text stringlengths 2 914 |
|---|
पोर्चुगलमा रहेका नेपालीहरूले दूतावास कार्यालय नहुँदा त्यहाँ रहेका नेपालीहरूलाई सेवा लिन कठिन भएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । पोर्चुगलमा अहिलेसम्म दूतावास स्थापना भएको छैन । |
मुना पाण्डेको हत्या आरोपमा एक पक्राउ |
कान्तिपुर संवाददाता |
अमेरिकी राज्य टेक्सासको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली प्रहार गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् । प्रहरीले बुधबार बिहान संदिग्ध व्यक्तिका रुपमा तस्बिर सार्वजनिक गरेको केही घण्टामै शाह पक्राउ परेका हुन् । |
भाद्र १२, २०८१ |
टेक्ससको ह्युस्टनमा गोली हानेर नेपाली विद्यार्थीको हत्या |
कान्तिपुर संवाददाता |
अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा एक नेपालीको गोली हानेर हत्या भएको छ । नेपाली विद्यार्थी मुना पाण्डेको आफ्नै बसेको अपार्टमेन्टमा गोली हानेर हत्या भएको हो । |
भाद्र ११, २०८१ |
वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनको टप १३ मा सन्तोष राई |
नवीन पोखरेल |
पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिस्पर्धा गरेका खेलाडी सन्तोष राई टप १३ मा आउन सफल भएका छन् । राईले गत २५ अगष्टमा अष्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा भएको वर्ल्ड च्याम्पियनसीप अन्तर्गत एलिट क्याटेगोरीमा प्रतिस्पर्धा गरेका थिए । |
नेपाली पाठशाला र समाजमा नयाँ नेतृत्व |
नारायण खड्का |
दक्षिण अस्ट्रेलियामा रहेको नेपालीहरुको संगठन नेपाली पाठशाला तथा एडिलेड नेपाली समाजमा नयाँ नेतृत्व चुनिएको छ । पाठशालाले बिना धमलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो भने समाज पाठशाला तथा समाजले केही दिनअघि नयाँ नेतृत्व चयन गरेको हो । |
भाद्र १०, २०८१ |
लन्डनमा नेपाली मेला |
कान्तिपुर संवाददाता |
लन्डनमा आइतबार १५ औँ नेपाली मेला सम्पन्न भयो । तमुधि यूकेले विगतजस्तै केम्पटन पार्क रेस कोर्समा मेला गरेको हो । हजारौँ नेपाली सहभागी मेलामा बेलायतका ४० नेपाली संघ संस्थाले प्रस्तुत गरेका विभिन्न मौलिक झाँकी र नृत्यले लन्डन नेपालमय बन्यो। |
भाद्र ९, २०८१ |
अस्ट्रेलियाका नेपालीलाई लाग्याे तीज |
नारायण खड्का |
नेपाली महिलाहरूको महान् चाड तीज आउन करिब दुई साता बाँकी छ । तर अस्ट्रेलियामा भने तीजको लहर सुरू भइसकेको छ । तीजलाई अझ रमाइलो र सांगीतिक बनाउन करिब डेढ दर्जन कलाकार नेपालबाट आएपछि त अस्ट्रेलियाका हरेक सहरका नेपालीलाई तीजले छपक्कै छोपेको छ । |
टेक्ससमा 'अब नाच्छ अस्टिन' |
कान्तिपुर संवाददाता |
गोरखा ग्रुप एलएलसीले आगामी सेप्टेम्बर ८ मा अमेरिकाको टेक्ससस्थित अष्टिनमा 'अब नाच्छ अस्टिन'शीर्षकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली समूदायको महत्वपूर्ण चाड तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली कलाकारहरु रचना रिमाल, ज्योती मगर, सपनाश्री परियार र करिश्मा ढकालको प्रस्तुति रहनेछ । |
भाद्र ८, २०८१ |
एनआरएनए अस्ट्रेलियाको फाउन्डेसनलाई एसीएनसीबाट मान्यता |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाद्वारा स्थापित फाउन्डेसनले अस्ट्रेलियन च्यारिटीज एन्ड ननफर प्रोफिट्स कमिसन (एसीएनसी) बाट मान्यता पाएको छ । |
भाद्र ७, २०८१ |
बेलायतमा दक्षिणपन्थी समूहले गर्यो नेपालीको पब-रेस्टुरेन्टमा आगजनी |
