text stringlengths 2 914 |
|---|
भोगीराज चाम्लिङ |
सांगीतिक क्षेत्रमा एउटा ठट्टा खुबै प्रचलित रहेछ, ‘किरात राई समुदायको कुनै गायक–गायिका भेटियो भने उसलाई कुन जिल्लाको भनेर नसोध्नू । बरु सीधै सोध्नू— खोटाङ कुन ठाउँको हो ?’ हुन पनि हो, ‘राई इज किङ’ अर्थात् राजेशपायल राईदेखि अहिलेकी ‘हिट’ गायिका मेलिना राईसम्म खोटाङकै हुन् । |
गुमाउँदै विरासत |
कान्तिपुर संवाददाता |
सरस्वती हृदयालंकार नामक संगीतग्रन्थ सिमरौनगढका महराज न्यानसिंह देवद्वारा एक हजार इ. मा लेखिनुले नै मैथिली संगीतको पाकोपनालाई दर्साउँछ । मिथिलाका प्रसिद्ध संगीत घरानामध्ये अहिले अमता घरान मात्रै अस्तित्वमा छ । रामचतुर मल्लिक, विदुर मल्लिक, अभय मल्लिक गायकीमा आदरपूर्वक लिइने नाम हो । |
हाम्रो न्याउल्या |
यज्ञराज उपाध्याय |
जुम्लाको सिंजा क्षेत्रबाट नेपाली भाषाको उत्पतिसँगै न्याउल्या गीतले पनि आफ्नो स्वरूपलाई फिँजाउन थालेको हो । सेती, महाकाली र कर्णाली क्षेत्रका विविध विशेषता बोकेका सबै गीतलाई मात्र देउडा भनेर बुझ्ने गरिएको छ । अहिले त देउडा भाषाको गीत भनेर केन्द्रीय सञ्चारमाध्यमबाट प्रसारण/प्रकाशन हुन थालेका छन् । तर, देउडा, डेउडा र न्याउल्या फरक हुन् । |
सारंगी विरह |
दुर्गालाल केसी |
त्यतिबेला गाउँघरमा रेडियो, टेलिभिजन, फोन, इन्टरनेट, हुलाक, यातायातका साधन केही थिएनन् । मनोरञ्जन र सञ्चारका कुनै पनि साधन नभएको बेला भरपर्दो आधार गन्धर्वहरू नै थिए । |
राष्ट्रवादको जालझेलमा रैथाने संगीत |
अनुप सुवेदी |
संगीतका अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संगीतका मूर्धन्यले गरेको सांगीतिक प्रस्तुतिपछि विदेशीको प्रश्न हुन्छ, ‘तिम्रो संगीत राम्रो थियो तर किन इन्डियन संगीत प्रस्तुत गरेको ? के नेपालको आफ्नै संगीत छैन ?’ चीनमा भएको एउटा संगीत सम्मेलनमा सांगीतिक प्रस्तुतिपछि यस्तै खालका प्रश्नको सामना गर्नुपरेपछि आफू झस्किएको अम्बर गुरुङले एउटा अन्तर्वार्तामा बताएका थिए । |
संकटको भुमरी |
आहुति |
निसले जीवनमा दुई जिनिस उत्पादन गर्छ । एक, आफूजस्तै मानिस । दुई, जीवनलाई आवश्यक भौतिक र बौद्धिक सामग्री । बौद्धिक सामग्रीमध्ये एक हो— संगीत । संगीतले मानव मनको भाव व्यक्त गर्छ, त्यो भाव निश्चित भाषामा सबैभन्दा बढी व्यक्त हुन सम्भव हुन्छ । |
माघ ४, २०७६ |
‘मेरो देश कुन हो ?’ |
अभय श्रेष्ठ |
यो ‘खोल्देऊ’ कथा पढ्दा संवेदनशील जो कोही पाठकलाई आँसु थाम्न मुस्किल पर्छ । छ्यांगै नखोलिएकोले यस कथाको अन्त्यको व्याख्या पाठकपिच्छे अलग अलग हुन सक्छ । |
खोल्देऊ |
सआदत हसन मन्टो |
अमृतसरबाट दोस्रो प्रहर दुई बजे स्पेसल रेल हिँड्यो । आठ घण्टापछि मुगलपुरा पुग्यो । बाटोमै कैयन् व्यक्ति मारिए । कैयन् घाइते भए । केही व्यक्ति यताउता भड्किए । |
केही प्रश्न केटाहरूलाई |
