text
stringlengths
2
914
बेलायतमा रहेका नेपालीका साथै युरोपमा रहेका आप्रवासी नेपालीहरूमा बढ्दै गएको मानसिक स्वास्थ्यबारे बेलायतको सरी काउन्टीस्थित एनएचएस फाउन्डेसन ट्रस्टमा सन् २०१८ देखि मनोचिकित्सकका रूपमा कार्यरत डा. विजय भण्डारीसँग कान्तिपुरका लागि ददि सापकोटाले गरेको संक्षिप्त कुराकानी :
एनआरएनएको अध्यक्षमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । हालका उपाध्यक्ष श्रेष्ठले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका हुन् ।
आश्विन २३, २०८०
सुवेदीले एनआरएनए महासचिवमा उम्मेदवारी दिने
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा बुद्धिसागर सुवेदीले उम्मेदवारी दिने भएका छन् । आगामी २०२३–२५ को कार्यकालका लागि सुवेदीले महासचिवमा उम्मेदवारी दिने बताएका हुन् । सुवेदी एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निवर्तमान अध्यक्ष हुन् ।
आश्विन २२, २०८०
दक्षिण कोरियामा लमजुङका युवकको मृत्यु
आश गुरुङ
दक्षिण कोरियाको फाजु क्षेत्रमा लमजुङको सुन्दरबजार नगरपालिका–५, गहतेका ३५ वर्षीय गमबहादुर गुरुङको मृत्यु भएको छ ।
आश्विन २१, २०८०
नेपालमा जलवायु परिवर्तनको असर रोक्न बेलायतले निरन्तर सहकार्य गर्ने
कान्तिपुर संवाददाता
नेपाली राजदूतावास लन्डन र बेलायती विदेश मन्त्रालय (एफसीडीओ) ले रोयल बोटानिक गार्डेन, एडिनवरा र ब्रिटिश काउन्सिलको सहकार्यमा जलवायु केन्द्रित प्यानल छलफल गरेका छन् । बेलायत नेपाल मैत्रीपूर्ण सन्धि (सन् १९२३) मा हस्ताक्षरको एक शताब्दी पुगेको अवसरमा ५ अक्टोबर रोयल बोटानिक गार्डेन, एडिनबरामा कार्यक्रम भएको हो ।
कान्तिपुरकर्मी पाण्डे अमेरिकामा सम्मानित
कान्तिपुर संवाददाता
कान्तिपुरकर्मी जगदीश्वर पाण्डे अमेरिकामा सम्मानित भएका छन् । पाण्डेलाई जर्सी सिटी राज्यमा ‘अफिस अफ द सिटी काउन्सिल सिटी अफ जर्सी सिटी’ का काउन्सिल प्रेसिडेन्ट जोएस इ. वाटरम्यानले विगत १२ वर्षदेखि नेपाली पत्रकारितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएको उल्लेख गर्दै सम्मान गरेका हुन् ।
अमेरिकामा महिला हिंसाविरुद्ध ‘द रेड सारी’
कान्तिपुर संवाददाता
अमेरिकाको न्युजर्सी सिटीमा महिलाविरुद्ध हुने यौन हिंसाविरुद्धको कार्यक्रम ‘छैटौं रेड सारी इभेन्ट–२०२३’ शुक्रबार सम्पन्न भएको छ ।
आश्विन २०, २०८०
केसीले सार्वजनिक गरे ९ बुँदे प्रतिबद्धता
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बद्री केसीले ९ बुँदे प्रतिबद्धता अघि सारेका छन् । हाल एनआरएनका कार्यकारी अध्यक्ष रहेका केसीले २०२३–०२५ कार्यकालका लागि ५० बढी देशका प्रतिनिधिमाझ प्रतिबद्धता प्रस्तुत गरेका हुन् ।
आश्विन १८, २०८०
एनआरएनए शुद्धीकरण र आर्थिक पारदर्शीताका लागि रेग्मीको उम्मेदवारी
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजु (राज) रेग्मीले संस्थाको शुद्धीकरण र आर्थिक पारदर्शीतालाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् ।
एनआरएनए कोषाध्यक्षमा यूएईबाट ठाकुरप्रसाद ढुंगानाको उम्मेदवारी घोषणा
कान्तिपुर संवाददाता
संयुक्त अरब इमिरेट्स (यूएई)का व्यवसायी ठाकुरप्रसाद ढुंगानाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
रमेश श्रेष्ठद्वारा एनआरएन मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा
कान्तिपुर संवाददाता
संयुक्त अरब इमिरेट्स (यूएईए)मा कार्यरत स्याङ्जाका रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएन) को मध्यपूर्व संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठ एनआरएनए यूएईका पूर्वअध्यक्ष हुन् ।
एनआरएनएको मध्यपूर्व संयोजकमा राजेन्द्र अर्यालको उम्मेदवारी घोषणा
कान्तिपुर संवाददाता
साउदी अरबमा कार्यरत राजेन्द्र (जोन अर्याल)ले गैरआवासीय नेपाली संघको मध्यपूर्व संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी हाल पनि मध्यपूर्व संयोजक हुन् । एनआरएनएको अक्टोबर १७–२० सम्म ११औं महाधिवेशन हुँदैछ ।
एनआरएनए महिला संयोजकमा प्रधानको उम्मेदवारी घोषणा
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय महिला समितिको संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने घोषणा गरेकी छन् । नेपाल घर चितवन भएकी उनी हाल बेल्जियम बस्छिन् ।
आश्विन १७, २०८०
यूएईका लागि नेपाली राजदूत क्षेत्रीले बुझाए ओहोदाको प्रमाणपत्र
कान्तिपुर संवाददाता
संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
एनआरएनए उपाध्यक्षमा शर्माले पुन: उम्मेदवारी दिने
