text stringlengths 2 914 |
|---|
सुदीप कैनी |
त्रिभुवन विश्वविद्यालयको स्वर्ण (५० औं) दीक्षान्तमा ७४ हजार १ सय ४९ छात्रछात्रा दीक्षित भएका छन् । दीक्षित हुनेमध्ये ८० प्रतिशत विद्यार्थी साधारण र २० प्रतिशत प्राविधिक धारतर्फका छन् । व्यवस्थापन, शिक्षा, मानविकी, कानुन संकाय साधारण र इन्जिनियरिङ, मेडिकल, विज्ञान, कृषि, वन विज्ञानसहितका विषय प्राविधिक धारतर्फका हुन् । |
दुर्लभ न्यायिक प्रतिभाको अवसान |
घनश्याम खड्का |
एउटा संक्षिप्त खबरले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई शनिबार बिहानै झट्का दियो । त्यो खबर थियो– प्रकाश वस्ती रहेनन् । विश्वासै गर्न गाह्रो खबरले जसै उनलाई व्यथित तुल्यायो, तसै उनको स्मृतिमा वस्तीसँगका पुराना सम्झना सिनेमाको पर्दामा झैं जीवन्त भएर आउन थाले । |
माओवादीले झन्डा गाडेको शेरा दरबारको १६४ रोपनी नेताका नाममा |
जयसिंह महरा , गंगा बीसी |
पृथ्वीनारायण शाहका पाला नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेको छ । |
पुस १३, २०८१ |
आइतबारदेखि मौसम सुधार हुने |
रासस |
शुक्रबार रातिदेखि बदली भएको मौसम भोलि आइतबारदेखि सुधार हुँदै जानेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि अहिले जस्तै बदली कायम रहने भन्दै आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने जानकारी गराएको हो । |
राजनीतिले मात्रै मान्छेको पेट भर्दैन भन्ने सबैलाई थाहा छ : परराष्ट्रमन्त्री राणा |
कान्तिपुर संवाददाता |
राजनीतिले मात्रै जनता सन्तुष्ट हुँदैनन् भन्ने विषयमा नेताहरू र सरकारलाई जानकारी रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । उनले नेपालमा नै रोजगारी तथा आयआर्जनको व्यवस्था गर्नका लागि काम भइरहेको पनि बताएकी छन् । |
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताएका छन् । |
लिपुलेकबारे चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डतामा अतिक्रमण : महासचिव चन्द |
कान्तिपुर संवाददाता |
नेपालको लिपुलेक भञ्ज्याङ भएर भारत र चीनबीच तीर्थयात्री र व्यापारिक नाका पुनः सञ्चालन गर्ने सहमतिबारे नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आपत्ति जनाएका छन् । |
सुशासनका विरोधीहरुले सरकारमा बस्न दिएनन् : अध्यक्ष दाहाल |
अर्जुन शाह , भवानी भट्ट |
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुशासनका विरोधीहरुले सरकारमा बस्न नदिएको बताएका छन् । ‘सुशासनका विरोधी, भ्रष्टाचारका पक्षधरहरुले सरकारमा बस्न दिएनन्,’ उनले भने । |
उद्यम क्षेत्र र बजारका आवश्यकतासँग मेल खाने शैक्षिक कार्यक्रम बन्न सकेनन् : शिक्षामन्त्री भट्टराई |
कान्तिपुर संवाददाता |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा शैक्षिक कार्यक्रमहरू उद्यम क्षेत्र र बजारका आवश्यकतासँग मेल खाने बन्न नसकेको बताएकी छन् । |
ओलीलाई एमाले नेतृत्वबाट हट्न भुसालको सुझाव |
कान्तिपुर संवाददाता |
एमालेको नेतृतवबाट हट्न अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सुझाव दिएका छन् । एमालेभित्र नेताहरूमा उकुसमुकुस बढेकाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेतृत्व छोड्नुपर्ने भुसालको सुझाव छ । |
प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । |
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे । |
प्रमुख दलहरूको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ |
रासस |
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । |
पीएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख पिएल सिंह मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा भएको बताएका छन् । |
प्रजातान्त्रिक आन्दोलनमा पीएल सिंहको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह |
कान्तिपुर संवाददाता |
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पीएल सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । |
कैलालीबाटै चुनाव लड्ने आरजुको उद्घोष |
अर्जुन शाह |
परराष्ट्रमन्त्री एवं कांग्रेस नेता आरजु राणा देउवाले कैलालीबाटै चुनाव लड्ने बताएकी छिन् । शनिबार धनगढी आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले चुनाव लड्ने प्रसंगमा उक्त कुरा बताएकी हुन् । |
जानकी मन्दिरमा बेलायती राजदूतको वैवाहिक वर्षगाँठ |
अजित तिवारी |
नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरको जानकी मन्दिरमा मनाएका छन् । |
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन |
कान्तिपुर संवाददाता |
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातका कारण गएराति निधन भएको छ । |
