text
stringlengths
2
914
असार ३१, २०८१
पत्रकार महासंघ बेलायतमा पहिलो महिला अध्यक्ष निर्वाचित
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्षमा विमला सेने निर्वाचित भएकी छन् । आइतबार गोर्खा भवन फार्नबरोमा सम्पन्न शाखाको छैठौं अधिवेशनले सेनेको नेतृत्वमा नयां कार्यसमिति निर्वाचित गरेको हो ।
असार २८, २०८१
दूतावासमा राजदूत आचार्यको बिदाई, आइतबार नेपाल फर्कने
कान्तिपुर संवाददाता
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य यही आइतबार नेपाल फर्कने भएका छन् । दिउँसो कतार एयरवेजमार्फत उनी सपरिवार नेपाल फर्कन लागेका हुन् । नेपाल सरकारले गत ६ जुनमा बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
असार २७, २०८१
म्यानचेस्टरमा ‘नेपाल इभिनिङ’
कान्तिपुर संवाददाता
लन्डनस्थित नेपाली दूतावासले मंगलबार साँझ म्यानचेस्टरमा नेपाललाई प्रवर्धन गर्ने उद्देश्यसहित ‘नेपाल इभिनिङ’ गरेको छ । लन्डनमा हरेक वर्ष पर्यटन प्रवर्धन कार्यक्रम गर्दै आएको दूतावासले यसपटक म्यानचेस्टरमा गरेको हो ।
असार २६, २०८१
डब्लिनमा मनाइयो नेपाल-आयरल्यान्ड दिवस
कान्तिपुर संवाददाता
आयरल्यान्डको राजधानी डब्लिनस्थित फोनिक्स पार्कमा नेपाल-आयरल्यान्ड दिवस मनाइएको छ । गैर आवासीय नेपाली संघ आयरल्यान्ड र नेपाल आयरल्यान्ड सोसाइटीको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम गरी आइतबार उक्त दिवस मनाइएको हो ।
असार २४, २०८१
अमेरिकाको सान् फ्रान्सिस्कोमा कन्सुलेट कार्यालयको माग
कान्तिपुर संवाददाता
नेपाल सरकारको दूतावास र कन्सुलेट कार्यालय वर्षौंदेखि अमेरिकाको एक भेगमा मात्रै सीमित हुँदा अन्य क्षेत्रका नेपालीले सास्ती खेप्नु परेको छ । पश्चिम क्षेत्रमा नेपालीको संख्या हजारौं भएपनि सरकारी निकाय पूर्वी तटमामात्रै सीमित हुँदा पासपोर्ट लगायतका सेवामा समस्या भएको हो ।
असार २२, २०८१
नेपाली मुलका डेलिगेट भण्डारीलाई अमेरिकामा विधायिकी नेशनल अवार्ड
कान्तिपुर संवाददाता
मेरिल्यान्ड राज्यको निर्वाचित जनप्रतिनिधि तथा नेपाली मुलका डेलिगेट ह्यारी भण्डारीलाई अमेरिकामा विधायिकी नेशनल अवार्ड प्राप्त भएको छ ।
असार १६, २०८१
दुई नेपाली शल्य चिकित्सकलाई स्कटल्याण्डमा अवार्ड
कान्तिपुर संवाददाता
विश्वको सबैभन्दा पुरानो शल्य चिकित्सा संस्थान एडिनवर्गस्थित रोयल कलेज अफ सर्जनबाट दुई नेपाली शल्य चिकित्सकले अवार्ड पाएका छन् ।
असार १४, २०८१
कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी
रासस
कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ ।
असार १३, २०८१
नेपाल–स्पेन आईसीटी र हाइड्रोजन टेक्नोलोजीमा सहकार्यको लागि भेला
कान्तिपुर संवाददाता
स्पेनस्थित नेपाली दूतावासले बुधबार ‘आईसीटी परामर्श र हाइड्रोजन टेक्नोलोजीः नेपाल र स्पेन बीचको सहयोगका लागि उत्प्रेरक’ शीर्षकमा एक विशिष्ट भेला आयोजना गर्‍यो । यो कार्यक्रम स्पेनको राजधानी म्याड्रिडमा भएको थियो । जहाँ ५० भन्दा बढी अग्रणी हरित ऊर्जा, हाइड्रोजन उत्पादन र प्रविधि कम्पनीहरूका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।
असार १०, २०८१
लन्डनमा तेस्रो ए स्टार नेप्लिज बास्केटबल लिग डिबीएसले जित्यो
कान्तिपुर संवाददाता
नेपाल बास्केटबल यूकेद्वारा आयोजित तेस्रो ए स्टार नेपलिज बास्केटबल लिग डिबीएस हेजले जितेको छ । लन्डन अक्सब्रीजस्थित ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा शनिबार आयोजित फाइनलमा डिबीएसले ग्रीनफोर्ड नाइट्सलाई पराजित गर्दै दोस्रो पटक च्याम्पियन बनेको हो ।
असार ९, २०८१
अस्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यका लागि वाणिज्य दूत नियुक्त
नारायण खड्का
अस्ट्रेलियाका दुई ठूला राज्यमा नेपाल सरकारले वाणिज्य दूत नियुक्त गरेको छ । जनसंख्याका हिसाबले सबैभन्दा ठूलो राज्य न्यु साउथ वेल्समा सञ्जीव शर्मा र दोस्रो ठूलो राज्य भिक्टोरियामा निराजन गौलीलाई वाणिज्य दूत नियुक्त गरिएको हो ।
जेष्ठ ३२, २०८१
कतारमा नेपाली श्रमिकलाई गर्मीसम्बन्धी सचेतना तालिम
कान्तिपुर संवाददाता
खाडी मुलुक कतारमा कार्यरत नेपाल मजदुरहरूलाई नि:शुल्क सचेतनामूलक तालिम प्रदान गरिएको छ ।
जेष्ठ ३०, २०८१
अस्ट्रेलियाद्वारा विद्यार्थी भिसामा थप कडा नियमको घोषणा
नारायण खड्का