नवीन पोखरेल |
बेलायतको नर्दन आयरल्यान्डस्थित नेपाली व्यवसायीको एक पब तथा रेस्टुरेन्टमा आगजनी भएको छ । बालीक्लेयर रोड, न्यूटाउन आबीमा रहेको रेलवे बार एन्ड स्टीम डाइनिङमा मंगलबार राती करिब १:५० बजे पेट्रोल बम प्रहार गरि आगजनी गरिएको व्यवसायी अब्जन आचार्यले जनाए । |
भाद्र ३, २०८१ |
क्यानडामा ‘प्रहेलिका’ का लेखक दाहाललाई ‘हिमटीका आख्यान पुरस्कार’ |
कान्तिपुर संवाददाता |
साहित्य परिषद् भुटानले विन्डसोर ओन्टारियोमा शनिबार आयोजित साहित्यिक सम्मेलनमा ‘प्रहेलिका’ उपन्यासका लागी जे.एन. दाहाललाई ‘हिमटीका आख्यान पुरस्कार’ प्रदान गरेको छ । |
भाद्र १, २०८१ |
तयारी गरेर मात्र क्यानडा आउन नेपाली विद्यार्थीलाई दूतावासको आग्रह |
कान्तिपुर संवाददाता |
क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सचेत गराएको छ । दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने विद्यार्थीले भाषा, सांस्कृतिक भिन्नता, बस्ने खानेको प्रबन्ध, स्वास्थ्य बीमालगायतका विषयमा आवश्यक तयारी गरेर मात्र क्यानडा आउन आग्रह गरेको हो । |
श्रावण ३०, २०८१ |
प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा कार्की |
कान्तिपुर संवाददाता |
प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनले चुडामणि कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । |
श्रावण २९, २०८१ |
नेपाली मूलका अमेरिकाबासीका लागि 'इन्ट्रा कप फुटबल र भलिबल' प्रतियोगिता हुने |
कान्तिपुर संवाददाता |
अमेरिकास्थित नेपाली मूलका नेपालीहरुका लागि सर्वाधिक पुरस्कार राशीका फुटबल र भलिबल खेलहरु आयोजनाको घोषणा गरिएको छ । प्रतियोगिता अगष्टको अन्तिम सातादेखि सेप्टेम्बरको दोस्रो सातसम्म चल्नेछ । |
श्रावण २६, २०८१ |
नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने क्रम उच्च |
नारायण खड्का |
अस्ट्रेलियाले आफ्नो शैक्षिक नीतिमा कडाई गरेसँगै यसको असर अस्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीमा समेत देखिएको छ । सरकारले हालै जारी गरेको तथ्यांक अनुसार नेपाली विद्यार्थीको भिसा आवेदनको अस्वीकृत दर गतवर्षको तुलनामा अत्यधिक बढेको छ । |
श्रावण २२, २०८१ |
बेलायतमा हुलदंगा भएका स्थानमा नजान नेपाली दूतावासको आग्रह |
कान्तिपुर संवाददाता |
बेलायतस्थित नेपाली दूतावासले केही दिनदेखि बेलायतका विभिन्न सहरमा विरोध प्रदर्शन तथा हुलदंगा मच्चिएकाले सतर्क रहन नेपालीहरूलाई आग्रह गरेको छ । |
श्रावण २१, २०८१ |
नेपथ्य अमेरिका श्रृंखला कोलोराडोको बोल्डरमा |
कान्तिपुर संवाददाता |
नेपथ्य अमेरिका श्रृंखला २०२४ यात्राको सुरुवात कोलोराडोको बोल्डरबाट भएको छ । अमेरिकाका सातवटा शहरहरुमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने हिसाबले साँगीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुति बोल्डरमा गरेको हो । |
एनआरएनए कप बीवाईएनसीले जित्यो |
कान्तिपुर संवाददाता |
पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाईएनसी) ले जितेको छ । एनआरएनए यूकेले शनिबार लन्डन फेल्थाममा गरेको पहिलो फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउन्ड नगद र पदक प्राप्त गरेको हो । रनरअप भएको प्लमस्टिड गनर्सले एकहजार पाउन्ड नगद र मेडल प्राप्त गरेको छ । |
श्रावण २०, २०८१ |
नेपाल एयरलाइन्सले सिड्नी-काठमाडौं उडान गर्ने |
