text stringlengths 2 914 |
|---|
भाइरल खेलौना |
केशव सिलवाल |
जब रित्तो हुन्छ मानिसको हात समाउादैनन् तिनले तास मात्र खेल्दैनन् तिनले लङ्गुर–बुर्जा मात्र |
सेतो इन्द्रेणी |
शिक्षा रिसाल |
मैले २१ वर्षपछि धेरै हिम्मत जुटाएर आमालाई सोधें, ‘तपाईंलाई बाबाको याद आउँदैन ?’ आमा केही बोल्नुभएन । मतिर हेर्नुभयो अनि मुसुक्क हाँस्दै भन्नुभयो, ‘आउँछ, किन नआउनू !’ |
अ ड्याम प्रोफेसर ! |
केदारभक्त माथेमा |
अंग्रेजीमा भनिन्छ– गिभ अ ड्याम ! भन्नुपर्ने कुरा भन्ने हो, लेख्ने हो । यही कारणले कसैले नराम्रो सम्झिएला, गलत बुझ्ला वा आफ्नो हित नहोला भन्ने कहिल्यै सम्झिराखेको हुन्न । नेपालीमा भनिन्छ नि– बाल मतलब । |
म गंगा, पृथ्वीको धमनी |
अजय दीक्षित |
दक्षिण एसियामा किन हो कुन्नि म गंगा नदी सभ्यता, मोक्ष, पुण्य र स्वच्छताको पर्याय बनेकी छु । म मात्र होइन, सखी सिन्धु छन्, उता हिमालपारि उद्गम भएर बह्मपुत्र बग्छ, हाम्रा अनगिन्ती भाइबहिनीहरू छन् । हामी सबै सभ्यताका आधार हौँ, बहुउपयोगी छौं, र पवित्र पनि ! सर्वदा अविरल र स्वच्छ बग्दै रहने विश्वास थियो हामी सबैको । |
चैत्र १, २०७६ |
योगीन्द्रको बाँसुरी कथा (तस्बिरहरु) |
तस्बिर : बिजु महर्जन |
४९ वर्षे योगीन्द्रबहादुर खड्का बाँसुरी बनाउँछन्, बजाउँछन् र बेच्छन् पनि । बाँसुरीप्रति आकर्षित हुँदा उनी ६ वर्षका मात्र थिए । रेडियो नेपालमा बाँसुरीका धुन सुन्थे, झन् मोहित हुन्थे । बाँसुरी बजाउन उनलाई पनि मन लाग्यो । बाँसुरी किने र बजाउन थाले तर सुरमा बजेन । तैपनि सुन्न र बजाउन छाडेनन् । |
‘सुनाइदेऊ हाम्रा चौरी मरेका कुरा’ |
सरला गौतम |
भुइँचालोका बेला जाजरकोट, रुकुम हुँदै डोल्पा पुगेकी थिएँ । १५ दिन गाउँ–गाउँ डुल्दै हिँडें । गाउँलेका घरमा, कहिले मन्दिरमा, कहिले ब्यारेकमा बास पर्यो । दुनै बजार पुगें । सामुन्ने घरमा थिए– थिन्ले दाइ । |
‘भोलि’ नभएकाहरूको बोली |
रमेश सायन |
दुख्ख’ थाहा नपाउनु सबैभन्दा ‘सुख्ख’ रहेछ । ‘सुख्ख’ थाहा पाउनु सबैभन्दा ठूलो ‘दुख्ख’ रहेछ । यो दुख्ख थाहा नभएका मानिसहरूको कथा हो ।यसपल्टको हिउँद जान लाग्यो । मधेसमा शीतलहर चल्यो । उसै गरी बित्यो बर्खा । मधेसमा बाढी आयो । तर, उनीहरू पत्याउँदैनन्– ‘अर्को साल हिउँद आउँछ । शीतलहर चल्छ । अर्को वर्ष बर्खा हुन्छ । बाढी आउँछ ।’ उनीहरूलाई थाहा छ– ‘त्यो भोलिको कुरा हो । भोलि आजै आउँदैन ।’ |
चीनतिर फर्किरहेका अरनिको |
केके कर्माचार्य |