अमृता अनमोल |
अफिसबाट फर्किंदै थिएँ । साथी निर्मलाले चिया पिउन निम्ता गरी । नजिकैको चियापसल पुग्दा एक जना अपरिचित अनुहार पनि थियो त्यहाँ । उसको बाल्यकालको साथी रे ! मलाई देख्नासाथ ऊ मुस्कुरायो । निकै परिचित जसरी हात चरप्प छोप्यो । |
अच्युतानन्दको ‘विमानशास्त्र’ |
टीका ढकाल |
सत्ताईसौं अध्यायमा पुगेपछि बालकृष्ण समका ‘मेरो कविताको आराधन’ आकाशबाट कागजको कलेवरमा खसेको अलिकति उज्यालोजस्तै भइदिन्छ । त्यही रोमाञ्चक उज्यालोले डोर्याएर प्राचीन ग्रीसेली किंवदन्तीमा वर्णित आइकारस र डिडालसको कथा हुँदै आर्य सभ्यताका महर्षि भरद्वाजकृत ‘बृहद विमानशास्त्रसम्म’ लैजान्छ । त्यससँग सम्बद्ध रहेर बीसौं शताब्दीमा भएका केही मनोरञ्जक, केही अपत्यारिला वैज्ञानिक प्रयोगसम्म खिंच्छ । |
रण–हारको प्रत्यक्ष बयान |
डा. महेशराज पन्त |
पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले भक्तपुर जितेको ३ महीना पनि नपुग्दै त्यही साल फाल्गुनकृष्ण एकादशीको दिन उनका दरबारिया कवि ललितावल्लभले त्यस विजयलाई मूल विषयवस्तु बनाई ‘भक्तविजयकाव्य’ लेखेकाले गोरखालीले भक्तपुरविजयलाई ठूलो ठानेको देखिन्छ । |
यात्रा : ‘अब्जेक्ट’ टु ‘सब्जेक्ट’ |
सरिता तिवारी |
द सेकेन्ड सेक्स ! ‘सेक्स’ शब्दको सार्वजनिक उच्चारणसम्म गर्न पनि डराउँथें । भाषाको शाब्दिक अर्थ मात्रै बुझ्ने हुस्सु तर म मात्रै रहेनछु, पछि थाहा पाएँ । त्यस्तो बेला यस्तो विस्फोटक शब्द भएको किताब लेख्ने लेखकबारे झनै उदेकको धारणा सुनेकी हुँ सुरुमै । लेखक नै थिए ती जो उनलाई— छाडा, अराजक, नारी–मुक्ति आन्दोलनविरोधी, ‘तथाकथित’ नारीवादी... मार्क्सवादविरोधी आदि भन्थे । |
‘शोले’ एक ‘क्लासिक’ लोकेसन [तस्बिरहरु] |
विकास रौनियार |
‘शोले’ सम्झँदा म पुराना दिनतिर बरालिन्छु । त्यो फिल्म हेर्न हामीले व्यापक प्रतीक्षा गर्नुपरेको थियो । नेपालमा धर्मेन्द्र अघोषित ब्यान्ड थिए । त्यसैले शोले हेर्न धेरै दर्शक रक्सौल पुग्नुपरेको थियो । |
विरोधाभासको इन्द्रजालमा सिनेमा–बहस |
मनोजबाबु पन्त |
बीसौं सदीको मध्यतिरको कुरा हो, जुन बेला जुग महान युद्ध लड्न व्यस्त थियो, जवान आत्माहरूको लासको पसारो लगाएर सभ्यता गजबको गाथा लेखिरहेथ्यो इतिहासमा । ठीक त्यसैबेला, आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउन थालेको सिनेमा भने आफ्नै अस्तित्व संकटको अप्ठ्यारो युद्ध लडिरहेको थियो । |
दिव्योपदेश : प्रामाणिक कि अप्रामाणिक ? |
सुजित मैनाली |
एक गत शनिबार कान्तिपुर ‘कोसेली’ ले पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ को (अ) प्रामाणिकताबारे चर्चा गरेका तीनवटा सामग्री प्रकाशन गर्यो । तीमध्ये ‘अप्रमाणित ‘दिव्योपदेश’ !’ शीर्षकमा पत्रकार सङ्गीतको लेख केही वर्ष हतार गरेर लेखिएको देखिएकाले र यो प्रमाणबिनाका ठूल्ठूला दाबीले भरिएकाले यसबारे टिप्पणी गर्न आवश्यक ठानिएन । |
