text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
उत्पीडितहरुको पक्षमा सक्रिय भूतपूर्व गोर्खा धनबहादुर सार्की काउन्सिलरमा विजयी भएका छन् । विगत दुई दशकदेखि बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी सार्कीले नेपालीहरुको उल्लेख्य बसोबास भएको रसमोरको वेलिङटन वार्डबाट काउन्सिलर जितेका हुन् । |
वैशाख २४, २०८० |
कोरियाका नेपालीले मनाए बुद्धजयन्ती |
गोकुल थोकर |
दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानीसँगै जोडिएको सहर आन्सानमा बुद्धजयन्ती मनाएका छन् । आइतबार भएको कार्यक्रममा सोल छेउछाउ रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । |
बेलायती प्रधानमन्त्री सुनकलाई परराष्ट्रमन्त्री साउदले दिए नेपाल भ्रमणको निम्तो |
कान्तिपुर संवाददाता |
परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । |
वैशाख २३, २०८० |
लुटेराको गोली लागेपछि... |
प्रतिमा बाँस्कोटा |
सुन्दर भविष्य कल्पेर ९ महिनाअघि अमेरिका आइपुगेका रुकुमका भीमबहादुर थाम(राम क्षेत्री) को जीवन अहिले भुमरीमा फसेको छ । ग्यास स्टेसन लुट्न आएकाले लुटेराले देब्रे तिघ्रामा गोली हानेपछि उनी उपचारकै लागि अरुको भरपर्नु परेको छ । टेक्ससको राजधानी अस्टिनमा बस्दै आएका उनी गो फन्डमार्फत उपचार खर्च जुटाइरहेका छन् । |
वैशाख २०, २०८० |
एनआरएनए केन्याद्वारा पहिलोपटक रक्तदान कार्यक्रम आयोजना |
कान्तिपुर संवाददाता |
गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्याले पहिलोपटक रक्तदान कार्यक्रम आयोजना गरेको छ । १ मे २०२३ सोमबार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा केन्याको राजधानी नैरोबीस्थित एमपी शाह हस्पिटलमा आयोजित रक्तदान कार्यक्रममा नेपाली र केन्याका गरी १७ जनाले रक्तदान गरेका थिए । |
वैशाख १९, २०८० |
३ महिनाभित्रै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउँछ : अध्यक्ष आचार्य |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष कुल आचार्यले अब तीन महिनाभित्रै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउने गरी आफूहरूले काम गरिरहेको बताएका छन् । |
वैशाख १६, २०८० |
पोर्चुगलमा २३ सय नेपालीको राहदानी प्रक्रिया पूरा |
ददि सापकोटा |
लामो समयदेखि पासपोर्टविहीन दुई हजार तीन सय आठ जना नेपालीको इलेक्ट्रोनिक बायोमेट्रिक पासपोर्टको आवेदन प्रक्रिया पूरा भएको छ । पासपोर्टकै कारण विभिन्न समस्या झेलेका नेपालीका लागि सहजीकरण गर्न खटिएको परराष्ट्र मन्त्रालयसहितको टोलीले पोर्चुगलको लिस्बन सहरमा पासपोर्ट दिने प्रक्रिया गत मार्च २९ देखि सुरु गरेको थियो । |
वैशाख ९, २०८० |
न्युयोर्कमा मनाइयो मिथिला महोत्सव |
कान्तिपुर संवाददाता |
अमेरिकाको न्युयोर्कमा मिथिला महोत्सव गरिएको छ। साथै अमेरिकाको न्युयोर्कका मेयर एरिक एडम्सले अप्रिल १५ लाई 'मिथिला कल्चर एण्ड फेस्टिभल डे'का रुपमा मनाउने घोषणासमेत गरेका थिए । मिथिला सेन्टरले आयोजना गरेको 'मिथिला महोत्सव २०२३'को उद्घाटन समारोहमा एडम्सले उक्त घोषणा पत्र मिथिला सेन्टर अमेरिकाका अमितप्रताप साहलाई प्रदान गरेका थिए । |
वैशाख ६, २०८० |
अस्ट्रेलियाली राजनीतिमा जम्दै नेपाली समुदाय |
नारायण खड्का |