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष हेमराज शर्माले संघको ११ औं महाधिवेशनमा पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आश्विन १४, २०८०
एनआरएनएको सचिवमा मनोज गोर्खालीले उम्मेदवारी दिने घोषणा
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिव पदमा मनोज गोर्खालीले उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल उनी एनआरएनए मध्यपूर्वका संयोजक हुन् । एनआरएनएको असोज ३० मा ११ औं महाधिवेशन हुँदैछ ।
आश्विन १३, २०८०
एनआरएनए युवा उपसंयोजकमा उम्मेदवारी दिने विसुन्केको घोषणा
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को युवा उपसंयोजकमा शंकर विसुन्केले उम्मेदवारी घोषणा गरेका छन् ।
आश्विन ११, २०८०
एनआरएनए युवा उपाध्यक्षमा थापाले पुनः उम्मेदवारी दिने
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष रोशन थापाले पुनः सोही पदमा उम्मेदवारी दिने भएका छन् ।
गैरआवासीय नेपाली संघको अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष चितवनका राजेन्द्रकुमार (आरके) शर्माले आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बुधबार घोषणा गरेका छन् । शर्मा एनआरएनका उपाध्यक्ष हुन् ।
आश्विन १०, २०८०
एनआरएनए उपाध्यक्षमा कार्कीले उम्मेदवारी दिने
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको आगामी अक्टोबरमा सम्पन्न हुने निर्वाचनमा संयुक्त राष्ट्र इमिरेट्स (यूएई) का सुदीप कार्कीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आश्विन ९, २०८०
इनास अमेरिकाको अध्यक्षमा केसी
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित भएका छन् । आइतबार अमेरिकाको मेरिल्यान्ड राज्यमा भएको राष्ट्रिय अधिवेशनबाट केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो‚ जसअनुसार वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार, उपाध्यक्षमा रिता श्रेष्ठ र अंकुश नेपाल निर्वाचित भएका छन् ।
आश्विन ७, २०८०
अमेरिकामा नेपाली खेल, ५९ टिमबाट झन्डै हजार खेलाडी सहभागी
कान्तिपुर संवाददाता
अमेरिकामा बस्ने नेपाली समुदायबीच बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबल खेल न्यूयोर्कको रचेष्टर सहरमा असोज ६ गतेदेखि सुरु भएको छ ।
आश्विन ४, २०८०
लन्डन दूतावासमा विशेष समारोहबीच नेपालको संविधान दिवस मनाइयो
कान्तिपुर संवाददाता
लन्डनस्थित नेपाली राजदूतावासले बुधबार नेपालको संविधान दिवसका अवसरमा विशेष समारोह आयोजना गरेको छ ।
आश्विन १, २०८०
दिल्लीमा तिज
राजेश मिश्र
दिल्लीमा रहेका प्रवासी नेपालीहरूले तिजकf अवसरमा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेका छन । हाम्रो स्वाभिमान ट्रस्ट हरिद्वारले दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियम, आईटीओमा आयोजना गरेको कार्यक्रममा हजारौंको संख्यामा प्रवासी नेपालीहरूको उपस्थिति रहेको थियो ।
भाद्र ३१, २०८०
परदेशको तीज
नारायण खड्का
दक्षिण अस्ट्रेलियाकी रिज्नु अधिकारीलाई केही दिनयता भ्याइनभ्याई छ । कारण, एडिलेड वरपर हुने सबैजसो तीज कार्यक्रमको उनले निम्तो पाउँछिन् । अनि, सम्भव भएसम्म सबैमा पुग्छिन् पनि । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अस्ट्रेलियाकी महिला संयोजकसमेत भएकाले पनि होला उनको ‘तीजे व्यस्तता’ बढेको ।
भाद्र २६, २०८०
एनआरएनए उपमहासचिवमा गुरूङको उम्मेदवारी
कान्तिपुर संवाददाता
गैर आवसीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि प्रवीण गुरूङले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव रहेका गुरुङले संघमा संस्थागत स्थायित्व, एकता र विकासका एजेन्डा सार्वजनिक गर्दै उम्मेदवारी दिने भएका हुन् ।
गोर्खा माग सम्बोधनका लागि बेलायती रक्षा मन्त्रालयमा प्राविधिक स्तरको बैठक
नवीन पोखरेल
भूपू गोर्खाका माग सम्बोधनका विषयमा छलफल गर्न सोमबार बेलायती रक्षा मन्त्रालय लन्डनमा प्राविधिक स्तरको बैठक भएको छ । नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारी एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरूको सहभागितामा बैठक भएको हो ।
भाद्र २५, २०८०
एनआरएनएको उपमहासचिवमा सोम सापकोटाको उम्मेदवारी घोषणा
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपमहासचिवमा माल्टामा कार्यरत सोम सापकोटाले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी हाल एनआरएनका प्रवक्ता हुन् ।
लन्डन लेस्टरस्क्वायर आइम्याक्समा पहिलोपटक नेपाली फिल्म