५ वर्षमा १ अर्ब खर्च कर्णालीमा कुपोषण ज्युँका त्युँ |
ज्योति कटुवाल |
उमेरअनुसार आठमहिने छोरीको तौल र उचाइ नबढेपछि हुम्लाको ताजाकोट–३, बच्चौडकी कल्पना सुनार सुर्खेतको पोषण पुनर्स्थापना केन्द्रमा आइन् । चिकित्सकले उनलाई सुत्केरी हुँदा पोसिलो खानेकुरा नखाएका कारण त्यसको असर छोरीमा देखा परेको बताए । |
आज काठमाडौँसहित देशभरको मौसम बदली, वर्षाको सम्भावना |
कान्तिपुर संवाददाता |
आज बिहानैदेखि काठमाडौँसहित देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । |
जसले आर्थिक संकटबाट भारतलाई जोगाए |
राजेश मिश्र |
पीभी नरसिंह राव सन् १९९१ मा भारतको प्रधानमन्त्री बनेलगत्तै मुलुकको आर्थिक स्थिति ज्यादै खराब रहेको प्रतिवेदन बुझाइएको थियो । राव अर्थ व्यवस्थामा सुधार गर्न सक्ने वित्त (अर्थ) मन्त्रीको खोजीमा लागे । त्यस क्रममा उनको नजरमा परे भारतीय रिजर्ब बैंकका पूर्वगभर्नर मनमोहन सिंह । |
सत्ता टिकाउन बनाइएको समाजवादी मोर्चा सरकारबाट हटेपछि निष्क्रिय |
गंगा बीसी |
माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउने हतियारका रूपमा प्रयोग गरेको समाजवादी मोर्चा निष्क्रिय भएको छ । माओवादी र एकीकृत समाजवादी प्रतिपक्षमा पुगेपछि मोर्चामार्फत कुनै पनि गतिविधि गरिएको छैन । |
राष्ट्रसंघका शान्तिदूतले सुनाए द्वन्द्वपीडितलाई संगीत |
घनश्याम खड्का |
द्वन्द्वपीडित महिला लस्करै बसेका छन् । साथमा छन् संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर र अरु उच्च अधिकारी । अघिल्तिर चार महिला भायोलिन बजाइरहेका छन्, एउटै धून र तालमा । मोजार्टका धून तिनले जसै सुनाउँदै गए, द्वन्द्वपीडित त्यसमा लट्ठिँदै गए । |
एक सातादेखि विद्यालयमा हाजिर छैनन् अञ्जला |
पर्वत पोर्तेल |
मोरङ धनपालथान–३ को उमा–गौरी कृषि सहकारी ठगी प्रकरणकी अभियुक्त अञ्जला कोइराला दुई सातायता फरार छिन् । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नीसमेत रहेकी कोइराला आफूले पढाउँदै आएको विद्यालयमा पनि हाजिर भएकी छैनन् । |
भागबन्डा मिलाउन सुदूरपश्चिममा संसदीय समिति थपिँदै |
अर्जुन शाह |
सुदूरपश्चिममा सत्तारूढ कांग्रेस र एमालेले भागबन्डा मिलाउनकै लागि प्रदेश सभामा संसदीय समितिको संख्या बढाउने निर्णय गरेका छन् । |
नेपाल–चीन सीमाका ‘सद्भावनादूत’ |
आनन्द गौतम |
चीन र भारतसँग सीमा जोडिएको ताप्लेजुङका सरकारी अधिकारी र जनप्रतिनिधिले छिमेकी देशसँग समन्वय गरिरहनुपर्छ । सिमानामा आउने समस्या होस् या सीमावर्ती क्षेत्रका बासिन्दाका सरोकारका विषय । पछिल्ला ७ वर्षमा ताप्लेजुङका तीन प्रमुख जिल्ला अधिकारीले चीनको दिङ्जे काउन्टीमा गएर द्विदेशीय बैठक गरे । |
मानसरोवर यात्रा खुलाउने भारत-चीन सहमतिले नेपालमा संशय |
राजेश मिश्र |
भारतीय तीर्थयात्रीका लागि कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिले नेपाललाई झस्काएको छ । नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको लिपुलेक पासबाट व्यापार गर्न सन् २०१५ मै भारत र चीनका प्रधानमन्त्रीबीच सहमति भएको थियो । |
पश्चिम नेपालमा तेह्र दिनमा सात वटा भूकम्प |
कान्तिपुर संवाददाता |
पुस लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । |
त्रिविमा ‘गोल्ड मेडल’ पाउनेमा छात्रा धेरै |
सुदीप कैनी |
त्रिभुवन विश्वविद्यालय ६५ वर्षअघि स्थापना हुँदा भर्ना हुने छात्रा भेट्न पनि मुस्किल थियो । तर स्वर्ण दीक्षान्तसम्म आइपुग्दा अब्बल नतिजा ल्याएर पदक जित्नेमा छात्रभन्दा छात्रा विद्यार्थीको संख्या धेरै छ । त्रिविले ५० औं दीक्षान्तबाट ७४ हजार १ सय ४९ जनालाई शैक्षिक उपाधि प्रदान गर्ने भएको छ । |
पुस १२, २०८१ |
रास्वपाद्वारा अनुशासन आयोगमा दुई र विभागमा तीन सदस्य मनोनयन |
कान्तिपुर संवाददाता |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगमा दुई र केन्द्रीय संगठन विभागमा तीन सदस्य मनोनयन गरेको छ । |
पच्चीस न्यायाधीशको सरूवा सिफारिस |
रासस |
न्याय परिषद्को शुक्रबार बसेको बैठकले विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरूवा सिफारिस गरेको छ । |
नेकपा एसको वरिष्ठ नेता बन्दै वामदेव गौतम, नेपाल र खनालपछि तेस्रो वरीयता पाउने |
गंगा बीसी |
एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा जाने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बेलाबखत संवादमा रहेका उनी पछिल्लो पटक भने नेकपा एसमा जाने अन्तिम तयारीमा छन् । |
अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन पुस १७ गते |
रासस |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि यही पुस १७ गते निर्वाचन हुने भएको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.