text stringlengths 2 914 |
|---|
नवीन पोखरेल |
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले नेपालमा गएको झन्डै एक दशकदेखि शिशु मृत्युदर घट्न नसकेको भन्दै बाल मृत्युदर घटाउन सरकार तथा गैरसरकारी क्षेत्र सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । |
दक्ष जनशक्ति उत्पादनका लागि एनआरएनएले सीपमूलक कार्यक्रम गर्ने |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यावसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघको बालुवाटारस्थित सचिवालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक एवम् अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव गणेश केसीले हाल विश्वभरि बढ्दो दक्ष जनशक्तिको माग पूरा गर्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको जानकारी दिए । |
असार १५, २०८० |
एनआरएनद्वारा १६ बुँदे मस्कट घोषणापत्र जारी |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलन खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नेसहित १६ बुँदे मस्कट घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ । |
साउदीमा गोली चल्दा एक नेपालीको मृत्यु |
एजेन्सी |
साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवननजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । गोली हानाहानमा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा बागलुङका ६० वर्षीय नैनसिंह नेपाली रहेको स्टेट न्युज एजेन्सी एसपीएले जनाएको छ । |
असार १४, २०८० |
'आर्म्ड फोर्सेज डे' मा फहराइयो गोर्खा सैनिक झन्डा |
कान्तिपुर संवाददाता |
गत शनिबार लन्डनमा आयोजित आर्म्ड फोर्सेज डे (सशस्त्र बल दिवस ) परेडमा सम्भवत: बेलायतमै पहिलो पटक गोर्खा सैनिक झन्डा फहराइएको छ। लन्डन बरो अफ बार्नेटका पूर्व डेपुटी मेयर काउन्सिलर लक्ष्य गुरुङको विशेष पहलमा बार्नेटस्थित रोयल एयर फोर्स संग्रहालयमा गोर्खा ब्रिगेड एसोसियसनको झन्डा तयार गरी फहराइएको हो । |
असार ७, २०८० |
एनआरएनएद्वारा निर्वाचन संयोजक चयन |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ, युएईले प्रमुख संरक्षक रमेश श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समित चयन गरेको छ । युएईमा एनआरएनए नेपाल एसोसिएसनको रुपमा सरकारी निकायमा दर्ता छ । खाडीमा युएई र ओमानमा मात्रै सरकारी निकायमा दर्ता भएको हो । |
असार ४, २०८० |
ओमानमा एनआरएनको खाडी सम्मेलन हुँदै |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलन ओमानको राजधानी मस्कटमा आउँदो असार १३–१५ हुने तय भएको छ । यो सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारी देखि सामाजिक सुरक्षासम्मको एजेन्डा तय भएको छ । |
असार ३, २०८० |
प्रा सुवेदी अक्सफोर्ड विश्वविद्यालयको मानार्थ फेलोमा नियुक्त |
कान्तिपुर संवाददाता |
अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई मानार्थ फेलोमा नियुक्त गरेको छ । उक्त पदमा कला र साहित्यको क्षेत्रका विशिष्ट व्यक्तित्वहरु र विज्ञान, प्रविधि, चिकित्साशास्त्र, मानविकी, समाजशास्त्र, कानुनजस्ता विधामा उत्कृष्ट योगदान दिनेहरुलाई नियुक्ति गरिने चलन छ । |
जेष्ठ ३०, २०८० |
एनआरएनए कोरियाको महाधिवेशन जुलाईमा हुने |
गोकुल थोकर |
गैरआवासीय नेपाली संघ एनआरएनए दक्षिण कोरियाको नवौं महाधिवेशन नजिकिँदै गर्दा कोरियाका नेपालीहरुबीच चुनावी माहोल बढेको छ । जुलाईको ८ र ९ तारिखमा हुने अधिवेशनमा तीन जना अध्यक्षका प्रत्यासी छन् । |
