text stringlengths 2 914 |
|---|
वैशाख १५, २०८१ |
जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै डा पौडेल |
रासस |
कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा दामोदर पौडेल दम्पती भने समुदायमै पुगेर सबैलाई (विशेष गरी नेपाली मूलका नागरिकलाई) सेवा दिइरहेका थिए । होप वेल हेल्थ केयर सेन्टरले ओहायो र अन्यत्रका करिब ४० ठाउँमा भौतिक र भर्चुअल स्वास्थ्य केन्द्र राखेर उपचार दिएको थियो । |
वैशाख १४, २०८१ |
युरोपेली देश क्रोएशियामा राजदूतावास खोल्न माग |
कान्तिपुर संवाददाता |
युरोप छिर्न चाहने नेपालीहरूको प्रमुख गन्तव्य बनेको युरोपेली देश क्रोएशियामा रहेका नेपालीहरुले राजदूतावास स्थापना गर्न माग गरेका छन् । उनीहरुले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै क्रोएशियामा राजदूतावास खोल्न माग गरेका हुन् । |
वैशाख ११, २०८१ |
लन्डन म्याराथनमा दौडिए १५० बढी नेपाली |
नवीन पोखरेल |
विश्व चर्चित लन्डन म्याराथनमा नेपाल र बेलायतस्थित नेपाली धावकले पनि प्रतिस्पर्धा गरेका छन् । आइतबार भएको म्याराथनमा नेपालका राष्ट्रिय खेलाडीसहित बेलायतमै रहेका करिब एक सय ५० नेपालीले दौडमा सहभागिता जनाए । |
वैशाख ५, २०८१ |
सानफ्रान्सिस्कोमा नेपाल डे परेड |
कान्तिपुर संवाददाता |
गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले यही अप्रिल १४ मा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम आयोजना गरेको छ । सिटीहलबाट सुरु भएको परेड स्थानीय मार्केट स्ट्रिटमा जम्मा भएर मनाइएको थियो । |
वैशाख २, २०८१ |
लन्डनमा उल्लासमय बिस्का : जात्रा |
नवीन पोखरेल |
सात समुद्रपार भएपनि लन्डन प्लमस्टिडको माहोल शनिबार भक्तपुरझैं देखिन्थ्यो । लन्डनबाहेक केन्ट, अल्डरसट, रेडिङ, बर्मिङहम, म्यान्चेस्टरदेखि स्कटल्यान्ड आदि सहरबाट समेत ओइरिएका नेपालीहरु मौलिक नेवारी पहिरन र गरगहनामा सजिएका थिए । |
बेलायतका नेपाली वैज्ञानिकलाई बायोसाइन्समा विश्व प्रतिष्ठित अवार्ड |
नवीन पोखरेल |
संयुक्त अधिराज्य (बेलायत)को स्कटल्यान्डस्थित युनिभर्सिटी अफ डन्डीका प्राध्यापक डा. गोपाल सापकोटालाई बायोसाइन्समा विश्वकै प्रतिष्ठित अवार्ड प्रदान गरिने भएको छ । ४९ वर्षीय सापकोटालाई 'द बायोमेडिकल सोसाइटी'ले सन् २०२५ का लागि 'द इन्ड्रष्टी एण्ड एकेडेमिक कोलाब्रेसन क्याटेगोरी' मा अवार्ड प्रदान गर्ने भएको हो । |
वैशाख १, २०८१ |
सिड्नीको व्यापारिक केन्द्रमा जथाभावी छुरा प्रहार |
नारायण खड्का |
अस्ट्रेलियाको सिड्नीस्थित ब्यस्त व्यापारिक केन्द्रमा एक व्यक्तिले शनिबार अन्धाधुन्ध हतियार प्रहार गरी ५ जनाको हत्या गरेका छन् । शनिबार स्थानीय समय अनुसार साँझको तीन बजेर २० मिनेटको समयमा भएको उक्त घटनामा एक बच्चाका साथै कैयौ घाइते भएका छन् । |
चैत्र २८, २०८० |
नैनीताल दुर्घटना : मृत्यु भएका ७ नेपालीको शव नेपाल ल्याइदै |
भवानी भट्ट |
भारत उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत बेतालघाट क्षेत्रको उच्चाकोटमा सोमबार राति जीप दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव बुझ्न आफन्त नैनीताल पुगेका छन् । आफन्तले शव बुझेर बुधबार नेपालस्थित घर ल्याउने तयारी गरेका छन् । |
चैत्र २६, २०८० |
समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता |
रासस |
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । |
चैत्र २४, २०८० |
नेपाली महासंघ मुम्बईमा नयाँ नेतृत्व |
कान्तिपुर संवाददाता |
संयुक्त नेपाली महासंघ मुम्बईको नयाँ अध्यक्षमा युवराज न्यौपाने चुनिएका छन् । उक्त संस्था मुम्बईमा विभिन्न पेसा व्यवसायमा रहेका नेपालीहरुले चलाएको पुरानो मध्येको हो । |
चैत्र २२, २०८० |
अमेरिकामा रन्जित गजमेर उत्सव हुने |
कान्तिपुर संवाददाता |
बलिउडका ‘मादल उस्ताद’ वरिष्ठ संगीतज्ञ रन्जित गजमेरको सम्मानमा अमेरिकी भुटानी नागरिकहरुले रन्जित गजमेर उत्सव आयोजना गर्दैछन् । |
चैत्र २१, २०८० |
कहिले बन्ला अस्ट्रेलियामा नेपाली दूतावास भवन ? |
नारायण खड्का |
योजनाअनुसार काम भएको भए अस्ट्रेलियाको राजधानी क्यानबेरामा झन्डै ३ वर्षअघि नै नेपालीको आफ्नै दूतावास भवन तयार भइसक्थ्यो । दूतावासले आफ्नै भवन निर्माणका लागि करिब ६ वर्षअघि नै जग्गा खरिद गरेको हो । तर जग्गा खरिद गरेको यतिका वर्ष बितिसक्दा भवन निर्माण हुन त सकेन नै, निर्माण प्रक्रियाले कुनै तदारुकता पाउन पनि सकेन । |
चैत्र २०, २०८० |
चीनमा नेपाली लेखकलाई उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान |
लक्ष्मी लम्साल |
चीनमा कार्यरत नेपाली पत्रकार चेतनाथ आचार्यले प्रतिष्ठित 'उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान' प्राप्त गरेका छन्। चिनियाँ अनुवादक संघले प्रदान गर्ने यस्तो सम्मान पाउनेमा आचार्य नै पहिलो नेपाली लेखक हुन्। |
चैत्र १८, २०८० |
उच्च शिक्षाका लागि भारत आउने विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली |
राजेश मिश्र |
भारतमा उच्च शिक्षा अध्ययनका लागि आउने विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली छन् । त्यसमा पनि भारत आउने नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा कर्नाटक प्रदेशको बेंग्लुरु सहरका विश्वविद्यालय र कलेज पर्दै आएका छन् । भारतको उच्च शिक्षा विभागका अनुसार वर्ष २०२२ मा १ सय ७० देशका ४६ हजार ८ सय ७८ जना विदेशी विद्यार्थीहरूले भारतका विभिन्न विश्वविद्यालय र कलेजहरूमा भर्ना भएका छन् । |
चैत्र १५, २०८० |
लण्डनमा भूतपूर्व गोर्खाको मुद्दामा त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगियो |
कान्तिपुर संवाददाता |
भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगिएको छ । विभिन्न चरणको प्राविधिकस्तरको छलफल पछि भएको यसपटकको मन्त्रिस्तरीय वार्ता पेन्सनमा केन्द्रित भएपनि कुनै निचोड ननिस्किएको वार्ताका सहभागीले बताएका छन् । |
चैत्र १३, २०८० |
नेपाली मुलका भण्डारीलाई अमेरिकामा सम्मान |
कान्तिपुर संवाददाता |
नेपाली मुलका युवा प्रवीन भण्डारी सोमबार अमेरिकामा सम्मानित भएका छन् । उनलाई ‘प्रेसिटेन्ट लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिएको हो । उनले ४१ सय घन्टा स्वयंसेवा गरेर आफ्नो समुदाय र समाजमा योगदान दिएको भन्दै अमेरिकी सरकारको एक महत्वपूर्ण अवार्ड प्रदान गरिएको हो । |
चैत्र १२, २०८० |
पेरिसमा पनि मनाइयो फागु |
ददि सापकोटा |
फ्रान्सको राजधानी पेरिसमा फागु उत्सव हर्षोल्लासका साथ मनाइएको छ । फागु पूर्णिमा मनाउने कार्यक्रम गर्दै आएको नेपाली सांस्कृतिक गृहद्वारा आइतबार आयोजित कार्यक्रममा एक–अर्कालाई विभिन्न प्रकारका रंग र अबिर दलेर फागु उत्सव मनाइएका हुन् । |