चीन र नेपालको सम्बन्ध सुमधुर बनाउन हाम्रो इतिहासमा धेरै महत्त्वपूर्ण घटना भए । भृकुटीको विवाहपछि महत्त्वपूर्ण घटना मानिन्छ– कलाकार अरनिकोको चीनगमन । दुई देशको सम्बन्ध युगयुगान्तरसम्म मजबुत हुन उनको चीनगमनले ठूलो महत्त्व राख्छ । |
जूनको चक्र र बादलको खेल |
अमर न्यौपाने |
(यो कथा “मधेसतिर” सकिएको ठाउँबाट सुरु भएको छ । उमेर ढल्कनै लागेकी एउटी विधवा आफूसँग भएको गहना र रुपैयाँले मधेसमा गएर जग्गा जोड्ने, घरबार बसाउने सपना बुनेर मधेसतिर लागेकी हुन्छे । बाटोमा गोरे, बूढो, भोटे र धने भेट हुन्छन् । गोरेसँग जीवन बिताउने सपना बुनेर उसले आफूभन्दा सानो उमेरको गोरेलाई आफूसँग भएको गहना र रुपैयाँको बारेमा बताउँछे र आफ्नो बैंस बाँकी भएकाले मधेसमा गएर घरबार गर्ने योजना सुनाउँछे । विधवाको सबै कुरा चुपचाप सुनेको गोरेले सबै निदाएको बेलामा गहना र रुपैयाँ चोरेर बेपत्ता हुन्छ । ब्युँझँदा त गोरे, गहना र रुपैयाँ केही हुँदैन । विधवाको सपना र आशा पनि चोरिन्छ ।) |
जात थाहा पाएपछि ‘तिमी’ ! |
सोना खटिक |
अहिले सहरवासीले गाउँमा मात्रै विभेद छ भन्छन् । तर, कतिपय घटना हामीले सुनेका/देखेका छौं– सांसद भइसकेका दलितले समेत सहरमा भाडामा कोठा पाएका छैनन् । अरूको कस्तो अवस्था होला ? कोठा खोज्ने बेलामा जात लुकाउनुपर्ने अवस्था यद्यपि छ, सहरमा । जात थाहा पाएपछि विभिन्न बहाना बनाएर कोठाबाट निकालेका कैयौं उदाहरण छन् । |
जहाँ कुनै खराबी छैन |
यज्ञश |
पहिले एउटा फिल्मको कुरा । मोहम्मद रसोउल्फ र उनको गोल्डन वियर विजेता ‘दिअर इज नो इभिल’ मा पछि आउँछु ।बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरियो फिल्म ‘पर्सियन लेसन्स’ को । युक्रेनमा जन्मिएका अमेरिकी फिल्ममेकर भादिम पेरेलमनले निर्देशन गरेको यो फिल्म सन् १९४२ मा हिटलरको नाजी सेनाले पक्राउ गरेको एक बेल्जियन यहुदी केटाको कथा हो । |
विगतका महामारी |
सुजित मैनाली |
अमेरिकी लेखक जेरेड डायमन्डले आफ्नो किताब ‘द वर्ल्ड अन्टिल यस्टर्डे (२०१२)’ मा परम्परागत समाजमा मानिसको मृत्यु हुने प्रमुख चार कारणबारे चर्चा गरेका छन्– वातावरणीय समस्या, मानवीय हिंसा, सरुवा तथा परजीवी जीवाणुको संक्रमण र भोकमरी । |
फैलिँदै महिला क्रिकेट |
हिमेश |
मख्ख छ, अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) । नहोस् पनि किन, वुमेन्स ट्वान्टी–ट्वान्टी वर्ल्डकप चिताएभन्दा बढी सफल रह्यो । त्यसो त क्रिकेट केही बढी पुरुषको खेल हो, महिलाको केही कम । कम्तीमा हामीले यस्तै भनेका थियौं, सुनेका थियौं । |
चौरासी व्यञ्जनको थाली |
राजकुमार बानियाँ |