नेपाली दूतावास लन्डनमा कीर्तिमानी आरोही सम्मानित |
नवीन पोखरेल |
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानिसले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा लन्डनस्थित नेपाली दूतावासले विभिन्न आरोहीलाई सम्मान गरेको छ । |
जेष्ठ २९, २०८० |
हरिद्वारबाट हराएका रेग्मी अझै भेटिएनन् |
कान्तिपुर संवाददाता |
चारधामको धार्मिक यात्रामा आउँदा समूहबाट छुट्टिएर स्याङ्जाको पुतलीबजार–१ का ७० वर्षीय डोलराज रेग्मी हरिद्वारबाट हराएका छन् । उनी हराएको २३ दिन भइसक्दा पनि फेला परेका छैनन् । |
जेष्ठ २८, २०८० |
स्पेनमा भएको ‘समर फेयर’ को नेपाली स्टलमा झन्डै ८०० को सहभागिता |
कान्तिपुर संवाददाता |
म्याड्रिडस्थित नेपाली राजदूतावासले किंग्स कलेज (द ब्रिटिस स्कुल अफ म्याड्रिड) को संयुक्त आयोजनामा शनिबार समर फेयर गर्यो । फेयरमा दूतावासले नेपालका लागि छुट्टै स्टल पनि राखेको थियो । |
कुर्दिस्थानको नदीमा माछा मार्दा डुबेर एक नेपालीको मृत्यु |
कान्तिपुर संवाददाता |
इराकको स्वशासित राज्य कुर्दिस्थानस्थित कवात जिल्लाको ‘ग्रेट रिभर’ मा एक नेपाली कामदारको डुबेर शनिबार ज्यान गएको छ । |
जेष्ठ २६, २०८० |
कोरियामा एकै साता दुई नेपाली कामदारको मृत्यु |
गोकुल थोकर |
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका दुई नेपालीको मृत्यु भएको छ । गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण मृत्यु भएको थियो । |
चीनको यिवुमा नेपाली व्यवसायीहरूलाई विशेष स्वागत |
लक्ष्मी लम्साल |
नेपाली व्यवसायीहरू पूर्वी चीन प्रवेश गरेको रजत महोत्सव चच्याङ प्रान्तको यिवुमा एक अन्तर्क्रियात्मक कार्यक्रम गरी मनाइएको छ। सन् १९९८ तिर नेपाली व्यवसायीहरूले चीनको सिचुवान, छङ्तु हुँदै पहिलो पटक यिवु बजारमा पाइला टेकेका थिए। त्यतिखेर नेपाली आयातकर्ताहरूले जुत्ताचप्पल, हर्बललगायत दैनिक उपभोग्य सामग्रीहरू नेपाल लगेका थिए। |
जेष्ठ २१, २०८० |
फ्रान्समा नेपाल महोत्सव |
कान्तिपुर संवाददाता |
फ्रान्सको राजधानी पेरिसमा शनिबारदेखि दुईदिने नेपाल महोत्सव सुरु भएको छ । नेपाली सांस्कृतिक गृह, फ्रान्सले नेपाली परम्परा, कलासंस्कृति, पर्यटनलगायत प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आएको हो । फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले महोत्सव उद्घाटन गरे । |
जेष्ठ १८, २०८० |
राजनीतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको प्रयास जारी राख्न आह्वान |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा नेताहरुले राष्ट्रपतिबाट नागरिकता संशोधन विधेयक प्रमाणीकरण हुनु सकारात्मक भए पनि राजनीतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताका लागि प्रयास जारी राख्ने बताएका छन् । |
जेष्ठ १५, २०८० |
बेलायतको गोर्खा कप उपाधि एलजी लायनलाई |
कान्तिपुर संवाददाता |
बेलायतस्थित नेपाली समुदायकै ठूलो फुटबल प्रतियोगिता गोर्खाकपको २१ औं संस्करण एलजी लायनले जितेको छ । तमुधिं यूकेद्वारा आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा आयोजित प्रतियोगितामा एलजी लायनले ३-१ गोल अन्तरले प्लमस्टिड एफसीलाई पराजित गरेको हो । |
अस्ट्रेलिया र न्युजिल्यान्डमा ‘सगरमाथा दिवस’ |
कान्तिपुर संवाददाता |
सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा अस्ट्रेलिया र न्युजिल्यान्डमा विभिन्न कार्यक्रम गरेर ‘सगरमाथा दिवस’ मनाइएको छ । |
जेष्ठ १४, २०८० |
प्रधानमन्त्री दाहालको स्वागतका लागि नेपाली दूतावास वरपर सफाइ |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा दिल्लीमा रहेका नेपाली उत्साही देखिएका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि दिल्लीमा रहेका नेपालीले आइतबार दिल्लीस्थित नेपाली दूतावासको बाहिरी क्षेत्रको सरसफाइ गरेका छन् । |
जेष्ठ ९, २०८० |
जनजाति महासंघ बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण |
कान्तिपुर संवाददाता |
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । |
जेष्ठ ८, २०८० |
एनआरएन तावुकको अध्यक्षमा नरबहादुर खतिवडा चयन |
कान्तिपुर संवाददाता |
साउदी अरबस्थित गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति तावुकको अध्यक्षमा नरबहादुर खतिवडा चयन भएका छन् । खतिवडाको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । |
जेष्ठ ५, २०८० |
गाह्रोसाह्रोमा गलकोटलाई प्रवासी युवाको साथ |
प्रकाश बराल |
जापानमा काम गरेका युवाले पठाएको रकमबाट गलकोट नगरपालिकाभित्र २ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याइएको छ । जापानमा काम गर्ने गलकोटे युवालाई एक करोड रुपैयाँ पठाएपछि गलकोट–५ मा आँखा उपचार केन्द्र र थिरबम स्मृति पुस्तकालयको तीनतले भवन बनेर सञ्चालनमा समेत आएका छन् । |
जेष्ठ १, २०८० |
कोरियामा साकेला |
गोकुल थोकर |
हृवासाङ फोर्टरेस कुनै बेला कोरियाली राजा र सैनिक परेड खेल्ने ठाउँ थियो । अहिले पनि मान्छेहरु ऐतिहासिक ठाउँ भनेर घुम्न पुग्छन् । युनेस्को वर्ल्ड हेरिटेज साइटमा पर्ने यो ठाउँमा आइतबार भने कोरियामा रहेका नेपालीहरु जम्मा भएर यलेदोङ ५०५३ उभौली साकेला मनाए । |
एभरेस्ट म्याराथन दौड्दै अन्जु |
कान्तिपुर संवाददाता |
लन्डन नर्थहोल्ट निवासी ४९ वर्षीया अन्जु रेग्मी सिग्देलले च्यारिटीका लागि एभरेस्ट म्याराथन दौड्ने भएकी छन् । सुदूरपश्चिमको सुर्खेतस्थित वादी समुदायका बालबालिकाको कोषमा सहयोग गर्ने उद्देश्यसाथ उनले मे अन्त्यमा नेपालमा हुने एभरेस्ट म्याराथनमा भाग लिन लागेकी हुन् । |
नेपाल- स्पेन कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्ष : म्याड्रिडमा सांस्कृतिक कार्यक्रम |
कान्तिपुर संवाददाता |
नेपाल–स्पेन कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औं वर्षको अवसरमा म्याड्रिडमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्पेनस्थित नेपाली दूतावासले आइतबार आयोजना गरेको कार्यक्रममा स्पेनको परराष्ट्र मन्त्रालयका उत्तरी अमेरिका, पूर्वी युरोप, एसिया र प्रशान्त क्षेत्रका महानिर्देशक जेभियर सालिडोले सम्बोधन गर्दै नेपाल–स्पेन सम्बन्धको बलियो रहेको बताएका थिए । |
वैशाख २८, २०८० |
दक्षिण कोरियामा रहेका लिम्बूहरूले सिरिजंगा लिपि सिक्ने |
गोकुल थोकर |
दक्षिण कोरियामा रहेका लिम्बूहरूले हराउादै गएको आफ्नो भाषालाई संरक्षण गर्नका लागि सिरिजंगा लिपि सिक्ने भएका छन् । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले मे २१ देखि हरेक आइतबार अनलाइनमार्फत कार्यक्रम गर्न लागेको हो । |
वैशाख २७, २०८० |
बेलायतको रसमोर काउन्सिलमा पूर्वगोर्खा धनबहादुर विजयी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.