नारायण खड्का |
यही दशैंदेखि अस्ट्रेलियाको सिड्नीबाट यहाँ रहेका नेपालीले आफ्नै बिमानमार्फत नेपालको यात्रा तय गर्ने पाउने भएका छन् । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने बिषयमा नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ । |
श्रावण १९, २०८१ |
राहदानीकालागि आवेदन संकलन गर्न राहदानी विभागको टोली पोर्चुगलमा |
रासस |
पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन सङ्कलन गर्न विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको हो । |
श्रावण १७, २०८१ |
अल्बर्टा क्यानाडामा नेपाल चेम्बर अफ कमर्स खुल्यो |
कान्तिपुर संवाददाता |
क्यानाडाको एबी प्रान्तको क्यालगारी सहरमा विधिवत रुपमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्स (एएनसीसी) को उद्घाटन गरिएको छ। |
लन्डनमा नेपाल फूड्सलाई चारवटा 'ग्रेट टेस्ट अवार्ड' |
नवीन पोखरेल |
नेपाल फूड्सले आफ्नो उत्कृष्ट उत्पादन हट मोमो सस, चिली आयल विथ स्रिम्प, चिकेन मोमो र फ्लेमिङ अकबरे स्टिक्सका लागि चार प्रतिष्ठित पुरस्कार जितेको छ । नेपाल फूड्सले गिल्ड अफ फाइन फुडद्वारा प्रदान गरिने ‘ग्रेट टेस्ट २०२४’ अवार्ड जितेको हो । |
श्रावण १५, २०८१ |
लन्डनमा ‘साहित्यलाई पाककलासँग पस्किने’ अभियान |
कान्तिपुर संवाददाता |
बेलायतमा ‘साहित्यलाई पाककलासँग पस्किने’ अभियान सुरु भएको छ । साहित्यसँग नेपाली खानाको संरक्षण, संवर्द्धन गर्न विदेशमा उक्त कार्यक्रम संचालन गरेको साहित्यकार डा संगीता स्वच्छाले बताइन् । बेलायतमा रहेका नेपालीको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा गुरखावुडककइन फेल्ब्रिजका सुरज पाण्डेले अभियानले विदेशमा नेपाली साहित्यलाई प्रचारप्रसार गर्न मद्दत पुगेको बताए । |
श्रावण १३, २०८१ |
३४ जनालाई न्याभको सम्मान |
कान्तिपुर संवाददाता |
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेको नेपालीको संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले समाजमा विभिन्न योगदान पुर्याएका ३४ जना नेपालीलाई सम्मानित गरेको छ । न्याभले हरेक दुई वर्षमा समाजमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्दै आएको छ । |
श्रावण ८, २०८१ |
चीन-दक्षिण एशिया मेला खुनमिङमा सुरु, नेपालका १ सय २० स्टल |
लक्ष्मी लम्साल |
चीनको युननान प्रान्तको राजधानी सहर खुनमिङमा मंगलबारदेखि ६ दिने आठौं चीन-दक्षिण एशिया मेला सुरु भएको छ । यस पटकको मेलामा ८२ वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन सहभागी भएका छन् भने उद्योग-व्यवसायहरूको संख्या २ हजारभन्दा बढी छ । |
श्रावण ६, २०८१ |
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाललाई सफलता |
कान्तिपुर संवाददाता |
बेलायतको बाथमा आयोजित ६५ औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । १०८ देशका ६०९ जना विद्यार्थी सम्मिलित उक्त प्रतिस्पर्धामा नेपालका कृतेश ढकाल र श्रेयस शर्मा बास्तोलाले एक-एक वटा अनरेबल मेन्सन (एचएम) दिलाएका हुन् । |
श्रावण २, २०८१ |
न्युयोर्कमा मिथिला चित्रकला प्रदर्शनी |
कान्तिपुर संवाददाता |
संयुक्त राष्ट्र संघको मुख्यालय, न्युयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ बिहीबारबाट प्रदर्शनी औपचारिक रूपमा सुरु भएको हो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.