text stringlengths 2 914 |
|---|
माघ ६, २०८१ |
पासपोर्ट घुम्ती शिविरमा अतिरिक्त रकम उठाउँदै एनआरएनए अस्ट्रेलिया |
नारायण खड्का |
अस्ट्रेलियामा सञ्चालन हुने पासपोर्ट घुम्ती शिविरमा एनआरएनए अस्ट्रेलियाले शुल्कबाहेक प्रशासनिक खर्चका नाममा अतिरिक्त रकम संकलन गर्ने गरेको छ । अस्ट्रेलियास्थित एनआरएनएले दूतावाससँग सहकार्य गर्दै विगत केही समयदेखि बिभिन्न राज्यमा पासपोर्टका लागि घुम्ती शिविर सञ्चालन गर्दै आएको हो । |
माघ ५, २०८१ |
बेलायतका लागि राजदूत घिमिरेले सम्हाले कार्यभार |
कान्तिपुर संवाददाता |
संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले आफ्नो कार्यभार सम्हालेका छन् । |
माघ १, २०८१ |
बेलायती मन्त्री भन्छन् : हाम्रा प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने उपयुक्त समय आयो |
नवीन पोखरेल |
दुई जना बेलायती मन्त्रीले प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन प्रयास थाल्ने बताएका छन् । वेस्टमिनिस्टरस्थित ब्रिटिस संसद्को पोर्टकुलिस हाउसमा सोमबार बेलुका आयोजित ‘नेपाल बेलायत सम्बन्ध’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै बेलायतको दक्षिण एसिया मामिला हेर्ने सहायक परराष्ट्रमन्त्री क्याथरिन वेस्टले ब्रिटिस प्रधानमन्त्रीले नेपालको भ्रमण गर्ने उपयुक्त समय आएको बताइन् । |
पुस २९, २०८१ |
लछुमन शाहीको स्मृतिमा लस एन्जलसमा गुराँस कप आयोजना हुँदै |
कान्तिपुर संवाददाता |
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा गुराँस कप आयोजना हुने भएको छ । लस एन्जलस गुराँस फाउन्डेसनका अनुसार यही जनवरी १८ र १९ मा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो । |
पुस २८, २०८१ |
लन्डनमा मनाइयो ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस |
नवीन पोखरेल |
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले लन्डनमा ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । पुस २७ कै दिन राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाइएको हो । |
पुस २३, २०८१ |
बेलायतमा नेपाली विद्यार्थीका पीडा : सोचेझैं रैनछ जिन्दगी |
नवीन पोखरेल |
वोर्स्टर विश्वविद्यालयमा बिजनेस म्यानेजमेन्टमा स्नातक गर्न गत जनवरी इन्टेकमा बेलायत टेकिन् २१ वर्षीया अन्जली (नाम परिवर्तन) । कानुनमा स्नातक पढ्दापढ्दै बेलायत आउने रहर जागेपछि परिवारलाई ‘कन्भिन्स’ गरेर उनी यता आइन् । तर, आएदेखि नै उनले धेरै उतारचढाव खेप्नु परेको छ । |
पुस २१, २०८१ |
जीपी कोइराला फाउन्डेशन अमेरिकाको अध्यक्षमा पुन: सोमनाथ घिमिरे |
कान्तिपुर संवाददाता |
गिरिजा प्रसाद (जीपी) कोइराला फाउन्डेशन अमेरिका च्याप्टरमा पुनः सोमनाथ घिमिरे अध्यक्ष भएका छन् । फाउन्डेशनकी संस्थापक केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले अमेरिका च्याप्टरको विधान बमोजिम घिमिरेलाई अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि पुन: नियुक्त गरेकी हुन् । |
पुस १५, २०८१ |
