text
stringlengths
2
914
न्याय निरूपणको याचना
फणीन्द्र संगम
न्याय सेवामा ३० वर्ष बिताएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपन्यास ‘कारा’ ३० वर्षअघिकै कथा हो, महिला कैदीबन्दीहरूको । उपन्यासको कथाकेन्द्र कारागार भए पनि महिलाका पारिवारिक र सामाजिक हिंसाको प्रताडनालाई खोतलिएको छ ।
किताबमाथि कहर
लोकरञ्जन पराजुली
सन् २००० को अक्टुबर महिना । दसैंले काठमाडौंलाई छपक्कै छोप्न थालिसकेको थियो । अरू वर्षझैं दसैं मनाउन म आफू जन्मे–हुर्केको घर पोखरातर्फ हान्निएँ । काटमारमा रुचि नराख्ने, जाँड–जुवातासमा खासै नरम्ने भएपछि छुट्टीका दिनमा गर्ने काम पनि खासै नहुँदा रहेछन् ।
अनि मैले स्कुल छाडेँ
साझना तोलांगे
घरका चारै भित्तामा कलेजी रङ पोतिएको थियो । परम्परागत बुट्टेदार हरिया झ्याल भएको तीनतले घरमा ढलाने कौसी र अग्ला–अग्ला ढलाने पिँढी थियो । वरिपरि खासै घर बनेका थिएनन् । करिब चार/पाँच मिनेट हिँडेर पुगिने दूरीमा पुराना शैलीका घर देख्न सकिन्थ्यो ।
माओसँग आमने–सामने
शिशिर वैद्य
थुप्रै पुस्तकले भरिएको भण्डारजस्तो देखिने एउटा बेनाम पुस्तकालय । अव्यवस्थित र छरपस्ट पुस्तकहरू । केही पुस्तक र्‍याकमा ठडिएका छन् तर पुस्तक क्रम, संकेत चिह्न केही छैनन् । अघिल्लो दिन देखेका पुस्तक हराइरहेका छन् । पुराना पुस्तकका गाता च्यातिन थालेका छन् ।
बाका बाह्र व्यापार
विवेक ओझा
स्कुलको एक्जाम नदिई घर फर्किएँ । ड्रेस नखोल्दै बालाई गुनासो पोखेँ, ‘योपटक साँच्चै एक्जाम हलमा बस्न दिएनन् । फी नतिर्ने सप्पैलाई फर्काइदिए ।’आमाको निराश अनुहार ढोकाको किनारबाट झुल्कियो । उहाँको गला खुलेन ।
बुझ्‍न बाँकी जीवन
सविना देवकोटा
ठीक कुन दिन मानिस बूढो हुन्छ ? थाहा छैन । ठीक कुन बिहानीले अनुहारमा चाउरीको पहिलो खाता खोलेर जान्छ ? त्यो पनि थाहा छैन । तर, बूढो हुँदै गएपछि आफ्नै इन्द्रियहरू पनि आफ्ना नभइदिने रहेछन् । मानौँ इन्द्रियहरू रिटायर्ड भएका हुन् ।
आमैदेखि आफैंसम्म : खाना अध्याय
सायद अशोक
कहीँ सुनेको थिएँ— अमेरिकाबाट सबै विदेशी खानेकुरा र मरमसला हटाउने हो भने अमेरिकन खानाको नाममा आलुबाहेक केही रहँदैन । ट्रम्पले सुरु–सुरुमा सबैलाई अमेरिकाबाट लेखेट्छु भन्दाताकाको कुरा हो यो ।
सहिद–शवको वृत्तान्त
राजकुमार दिक्पाल
एक साता मात्र भएको थियो, घरमा विवाहको खुसियाली छाएको । विराटनगरमा सम्पन्न भाइ वीरेन्द्रनारायणको विवाहमा दाजु भीमनारायण श्रेष्ठ सक्रिय नहुने कुरै भएन ।
विद्यार्थीलाई झन् बोझ
हेमाङ्ग राज अधिकारी
पहिलेको प्राथमिक तह र अहिलेको आधारभूत तह अन्तर्गत कक्षा १—३ को नयाँ फाठ्यव्रम नेपाल सरकार, शिक्षा मन्त्रालय, फाठ्यव्रम विकास केन्द्रले विसं. २०७५ मा प्रकाशित गरेको छ । यस तहको नेपाली फाठ्यव्रममा कक्षागत सिकाइ उपलब्धि खण्डमा सुनाइ र बोलाइको सन्दर्भमा ‘ध्वनि सचेतीकरण’ को उल्लेख छ । यसको परिभाषा, परिचय वा स्पष्टीकरण फाठ्यव्रममा भेटिँदैन ।
चिहानमा कदमको रूख
भूपाल राई
जन्मको तहगत व्यवस्थाअनुसार, म मेरो परिवारको कान्छो सदस्य होइन । कम्तीमा मैले होस सम्हालेदेखि नै म त्यो थिइनँ । तर, लगभग ७–८ वर्षको उमेरमा पुगेपछि मलाई मेरो परिवारले एक्कासि ‘कान्छा’ भनी बोलाउन थाले । पछि गाउँ–समाजले पनि त्यसैलाई अनुसरण गर्ने भइहाल्यो ।
फाल्गुन १०, २०७६
जसले छिचोल्छ, अनुसन्धाता बन्छ
भोगीराज चाम्लिङ
भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल (१९९० साउन ३०– २०७५ फागुन १२) को बहुचर्चित किताब हो– ‘खस जातिको इतिहास’ । उनका ‘पाँच सय वर्ष’, ‘नेपाली भाषा र साहित्य’, ‘राष्ट्रभाषा’, ‘एक मन सात चिन्तन’ लगायत सयभन्दा बढी पुस्तक प्रकाशित छन् । प्रा. पोखरेलको स्मृति–दिवसको सन्दर्भमा ‘खस जातिको इतिहास’ माथिको समीक्षा प्रस्तुत छ ।
यो अन्त्य होइन निस्सीम !
