text
stringlengths
2
914
माघ २५, २०७६
बेपत्ता आख्यान विशेष–२०७६
कान्तिपुर संवाददाता
सशस्त्र द्वन्द्व टुंगिएको डेढ दशक भइसक्यो । तर, सो द्वन्द्वमा हराएका नागरिकको खोजीनिधिले अझै टुंगो पाएको छैन । सरकारद्वारा गठित आयोगमा बेपत्ता परिवारका तीन हजार उजुरी परेका छन् । युद्धावधिमा हराएका १२ सयभन्दा बढी नागरिकका परिवारले आइसीआरसी (इन्टरनेसनल कमिटी अफ् द रेडक्रस)मा उजुरी गरेका थिए ।
फोबिया
सरस्वती प्रतीक्षा
हल्काफुल्का डराउनु एउटा कुरा हो, डराउने रोग नै लाग्नु अर्को कुरा हो । आफूलाई भित्रबाटै एकदमै बलियो ठान्ने मजस्तो निडर स्वास्नीमान्छे पनि एक दिन डराउने रोगको सिकार हुन सक्छु भन्ने अन्दाज नै थिएन । जबजब डाक्टरलाई भेट्छु, प्रत्येक भेटमा डाक्टर मेरो रोगलाई मानसिक डिसअर्डर हो भन्नुहुन्छ । मलाई लागेको रोग राजनीतिक डिसअर्डर हो भन्ने केवल मलाई मात्र थाहा छ ।
म बेपत्ता !
महेशविक्रम शाह
म एक दिन बेपत्ता भएँ । बेपत्ता हुनुको कुनै खास कारण छैन । कुनै समस्याले गाँजेर पनि बेपत्ता भएको होइन । रहरले पनि होइन । न कुनै त्यस्तो बाध्यता नै पर्‍यो, बेपत्ता हुनुपर्ने । मान्छे भएर जन्मे, हुर्कें । तर, मान्छे भएर बाँच्न सकस भयो मलाई । मान्छे भएर बाँच्न के गरिनँ र मैले ? सबथोक गरें । तर, अफसोस म मान्छेजस्तो मात्र देखिएँ । मान्छे नै बन्न सकिनँ ।
गन्धे झार
बिना थिङ
मिर्मिरेमा मुख धुने पानीसँगै हुन्छु म आगो फुक्न खोज्छौ नि, खरानीसँगै हुन्छु म, तिम्रा लागि मेरो याद, लेखेर पो के साध्य तिमीले हेर्ने दुई आँखाको नानीसँगै हुन्छु म
निडर
अभय श्रेष्ठ
१. ‘बहिनी, आज एक रातलाई बास पाइएला ?’ सुसेलीजस्तो यो सुरिलो स्वर उसलाई कताकता सुनिरहेजस्तो लाग्यो  । कसको स्वर हो ? अहो, यो त उसकै श्रीमान्को जस्तो स्वर थियो, जुन उसले सुन्न नपाएको वर्षौं भइसकेको थियो  ।
कमरेड रोशी
फूलमान वल
चिवा स्टेसन पुग्नुअघि मैले मोनोरेलभित्र निकै बेर गम खाएँ । किनकिन मलाई जापान बसाइ निकै पट्यारलाग्दो हुँदै गइरहेको थियो । विशेषगरी एउटा आकृतिले पछ्याइरहेको प्रति मलाई ताज्जुब लागिरहेको थियो ।
उकुच
उमा सुवेदी
जमुना र नरमायाबीच आज पनि झगडा भयो । झगडा बढ्दै गएपछि भुत्लाभुत्ली सुरु भयो । कुनै बेला उनीहरूको झगडा झोडा गाउँका लागि निकै दिनसम्म छलफल भइरहने विषय बन्थ्यो । तर, बिस्तारै गाउँलेका लागि यो सामान्य कुरा हुँदै गयो । केही समयपछि गाउँलेले यी दुई बूढीहरूको झैझगडामा चासो राख्नै छाडिदिए ।
ऋण
ज्योति जङ्गल
हेपाली हाइटबाट टोखा जाने बाटोमा दक्षिण मोहडा गरेको एकतले घर थियो । रातो माटोले पोतिएको । टायलको छानो कुनै पुरुषको शिरमा अडिएको मैलो टोपीजस्तो देखिन्थ्यो । माटाले जोडेको पुरानो त्यो घरमा बाटोतिर फर्किएको एउटा मात्र मूलढोका थियो । ढोकासँगै जोडिएको सानो खोपीजस्तो काठे पल्लाको झ्याल थियो । बाटोबाट पाँच/छ फिटभित्र रहेको घरअगाडि फूलका झ्याङ र लहराले जेलेर बनेको बाक्लो तहले एक कभिम पर्खालकै काम गरेको थियो ।
बेपत्ताकी डाई