चैत्र ११, २०८० |
राजु विष्ट दोस्रो पटक दार्जिलिङबाट लोकसभा उम्मेदवार |
पर्वत पोर्तेल |
‘पहाडकी रानी’ भनिने पश्चिम बंगालको नेपालीभाषी बाहुल्य क्षेत्र दार्जिलिङमा भारतीय जनता पार्टीले राजु विष्टलाई दोस्रो पटक लोकसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । |
चैत्र ५, २०८० |
नेपाली भाषा संस्कृति संवर्द्धन गर्न २७ देशका नेपालीभाषीको सम्मेलन बैंककमा, एएनओ गठन |
कान्तिपुर संवाददाता |
नेपाली भाषा र संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मूलका नेपालीभाषीहरुले एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेका छन् ।थाइल्याण्डको राजधानी बैंककमा सोमबार भएको नेपालीभाषीहरुको सम्मेलनले एएनओ गठन गरेको हो । |
चैत्र ४, २०८० |
राजनीति र कुटनीतिमा नेपाली महिलाको सहभागिताबारे स्पेनमा चर्चा |
कान्तिपुर संवाददाता |
राजनीति र कुटनीतिमा नेपाली महिलाको सहभागिताका विषयमा स्पेनमा चर्चा भएको छ । यूरोपको भ्रमणमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुलीले संयुक्त रुपमा त्यहाँका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरु तथा कुटनीतिक काममा संलग्न व्यक्तिहरुसँग 'राजनीति र कुटनीतिमा नेपाली महिला' विषयक कार्यक्रम राखेर चर्चा गरेका हुन् । |
फाल्गुन २९, २०८० |
नेपाली सेनालाई निरन्तर सहयोग गर्ने बेलायती सेनाको प्रतिबद्धता |
नवीन पोख्रेल |
बेलायती सेनाका एक उच्च अधिकृतले नेपाली सेनालाई बेलायतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायती सेनाका लेफ्टीनेन्ट जनरल रिचार्ड वार्डलले सोमबार सांझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित २६१ औं नेपाली सेना दिवसका अवसरमा नेपाली सेनाको प्रशंसा गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । |
फाल्गुन २७, २०८० |
एक्स्पो कतारमा ‘नेपाल डे’ |
कान्तिपुर संवाददाता |
कतारमा ६ महिनाअघि सुरु भएको 'एक्स्पो कतार'को अन्तिम दिन 'नेपाल डे' मनाइएको छ । एक्स्पो कतारमा ८० देशले सहभागिता जनाएका थिए । |
फाल्गुन २५, २०८० |
स्पेनमा डिजिटाइजेसनमा महिलाको भूमिका विषयमा चर्चा |
कान्तिपुर संवाददाता |
स्पेनमा डिजिटाइजेसनमा महिलाको भूमिका विषयमा शुक्रबार छलफल भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रम परराष्ट्र मन्त्रालय, युरोपेली संघ र स्पेनको सहयोगद्वारा सहआयोजना गरिएको थियो । |
फाल्गुन २४, २०८० |
भरतपुरकी मेयर दाहालले भेटिन् बेलायती उपसभामुख र सांसद |
नवीन पोखरेल |
एउटा अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न लन्डन आइपुगेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बेलायती उपसभामुख एवं सांसदहरूसँग भेट गरेकी छन् । |
फाल्गुन १४, २०८० |
लन्डन दूतावासले नेपाली पेशाकर्मीहरूसँग गर्यो दुईदिने अन्तरक्रिया |
नवीन पोखरेल |
बेलायतमा क्रियाशील नेपाली विशेषज्ञ तथा पेशाकर्मीहरूसँग रहेको सीप, ज्ञान र श्रोत नेपालको विकासमा उपयोग गर्न सघाउने उद्धेश्यले बेलायतस्थित नेपाली दूतावासले दुई दिने अन्तरक्रिया गरेको छ। |
फाल्गुन १०, २०८० |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.