text stringlengths 2 914 |
|---|
शिक्षा रिसाल |
मान्छे घाट कि त कोही मरेपछि जान्छ, कि आफ्नै मन मरेपछि जान्छ । म यस्ता घाट थुप्रैपटक गएकी छु । लोकल घाट पशुपतिदेखि ‘अन्डर–रेटेड’ वाग्मतीका अरू घाट । किनकि मन मर्ने र ब्युँतने क्रम चलिरहन्छ । |
अक्षर साधनाको गोधूलि जीवन |
अभि सुवेदी |
अंगुरबाबा जोशी ३१ जेठ २०७७ मा दिवंगत भइन् भन्ने समाचार सुनेपछि समय र शिक्षाको एउटा गोधूलि चित्र मेरो आँखासामु आयो । अंगुरबाबा जोशी (१९८९–२०७७) को अवसानको खबर सुनेर जीवनका आधी शताब्दी त्रिभुवन विश्वविद्यालय उच्च शिक्षा तहमा प्राध्यापन गरेको म स्तब्ध भएँ । मैले उनलाई धेरै नजिकबाट चिनेको र उनले नेतृत्व गरेको र उनले निर्माण गरेको पद्मकन्या कलेज भवनमा शिक्षकको नियुक्ति लिएर पढाउन गएको व्यक्ति पनि होइन । |
अप्प दीपो भव |
भूपिन |
प्रिय बुद्ध, तिमीले सत्य भन्यौ, जीवन दु:खपूर्ण छ... ! |
असार ६, २०७७ |
लकडाउनमा ब्रेकअप |
सजना बराल |
म सरासर उसको भान्साकोठामा छिरेँ, इन्डक्सन चुलो झिकेँ अनि छेवैको सेरामिक–बोउल (डबको) समेत बोकेर बाहिर आएँ । ऊ ढोकाको चुकुल लाउँदै हुन्छ, त्यही बेला ग्रिटिङ कार्ड फिर्ता मागेँ । थपक्कै दियो । र, खुरुक्क सिरकभित्र पस्यो । म ढोकाछेउ उभिएर अरू सामान फिर्ता माग्न थालेँ, ‘पोहोर बर्थ डेमा देको प्यान्ट निकाल्नू । तपाईंका सामान किन्दा मेरो दुई–तीन हजार खर्च भाथ्यो, त्यो पनि चाहियो ।’ |
कक्षामा गयल छात्राका कुरा |
रीता साह |
केही महिनाअघि सामाजिक सञ्जालमा एक महिला अधिकारकर्मीले छोरी पहिलोपटक महिनावारी भएको जानकारी पोस्ट गरिन् । त्यसमा उनले खुसी व्यक्त गरेकी थिइन्, गौरव महसुस गर्दै छोरीलाई बधाई दिएकी थिइन् । कमेन्टमा पनि बधाईका साथै धेरै सकारात्मक प्रतिक्रिया आएका छन् । |
नेपाली वास्तुकला र नवनिर्माण |
विपिन अधिकारी |
‘सौन्दर्य मान्छेको जीवनमा नाश हुन्छ, रारा कलमा अमर रहन्छ’ भनेका छन् पुनर्जागरणकालीन प्रख्यात इटालियन कलाकार लियोनार्दो दा भिन्चीले । धेरै गहिरो छ यो कुरा । तर नेपाली वास्तुकला, कलाकारिता र लोक परम्पराको कुरा केवल सौन्दर्यको होइन । यो सरल जनजीवन, हाम्रो समाज र यसको औकातसँग सम्बन्धित कुरा पनि हो । |
ऊ सिक्दै छ |
स्वीकृति बराल |
ऊ बल्लतल्ल जग उचालेर हिँड्नै के लागेको थियो, अनियन्त्रित भयो । जग हातबाट फुत्कियो र पानी छताछुल्ल भयो । सिसाको जग फुटेको आवाजसँगै निक्लन थाले अन्य आवाज । एउटाले भन्यो, ‘नसक्नेले किन उठाउनुपर्थ्यो?’ अर्कोले भन्यो, ‘बढी जान्ने हुनुपर्छ यसलाई आजभोलि ।’ अझ अर्कोले थप्यो, ‘भनेको काम केही गर्नु छैन । खाली बिगार्ने मात्रै काम गर्छ ।’ |