नवीन विभास
छोरो ‘टुप्लुक्क’ आइपुग्ला कि भनी १८ वर्षदेखि बाटो हेरिरहेकी एउटी आमा आफूले खानुअघि छोरालाई खाना पस्केर अङ्नामा राखिदिन्छिन्  । रातदिन छोरा–खोजरत उनै दाङ सिस्सन्याकी ६९ वर्षीया आमाको एक दिनको दैनिकी हो यो  । त्यो एक दिन अर्थात् २०७६ पुस २८ को ।
क्रूर मौन
राजव
अब उसको दृष्टिको भविष्य राता पुलिसको हातमा छ  । यो वाक्य ‘ऊ कुन चीज हो ?’ शीर्षकको मेरो कथाको अन्तिम वाक्य थियो ।
जुना तामाङको प्रेमकथा
हरि अधिकारी
अँगेनाको छेउमै भुसुक्क निदाएका दुइटै नानीहरूलाई माथि कोठामा लगी सुताइदिएर फर्केकी जुना तामाङले पकाएका, खाएका जुठा भाँडाकुँडा जम्मा पारी, तिनलाई प्लास्टिकको एउटा ठूलो बाटामा हाली र बाख्राको खोरनेर लगेर राखिदिई  । ती जुठा भाँडाकुँडा अहिल्यै माझूँ कि भोलि बिहानका लागि राखूँ ? एक छिन उसलाई दोमन भयो  ।
माघ १८, २०७६
तीन प्रेम कविता
रवीन्द्र मिश्र
रवीन्द्र मिश्रका तीन प्रेम कविता :
घुम्टोभित्रको रङ
रञ्जु दाहाल
‘तपाईंको बिहे भर्खरै भएको हो ?’ नेपाल–भारत सिमाना वीरगन्जबाट रक्सौल प्रवेश गर्नै लागेको हाम्रो रिक्सालाई रोक्दै माइती नेपालका स्वयंसेविकाहरूले गरेको यो प्रश्नले म झस्किएँ ।
‘ज्ञानकर्मको पर्यावरण चाखलाग्दो छैन’
कान्तिपुर संवाददाता
भास्कर गौतमले जापानको क्योटो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । करिब एक दशक मार्टिन चौतारीमा अध्येता रहेका उनी हाल विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सका अध्यक्ष हुन् । उनका लेखहरु जर्नलमा प्रकाशित छन् र उनले धेरै पुस्तकको सह–लेखन, सह–सम्पादन गरेका छन् ।
संवेदनशील दस्तावेज
डा. जयराज आचार्य
पूर्वपरराष्ट्र सचिव तथा राजदूत डा. मदनकुमार भट्टराई लिखित ‘परराष्ट्रका पात्र’ किताबमा सुरुमै एउटा इन्कारनामा छ, ‘शैक्षिक पृष्ठभूमिले मेरा दुई उपाधि अन्तर्राष्ट्रिय सम्बन्धसँग गाँसिए पनि यो पुस्तक अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास होइन । कूटनीतिक सेवामा झन्डै चार दशक आबद्ध रहे तापनि यो नेपालको परराष्ट्र नीतिको समष्टिगत निचोड पनि होइन ।
खतरनाक खलनायक
अरुण गुप्तो
उसको नामजस्तो पटक्कै छैन ऊ । न योग्य छ न त वीर । बरु भद्रताको खोल ओढेर थुप्रै युवतीको बलात्कार गरेको छ । तिनको जीवन हरेको छ । उसको उपस्थिति मात्रै पनि कसैका लागि दुर्योग बनेको छ । तर, ऊ हो सुयोगवीर, पारिजातको ‘शिरीषको फूल’ को पात्र । एउटा खतरनाक, रहस्यमय अनि मिथकीय चरित्र । ‘शिरीषको फूल’ मात्र किन ? यो त नेपाली साहित्यकै प्रबल खतरनाक खलनायक हो ।
एक योगीको अन्तरयात्रा
घनश्याम खड्का
यो हिउँदका आखिरी दिनहरू सुरु भइसके । अब काठमाडौंमा एउटा अनुहार देखिने छैन । कमिलासरी मान्छेको सिलिङबिलिङले रङमङ्गिएको यो खाल्डोलार्ई एउटा मान्छे हराएको कानोकान खबर हुने पनि छैन । तर, केही आँखा छन् अनाथालयमा, जसले उनको खोजी गर्नेछन् । केही अनुहार छन् गुम्बामा, जो उनको अनुपस्थितमा सुस्ताउनेछन् ।
अनि म मन्दिर गएँ !