राजकुमार बानियाँ
लगभग भूतपूर्व विधा भइसक्यो नाटक । भूतपूर्व नमान्ने हो भने पनि दुर्लभ त भयो नै । नाटकघरमा प्रायः कथा, उपन्यास वा इतिहासका नाट्य रूपान्तरण या विदेशी नाटकका अनुवाद नै मञ्चन भइरहेका देखिन्छन् । बक्स अफिसजस्तै टिकटमा चलिरहेका नाटकघर र रंगकर्मीको फैलावट हौस्याउने खालको भए पनि उपन्यासको उफानमा नाटक लेखनको स्थिति ‘ड्रामाटिक आइरोनी’ जस्तो छ ।
तिमी सकिँदैनौ यार !
अविनाश श्रेष्ठ
जीवन, तिमी अविदितको यात्रामा हिँडेको पनि तीस वर्ष नाघिसकेछ । अहिले भएका भए तिमी साठी–एकसठ्ठीका हुने थियौ । कुन्नि कस्ता देखिने थियौ ? कृतिहरू कतिवटा पुग्थे ? तिमी हुनुले नेपालको राजनीति, साहित्य र समाजमा के–कति फरक पर्थ्यो वा पर्दैनथ्यो ?
प्रतिष्ठाको विषय (?)
सम्झना वाग्ले भट्टराई
हालै काठमाडौँको एउटा चल्तीको कफी सपमा थिएँ । कफीको बिलको पछाडिपट्टि केही ठूला अंग्रेजी अक्षरमा ‘एस ई एक्स’ लेखिएको थियो । बिलको पछाडि यस्तो देखेपछि अनौठो लाग्यो र नियालेर हेरेँ । कुनै आफूलाई रचनात्मक दाबी गर्ने कम्पनीको उत्पादनको विज्ञापन रहेछ ।
छाता
लक्ष्मी माली
म तिम्रो शिरमाथि
खुर्सानीको पिरो-कथा !
घनश्याम खड्का
नेपालमा पिरो, अलिअलि पिरो र ज्यादै पिरो गरी सबै खालका १५ थरी खुर्सानी पाइन्छन् । सबभन्दा पिरो डल्ले भनिने अकबरे हो । साह्रै पिरो हुने हुनाले मानिसहरू यसलाई ज्यानमारा पनि भन्छन् । त्यसभन्दा पनि साह्रै पिरो सानो काँटीको खुर्सानी हुन्छ, त्यसलाई मान्छेहरू जिरे खुर्सानी भन्ने गर्छन् । तर, त्यसभन्दा पनि पिरो खुर्सानी नेपालमा छ । दैनिक–जीवनमा जोडिएको नवै द्वारमा कम्पन पैदा गर्ने खुर्सानीबारे एक आलेख :
कुन कुनामा थन्क्याऊँ सम्झना ?
