text stringlengths 2 914 |
|---|
फाल्गुन ३०, २०७९ |
टर्कीका भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण |
कान्तिपुर संवाददाता |
टर्कीमा गत महिना गएको विनाशकारी भूकम्पका कारण पीडित नेपाली समुदायलाई सहयोगका लागि संकलित रकम गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीलाई हस्तान्तरण गरिएको छ । एनआरएनए मिडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाको अगुवाईमा संकलन गरिएको ४ हजार १ सय १९ युरो (५ लाख ८२ हजार) एनआरएनए टर्कीका अध्यक्ष उज्जलकुमार घिसिङलाई हस्तान्तरण गरिएको हो । |
धर्म सन्तानलाई नेपालसँग जोड्दै दूतावास |
कान्तिपुर संवाददाता |
स्पेनस्थित नेपाली दूतावासले त्यहाँ पुगेका धर्म सन्तानहरुलाई नेपालसँग जोडेको छ । म्याड्रिडमा रहेको नेपाली दूतावासले ‘नेपाल–इस्पाः कनेक्टिङ कल्चर एन्ड हार्ट्स’ अर्थात् ‘नेपाल–स्पेनः संस्कृति र हृदयलाई जोड्दै’ कार्यक्रम गरेर नेपालबाट धर्मपुत्र वा धर्मपुत्री बनाएर स्पेन पुर्याइएकालाई नेपालसँग जोड्ने काम गरेको हो । |
फाल्गुन २२, २०७९ |
पेरिसमा नेपालीसँगै फ्रान्सेलीले मनाए फागु उत्सव |
कान्तिपुर संवाददाता |
फ्रान्सको राजधानी पेरिसमा फागु उत्सव धुमधामसँग मनाइएको छ । फागु पूर्णिमाको आसपासमा बर्सेनि कार्यक्रम गर्दै आएको नेपाली सांस्कृति गृहले आइतबार आयोजना गरेको कार्यक्रममा एक–अर्कालाई विभिन्न प्रकारका रंग र अबिर दलेर फागु उत्सव मनाइएको हो । |
फाल्गुन २१, २०७९ |
अस्ट्रेलियामा होलीको उमंग [तस्बिरहरू] |
नारायण खड्का |
रंगहरूको पर्वको रुपमा चिनिने होली यस वर्ष अस्ट्रेलियामा रहेका नेपालीले पनि उल्लासका साथ मनाएका छन् । सिड्नी, एडिलेड, मेलबर्न, तास्मानिया लगायत विभिन्न राज्य तथा सहरमा रहेका नेपालीले होलीलाई विशेष उल्लासका साथ मनाएका छन् । |
फाल्गुन १६, २०७९ |
पेन्सिलभेनियामा 'गजल धमाका' |
कान्तिपुर संवाददाता |
भुटान गजल मञ्चले पेन्सेलभेनिया राज्यको पिट्सबर्ग सहरमा गजल वाचन तथा गायनको बृहत् उत्सव आयोजना गरेको छ । |
फाल्गुन १४, २०७९ |
राजदूत भण्डारी र बंगलादेशका प्रधानमन्त्री हसिनाको सल्लाहकारबीच भेटवार्ता |
कान्तिपुर संवाददाता |
बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उद्योग तथा लगानीसम्बन्धी निजी सल्लाहकारबीच सलमान एफ. रहमानबीच आइतबार ढाकामा भेटवार्ता भएको छ । |
फाल्गुन १३, २०७९ |
पोर्चुगलमा बस्ने नेपालीको राहदानी समस्या समाधान |
कान्तिपुर संवाददाता |
नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीका लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । |
फाल्गुन १२, २०७९ |
४ वर्षपछि दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सव |
नारायण खड्का |
दक्षिण अस्ट्रेलियामा यही मार्च १८ तारिख नेपाल महोत्सव आयोजना हुने भएको छ । एनआरएनएले नेपाली परम्परा, कलासंस्कृति, पर्यटनलगायत प्रवर्द्धनका लागि नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । |
फाल्गुन ११, २०७९ |
अस्ट्रेलियाको विद्यार्थी भिसा नियममा परिवर्तन |
नारायण खड्का |
अस्ट्रेलियाले अन्तर्रास्ट्रिय विद्यार्थीलाई दिँदै आएको काम गर्न पाउने अधिकार सम्बन्धी नियममा व्यापक हेरफेर गरेको छ । यहाँस्थित शिक्षा विभागले एक सूचना जारी गर्दै कोभिडका कारण दिइएको फुल टाइम काम गर्ने अधिकार यही जुनको ३० तारिखदेखि बन्द हुने जनाएको छ । |