जेष्ठ ३१, २०७७ |
महामारीमा आदिवासी |
स्मृति रानाभाट |
सन् १९५० ताका डाभी कोपेनवाका हजुरबुबा र हजुरआमाले पहिलोपटक आफ्नो समुदायइतरका मानिसलाई भेटेका थिए । आर्का नदी किनारमा भेटिएका गोरा मानिसहरूसँग बन्चरोलगायतका फलामे औजार थिए । कोपेनवाका हजुरआमा–हजुरबुबाले उनीहरूसँग ती औजार माग्थे । र, औजार कोपेनवाको समुदायभरि नै चलाइन्थ्यो । |
महामारीमा कुमारी : एक दुःखान्त |
डा. महेशराज पन्त |
वि.सं. १७९६–९७ मा चम्केको बिफरभन्दा २५ वर्षअगाडि अर्कै रोगको महामारी यहाँ फैलिएको थियो । अघिल्लो लेखमा (महेशराज पन्त, ‘मरकले राजालाई पनि छोडेन’, ‘कान्तिपुर’ दैनिक, २०७७।१।२०।७, ५ पृ.) बयान गरिएका अरू अरू महामारीको भन्दा यसको विषयमा बढी अभिलेख पाइएकाले यस विषयमा खुलाएर लेख्न सकिने भएको छ । |
हाँस, रोएर केही हुँदैन |
मोहन मैनाली |
नेपालमा कोरोना वेगले फैलँदै जाँदा पनि लकडाउन चाँडै खुल्ला र झन्डै तीन महिनाको गुप्तबासपछि बाहिर निस्कन पाउँला भन्ने आशा जागेको छ । तर, अहिले बाहिर निस्कने बानी छुटेको छ । त्यसैले अब बाहिर निस्कँदा के कसो गर्नुपर्ला, के कसो गरौँला भनेर कल्पना गर्छु । |
ज्योतिषशास्त्र : रहस्यको पाण्डुलिपि |
अनुपम रोशी |
भनिन्छ, यो संसारमा जति पनि महामारी फैलिन्छ वा उथलपुथल आउँछ ती सबै ब्रह्माण्डमा हुने ग्रहकै चालका कारण हुन् । ज्योतिषशास्त्रअनुसार महामारी, विस्फोट, भूकम्पजस्ता सबै प्राकृतिक विपत्तिको मुख्य स्रोत सौरमण्डल हो । यस लेखमा ब्रह्माण्डको अध्ययन गर्ने शास्त्र ज्योतिष विज्ञानबारे केही चर्चा गरिनेछ । |
खप्तड बाबासँग अद्भुत भेट |
स्वरूप आचार्य |
शेष नागको शय्यामा उत्तानो परेर लडिरहेका बूढानीलकण्ठलाई बायाँ पारेर शिवपुरीतर्फ केही मिनेट उकालो उक्लिएपछि एउटा चिटिक्क परेको कुटीमा पुगिन्थ्यो । सो कुटीको पिँढीको बीचमा राखिएको केही अग्लो काठको आसनमा प्राय: पहेंलो टोपी, सेतो हाइनेक र पहेंलै धोती लगाएको हँसिलो बूढो मानिस बसिरहनुभएको हुन्थ्यो । सेतै फुलेको दारीले पनि उहाँको गुलाबी गालाको चमकलाई छेक्न सक्दैनथ्यो । गलामा भिरेको मसिना रुद्राक्षका मालाले अझ बढी अलौकिक भाव झल्किन्थ्यो । |
जेष्ठ २४, २०७७ |
नेपाल-चीन सम्बन्ध र भारत |
सुजित मैनाली |