म्याडम गीता |
श्रवण मुकारुङ |
हाम्रो पहिलो भेट महिला मुक्ति आन्दोलनको दिन भएको थियो गुप्तचर र आन्दोलनकारीहरुले घेरिनुभएको थियो तपाईं तपाईंको हातमा ‘आदिवासी आवाज’ नामको बुलेटिन थियो |
डायरीमा डोरबहादुर |
वसन्त थापा |
नेपाली ‘मानवशास्त्रका पिता’ भनेर ख्याति कमाएका प्राध्यापक डोरबहादुर विष्ट ९३ वर्षअगाडि आजकैदिन अर्थात् माघ ४ गते ललितपुरको काँठ झरुवारासीमा जन्मेका थिए ।‘पिपुल अफ नेपाल’, ‘सबै जातका फूलबारी’, ‘रिपोर्ट फ्रम ल्हासा’, ‘सोताला’, ‘फेटलिज्म एन्ड डेभेलपमेन्ट’ आदि पुस्तकका लेखक विष्टले जीवनको उत्तरार्द्धमा जुम्लाको चौधबीसामा कर्णाली इन्स्टिच्युट स्थापना गरेर त्यहाँको विकास कार्यमा योगदान गर्नुका साथै आफ्नो विषयमा स्थलगत तथा प्रायोगिक अनुसन्धान गर्दै आएका थिए । |
‘बड्डाको’ को डोब |
रवीन्द्र ढकाल |
मानवशास्त्री डोरबहादुर विष्ट २०४८ सालमा जुम्लाको चौधबीसा उपत्यका पुगे । उद्देश्य थियो– समाज विज्ञानका सिद्धान्तलाई व्यवहारमा उतार्नु ।यही चौधबीसाबाट २०५२ सालको अन्त्यतिर उनी जुम्ला बजार हुँदै नेपालगन्ज उडेका थिए । त्यसपछि उनी हराए । |
धमिलिँदै गएको तस्बिर |
सौरभ |
आफ्ना अर्थहीन कुराहरू पनि असंख्यलाई महत्वपूर्ण लाग्छ । तर, त्यसमा सार्वजनिक रुचि हुनुपर्छ भन्ने छैन । |
'देश बलियो बनाउने नाममा शासकहरु मानिसलाई अलग्याउँदै छन्' |
सुरज सुवेदी |
पाकिस्तानमा जन्मिएको २५ वर्षीय लेखक जमिल जान कोचाईको पहिलो किताब ’९९ नाइट्स इन लोगाड’ डीएससी पुरस्कारको सर्टलिस्टमा परेको खबरले उत्साहित थिएँ । उनी पोखरा आउँदै थिए । म पोखरा जाँदै थिएँ। पोखरामा पुगेकै साँझ खाना खाने बेलामा उनलाई देखेँ। कसैसँग गफ गरिरहेको थिए। मलाई भेटेर कुरा गर्न मन भएको भए पनि गएर बोलाइहाल्न मन लागेन। उनको बारेमा थप बुझेर मात्र भेट्छु सोचेँ। |
पुस २६, २०७६ |
अग्निवर्षा कविता |
विमल निभा |
महिला रचित संख्य–असंख्य कविताहरु |
जुत्ताको मानवशास्त्र |
डम्बर चेम्जोङ |
मानिसले खासगरी चिसो ठिही, ढुंग्यान, पत्थरिलो गेग्रर्यान, काँडे झाडीमा हिँड्दा खुट्टाको वचावटका लागि जुत्ता नामको पहिरन अनेक रूपमा क्रमशः निर्माण गर्यो । आफूलाई शारीरिक कठिनाइबाट बचाउन र खुट्टालाई सुरक्षित राख्न रूखको बोक्रो, जनावरको छाला, रौँ, घाँसपातजस्ता वस्तुहरूबाट जुत्ता बनाई यसको प्रयोग भएझैं लाग्छ । |
दुई दशक, दुई घटना |
कुमारी लामा |
एक झल्को नमीठो साँझ भर्खरै बेहोरिसक्दा विगतको एउटा घटना तिखो बिझेको छ । हुन्छ नि घाउको पाप्रा कोट्याउँदाको कडा दुःखाइ । |
एउटा कविताको सामर्थ्य |
हरि अधिकारी |
आज भारतमा एक बेहतरिन उर्दू नज्म अथवा उर्दू भाषामा लेखिएको एक बहुतै सुन्दर कविताको चर्चा चुलिएको छ । कुनै एउटा नज्म अथवा कविता यसरी व्यापक चर्चामा आएको दृष्टान्त विरलै पाइन्छ । |