कोभिडपछि अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडा नियम लगाउँदै आएको अस्ट्रेलियाले बुधबारबाट अझ कडाई गरिने जनाएको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन् ।
जेष्ठ २७, २०८१
प्राध्यापक सुवेदीको जीवनी लन्डनमा लोकार्पण
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको जीवनी लन्डनमा विमोचन गरिएको छ।बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले 'प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म' नामक पुस्तक लोकार्पण गरेका हुन्।
जेष्ठ २१, २०८१
लन्डनमा विशेष कार्यक्रमसहित बुद्धजयन्ती
नवीन पोखरेल
लन्डनमा एक विशेष कार्यक्रमसहित २५६८औं बुद्धजयन्ती मनाइएको छ । बुद्ध फाउन्डेसन यूकेको आयोजनामा आइतबार वुल्लिचस्थित जनरल गोर्डन स्क्वायरमा कार्यक्रम भएको हो ।
जेष्ठ १७, २०८१
रानाभाट बने लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचको मेयर
कान्तिपुर संवाददाता
नेपालीमूलका काउन्सिलर जीत रानाभाट लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचको मेयर निर्वाचित भएका छन् ।
जेष्ठ १६, २०८१
बेल्जियममा नेपाली खाना महोत्सव
नवीन पोखरेल
बेल्जियममा नेपाली खाना महोत्सव आयोजना भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमले नेपाली राजदूतावास ब्रसेल्सको संयोजकत्व र सहकार्यमा सप्ताहन्त महोत्सव गरेको हो ।
जेष्ठ १२, २०८१
महजात्राका लागि मदनकृष्ण तथा हरिवंश अस्ट्रेलियामा
नारायण खड्का
कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसहित करिब आधा दर्जन कलाकारको टोली अस्ट्रेलिया तथा न्युजिल्याण्डमा आयोजना हुन लागेको महजात्रा कार्यक्रमका लागि पश्चिम अस्ट्रेलिया आइपुगेका छन् ।
जेष्ठ १०, २०८१
बेलायती प्रधानमन्त्री कार्यालयमा बुद्ध जयन्ती
कान्तिपुर संवाददाता
सम्भवत: बेलायतको इतिहासमै पहिलोपल्ट लन्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय तथा निवास १० डाउनिङ स्ट्रिटमा २२ मे बिहीबार बुद्ध जयन्ती मनाइयो । गत वर्षहरुमा बेलायतको संसद् भवनभित्र बुद्ध जयन्ती मनाइन्थ्यो भने यसपल्ट प्रधानमन्त्रीको कार्यालय र निवासमा मनाइएको हो ।
जेष्ठ ६, २०८१
अस्ट्रेलियामा दुई सञ्चारकर्मीलाई भानुभवानी पत्रकारिता पुरस्कार
कान्तिपुर संवाददाता
अस्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै दुई जना सञ्चारकर्मीलाई `भानु भवानी पत्रकारिता पुरस्कार २०८१´ बाट पुरस्कृत गरिएको छ
वैशाख २६, २०८१
पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा राई
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौं अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ ।
वैशाख २२, २०८१
नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा पाण्डे
कान्तिपुर संवाददाता
नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् । मञ्चको शनिबार क्यानबेरामा भएको छैटौं अधिवेशनले पाण्डेको नेतृत्वमा सहमतिबाट ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
वैशाख १९, २०८१
बेलायतमा नेपाली कन्सर्ट हुँदै
रासस
मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ । यही वैशाख २३ गते बेलायतको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबको हलमा आयोजना हुने कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
वैशाख १८, २०८१
अमेरिकामा केसीलाई एएपीआई लाइफ टाइम अचिभमेन्ट अवार्ड
कान्तिपुर संवाददाता
अमेरिकामा प्रल्हाद केसीलाई ‘द कमनवेल्थ अफ मासाचुसेट्स राज्यको एसियन अमेरिकन तथा प्यासिफिक आइस्ल्यान्डर कमिसन’ (एएपीआई) ले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
वैशाख १६, २०८१
नेपाल जोडिएमात्रै रामायण सर्किट परियोजनाले पूर्णता पाउन सक्छ : निधि
कान्तिपुर संवाददाता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष महत्वका साथ चर्चामा ल्याएको ‘रामायण सर्किट’ परियोजनाको विकासले नेपाल र भारत दुवै देश लाभान्वित हुन सक्ने सरोकारवालाहरुले बताएका छन् । श्री राम सांस्कृतिक सोध संस्थान न्यासले आइतबार नयाँ दिल्लीमा गरेको रामायण सर्किटमाथिको चर्चामा नेपालका पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले रामायणले आदि कालदेखि दुई देशलाईं जोड्दै आएको बताएका छन् ।