भारतको विदेश–नीति बेलायती उपनिवेशको अनुभवमा धेरै हदसम्म आधारित छ भन्नेमा अन्तर्राष्ट्रिय सम्बन्धका अध्येताहरूबीच मतैक्य छ । सुरक्षासम्बन्धी मामिलामा भारतीयहरूमाझ औपनिवेशिक प्रशासकहरूको धारणा अझ बढी प्रभावी रहँदै आएको छ । |
भिल्लको देशमा मिल्किन्छन् रत्न |
विप्लव प्रतीक |
रत्नशमशेर थापा अर्थात् मेरा निम्ति रत्न दाइ भन्नेबित्तिकै अधिकांश नेपाली श्रोतालाई अनायास सम्झना आउने गीत हो– ‘घुम्तीमा नआऊ है’ । यो गीत रेडियोमा घन्किन थालेपछि तन्नेरीहरूले आफ्नो मनको आवाज भेटे, रत्नशमशेरका भाव र प्रेमध्वजको आवाजमा । |
प्रेम वर्जित, हत्याचाहिँ जायज ? |
भानु बोखिम |
डा. अम्बेडकरले भारतमा एक बौद्धिक व्यक्ति तथा नेताको परिचय बनाए । दलित समुदायका भीमराव रामजी अम्बेडकरले दलितका निम्ति समानताको लडाइँ मात्रै लडेनन्, भारत स्वतन्त्र भएपछि संविधान निर्माणमा महत्त्वपूर्ण योगदान पनि गरे । तर, अम्बेडकरको भारतमा दलित समुदायका अधिकांशले अझै उपेक्षित भएर बाँच्नुपरेकै छ । |
हामी मान्छे कहिले बन्ने ? |
रमेश भुसाल |
मेरो एउटा साथी छ । चिटिक्क परेको, अलि होचो कदको अनि गोरो । ऊ मृदुभाषी छ, उस्तै मिहिनेती र मिलनसार पनि । स्नातकदेखि स्नातकोत्तरसम्म सँगै पढेको । कहिले शिवपुरीका जंगलमा कार्बन कति छ भनेर नाप्न गयौँ त कहिले देउसी–भैलो खेल्न रातभरि हिँड्याैं। सहयोग मागे ऊ विरलै नाइँ भन्थ्यो । थेसिस गर्न जाऊँ भन्दा ऊ सहर्ष स्वीकार गरेर एक साताभन्दा बढी शिवपुरीकै जंगलमा मसँगै बसेथ्यो । हामी कहिले मातेर हिँड्यौँ त कहिले हाँसेर । |
जेष्ठ १७, २०७७ |
संस्कृत भाषाले उब्जाएका प्रश्नहरू |
प्रेम फ्याक |
नेपालमा संस्कृत भाषा शिक्षाबारे फेरि बहस सुरु भएको छ । पाठ्यक्रम विकास केन्द्र (पाविके) ले साधारण शिक्षाअन्तर्गत आधारभूत तहमा लागू गर्न सकिने भन्दै कक्षा १ को संस्कृत विषयको पाठ्यपुस्तक तयार पारेपछि यो विषयले चर्चा पाएको छ । |
असहिष्णु मिडियाका विपक्षमा |
अरुण गुप्तो |
मनीषा कोइरालाले नेपालको सिमानामाथि बोल्नासाथ भारतका हिन्दीभाषी टेलिभिजन च्यानलले दक्षिण एसियाको प्रसिद्ध अभिनेत्रीमाथि आक्षेप लगाए, ‘भारतका खाओगी, चीनका गाना गाओगी !’ |
प्रकृतिमाथि मानवको विजय |
लाेकरञ्जन पराजुली |
आजभन्दा ६७ वर्षअघि (शुक्रबार, १६ जेठ २०१० अर्थात् २९ मे १९५३) हिजोको दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको थियो । |
प्रजाको 'पाप’, श्री ५ को 'पुण्य’ |
राजेन्द्र महर्जन |