आयुको आँखीझ्याल |
कृष्ण खनाल |
मानिस दीर्घायु चाहन्छ । जन्मिएपछि प्राणीको मृत्यु अपरिहार्य छ, कहिले र कसरी भन्ने मात्र फरक हो । |
उडान नं. आईसी–८१४ |
मनबहादुर बस्नेत |
दुई घण्टा ढिलो भएपछि विमानकी सहयात्री रचना कत्यालसँग चिनापरिचय भयो, शान्ति श्रेष्ठको । नवविवाहित कत्याल दम्पती हनिमुनमा काठमाडौं आएको चुराबाट चिनिन् शान्तिले । |
९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ कहाँ थियो ? |
संगीत , दीपक सापकोटा |
मार्टिन चौतारीसँग सम्बद्ध इतिहासकार तथा अध्येता प्रत्यूष वन्त ‘समाज अध्ययन’ र ‘सिन्हास’ जर्नलका एकजना सम्पादक हुन् । उनको लेखन, सम्पादन र सहसम्पादनमा मिडिया, समाज र इतिहाससँग सम्बन्धित थुप्रै पुस्तक प्रकाशित छन् । |
शंका गर्नु नै अप्रामाणिक हो |
दिनेशराज पन्त |
नेपाल प्रज्ञा प्रतिष्ठनका प्राज्ञ दिनेशराज पन्त चर्चित इतिहासविद् हुन् । २०७३ सालमा उनले ‘पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनी’ नामक पुस्तक प्रकाशन गरेका छन् । |
अप्रमाणित ‘दिव्योपदेश’ ! |
संगीत |
संसारमा जति ठूला घटना हुन्छन्, त्यति नै ठूलो लोकहल्ली चल्छ । ठूल्ठूला संकट, युद्ध, महामारी, भुइँचालो आदिको प्रतिविम्बन लोकसाहित्यमा पाइन्छ । |
पृथ्वीको अटोबायोग्राफी र भ्यागुताको हर्ट अट्याक |
रमेश भुसाल |
काठमाडौंबाट उडेको फ्लाई दुबईको जहाज साम्यवादी परेछ । सबै इकोनोमी क्लास ।किनेर मदिरा वा खाना खान पाइने । यसलाई समाजवादी भन्नुपर्ला । जे भने पनि के फरक पर्छ र, आखिरमा संसार सालाखाला पुँजीवादी नै छ । वाद फरक छ व्यहोरा उस्तै । पुँजीवादको मियो गाढेर संसारभरि दाईं गरेको अमेरिका हिंडेको । तिनीहरूले पुँजीवादसँगै ज्ञानवादलाइ पनि अगाडि सारे । |
उसको खप्परमा गिदी छ |
किशोर नेपाल |
दीपक न्युयोर्कजस्तो संसारको राजधानीका रूपमा कहलिएको ठूलो शहरमा ‘उबर’ चलाउँछ भन्दैमा उसलाई ग्रेहाउण्ड बस अड्डाको लोकेसन पनि थाहा होला भनेर कसरी सोच्नु ? फोन गरेर बोलाउने मानिस आएर कारमा नबसेसम्म दीपकले कुनै पनि लोकेसनबारे सचेत हुनु आवश्यक थिएन । साँच्चै, न्युयोर्क जगमग र जीवन्त शहर हो । |
मिललवा शराबी सैंया |
भूषिता वशिष्ठ |
विवाह पञ्चमी भर्खरै सकिएको थियो । सहरबाट ध्वजा–पताका विसर्जन पनि गरिएको थिएन । तर, छोरी अन्माएर निश्चिन्त भएको घरजस्तै जनकपुर हलुंगो भएको थियो । गल्ली–गल्लीमा चास्नीमा झ्वाँइऽऽय डुबाइएका घेबरको राग तिख्खर थियो । सहरका कुना–कन्दरामा काई लागेका पुराना पोखरीको एक प्रकारको गन्ध व्याप्त थियो । सडक चौडा नभएका पनि होइनन्, एकाध आधुनिक भवन नबनेका पनि होइनन् । तर, आँतमा जनकपुर अझै पनि प्राचीन छ । |
पुस १९, २०७६ |
आफ्नै अनुहार खोजिरहेकाहरुलाई |
पूर्ण वैद्य |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.