शैलेन्द्र साकार
१२ वर्षपहिले अमेरिकाबाट फर्कने बेला मैले एउटा गीत लेखेको थिएँ । छिन्नलता पुरस्कार गुठीमा विगत ३० वर्षभन्दा पहिलेदेखि नै कार्यसमितिमा कैयौंपल्ट निर्णायक भएर बस्ने अवसर मिले पनि गीत रचनामा मेरो त्यति रुचि रहेन । गीतकार किरण खरेल र राजेन्द्र थापाका गीतहरू मन पर्थे, रुचाउँथें त्यति हो ।
‘देउपितृ खुसी छन्’
रोशन शेरचन
झाँक्री विधाबाट कुलपूजा मेरा पुर्खा प्रकृतिपूजक हुन् भन्ने अनुमान थियो तर यस पाटोतिर खासै पसेको थिइनँ । म आफूलाई बौद्वमार्गी भनी चिनाउँथेँ । कहिलेकाहीँ बोन हुँ कि भन्ने भाव आउँथ्यो । मुवा, पत्नी हिन्दु धर्म पनि मान्ने भएकाले त्यसप्रति मेरो सम्मानभाव थियो नै ।
विश्‍वयुद्धमा पिल्सिएको संगीतकार
सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनपिङ कजाकिस्तान पुगे । राष्ट्रपतिले सम्बोधनका क्रममा दुई देशको मित्रता र चीनको वैभवशाली अर्थतन्त्रको बखान गरे । अनपेक्षित रूपमा एक चिनियाँ संगीतकर्मीको प्रसंग उप्काएर चकित पारे । ती संगीतकर्मी थिए— सियान सिंघाई ।
गणितको विज्ञान
राम लोहनी
शारीरिक तन्दुरुस्तीका लागि जस्तै संज्ञानात्मक समृद्धि र बौद्धिक क्षमता अभिवृद्धिका लागि पनि ‘पौष्टिक तत्त्व’ चाहिन्छ । संज्ञानात्मक तन्दुरुस्तीको लागि आवश्यक पौष्टिक तत्त्वलाई मुख्यतः तीन कोटीमा विभाजन गर्न सकिन्छ– तथ्य एवम् सूचना, तर्क तथा विश्लेषण र अभिव्यक्ति ।
महाकालीपारिको ‘टापु’ नेपाल
आरके अदीप्त गिरि
हामीले इतिहासदेखि पढ्दै–सुन्दै आएका हौँ, नेपालको राजनीतिक सिमाना मेचीदेखि महाकाली हो । तर, महाकाली तरेर दोधारा–चाँदनी पुगेपछि नेपालको भूगोलबारे हाम्रो बुझाइ गलत साबित हुन्छ । नेपाली इतिहासमा कोरिएका र पढ्दै–बुझ्दै आएका भूगोलका मानक रचनाहरू फिक्का र अमूर्त लाग्छन् । मनले आफैँसँग संवाद गर्छ— महाकालीपारि पनि ‘अर्को नेपाल’ रहेछ ।
फाल्गुन ३, २०७६
गुरुकुलीय शिक्षामा बिगार पर्‍यो !
माधवप्रसाद पोखरेल
गुरुकुलीय शिक्षा - गुरुकुलीय शिक्षा हाम्रो उपमहाद्वीपको सबभन्दा पुरानो औपचारिक शिक्षा प्रणालीको नाम हो । वैदिक काल (इपू १५००) मै त्यो थालियो, उत्तर वैदिक र पौराणिक कालमा उत्तरोत्तर मात्रामा फस्टायो र उपमहाद्वीपीय संस्कृतिको जग र चिनारी बन्यो ।
‘नेपालीय एकता दिवस’
सीके लाल
काठमाडौंका हुनेखानेहरूको चाहना एवं नैराश्यता मिसिएको प्रश्न ‘नेपाल किन बनेन ?’ सन् २००८ सम्म जान्नेसुन्नेहरूको प्रिय प्रसंग हुने गर्दथ्यो । लगभग आधा दशकसम्म त्यस्तो बहसलाई ‘नयाँ नेपाल’ निर्माण गर्ने निरूपणले समेत विस्थापित गर्न सकेन ।
मोन्टगोमेरीको त्यो बस
सरिता तिवारी
डिपार्टमेन्टल स्टोरको दिनभरको जागिर सकेपछि घर फर्कँदै थिइन् उनी । सधैंझैं मोन्टगोमेरी–नगर बसमा उक्लिइन् । ड्राइभरको सिटसँगै रहेको पैसा तिर्ने मेसिनमा सिक्का खसालेर भाडा तिरिन् र बसको आधाउधी भाग जहाँ ‘कलर्ड’ लेखेको चिह्न राखिएको थियो, त्योभन्दा ठीक पछिल्लो सिटमा बसिन् ।
याकको खोजीमा
अर्जुन ढकाल
पूर्वी पहाड तथा हिमाली भेग नेपालीको खासै छनोटमा पर्ने गन्तव्य होइन । केही ठाउँविशेष र तीर्थाटनबाहेक । यसपटक भने हामीले त्यही क्षेत्रलाई गन्तव्य बनायौं । ९ वर्षको छोरा इशानले स्कुल बिदा हुनुभन्दा धेरै अघिदेखि नै जाडो बिदामा कहाँ जाने भनेर सोधिरह्यो । योजनै नबनीकन जवाफ दिएको थिएँ, ‘एभरेस्ट, स्‍नो र याक हेर्न ।’
रेडियोको रङ
भूपेन्द्र खड्का
अघिल्लो साता मैले एक युट्युबर विश्व लिम्बूलाई अन्तर्वार्ता दिएँ । मूलतः विषय समसामयिक रेडियो प्रसारण र रेडियो जीवनका बारेमा थियो । उनको युट्युब च्यानलमा हजारौंले अन्तर्वार्ता हेरे र मलाई प्रतिक्रिया दिए, ‘तपाईं अझै रेडियोमा बोल्दै हुनुहुन्छ ? अझै रेडियोमा हुनुहुन्छ ? अब टीभी वा युट्युब च्यानलमा आउनुपर्‍यो ।’
कवि बोले- ‘जय नेपाल’
शार्दूल भट्टराई
सुवानन्दको ‘पृथ्वीस्तुति’ र पृथ्वीनारायणको ‘दिव्योपदेश’ लाई नै लिखित प्रस्थानविन्दु मान्दा पनि नेपाली साहित्यले लगभग अढाई सय वर्ष पार गरिसकेको छ ।
गिद्धहरु गीत गाउँदैनन्  !
