text
stringlengths
2
914
भूतपूर्व गोर्खाका माग सम्बोधनका लागि बेलायती रक्षा मन्त्रालयमा अर्को बैठक
नवीन पोखरेल
भूतपूर्व ब्रिटिस गोर्खाहरूको माग सम्बोधनका लागि थप छलफल गर्न बुधबार लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा प्राविधिक स्तरको बैठक भएको छ ।
फाल्गुन ८, २०८०
भारतमा अब नेपालीले सिम कार्ड लिन पाउने
राजेश मिश्र
भारतमा नेपाली नागरिकले मोबाइल सिम कार्ड पाउने भएका छन् । केही वर्षयता नेपाली पासपोर्ट वा नागरिकतामा सिम कार्डको वितरण रोकिएको थियो । सिम कार्ड नपाउँदा भारत आउने नेपाली नागरिकले सञ्चार सम्पर्कबाटै टाडा रहनुपर्ने स्थिति थियो ।
माघ २४, २०८०
भारतमा रहेका नेपालीको सुविधामा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण
कान्तिपुर संवाददाता
प्रगतिशील नेपाली समाज समिति (भारत) ले भारतमा बसोबास गरिरहेका नेपालीको हितका आवश्यक सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
माघ २२, २०८०
जापानमा नुवाकोटका युवक मृत फेला
कान्तिपुर संवाददाता
जापानको नागोया बस्दै आएका नुवाकोटका एक युवा मृत फेला परेका छन् ।
माघ १९, २०८०
स्कटल्यान्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु
नवीन पोखरेल
स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो ।
माघ १८, २०८०
लमजुङका एक युवकको जापानमा मृत्यु
आश गुरुङ
लमजुङका एक जना युवकको जापानमा मृत्यु भएको छ । दोर्दी गाउँपालिका-६, छोटेखोला घर भइ हाल जापानको नागोया सहरमा बस्दै आएका २२ वर्षीय युवराज तामाङको मृत्यु भएको हो ।
माघ १७, २०८०
बेलायतमा विद्यार्थीलाई बस्ने कोठा र काम पाउनै सास्ती
नवीन पोखरेल
तनहुँ दमौलीकी १९ वर्षीया आशिका कार्की बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा 'हेल्थ एण्ड सोसल केयर' पढ्न १४ जनवरीमा लन्डन उत्रिइन् । विज्ञान विषयमा १२ पास गरेपछि उनलाई बेलायत आउने रहर जाग्यो ।
कतारमा रहेका नेपाली व्यवसायीको अध्यक्षमा चम्लागाईं
कान्तिपुर संवाददाता
कतारमा रहेका नेपाली व्यापारीहरुको वैधानिक संस्था नेपाल बिजनेस एसोसिएसन कतारको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं दोहोरिएका छन् ।
माघ ११, २०८०
एनआरएनए निर्वाचनको ‘अनियमितता’ बारे छानबिन गर्न सरकारले बनायो समिति
नवीन पोखरेल
नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनका क्रममा भएको भनिएका अनियमितताबारे छानबिन गर्न एक समिति गठन गरेको छ ।
माघ ८, २०८०
अमेरिकाको फिलाडेल्फियामा त्रिदेशीय कला र संस्कृति प्रस्तुत
रासस
नेपाल, कम्बोडिया र बर्माका कलाकारले अमेरिकाको फिलाडेल्फियामा आइतबार आयोजित एक कार्यक्रममा आ–आफ्नो कला र संस्कृति प्रस्तुत गरेका छन् ।
माघ ४, २०८०
सुदूरपश्चिम समाज अमेरिकाको नयाँ कार्यसमिति चयन
कान्तिपुर संवाददाता
सुदूरपश्चिम समाज अमेरिकाले दानसिंह बिस्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । न्यूयोर्कमा हालै सम्पन्न ५ औं साधारण सभाले सन् २०२३-२०२५ को लागि निर्वाचित गरेको १३ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नविनकुमार ओझा, उपाध्यक्षमा रैभान महरा, महासचिवमा हरिदत्त जोशी, सचिवमा गणेश बिस्ट, कोषाध्यक्षमा भीम खत्री ...
