text
stringlengths
2
914
विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ ।
भाद्र २५, २०७९
नेपालमय बन्यो मेलबर्न
नारायण खड्का
मेलबर्नको मुख्य स्थान फेडेरेसन स्क्वायर शनिबार बिहानैदेखि नेपालमय बन्यो । सहरमा फरफराइरहेका नेपाली झन्डासँगै सयौं नेपालीले एकाबिहानै आफ्नो वेशभूषासहित नगर परिक्रमा गर्दा वरपर रहेर फोटो खिच्ने र ताली बजाएर स्वागत गर्नेको संख्या निकै थियो ।
भाद्र २२, २०७९
मेलबर्नमा नेपाल महोत्सवको अन्तिम तयारी
नारायण खड्का
अस्ट्रेलियाको मेलबर्नमा ४ वर्षपछि आयोजना हुन लागेको नेपाल महोत्सवको तयारी पूरा भएको आयोजक अस्ट्रेलियास्थित प्रवासी नेपालीको संगठन (एनआरएनए) ले जनाएको छ । महोत्सवमा यसपटक नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि विशेष तयारी गरेको बताइएको छ ।
भाद्र १८, २०७९
बाजुराको एक परिवार भारतको मुम्बइमा बिचल्ली
वसन्तप्रताप सिंह
रोजगारीको शिलशिलामा भारतको मुम्बइ पुगेको बाजुराको एक परिवार अलपत्र परेको छ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं १० की राजपुरा दमाइको परिवार मुम्बइमा अलपत्र भएको हो ।
भाद्र १६, २०७९
गिरिको सम्झनामा बेल्जियमा शोकसभा
कान्तिपुर संवाददाता
कांग्रेसको जनसम्पर्क समिति बेल्जियमले दिवंगत नेता प्रदीप गिरिको सम्झनामा श्रद्धाञ्जली सभा गरेको छ । गिरिको १३औं पुण्य तिथीका अवसरमा आन्तवेर्पन सहरमा आयोजना गरिएको श्रद्धाञ्जलीमा समितिका पदाधिकारी तथा पूर्वपदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले गिरिले अघि सारेको विचारको राजनीतिलाई कांग्रेसले निरन्तरता दिनुपर्ने बताएका थिए ।
भाद्र १५, २०७९
कोरियामा नेपालीबाटै नेपालीको हत्या
गोकुल थोकर
दक्षिण कोरियाको राजधानी सोलभन्दा १ सय ५ किलोमिटर दक्षिणमा पर्ने छुङछनबुक्दोको जिनछनमा रहेको प्लास्टिक कम्पनीमा काम गर्ने नेपालीले आफ्नै सहकर्मीलाई धारिलो छुरा प्रहार गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । मंगलबार राति भएको उक्त घटनाका आरोपित यूवालाई प्रहरीले पक्राउ गरेको छ ।
भाद्र १४, २०७९
दिल्लीमा तीज महोत्सव
कान्तिपुर संवाददाता
भारतको राजधानी नयाँ दिल्लीमा रहेका नेपाली समुदायका लागि हरितालिका तीजका अवसरमा 'तीज महोत्सव' को आयोजना गरिएको छ । हाम्रो स्वभिमान ट्रस्ट हरिद्वारले मंगलबार भारतको राजधानी दिल्लीमा तीज महोत्सव आयोजना गरेको हो ।
भाद्र १३, २०७९
लन्डनमा नेपाली मेला
नवीन पोखरेल
लन्डनको केम्पटन पार्क रेसकोर्स आइतबार नेपालमय बन्यो । १३औं नेपाली मेलामा बेलायतका झन्डै तीन दर्जन जातीय तथा सामाजिक संघसंस्थाले आफ्नो मौलिक कला संस्कृति, भेषभूषा, रहनसहन र परम्परा उजागर गरे । मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ थियो ।
भाद्र १२, २०७९
घानामा मैनालीले गरे २०४ औं पटक रक्तदान
कान्तिपुर संवाददाता
तीन दशकदेखि विश्वभर युवाहरुलाई रक्तदानमा उत्प्रेरणा जगाउँदै आइरहेका काभ्रेपलाञ्चोकका अर्जुनप्रसाद मैनालीले अफ्रिकी मुलुक घाना पुगेर शनिबार रक्तदान गरेका छन् । उनले आफ्नो २ सय ३ औं पटकको रेकर्ड ब्रेक गर्दै घानाको नेसनल ब्लड सर्भिसमा पुगेर रक्तदान गरेको बताए ।
भाद्र ११, २०७९
एनआरएनए १४औं युरोपियन क्षेत्रीय सम्मेलन स्वीडेनमा
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ युरोप क्षेत्रले आगामी सेप्टेम्बर २४ र २५ तारिखमा १४औं युरोपियन क्षेत्रीय बैठकसँगै १२औं महिला, युवा तथा विज्ञ सम्मेलन गर्ने भएको छ ।
भाद्र ६, २०७९
गोर्खा मुद्दा : बहुप्रतिक्षित वार्ताको टीओआर बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगियो
नवीन पोखरेल
बेलायत र नेपाल सरकारबीच गोर्खा मुद्दामा हुन लागेको बहुप्रतिक्षित वार्ताको टर्म्स अफ रिफरेन्स (टीओआर) निर्माणका लागि बसेको पहिलो बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
भाद्र ५, २०७९
ईपीएस प्रणालीमा थप सुधार
गोकुल थोकर
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरियामा आएका विदेशी कामदारलाई केही सहज हुने नियम ल्याउने भएको छ । सुधार भएको नयाँ नियम अक्टोवर महिनादेखि लागु हुनेछ ।