पश्चिम अस्ट्रेलियाका नेपाली युवा भुवन खड्कालाई अस्ट्रेलियाको तेस्रो ठूलो दल ग्रिन्सले सन् २०१७ मा संसदीय चुनावमा बालमोन्ट क्षेत्रका लागि आफ्नो उम्मेदवार बनाउने निर्णय गर्यो । नेपाली समुदायका कुनै पनि व्यक्तिलाई गरिएको यो पहिलो राजनीतिक आग्रह थियो संसद्मा प्रतिनिधत्व गर्नका लागि । दुर्भाग्यवश उनी उक्त निर्वाचनमा पराजित भए तर त्यसले अस्ट्रेलियामा नेपाली समुदाय पनि राजनीतिक रूपमा अघि आउन तयार छ भन्ने सन्देश दियो । |
वैशाख ५, २०८० |
विश्वभरिका पर्यटक लोभ्याउन स्पेनमा नेपाली सांस्कृतिक कार्यक्रम |
ददी सापकोटा |
विश्वका विभिन्न देशबाट आउने विदेशीहरूलाई नेपालप्रति आकर्षण बढाउन स्पेनको बार्सिलोना सहरस्थित मुख्य पर्यटकीय केन्द्रमा नेपालीहरूले विविध सांस्कृतिक कार्यक्रम गरेका छन् । |
वैशाख ४, २०८० |
नेपाली श्रमिकका मुद्दाबारे छलफल |
कान्तिपुर संवाददाता |
अखिल भारत नेपाली एकता मञ्चले हिमाचल प्रदेशमा कार्यरत नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका मुद्दाहरूमा छलफल चलाएको छ ।प्रदेशभरि छरिएर रहेका नेपाली मजदुरका मुद्दालाई नगर, सहर र प्रदेश स्तरका अधिकारीहरूसँग निरन्तर संवाद गरेर समाधान गराउने अभियान चलाउने नीति लिएको मञ्चका केन्द्रीय उप-महासचिव आरबी खड्काले बताए । |
वैशाख २, २०८० |
‘विश्व शान्तिको अठोट’ |
कान्तिपुर संवाददाता |
विश्वभर शान्ति फैलाउने अठोट गर्दै ग्लोबल पीस लिडरसीप कन्फरेन्स दिल्लीमा सम्पन्न भएको छ । ३० भन्दा बढी देशका शान्तिका पक्षधर प्रतिनिधिहरुको भेलामा शान्तिलाई बढावा दिन सकिने विभिन्न उपायहरु बारेमा छलफल भएको थियो । |
वैशाख १, २०८० |
भृकुटीको समय यात्रासँगै बेइजिङमा नेपाली नयाँ वर्ष मनाइयो |
लक्ष्मी लम्साल |
सातौं शताब्दीमा तिब्बती राजासँग विवाह गरेकी नेपाली राजकुमारी भृकुटीको आधुनिक बेइजिङ यात्राको भिडियो हेर्दै चीनमा रहेका नेपालीहरूले नयाँ वर्षलाई स्वागत गरेका छन् । |
चैत्र २९, २०७९ |
थपलियाको नेतृत्वमा नेकपा एस निकट एनआरएन अस्ट्रेलियाको पुनर्गठन |
कान्तिपुर संवाददाता |
प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले अच्युत शर्मा थपलियाको अध्यक्षतामा कार्यसमिति पुनर्गठन तथा चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा पूर्ण लामिछाने भयन भए । |
चैत्र २८, २०७९ |
यूएईका श्रमिकसँग दूतावासको संवाद कार्यक्रम |
कान्तिपुर संवाददाता |
नेपाली दूतावास अबुधावीले यूनाईटेड अरब ईमिरेट्स (यूएईमा) कार्यरत श्रमिक मजदुरहरुसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमको थालनी गरेको छ । |
चैत्र २७, २०७९ |
क्रोएसियामा नेपाली-नेपालीबीच चक्कु हानाहान |
ददि सापकोटा |
क्रोएसियाको साबास्कामा रहेको द मुभी पबमा नेपाली-नेपालीबीच चक्कु हानाहान हुँदा एक जना गम्भीर भएका छन् । शनिबार रातिको घटनापछि प्रहरीले केही नेपालीलाई पक्राउ गरेको छ । तर जाग्रेबबाट प्रकाशित एससेज्दर अनलाइन पत्रिकाले भने एक जना नेपालीलाई पक्राउ गरेको उल्लेख गरेको छ । |
बेलायतको वेल्समा नेपाली गाउँ बनाउन २४ एकड जग्गा खरिद |
कान्तिपुर संवाददाता |
बेलायतस्थित वेल्समा नेपाली गाउँ बनाउन नेपालीले एउटा महत्त्वपूर्ण परियोजना अगाडि सारेका छन् । नेपाली भिलेज यूकेले यस प्रयोजनका लागि २४ एकड (करिब १९० रोपनी) जग्गा खरिद गरिसकेको छ । |
चैत्र २६, २०७९ |
नयाँ वर्षको स्वागतमा दिल्लीमा कार्यक्रम |
कान्तिपुर संवाददाता |
भारतको नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरूले आउँदै गरेको नेपाली नयाँ वर्षको स्वागतमा आइतबार सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् । |