चाडबाडको बेला भान्सामा मीठोमसिनो केही आइटम बढ्नासाथ धेरैको मुखमा झुन्डिहाल्छ, चौरासी व्यञ्जन । पाहुनापाछाको मानमनितो राख्न पनि धेरैथरीका खाना, तरकारी, मरमसला र मेवा–मिष्ठान्न जोहो गर्नु नेपाली परम्परा नै हो । |
२५ वर्षपछि होलेरी |
गंगा बीसी |
जनयुद्ध’ ले तपाईंलाई के दियो ?’ पूर्वलडाकू कमान्डर एबं ऊर्जामन्त्री वर्षमान पुनले फागुन १ गते (जनयुद्ध दिवस) मा होलेरीमा उभिएर ठट्टा गरे, ‘मलाई मन्त्री पद दियो । (नन्दबहादुर पुन) लाई उपराष्ट्रपति दियो । सांसद, प्रदेशमन्त्री दियो ।’ होलेरीका लागि यो एक व्यंग्य थियो । व्यंग्यमै किन नहोस् ! भन्न सकिन्छ, ‘जनयुद्ध’ ले रोल्पा, रुकुमका पूर्वमाओवादी नेतालाई पद दिलायो । |
गुप्तचरको गलगाँड, रेडियो र हेलिप्याड |
कुमार नगरकोटी |
साँझ, पख ! गुप्तचरले सोध्यो– तँ को ? तेरो नाम के ? मैले आफ्नो नाम र थर बताएपछि गुप्तचर जोडजोडले हाँस्न थाल्यो । बुझिल्याउँदा मेरो थर–नगरकोटी–सुनेर ऊ त्यसरी हाँसेको रहेछ । |
फाल्गुन २४, २०७६ |
देवी र मुक्ति |
अभय श्रेष्ठ |
तिनको चिर इच्छाविपरीत,माथिबाट मायाको भिक्षादान गर्दै उनीहरुले भने, ‘साँचिराख्नू अञ्जुलीमा यो मायाको सरोवर ! देवी, नदीको पानीझैँ यसलाई बग्न नदिनू !’ |
सेरामिक प्लेटमा दौडिरहेको रेल |
रवीन्द्र श्रेष्ठ |
हिमालमुनिबाट पाँचतले मन्दिर भएको ठाउँतिर अर्थात् हिमालपारिको चीनबाट नेपालमा एउटा रेल आउँदै छ । तपाईंले नेपालमा रेल ल्याउने कुरा सम्झनुभयो होला । सन् २०२० अर्थात् नेपाल–चीनको दौत्य सम्बन्ध कायम भएको ६५ औं वर्षगाँठमा चीनले ‘स्मृति चित्र, हजारौँ माइलको यात्रा मूल अभिप्रायको निरन्तरता’ नारासाथ कलामार्फत एक अभियान सुरु गरेको छ । |
मुन्दुमबाट मार्क्सवाद |
भोगीराज चाम्लिङ |
केकार्ल मार्क्स पहिलो ‘मार्क्सवादी’ हुन् ? अहँ पटक्कै होइनन् । उनी त सबैभन्दा कान्छो ‘मार्क्सवादी’ हुन् । मार्क्सभन्दा पहिले नै थियो ‘मार्क्सवाद’ तर फरक नामहरूमा । ती थुप्रैमध्ये एउटा नाम हो मुन्दुम । आफूभन्दा पहिले विकास भएका यस्ता थुप्रै ‘मार्क्सवादहरू’ को उच्चतम संश्लेषण गरेका हुन् कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले । |
‘सहरका मान्छे आफ्ना नहुँदारैछन्’ |
पार्वती परियार |
केही महिनाअघिको कुरा हो, तीन–दिने तालिमको सिलसिलामा बुटवल गएकी थिएँ । होटेल राम्रै भएकाले बासको व्यवस्था पनि त्यहीँ थियो । थप ५–७ दिन बुटवलमै रहनुपर्ने भएकाले तालिम सकिएपछि सानिमाको कोठामा बस्ने गरी गएँ । म त्यहाँ पहिलोपटक जाँदै थिएँ । |
जीवाणु मिथ्या |
प्रणब खरेल , गौरव केसी |