१९४६ सालमा भक्तपुरमा जन्मिएका पद्मसुन्दर मल्ल नेपालका प्रथम इलेक्ट्रिकल इन्जिनियर र अमेरिका भ्रमण गर्ने पहिलो नेपाली पनि हुन् । जब उनी जापान र अमेरिकाबाट अध्ययन सक्याएर १९८१ सालमा फर्के, उनलाई काठमाडौं उपत्यका पस्न दिइएन, जात नै पतित गरियो । |
देशप्रेमको नयाँ भाष्य |
सञ्जीव उप्रेती |
नेपाल दुई समाचारले तरंगित छ । पहिलो, दक्षिणी सीमाछेउका प्रदेशमा द्रुत गतिले बढ्दै गएको कोरोना संक्रमणको खबर । दोस्रो, पश्चिमी सीमाछेउमा भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रलाई समेटेर नेपाल सरकारले जारी गरेको नयाँ चुच्चे नक्साको समाचार । |
चैत्र ८, २०७६ |
मिसन महाभोज |
विप्लव प्रतीक |
बाल्यकालमा स्कुल पढ्दा एउटा नाटकमा मुख्य भूमिका पाएको थिएँ । रिहर्सल एक महिना चल्यो । प्रदर्शन हुन पाएन । त्यसको धेरै वर्षपछि राष्ट्रिय नाचघरमा दाइ हरिप्रसाद रिमालले ‘श्रीकृष्ण चरित्र’ मा मुख्य भूमिका दिनुहुने भयो । त्यो नाटक कहिल्यै बनेन । अब भने नाटक खेल्ने लालसा जाग्यो । अनेक प्रयासपछि संगीतकार गणेशप्रसाद श्रेष्ठले बनाउनुभएको ‘निर्वाण मार्ग’ मा भूमिका पाइयो, मन्त्रीको । |
ब्याडमिन्टनका ‘राजकुमार’ |
पवन आचार्य |
दार्चुला खलंगाका नारायण दाहाल आफ्नो समयका औसत खेलाडी थिए, ब्याडमिन्टनका । तीन छोरीपछि कान्छो सन्तानका रूपमा जन्मिएका छोरालाई उनले दाहाल परिवारको युवराज मानेर नाम दिए— प्रिन्स । उनै प्रिन्स अहिले ब्याडमिन्टनको जुनियरतर्फको विश्व वरीयतामा ७ औं स्थानमा उक्लिएका छन् । |
अन्ततः बदलिन्छ फैसला |
किरण विक |
निकै सिनेमा–प्रेमीले रुचाएको अर्थपूर्ण हिन्दी सिनेमा हो ‘एक रुका हुवा फैसला’ । यो थियो सिड्नी ल्युमेटले बनाएको ‘ट्वेल्भ एन्ग्री मेन’ (सन् १९५७) को रिमेक । नेपालीमा पनि यसको नाटक बन्यो— राजन खतिवडाको निर्देशनमा ‘बाह्र दुर्वासा’ भनेर । वास्तवमा, ‘ट्वेल्भ एन्ग्री मेन’ नाटककै रूपमा लेखिएको थियो । सन् १९५४ मा रेगिनाल्ड रोजले एउटा अमेरिकी टीभी च्यानलका लागि लेखेको नाटक जुन विभिन्न भाषामा अनुवाद भएर विभिन्न मुलुकमा नाटककै रूपमा यसको थुप्रै प्रदर्शन भइसकेको छ । सन् असीको दशकमा रञ्जित कपुरले यसलाई हिन्दीमा उल्था गरे । र, सन् १९८६ मा वासु चटर्जीले सिल्भर स्क्रिनमा उतारे । |
जो जीवनभर मातिरहे |
श्रवण मुकारूङ |
विसं १९९४ असार २८ गते, जैसीदेवल काठमाडौंमा पिता पं. मुरलीधर भट्टराई र माता राममायाको कोखबाट ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका प्रसिद्ध कवि ईश्वर वल्लभको निधन २०६४ चैत ९ गते काठमाडौंमा भएको थियो । |