सविता आचार्य
महिनावारी हुनुपरेकोमा दोस्रोपटक एकदमै दुःख लाग्यो । त्यो घटना–वर्णनभन्दा अघि केही थान फ्ल्यासब्याक । अनि अन्त्यमा वर्तमानको एउटा धारिलो परिवर्तनको प्लट ।
बनारस ब्लुज
दुर्गाप्रसाद श्रेष्ठ
म जनकपुरको सबेला बजारमा जन्मिएँ । बुबा काशीबहादुर (‘उदय’ का संस्थापक सम्पादक) ले आमा गर्भवती भएपछि ससुराली लिएर जानुभएको थियो । दुई सन्तान जन्मिनेबित्तिकै कालकवलित भएकाले म गर्भमा आएपछि ‘रिस्क’ लिन चाहनुभएन । ससुरा महोत्तरी मालमा मुखिया थिए । त्यहीं थिए आनन्दबहादुरका पिताजी ।
नायक, प्रतिनायक, नायकदेशीय
डा. महेशराज पन्त
पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१) लाई मेरै जिन्दगीमा सरकारले कहिले नायक, कहिले प्रतिनायक त कहिले नायकदेशीय बनाएकोले विषयप्रवेश गर्नुभन्दा अगाडि यी तीन शब्दबारे केही लेख्नुपरेको छ । हाम्रो संस्कारअनुसार, राम नायक हुन् भने रावण प्रतिनायक अर्थात् आजभोलिको भाषामा खलनायक । अब स्पष्ट पार्नुपर्ने शब्द छ नायकदेशीय ।
सोखिन संकलक
राजकुमार बानियाँ
जावलाखेलको घर छाड्दा अंशभन्दा पहिले पुस्तकको बन्डा मिलाए, इतिहासकार दाजुभाइ महेशराज–दिनेशराज पन्तले । छिनोफानो भयो, पुराना लेखोटजति दाजुले राख्ने, छापा किताबजति भाइले । विक्रम संवत् १७३४ देखि १९४० सम्मको हस्तलिखित पात्रो महेशकहाँ छन् भने त्यसपछिको मुद्रित पात्रो दिनेशकहाँ ।
मिराय–मिभानको बालसंसार
खगेन्द्र संग्रौला
तारानाथ शर्मा उर्फ टीएन सरको पातालमा छु म, वासिङ्टन डीसी नजिकको सुन्दर भर्जिनिया प्रदेशमा । यहाँको मौसम र महामहिम प्रेज्डेन्ट डोनाल्ड ट्रम्पको कुनै भर छैन । हिजो बिहान म उठ्दा तापक्रम ५० डिग्री फरेनहाइट थियो, आज बिहान म उठ्दा यो लहडी नाथे स्वाट्टै २५ डिग्री फरेनहाइटमा झरेछ ।
दर्शनशास्त्र चपाइरहेको ढाडेमुसो
नारायण ढकाल
१. सारा संसार रोएजस्तो गरी पानी दर्किरहेको थियो । मीनपचास उत्कर्षमा पुग्दा यसै पनि जाडो ज्यानमारा भएको थियो, त्यसमाथि धारिलो तरबारजस्तो झरी थपियो । यसबाहेक अर्को नमीठो खबर आएको थियो— उत्तरका हिमाली शृंखला तथा मुन्तिरका गाउँहरू हिउँको बोझले पुरिँदै थिए र दक्षिणतर्फको मधेस झन् अँध्यारो भएको थियो ।
माघ ११, २०७६
‘लोकसंगीतको सफ्टवेयर हाम्रै हो’
देवेन्द्र भट्टराई
किशोर गुरुङ (६०) आधुनिक संगीतका व्याख्याता एवं चिनिएका वाद्यवादक हुन् । क्लासिकल गिटारवादनमा ख्याति राख्ने किशोरले अमेरिकाको युनिभर्सिटी अफ हवाईबाट गुरुङ जातिमा रहेको घाटु परम्परामाथिको ‘इथ्नोम्युजिकोलोजी’ लाई आधार बनाएर मास्टर्स गरेका छन् ।
भाका सधैं परिवर्तनशील
आभास
संगीत छुट्टै भाषा हो । यो आफ्नै पद्धतिबाट सञ्चालित हुँदै आएको छ । त्यसैले संगीतको चर्चा गर्दा यसको वैज्ञानिकतालाई मध्यविन्दुमा राख्नुपर्ने हुन्छ । यो गणित पनि हो र यसका तरंगहरू आफ्नै हिसाबले सञ्चालित भएका हुन्छन् ।
‘माइतीघरमा के छ र मेरो !’