महिलाको त्यो आवेग : सन् १९९७ मा पुलित्जर पुरस्कारबाट सम्मानित ज्यारेड डायमन्डको बहुचर्चित पुस्तक ‘गन्स, जर्म्स एन्ड इस्टिल : द फेट्स अफ ह्युमन सोसाइटिज’ भित्रको एउटा दृष्टान्तबाट प्रसंगको थालनी गरौँ । |
सर्पभन्दा विषालु पुरुषको सम्झनामा |
हरिमाया भेटवाल |
उ मेर पनि एउटा सिँडी रहेछ अनुभवको । त्यसबेला भोगाइका कति नै खुड्किला चढेकी थिएँ र ! जिम्मेवारीको बोझ ठूलो थिएन । स–साना थिए मेरा दुब्ला खुट्टा पनि । खुट्टाजस्तै साना थिए सपना पनि । उमेरले नै पढायो, अनुभवले नै बढायो सपनाको आकार, सपनाको रङ । |
हथि मिसा : नेवार नायिकाको गोप्य प्रतिरोध |
राजेन्द्र महर्जन |
तीन सय वर्षअघि नेवार जनमानसमा एउटा विश्वासले घर गरेको थियो– ‘लोग्नेस्वास्नीको जोडी सिलु तीर्थ (गोसाइँकुण्ड) गएर फर्किनासाथ विछोडिनुपर्छ, त्यसैले कसैको पनि दम्पती सिलु जानुहुँदैन ।’ तत्कालीन समाजले यस्तो निषेधात्मक विश्वास थोपरेर पुरुष–महिलालाई तर्साइराखेकै कारण कम मात्रै नेवार दम्पतीले एकसाथ तीर्थयात्रा गरे होलान् । |
पुरुषका लागि ‘वरशिक्षा’ |
लीला लुइटेल |
नेपाली साहित्यमा ‘वधूशिक्षा’ नामक कृतिमा अभिव्यक्त गरेका धारणालाई माध्यम बनाएर भानुभक्तको आलोचना गर्ने क्रम घटेको छैन, दिनप्रतिदिन बढिरहेको छ । नेपाली साहित्यमा ‘वधूशिक्षा’ मात्र नभई ‘वरशिक्षा’ पनि लेखिएको छ भन्ने धेरैलाई थाहा नभएकै बुझिन्छ । |
वृद्ध पत्रकारको देह–आसक्ति |
बलराम अधिकारी |
गाब्रियल गार्सिया मार्खेजको पराजित पाठक हुँ । उनको पाठ्य भूगोलमा विचरण गर्नेपहिलो प्रयासमै म हतोत्साहित भएँ, अझै पनि ममा सहजै आँट आउँदैन । उनको ‘वान हन्ड्रेड इअर्ज अफ सोलिच्युड’ (एक सय वर्षको एकान्तवास) भित्र प्रवेश गर्ने मेरो अनेकौँ पटकको प्रयास विफल भएको छ । |
‘मिस, मूर्खहरूले मात्रै सगरमाथा चढ्छन् !’ |
देउराली चाम्लिङ |
एभरेस्ट सम्मिटर, सन् २०१८ - ‘मान्छे अजम्बरी बुटी खाएर जन्मेको हुँदैन, तर यो केटीचाहिँ अजम्बरी भई है । मान्छेको चोला लिएर जन्मेपछि यस्तो पो हुनु !’ पासाङ ल्हामुले सगरमाथा आरोहण गरेको खबर सुनेपछि आमा तारादेवी लावतीले भन्नुभएको यस वाक्यको अर्थ त्यतिखेर मैले बुझिनँ । र, अर्थ सोधिनँ पनि । हाम्रो समाजमा प्रश्न गर्न सिकाइँदैन, त्यसैले होला । |
‘थप्पड’ लाई थप्पड ! |
‘छपाक’ रिलिज हुन दुई दिन बाँकी थियो, दीपिका पादुकोण दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) पुगिन् । कलेज हाताभित्रै मास्कधारी गुन्डाको आक्रमणमा घाइते भएका विद्यार्थीहरूलाई भेटिन्, स्वास्थ्यबारे चासो राखिन्, विरोधसभामा उपस्थित भइन् तर एक शब्द बोलिनन् । |
महिला मुक्तिको माल बजार |
आहुति |