अस्ट्रेलियाली संसद् भवनमा नेपालीको सम्मानमा स्वागत कार्यक्रम |
नारायण खड्का |
दक्षिण अस्ट्रेलियाको संसद् भवनमा बहुसांस्कृतिक तथा पर्यटनमन्त्री जोय बेटिसनले नेपालीको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेकी छन् । मन्त्री बेटिसनले नेपाली समुदायका अगुवालाई बुधबार संसद् भवनमा एक कार्यक्रमको आयोजना गरेर नेपालीले पुर्याइरहेको योगदानका लागि धन्यवाद ज्ञापन गरेकी हुन् । |
फाल्गुन ३, २०७९ |
अस्ट्रेलियामा नेपाली खानाको प्रवर्द्धन गर्दै सेफ सन्तोष साह |
कान्तिपुर संवाददाता |
मास्टर सेफ सन्तोष साहले अस्ट्रेलियामा नेपाली खानाको प्रवर्द्धन गर्ने भएका छन् । नेपालको खाना प्रवर्द्धनका लागि अस्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटि एन्ड कुलिनरी एकेडेमी नेपालको संयोजकत्वमा आउँदो मे ३ देखि ७ सम्म ‘नेपाली फाइन डाइनिङ पप–अप इन अस्ट्रेलिया’ आयोजना हुने भएको हो । |
माघ २९, २०७९ |
स्पेनमा ‘कनेक्टिङ माइन्ड्स फर अ बेटर फ्युचर’ कार्यक्रम |
कान्तिपुर संवाददाता |
स्पेनस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय महिला तथा बालबालिका विज्ञान दिवसको अवसरमा शनिबार ‘कनेक्टिङ माइन्ड्स फर अ बेटर फ्युचर’ कार्यक्रमको आयोजना गरेको छ । |
माघ २५, २०७९ |
ल्होछारमा छानियो ‘चोहो’ |
नारायण खड्का |
अस्ट्रेलियाका तामाङ समुदायले चोहो चुनेका छन् । परापूर्वकालमा तामाङ समुदायमा आफ्नो गाऊँको सुरक्षा गर्ने मुखियाको रुपमा लिइने चोहोलाई यहाँका तामाङले आइतबार आयोजित एक कार्यक्रममा सर्वसम्मत रुपमा चुनेका हुन् । |
माघ २४, २०७९ |
एनआरएनए यूके र बार एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर |
कान्तिपुर संवाददाता |
एनआरएनए यूके र नेपाल बार एसोसिएसनबीच एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । बेलायत बस्ने गैरआवासीय नेपालीहरूलाई पर्ने सम्पत्तिसम्बन्धी कानुनी समस्याको प्रारम्भिक कानुनी परामर्श निःशुल्क रुपमा दिन एसोसिएसनले सघाउने गरी सहमति भएको हो । नेपाल बारका नेपालभर झन्डै २१ हजार कानून व्यवसायी सदस्य छन् । |
माघ २०, २०७९ |
नेपालको कार्यकाल अविस्मरणीय : यूएई पूर्वराजदूत |
कान्तिपुर संवाददाता |
नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का पूर्वराजदूत साईद हम्दान अल नक्बीले नेपालको ६ वर्षे कार्यकाल अविस्मरणीय भएको बताएका छन् । अरब मुलुकबाट नेपालमा लामो समय राजदूत भएर बसेका साइद गत नोभेम्बरमा यूएई फर्केका हुन् । हाल उनी यूएईको परराष्ट्र मन्त्रालयमा कार्यरत छन् । |
माघ १९, २०७९ |
कोरियामा लगानी सम्मेलन |
गोकुल थोकर |
नेपाली राजदूतावास दक्षिण कोरियाले गैरआवासीय नेपाली संघ दक्षिण कोरियासँग मिलेर ‘नेपाल इन्भेस्टमेन्ट सेमिनार २०२३’ आयोजना गरेको छ । बुधबार सोलमा भएको कार्यक्रममा कोरियाका ५५ भन्दा बढी कोरियाली लगानीकर्ताहरुको सहभागिता रहेको थियो । |
माघ १६, २०७९ |
दूतावास नभएका देशमा सरकारी घुम्ती टोली खटाइने |
कान्तिपुर संवाददाता |
पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ । परराष्ट्रमन्त्री विमला राई पौड्यालले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको बताइन् । |