महँगो लुवाक कफी |
विमल खतिवडा |
बंगलादेशका पत्रकार अलामगिर अपु त्यो कफी चाख्न तम्सिए । कफीको स्वादमा उनी जति उत्सुक थिए, त्यो महँगो हुनुमा पनि उत्तिकै जिज्ञासु थिए । फरासिला वेटरले लुवाक कफीको भेद खोलिदिए– लुवाक (हाम्रोतिर मलसाप्रोजस्तै जन्तु) ले खाएर दिसा गरेका कफीका बिन्सलाई प्रोसेसिङ गरेर बन्छ यो महँगो प्रिमियम ब्रान्ड । |
सम्बन्ध र संवेदनाका आख्यान |
जीवन क्षत्री |
यो वर्ष रोअल्ड डाह्लका कथाहरू पढेपछि यतिका वर्षसम्म साहित्यको कथा विधालाई बेवास्ता गरेकोमा मलाई थकथकी लाग्यो । ‘पिग’ र ‘द भिजिटर’ जस्ता कथा पढेपछि लाग्यो– मानिसको संवेदनालाई यसरी हल्लाउने गरी कथा लेख्न सकिँदोरहेछ र कथाको अन्त्यलाई त्यति झंकारपूर्ण र स्मरणीय बनाउन सकिने रहेछ । |
माझकिरातका दुर्लभ कागजात |
भोगीराज चाम्लिङ |
डेढ महिनाअगाडि ‘म्यासेन्जर’ मा एउटा गज्जब ‘सन्देश’ आयो, जुन पढेर म खुसीले छटपटिएँ । लेखिएको थियो– ‘सेवा–नमस्कार सर, म भोजपुर दिङ्लाबाट । यहाँ मसँग संवत् १८२५–२६ सालको कागजात छ तर खुट्याएर अर्थ्याउन असमर्थ भएकोले तपाईंबाट समाधान हुने थियो कि ?’ |
अधिकृतकै घरमा अपमान |
दीपा नेपाली |
मेरो घर कैलाली हो । काठमाडौंमा मेरो घर छैन । अध्ययन गर्न राजधानी छिरेको मेरा लागि डेरा बस्नु बाध्यता हो । कैयौं विद्यार्थी मजस्तै अरूकै घरमा भाडा तिरेर डेरा बसिरहेका छन् । |
इपिसेन्टरबाट एयर–लिफ्ट |
सुरज कुँवर |
चीनको बुहान इपिसेन्टर भएको कोरोनाबारे विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेपछि अमेरिका, भारत मात्रै होइन बंगलादेशलगायतका मुलुकले आफ्ना नागरिकलाई विशेष उडानमार्फत भटाभट एयर लिफ्ट (उद्धार) गरे । |
नियतका खोटीहरू |
सविता विमली |
मोबाइल भर्खरभर्खर सुलभ हुन थालेको थियो । नेपाल टेलिकमको नम्बर लिन निकै लामो लाइन पार गरेर ठेलमठेल गर्नुपरिरहेको थियो । साथीहरूको हातमा मोबाइल आइसकेको थियो । सम्भवतः उनीहरूकै नामको नम्बर हुँदो हो । मैले केही ढिलो गरी नम्बर पाएँ । भीडमा नउभिई हातमा परेको मोबाइल नम्बर अरूकै नामको थियो । |
माफी पाऊँ डीपी सर ! |
सञ्जय घिमिरे |
डीपी सर रहनुभएन । सधैंभर चर्का स्मृतिका कुरा गर्ने सरलाई आखिरमा विस्मृतिको रोगले लग्यो । यो खबर सुनेदेखि एक किसिमको नोस्टाल्जियामा छु । कहाँबाट सुरु गरौं लेख्न ? |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.