पौने युग बित्यो, संयुक्त राष्ट्र संघ जन्मिएको अर्थात् पचहत्तर वर्ष । तर, आजसम्म त्यसको महासचिवको कुर्सीमा न कुनै महिला बस्न पाए, न त्यस्तो पनि हुनुपर्छ भन्ने आधिकारिक छलफल नै भयो । यो विषय अस्वाभाविक पनि होइन किनकि पित्तृसत्तावादी विश्वका राष्ट्रहरूको संघ पित्तृसत्तावादी संयुक्त राष्ट्र संघ ! |
‘सहरिया लड्की’ हरू |
सावित्री गौतम |
‘सहरमा क्रान्तिकारी गफ गरेर गाउँका महिलाको स्थितिमा परिवर्तन आउँदैन ।’ एक जना पूर्वमन्त्रीले हाल सालै राजीनामा दिनु एक–दुई दिनअघि मात्रै कुनै सार्वजनिक कार्यक्रममा यसो भनेका थिए । मन्त्रीको भनाइसँगै मिल्दोजुल्दो, ‘तारे होटेलमा गोष्ठी गरेर गाउँका महिलाको जीवनमा परिवर्तन हुँदैन’ भन्ने कटाक्ष ‘सहरका महिला’ ले वर्षौँदेखि सुनिरहेको कटाक्ष हो । |
नुमाइश |
शिवानीसिंह थारू |
धेरै–धेरै वर्ष पहिले ...एकादेशमा बाल्यकाल थियो, म थिएँ र तिनटा अजंगका ‘डर’ थिए । आकाशमा मान्छेका छाया डढाउने सूर्य उदाउँथ्यो, हावामा ‘लू’ हुनहुनाउँथ्यो, मध्याह्नपछि एकजोर आँखा डराई–डराई ढोकाको चरबाट बाहिर चियाउँथ्यो । यो डरको कथा हो । |
फाल्गुन १७, २०७६ |
ओस्कारमा इमिनेम ! |
सन् २००३ को ओस्कार अवार्डमा अनौठो भयो । ओस्कार इतिहासमै पहिलोपटक हिपअप गीतले ‘बेस्ट ओरिजिनल सङ’को अवार्ड चुम्यो । गीत थियो, ‘लुज योरसेल्फ...’ । गायक थिए, इमिनेम । फिल्म थियो, ‘एट् माइल’ । मुख्य भूमिका पनि इमिनेमकै । कथा पनि र्यापरकै । त्यसैले यस फिल्मलाई इमिनेमको वास्तविक जीवनबाट प्रभावित मानिन्छ । |
‘ड्रिम टिम २०७६’ |
राजु घिसिङ , तस्बिर : हेमन्त श्रेष्ठ |
कुनै पनि देशको फुटबलको आधार घरेलु लिगलाई मानिन्छ । मतलब जुन देशको लिग बलियो हुन्छ, त्यही देशले अन्तर्राष्ट्रिय फुटबलमा पनि राम्रो हुन्छ । फुटबलमा बलियो भएका देशहरूमा घरेलु लिग ९–१० महिना चल्छ । ‘विकिन्ड लिग’ अर्थात् सप्तहान्त (बिदाको दिन) खेलाइन्छ । हाम्रोमा भने फरक छ, टालटुले किसिमले लिग आयोजना गरिन्छ । यहाँको लिग तीन महिना पनि चल्दैन । कहिले त डेढ महिनामै सकाइन्छ । त्यसैले एउटै टिमले सातामा तीन खेलसम्म पनि खेल्छन् । त्यसैले नेपाली फुटबललाई अझै व्यावसायिक मान्ने आधार छैन । |
बर्लिन डायरी |
यज्ञश |
मानिसहरू यसै भुइँमा सुतिरहेका छन्— महिला, पुरुष । हामी कतै जाने भयौं भने सबैभन्दा पहिले होटल कहाँ बस्ने होला ? कति महँगो होला ? सकेसम्म नेपाली नभए इन्डियन रेस्टुरेन्ट कतातिर नजिकमा होला भनेर खोज्छौं । गुगलमा ‘इन्डियन रेस्टुरेन्ट नियर मी’ सर्च गर्यो अनि त्यतैतिर मार्च गर्यो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.