माघ १४, २०७९ |
विद्यार्थीमाथि कठोर बन्दै बेलायत, ‘पोस्ट स्टडी वर्क’ को अवधि घटाउने तयारी |
नवीन पोखरेल |
बेलायत सरकारले अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीमाथि फेरि कडाइ गर्ने तयारी गरेको छ । बेलायती गृहमन्त्री (होम सेक्रेटरी) सुएला ब्रेभरम्यानले यही जनवरी २५ मा पेस गरेको अध्यागमन सुधारसम्बन्धी नयाँ प्रस्तावमा विद्यार्थीहरूमाथि अनुदार नीति समावेश गरिएको हो । |
माघ १२, २०७९ |
डार्बिनबाट सुरु भयो अस्ट्रेलियामा नेपथ्यको सांगीतिक यात्रा |
नारायण खड्का |
भर्खरै नेपालमा ‘मानवताका लागि संगीत’ नारा लिएर देशव्यापी कार्यक्रम सकेको नेपथ्यले अस्ट्रेलियामा समेत आफ्नो सांगितिक यात्राको सुरुवात गरेको छ । भ्रमणको सुरुवातास्वरूप डार्बिनमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा नेपथ्यले सधैंझैं प्रशंसा पाएको थियो । |
माघ ८, २०७९ |
अमेरिकामा पासपोर्टका लागि शुल्क तिर्ने सेवाग्राही थप मारमा |
कान्तिपुर संवाददाता |
वासिङटनस्थित नेपाली दूतावासले चलाएको जनसेवा शिविर अन्तर्गत गत डिसेम्बर दोस्रो सातामा अमेरिकाको टेक्सस राज्यमा नेपाली सेवाग्राहीबाट उठेको रकम लुटिएकोबारे अनुसन्धान र तथ्यसत्य सार्वजनिक नभएको भन्दै टेक्ससस्थित नेपाली समुदायले विरोध जनाएको छ । |
माघ २, २०७९ |
कानुनी कठिनाइ हटाउन प्रधानमन्त्रीलाई गैरआवासीय नेपालीकाे आग्रह |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री पुष्पकमल दाहाल र गैरआवासीय नेपाली संघका अध्यक्ष त्रयसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । भेटका क्रममा गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम र सरकारको तर्फबाट सम्बोधन गर्नुपर्ने नीतिगत र कानुनी सुधारबारे धारणा राखिन् । |
पुस २९, २०७९ |
लन्डनमा नेपालको द्वन्द्व, शिक्षा र शान्तिका विषयमा चर्चा |
कान्तिपुर संवाददाता |
लन्डनमा नेपालको द्वन्द्व, शिक्षा र शान्तिका विषयमा चर्चा भएको छ । मंगलबार साँझ लन्डनको युनिभर्सिटी कलेज लन्डनमा आयोजित पुस्तक विमोचन समारोहमा वुद्धिजीवीहरूले उल्लेखित विषयमा चर्चा गरेका हुन् । |
पुस २६, २०७९ |
सापकोटा पर्यटन सद्भाव दूतमा नियुक्त |
कान्तिपुर संवाददाता |
नेपाल सरकारले बेलायतको वेल्सका लागि सोम सापकोटालाई पर्यटन सद्भाव दूतमा नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सापकोटालाई पर्यटन सद्भाव दूतमा नियुत्त गरेको हो । |
पुस २०, २०७९ |
मोक्तान उत्तरी आयरल्यान्डका लागि पर्यटन सद्भावना दूत नियुक्त |
कान्तिपुर संवाददाता |
बेलायतमा नेपालीको सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन यूके र नेपाली कलाकार संघका पूर्वअध्यक्ष उमेशराज मोक्तान उत्तरी आयरल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएका छन् । |
क्यानडामा नेपाली सम्मानित |
कान्तिपुर संवाददाता |
क्यानडा–नेपाल मैत्री तथा सांस्कृतिक समाजका संस्थापक कवि मानकाजी श्रेष्ठले समुदायमा पुर्याएको सहयोग तथा सहकार्यका निम्ति ‘अनरेबल मेन्सन’ सम्मान पाएका छन् । |
पुस १७, २०७९ |
अस्ट्रेलियामा मनाइयो टोपी दिवस |
नारायण खड्का |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.