बदलिन्छ फैसला
किरण विक
निकै सिनेमा–प्रेमीले रुचाएको अर्थपूर्ण हिन्दी सिनेमा हो ‘एक रुका हुवा फैसला’ । यो थियो सिड्नी ल्युमेटले बनाएको ‘ट्वेल्भ एन्ग्री मेन’ (सन् १९५७) को रिमेक । नेपालीमा पनि यसको नाटक बन्यो— राजन खतिवडाको निर्देशनमा ‘बाह्र दुर्वासा’ भनेर । वास्तवमा, ‘ट्वेल्भ एन्ग्री मेन’ नाटककै रूपमा लेखिएको थियो । सन् १९५४ मा रेगिनाल्ड रोजले एउटा अमेरिकी टीभी च्यानलका लागि लेखेको नाटक जुन विभिन्न भाषामा अनुवाद भएर विभिन्न मुलुकमा नाटककै रूपमा यसको थुप्रै प्रदर्शन भइसकेको छ । सन् असीको दशकमा रञ्जित कपुरले यसलाई हिन्दीमा उल्था गरे । र, सन् १९८६ मा वासु चटर्जीले सिल्भर स्क्रिनमा उतारे ।
जो जीवनभर मातिरहे
श्रवण मुकारूङ
विसं १९९४ असार २८ गते, जैसीदेवल काठमाडौंमा पिता पं. मुरलीधर भट्टराई र माता राममायाको कोखबाट ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका प्रसिद्ध कवि ईश्वर वल्लभको निधन २०६४ चैत ९ गते काठमाडौंमा भएको थियो ।
महँगो लुवाक कफी
विमल खतिवडा
बंगलादेशका पत्रकार अलामगिर अपु त्यो कफी चाख्न तम्सिए । कफीको स्वादमा उनी जति उत्सुक थिए, त्यो महँगो हुनुमा पनि उत्तिकै जिज्ञासु थिए । फरासिला वेटरले लुवाक कफीको भेद खोलिदिए– लुवाक (हाम्रोतिर मलसाप्रोजस्तै जन्तु) ले खाएर दिसा गरेका कफीका बिन्सलाई प्रोसेसिङ गरेर बन्छ यो महँगो प्रिमियम ब्रान्ड ।
सम्बन्ध र संवेदनाका आख्यान
जीवन क्षत्री
यो वर्ष रोअल्ड डाह्लका कथाहरू पढेपछि यतिका वर्षसम्म साहित्यको कथा विधालाई बेवास्ता गरेकोमा मलाई थकथकी लाग्यो । ‘पिग’ र ‘द भिजिटर’ जस्ता कथा पढेपछि लाग्यो– मानिसको संवेदनालाई यसरी हल्लाउने गरी कथा लेख्न सकिँदोरहेछ र कथाको अन्त्यलाई त्यति झंकारपूर्ण र स्मरणीय बनाउन सकिने रहेछ ।
माझकिरातका दुर्लभ कागजात
भोगीराज चाम्लिङ
डेढ महिनाअगाडि ‘म्यासेन्जर’ मा एउटा गज्जब ‘सन्देश’ आयो, जुन पढेर म खुसीले छटपटिएँ । लेखिएको थियो– ‘सेवा–नमस्कार सर, म भोजपुर दिङ्लाबाट । यहाँ मसँग संवत् १८२५–२६ सालको कागजात छ तर खुट्याएर अर्थ्याउन असमर्थ भएकोले तपाईंबाट समाधान हुने थियो कि ?’
अधिकृतकै घरमा अपमान
दीपा नेपाली
मेरो घर कैलाली हो । काठमाडौंमा मेरो घर छैन । अध्ययन गर्न राजधानी छिरेको मेरा लागि डेरा बस्नु बाध्यता हो । कैयौं विद्यार्थी मजस्तै अरूकै घरमा भाडा तिरेर डेरा बसिरहेका छन् ।
इपिसेन्टरबाट एयर–लिफ्ट
सुरज कुँवर
चीनको बुहान इपिसेन्टर भएको कोरोनाबारे विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेपछि अमेरिका, भारत मात्रै होइन बंगलादेशलगायतका मुलुकले आफ्ना नागरिकलाई विशेष उडानमार्फत भटाभट एयर लिफ्ट (उद्धार) गरे ।
नियतका खोटीहरू
सविता विमली
मोबाइल भर्खरभर्खर सुलभ हुन थालेको थियो । नेपाल टेलिकमको नम्बर लिन निकै लामो लाइन पार गरेर ठेलमठेल गर्नुपरिरहेको थियो । साथीहरूको हातमा मोबाइल आइसकेको थियो । सम्भवतः उनीहरूकै नामको नम्बर हुँदो हो । मैले केही ढिलो गरी नम्बर पाएँ । भीडमा नउभिई हातमा परेको मोबाइल नम्बर अरूकै नामको थियो ।
माफी पाऊँ डीपी सर !
सञ्जय घिमिरे
डीपी सर रहनुभएन । सधैंभर चर्का स्मृतिका कुरा गर्ने सरलाई आखिरमा विस्मृतिको रोगले लग्यो । यो खबर सुनेदेखि एक किसिमको नोस्टाल्जियामा छु । कहाँबाट सुरु गरौं लेख्न ?