चैत्र २५, २०७९ |
पोर्चुगलमा करिब ५५० नेपालीले दिए पासपोर्टका लागि आवेदन |
ददि सापकोटा |
लामो समयदेखि पासपोर्टविहीन भएका करिब साढे पाँच सय नेपालीले इलेक्ट्रोनिक बायोमेट्रिक पासपोर्टको आवेदन दिएका छन् । पासपोर्टकै कारण विभिन्न समस्या झेलेका नेपालीहरूका लागि सहजीकरण गर्न खटिएको परराष्ट्र मन्त्रालयसहितको टोलीले पोर्चुगलको लिस्बन सहरमा पासपोर्ट दिने प्रक्रिया सुरु गरेको हो । |
चैत्र २४, २०७९ |
बेलायतमा नेपाली विद्यार्थीलाई जागिर र कोठा समस्या |
नवीन पोखरेल |
'बेलायतमा नेपाली घर भाडामा तथा रोजगारका अवसरहरू फेसबुक पेज' मा एक विद्यार्थीले पीडा पोख्दै सोधेका छन्, 'यूके आएको पनि दुई महिना भइसक्यो । अहिलेसम्म काम नपाउने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?' |
सीमाञ्चलका समस्या, साझा प्रयासमा जोड |
कान्तिपुर संवाददाता |
नेपाल–भारतका सीमावर्ती क्षेत्रमा दुवैतिर देखिने एकैखाले समस्या र चुनौतीहरुको समाधानका लागि दुवै देशले संयुक्त प्रयास गरे मात्र सार्थक परिणाम आउन सक्ने औंल्याइएको छ । |
चैत्र १०, २०७९ |
भूतपूर्व गोर्खाद्वारा आन्दोलन चेतावनी |
कान्तिपुर संवाददाता |
बेलायत सरकारले त्रिपक्षीय वार्तामा पेन्सन मुद्दालाई ‘एजेन्डा’ मै राख्न नखोजेको भन्दै भूतपूर्व गोर्खाहरूले फेरि आमरण अनशनको चेतावनी दिएका छन् । |
त्रिपक्षीय वार्तामा पेन्सन एजेन्डा हटाउन खोजिएको भन्दै गोर्खाहरू फेरि आन्दोलनको तयारीमा |
नवीन पोखरेल |
बेलायत सरकारले त्रिपक्षीय वार्तामा पेन्सन मुद्दा 'एजेन्डा' मै राख्न नखोजेको भन्दै भूतपूर्व गोर्खाहरूले फेरि आमरण अनशनको चेतावनी दिएका छन् । बेलायती भेट्रान मन्त्री एन्ड्रयू मोरिसनले बेलायत, नेपाल सरकार र गोर्खा प्रतिनिधिबीचको त्रिपक्षीय वार्तामा वेलफेयर (कल्याणकारी) मुद्दामात्र छलफल हुने तर पेन्सन एजेन्डा नबन्ने भन्ने अभिव्यक्ति दिएकोप्रति गोर्खाहरुले आशंकासहित आउँदो वार्ता बहिष्कार गर्ने जनाएका छन् । |
चैत्र ५, २०७९ |
एनआरएन ओमानको अध्यक्षमा विकल झा |
कान्तिपुर संवाददाता |
कोरोना महामारीका बेला खाडीबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर पठाउने नेतृत्व लिएको गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको अध्यक्षमा विकल झा पुनः निर्वाचित भएका छन् । |
दक्षिण अस्ट्रेलियामा देखिएको ‘मिनी नेपाल’ |
नारायण खड्का |
दक्षिण अस्ट्रेलियामा ४ वर्षपछि नेपाल महोत्सवको आयोजना गरिएको छ । दक्षिण अस्ट्रेलियाको मुख्य क्षेत्र एल्डर पार्क शनिबार बिहानैदेखि नेपालमय बनेको थियो । महोत्सवमा नेपालीबाहेकका समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो । |
च्यारिटीका लागि पैदलयात्रा |
नवीन पोखरेल |
ब्रिटिस गोर्खाहरूले नेपालका अभिभावक र घर नभएका बालबालिकाको सहयोगका लागि ६६ किलोमिटर पैदल यात्रा पूरा गरेका छन् । मन्जुश्री होम नेपाल र टेन क्विओजिएलआर लेडिज एसोसिएससनको सहयोगार्थ टेन क्विओजिएलआरमा कार्यरत गोर्खाहरुले बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा रहेको प्रथम भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापाको सालिकबाट लन्डन ह्वाइट हलस्थित गोर्खा सालिकसम्म पैदल यात्रा गरेका हुन् । |
चैत्र १, २०७९ |
कोरियामा कामदारलाई वैकल्पिक बिदा |
गोकुल थोकर |
कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.