लन्डनमा गुन्जँदै कन्दरा |
नवीन पोखरेल |
सन् ९० को दशकमा पोखरेली ब्यान्ड ‘कन्दरा’ का गीत नसुन्ने विरलै भेटिन्छन् । कन्दराका पप गीत सुन्दै हुर्केको पुस्ता पनि ठूलो मात्रामा उनीहरूको जबर्जस्त फ्यान छन् । ‘हङकङ पोखरा’ सहित ‘तिमी पारि’, ‘चञ्चले कान्छी’, ‘लेककी हे माया’, ‘तगारोमा रुमाल राखी’ जस्ता लोक स्वादका हिट पप गीत दिएको कन्दरा ब्यान्ड दर्शक–श्रोताको मन जित्न सफल छ । |
पुस १३, २०८१ |
७ प्रदेशमा ७ दिनमा ७ म्याराथन गर्ने नेपाल रन युकेको तयारी |
कान्तिपुर संवाददाता |
लन्डनमा बर्सेनि नर्थल्ट टेन के रन गर्दै आएको नेपाल रन युकेले एउटा महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । बेलायतको नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित उक्त संस्थाले ७७७ नेपाल म्याराथन च्यालेन्ज गर्न लागेको हो । |
पुस १०, २०८१ |
हङकङमा ‘मर्स्याङ्दी साँझ’ |
आश गुरुङ |
हङकङको व्यस्त बजार यूएन लङस्थित अडिटोरियममा आइतबार साँझ मर्स्याङ्दी साँझ भएको छ । लमजुङ सेवा समिति हङकङको आयोजनामा भएको उक्त सांगीतिक कार्यक्रम झन्डै तीन घण्टासम्म चलेको थियो । नेपालदेखि पुगेका दर्जनभन्दा बढी कलाकारले हङकङवासी नेपालीलाई मनोरन्जन दिएका थिए । |
पुस ५, २०८१ |
जर्मनीका राष्ट्रपतिसमक्ष नेपालका राजदूत रूपाखेतीले बुझाए ओहोदाको प्रमाणपत्र |
कान्तिपुर संवाददाता |
जर्मनीका राष्ट्रपति फ्रान्क-वाल्टर स्टाइनमायरलाई नेपाली राजदूत शैल रूपाखेतीले बुधबार स्लोस बेल्भेउमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । |
डिसेम्बर २२ मा हङकङमा ‘मर्स्याङ्दी नाइट–६’ हुने |
आश गुरुङ |
लमजुङ सेवा समिति हङकङको आयोजनामा डिसेम्बर २२ तारिख (पुस ७ गते) आइतबार हङकङमा ‘मर्स्याङ्दी नाइट–६’ आयोजना गरिने भएको छ । |
मंसिर २८, २०८१ |
आबुधाबीमा ग्लोबल मिडिया कंग्रेस सम्पन्न |
कान्तिपुर संवाददाता |
यूएईको राजधानी अबुधाबीमा ग्लोबल मिडिया कंग्रेस (जीएमसी) सम्पन्न भएको छ । भेलामा विश्वभरिका प्रभावशाली नेताहरू, आविष्कारकहरू, नीतिनिर्माताहरू, र सामग्री सिर्जनाकर्ताहरूलाई एकत्रित गर्दै, मिडिया क्षेत्रको तीव्र डिजिटल रूपान्तरणको सन्दर्भमा बदलिँदो परिदृश्यहरूका बारेमा छलफल भएको थियो । |
मंसिर २४, २०८१ |
युद्ध पत्रकारदेखि स्काइडाइभिङसम्म |
नवीन पोखरेल |
हङकङबाट सन् १९९६ मा आमसञ्चारमा स्नातकोत्तर गरेपछि काठमाडौं, महाराजगन्जकी सुजिता शाहीले त्यहीं साउथ चाइना मर्निङ पोस्ट र स्टार टीभीमा इन्टर्नसिप गरिन् । त्यसताका विश्वकै सबैभन्दा लामो टिङकाउ ब्रीज बनिरहेको थियो । |
मंसिर २२, २०८१ |
पूर्वगोर्खा बुढामगरलाई बेलायतको 'एमबीई' अवार्ड |
कान्तिपुर संवाददाता |
कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने हरि बुढामगर 'एमबीई' अवार्डबाट सम्मानित भएका छन् । |
मंसिर २०, २०८१ |
नेपाल फुड्सलाई लन्डनमा उत्कृष्ट ब्रान्डको अवार्ड |
कान्तिपुर संवाददाता |