प्रदीप ज्ञवाली
कावा खाँदैमा उचाइमा कहाँ होइँदो रै’छ र उच्च ? भिर्दैमा उधारोको छिर्केमिर्के आस्कोट कहाँ भइँदो रै’छ र
२५ सय वर्षअघिको आक्रोश
रामचन्द्र श्रेष्ठ
आचार्य चतुरसेन (अगस्ट २६, १८९१–फेब्रुअरी २, १९६०) को बहुचर्चित क्लासिक हो– ‘वैशालीकी नगरवधू’ । ‘सोमनाथ’, ‘वयं रक्षाम्’ लगायत उत्कृष्ट आख्यानका लेखक उनले आधा शताब्दीको सिर्जनशील यात्रामा लगभग साढे चार सय कथा, बत्तीस उपन्यास, कैयौं नाटक र काव्य रचना गरे । चतुरसेनको स्मृति–दिवसमा ‘वैशालीकी नगरवधू’ माथिको समीक्षा प्रस्तुत छ ।
यी साना खुसी
मीरा ढकाल
चालीस वा पचासको दशक ! पश्चिम पहाडको जिल्ला स्याङ्जा ! आँधिखोला किनारको कुनै एक गाउँ । तपाईंको दिमागमा कस्तो दृश्य आयो ? कल्पना गर्नुस् न ! गर्नुभयो ? पख्नुस् है ! प्रकृति, खोलानाला, पहरा, छहरा, चरा, कीरा, पुतली यस्तै–यस्तै दृश्य आयो ?
ममीलाई सलामी
सुजित मैनाली
सहर–बजारको साँघुरोपनासँग अभ्यस्त मान्छे प्रकृतिको खुला काखमा बढी रमाउँछ । प्रकृतिको बीचमा हुर्किएको गाउँलेलाई चाहिँ सहरको वैभव भोग्ने मोह हुन्छ । यस्तै मनोभावका कारण हुनेखाने सहरियाहरू हिमाल, पहाड, नदी, कन्दरा, जंगल, सागर चहारी हिँड्ने गर्छन् । विकसित सहर भोग्न नपाएका नेपालजस्ता अल्पविकसित देशका मानिसचाहिँ विदेशका भव्य सहर टेक्ने चाँजोपाजो मिलाउनमै जीवनको महत्त्वपूर्ण ऊर्जा क्षय गरिरहेका हुन्छन् ।
योगमायाको इतिहासमाथि अन्याय
प्रणेता
योगमाया–उपन्यासमा योगमाया आसामबाट फर्केर आफ्‍नै जन्मथलो भोजपुर आइपुगेको प्रसंग आउँछ । आसाममा हुँदा त्यस्तो के भयो जसले एउटी गृहस्थ नारी विद्रोही सन्त बनेर गाउँ फर्किन ? प्रश्न उठ्नु स्वाभाविक छ ।
फोक्सुन्डोमा कान्जिरुवाको छाया
हेमन यात्री
बिहान ८:०० बजे नेपालगन्जबाट बस छुट्‍यो । पश्चिम रुकुमको खलङ्गा पुग्दा सारा दिन रित्तिइसकेको थियो । अँध्यारोमा, गहिरोमा ठूलो भेरि नदीको आवाज मात्रै सुन्न सक्थ्यौँ हामी । रुडीबजारबाट जिप चढ्नुअघि ठूलो भेरी नदीमा टाँगिएको पुलमाथि हिँडिरहेका थियौँ ।