माघ ३, २०८०
च्यारिटीका लागि ३ हजार माइल पैदल यात्रामा कटुवाल
नवीन पोखरेल
बेलायतका एकजना व्यवसायी तथा समाजसेवी सुजन कटुवालले च्यारिटी उद्देश्यसहित ३ हजार माइल पैदल यात्रा सुरु गरेका छन् । साउथ लन्डनस्थित पानस रेष्टुरेन्टका सञ्चालक कटुवाल १६ जनवरी मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासबाट आफ्नो पैदल यात्रा सुरु गरेका हुन् ।
माघ २, २०८०
मलेसियाको पुचुङमा आन्दोलित ९० कामदार काममा फर्किए
कान्तिपुर संवाददाता
मलेसियाको पुचुङमा रेहेको पीटी स्वीफ्ट मार्केटिङ कम्पनीका आन्दोलित कामदार दूतावास, रोजगारदाता र कामदारबीच भएको त्रिपक्षीय समन्वयमा पुनः काममा फर्किने भएका छन् ।
माघ १, २०८०
स्पेनमा नेपालीहरूको परिवार पुनःमिलन भिसाको सहजीकरणमा चासो
कान्तिपुर संवाददाता
स्पेनमा नेपालीहरूको परिवार पुनःमिलन भिसाको सहजीकरणमा चासो राखिएको छ ।
पुस २९, २०८०
लन्डनमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
कान्तिपुर संवाददाता
लन्डनमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा शुक्रबार कार्यक्रम भएको हो ।
पुस २७, २०८०
लन्डनमा प्रदर्शनीसहित ब्रिटिस काउन्सिल नेपालको ६५औं वार्षिकोत्सव
नवीन पोखरेल
ब्रिटिस काउन्सिल नेपालले लन्डनमा प्रदर्शनीसहित सांस्कृतिक तथा शैक्षिक सम्वन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सव मनाएको छ । ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लन्डनमा एक प्रदर्शनी आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गरेको हो ।
पुस २४, २०८०
बंगलादेशका प्रधानमन्त्रीसँग मुस्लिम आयोगका अध्यक्ष अन्सारीको भेट
कान्तिपुर संवाददाता
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बंगलादेशका शेख हसिनासँग भेट गरेका छन् ।
पुस २३, २०८०
सडक दुर्घटना रोक्न नेपालले बेलायतबाट के सिक्न सक्छ ?
नवीन पोखरेल
नेपाल सरकारले केही दिनअघिमात्र ७२ जनाको ज्यान जाने गरि भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटीका कारण भएको निष्कर्षसहित छानबिन प्रतिवेदन सार्वजनिक गर्‍यो ।नेपालको इतिहासमा तीन दशक यता भएको उक्त हवाई दुर्घटना सबैभन्दा खराब थियो ।
पुस ६, २०८०
'यूके टुर'का लागि लन्डनमा मह जोडी
नवीन पोखरेल
वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लन्डन आइपुगेका छन् । ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन् । मह जोडीका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन् ।
पुस ५, २०८०
अमेरिकामा रहेको नेपालीको संस्था 'एनसीएनसी' को अध्यक्षमा शाक्य
कान्तिपुर संवाददाता
अमेरिकी राज्य नर्थ क्यारोलिनामा रहेको नेपालीहरूको पुरानो संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) को नयाँ कार्यकारिणी बोर्डको अध्यक्षमा विकास शाक्य विजयी भएका छन् ।
पुस ३, २०८०
विश्वभर छरिएका नेपाली सेफहरु संगठित
कान्तिपुर संवाददाता
विश्वभरका पाँच तारे होटलमा कार्यरत नेपाली सेफ (भान्से) हरु संगठित हुन थालेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत सेफहरुले विश्वभर छरिएका नेपाली सेफहरुलाई संगठित गर्न थालेका हुन् ।
पुस १, २०८०
अस्ट्रेलियाका चिकित्सकले छाने नयाँ नेतृत्व
कान्तिपुर संवाददाता
अस्ट्रेलियामा रहेका नेपालीमुलका चिकित्सकहरूको संस्था 'अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोसिएसन (एम्डा)'ले नयाँ नेतृत्व चयन गरेको छ । तास्मानियाका चिकित्सक महेश ढकालको अध्यक्षतामा दुई वर्षका लागि छानिएको नयाँ समितीमा विभिन्न राज्यका संयोजकसहित १५ सदस्यीय समिति चयन गरिएको हो ।
मंसिर २०, २०८०
हङकङमा थाम्सुहाङको एकल कविता वाचन
कान्तिपुर संवाददाता
हङकङमा कवि प्रकाश थाम्सुहाङको एकल कवितावाचन सम्पन्न भएको छ । थाम्सुहाङले समकालीन नेपाली कविता र हङकङको नेपाली साहित्यमाथि धारणा राख्दै आधा दर्जन कविता वाचन गरेका थिए ।
मंसिर १९, २०८०
बेलायतमा नयाँ अध्यागमन नियम : वर्क परमिट र विद्यार्थी भिसामा कडाइ
नवीन पोखरेल
आमचुनाव हुन झन्डै एक वर्ष बाँकी रहँदा बेलायत सरकारले अध्यागमनसम्बन्धी नियम थप कडा बनाउने घोषणा गरेको छ ।गृहमन्त्री जेम्स क्लेभर्लीले सोमबार अपरान्ह बेलायती संसद्‌मा घोषणा गरेको पाँच बुँदे परिवर्तनले मुख्यतः वर्क परमिट र विद्यार्थी रुटमा बेलायत आउने आप्रवासी प्रत्यक्ष प्रभावित हुने जानकारहरुले टिप्पणी गरेका छन् ।
मंसिर १७, २०८०
अक्सफोर्ड विश्वविद्यालयमा सूवेदीको नाममा स्थापित विद्यावारिधि शोधग्रन्थ पुरस्कारका विजेता घोषणा
नविन पोखरेल
अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारका विजेता घोषणा गरेको छ।
मंसिर १५, २०८०
राष्ट्रिय सभा अध्यक्ष नेतृत्वको टोली र अस्ट्रेलियाका सभामुखबीच भेट