लन्डनमा आयोजित 'नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४' मा नेपाल फुड्सले उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । सोमबार विश्वप्रसिद्ध रोयल एस्कटमा आयोजित समारोहमा नेपाल फुड्सका निर्देशक विकास नेपालले अवार्ड लिए । |
मंसिर १९, २०८१ |
माओवादी केन्द्रको प्रवास समन्वय समितिद्वारा बाढीपीडितलाई ५ लाख सहयोग |
कान्तिपुर संवाददाता |
नेकपा (माओवादी केन्द्र) को प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । |
मंसिर १५, २०८१ |
राष्ट्रसंघको मञ्चमा मधेसीका मुद्दा |
कान्तिपुर संवाददाता |
संयुक्त राष्ट्र संघले गरेको अल्पसंख्यकका मुद्दा विषयको १७ औं सत्रमा मधेसी समुदायको विषयलाई उठान गरिएको छ । |
बेलायती सांसदहरुले पारित गरे स्वेच्छिक मरण सम्बन्धी विधेयक |
नवीन पोखरेल |
बेलायती संसद्को तल्लो सदन 'हाउस अफ कमन्स' ले गम्भीर रोगका कारण मृत्यु निश्चित भएका व्यक्तिले चाहेमा उसको मरणलाई सघाउने सम्बन्धी विधेयक’ पारित गरेको छ । |
मंसिर १४, २०८१ |
संसारभर छरिएका नेपालीहरू हङकङमा उद्यमशीलताबारे छलफल गर्दै |
कान्तिपुर संवाददाता |
फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरपेनर्स हङकङ (फिने) ले दुई दिने नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन सुरु गरेको छ । हङकङमा आयोजित सम्मेलनमा अस्ट्रेलिया, जापान, अमेरिका, बेलायतलगायतका देशमा उद्यमशीलता गरिरहेका नेपालीहरू भेला भएका छन् । |
खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग |
रासस |
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी छन् । |
मंसिर १२, २०८१ |
दार्जिलिङ पुस्तक मेला सम्पन्न |
कान्तिपुर संवाददाता |
पश्चिम बंगालको दार्जिलिङमा बर्सेनि हिउँदमा किताबको कुम्भमेला लाग्छ । यस वर्षको २९ औं दार्जिलिङ पुस्तक मेला बुधबार सम्पन्न भएको छ । पाँच दिने पुस्तक मेला गत शनिबार सुरु भई आज समापन भएको हो । |
मंसिर ११, २०८१ |
बेलायतमा हराइरहेका नेपाली विद्यार्थी सचिन सकुशल भेटिए |
कान्तिपुर संवाददाता |
बेलायतमा हराइरहेका एक नेपाली विद्यार्थी सचिन भट्टराई आठ दिनपछि सकुशल भेटिएका छन् । इंल्यान्डको बिस्टलमा उनीसँगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिए । |
मंसिर ९, २०८१ |
आठ दिनदेखि बेलायतमा हराइरहेका नेपाली विद्यार्थी अझै भेटिएनन् |
कान्तिपुर संवाददाता |
विगत आठ दिनदेखि बेलायतमा हराइरहेका एक नेपाली विद्यार्थी अझै भेटिएका छैनन् । उच्च शिक्षाका लागि करिब दुई महिनाअघिमात्र बेलायत आएका सचिन भट्टराईको खोजीमा सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको छ । |
मंसिर ६, २०८१ |
अस्ट्रेलियामा हेल्प नेपालको २५ औं वार्षिकोत्सव |
कान्तिपुर संवाददाता |
परोपकारी संस्थाका हेल्प नेपाल नेटवर्कले आफ्नो २५औं वार्षिकोत्सव अस्ट्रेलियाको राजधानी क्यानबेरामा मनाएको छ । संस्थाले नेपाल सहित विभिन्न देशमा आफ्नो शाखा स्थापना गरेर सामाजिक काम गर्दै आएको छ । |
मंसिर ३, २०८१ |
अस्ट्रेलियाको सिड्नीमा शनिबार हुने नेपाल महोत्सवको तयारी पूरा |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.