नारायणी देवकोटा
विवाहको दिन बेहुला अन्माएपछि बेहुलाको घरमा महिलाहरूले गर्ने रमाइलो (त्यो पनि विशेषगरी पुरुषहरूका लुगा लगाएर यौन–सम्बन्धका विषयमा व्यक्त गरिने प्रहसन) लाई रत्यौली भनी बुझ्ने गरिएको पाइन्छ । त्यसैले पनि मान्छे (पुरुष) हरूले रत्यौलीका गीत भन्नेबित्तिकै महिला–पुरुषका यौनजन्य क्रियाकलापसँग सम्बन्धित गीत भनेर व्याख्या गरिरहेको भेटिन्छ ।
गीत खाने, गीतै लाउने
नवीन विभास
‘कोक्करे को कोलोलो ऽऽऽ !’ भाले बासेपछि जेई उठ्छिन् । चिचिले सनाई बजाउँदै जेईलाई पछ्याउँछु । पिठ्युँमा बोक्छिन् । चाखी नार्छिन् । चाँखी संगीतमा पिठो होइन, गीत पिँध्छिन् । चाँखी धुन गाँसिएको जेई गीत लोरी सुनेजसरी निदाउँछु ।
सोरठीमा माझी–कुमाले कथा
छम गुरुङ
मलाई सङ्लै याद छ । सानो छँदा आमाले नाङ्लोले निफन्दा, जाँतो घुमाउँदा, ‘थर्‍≈व’ (बख्खुको तान) बुनिरहँदाको नियमित ध्वनिसमूह । बाले जोत्दा, मदुस बनाउँदा, निगालो चिर्दाको आवाजको तिखो–याद । सामूहिक या एकल श्रम पर्दा सामूहिक लयबद्धता कायम गर्न गीत गाइन्छ । मेरो गाउँतिर ‘स्योंदास्योंदी स्योऊ...’ एकसाथ बोलिन्छ । यो थेगो हो, श्रमिकको लयबद्ध आवाज ।
सेलो हिँडेको बाटो
फूलमान वल
उनी हुन् ताम्बा । पङ्खे तामाङ । मधुरो नै सही, अझै पनि गाउँघरतिर उनको स्वर सुरिलो नै सुनिन्छ । उनको स्वरसँग धूवाँले खाएको निख्खर कालो रङको डम्फुको ताल पनि जोडिएर बग्छ । पेङ दोर्जेको कथा जीवित हुन खोज्छ । सिंगो तामाङ सेलोको गीति परम्परा तंग्रिने प्रयास गर्छ ।
सामूहिक धुन
सुरेश किरण
संगीतलाई निकालिदिने हो भने नेवाः समुदायको जीवनको सुरसमेत खलबलिने खतरा हुन्छ । संगीतलाई यसरी जीवनसँगै जोडेर अनुष्ठान गर्ने जाति नेपालमा मात्र होइन, संसारमै विरलै होलान् ।
सृष्टि ब्युँझाउने आवाज
झुमा लिम्बू
हाक्पारे, ‘एऽऽ’ भन्दै सुरु हुन्छ र ‘ओरिल्लो’ भनेपछि टुंगिन्छ । त्यसैले एऽऽ भन्दै अब के भनौं भने, यो आलेख पढिरहेका मान्यजन, इष्टमित्र र साथीभाइलगायत यस ब्रह्माण्डमा रहेका सबै जीव, रूख, बोटबिरुवा अनि सुन्दर फूलहरू तथा दिवंगत भइसकेका प्रिय आत्माहरू, हामी आज मुन्धुमभित्रको हाक्पारे संगीतबारे कुरा गर्दै छौँ ।
कहाँ हराए यी गीत ?
ठाकुरसिंह थारू
प्रकृतिलाई रिझाउन थारूहरू गीत गाउँछन् । जेठ असारमा पानी परेन भने ‘सिंँगरो र राजाचबिरल’ गुन्जाउँछन् । विरहको यो गीतले प्रकृति पनि निरीह बन्छ र वर्षा हुन्छ जनविश्वास अझै छ । राजा चरिबल उहिलेका राजाको जीवनीमा अधारित छ । यसमा महिलाहरू पुरुष बन्छन् ।
मुन्दुम : लयको महासागर