श्रावण २४, २०७९
‘सकर क्लिनिक’ मा दोस्रो पुस्ताका नेपाली
नारायण खड्का
दक्षिण अस्ट्रेलियाका नौ वर्षीय रोनव पाण्डे, आदि अधिकारी र आर्नब लामिछाने हरेक साता ‘सकर क्लिनिक’ मा व्यस्त भेटिन्छन् । फरक फरक स्थानीय फुटबल क्लबबाट खेल्ने उनीहरुलाई यस क्लिनिकले सीप र ज्ञान मात्रै दिएको छैन, फुटबलमै भविष्य खोज्ने आधार समेत तयार गरिदिँदैछ ।
श्रावण २२, २०७९
अमेरिकामा बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान सम्पन्न
कान्तिपुर संवाददाता
अमेरिकाको पेन्सिलभेनिया राज्यको हृयारिसवर्ग सहरमा भुटानी नेपाली सर्जकहरुको आयोजनामा बृहत् अन्तर्राष्टिय सिर्जनात्मक अनुष्ठान सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल, भारत, नेदरल्यान्ड, बेलायत, न्यूजिल्यान्ड, अस्ट्रेलिया, डेनमार्कबाट गएका ४ सयजति नेपालीभाषीका माझ सिक्किमका पूर्वमुख्यमन्त्री एवं कवि पवन चाम्लिङले अनुष्ठान पाँचौं संस्करणको उद्घाटन गरेका थिए ।
जापानका नेपालीलाई दाहालले भने- 'अहिले नै फर्केर आउनु भन्ने अवस्था छैन'
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने बताएका छन् । विद्युत र पर्यटनसँगै कृषि आर्थिक विकासको प्रमुख आधार भएको उनको भनाइ थियो ।
अस्ट्रेलियामा कोभिड संक्रमणपछि समस्या बन्दै ‘लङ कोभिड’
नारायण खड्का
दक्षिण अस्ट्रेलियामा बस्दै आएका रमन बास्तोला (नाम परिवर्तन) लाई कोरोना संक्रमण भएको ५ महिनापछि खोकी लाग्ने, जिउ दुख्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखा परे । सुरुमा सामान्य मानेर उपचार नगरेका उनलाई चिकित्सकले अस्ट्रेलियाकै ‘लङ कोभिड क्लिनिक’ मा रिफर गरिदिए । उनी अहिले उक्त क्लिनिकमा उपचारका लागि पालो आउने पर्खाइमा छन् ।
श्रावण १४, २०७९
अयोध्यायको राम मन्दिरमा धनुष राख्नेबारे निधि र रायबीच छलफल
कान्तिपुर संवाददाता
भारतको अयोध्यायमा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष राख्न श्रीराम जन्मभूमि तीर्थक्षेत्र सकारात्मक देखिएको छ ।
श्रावण १३, २०७९
पत्रकार महासंघ र नेजाबीच समझदारी पत्रमा हस्ताक्षर
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
श्रावण ६, २०७९
प्रवासी नेपालीले राजदूत शर्मालाई सुनाए समस्या
कान्तिपुर संवाददाता
दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले भारतमा रहेका प्रवासी नेपालीका राजनीतिक संगठनहरुसँग अन्तरक्रिया गरेका छन् ।
श्रावण ४, २०७९
घरघरमा तिरंगा झन्डा फहराउन सिक्किमवासीलाई मुख्यमन्त्री तामाङको निर्देशन
घनश्याम खड्का , पर्वत पोर्तेल
झन्डाले राष्ट्रियतालाई कति व्यक्त गर्छ ? सन् १९७५ मा भारतको २२ औं राज्यका रूपमा गाभिएको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ भन्छन्, ‘झन्डा नै देशको पहिचान हो ।’
श्रावण २, २०७९
सिक्किममा पत्रकारलाई पेन्सन
कान्तिपुर संवाददाता
सिक्किम सरकारले पत्रकारका लागि पेन्सनको व्यवस्था गर्ने भएको छ । प्रेस क्लब अफ सिक्किमको २०औं स्थापना दिवसका अवसरमा आइतबार गान्तोकमा आयोजित एक समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले सिक्किममा कार्यरत पत्रकारका पेन्सन उपलब्ध गराउने घोषणा गरेका हुन् । ‘पत्रकारका लागि पेन्सनका जरुरी महसुस गरेका छौ,’ मुख्यमन्त्रीले भने, ‘कार्यविधि बनाएर चाँडै लागू गर्ने छौं ।’
असार २७, २०७९
कान्तिपुरकर्मी पोखरेल र पत्रकार रानाभाटलाई 'एफएनजे यूके पत्रकारिता पुरस्कार'
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघ बेलायत शाखाले प्रदान गर्ने पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल र पत्रकार खेमराज रानाभाटले पाएका छन् ।
असार २६, २०७९
दिल्लीमा भानुभक्तको सम्झना
कान्तिपुर संवाददाता
आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्म जयन्तीका अवसरमा दिल्लीमा रहेका नेपालीहरूले नेपाली साहित्य र भाषामा उनको अतुल्य योगदानको सम्झना गरेका छन् । हाम्रो स्वाभिमान ट्रस्ट दिल्ली प्रदेशले आइतबार यहाँ भानु जयन्तीका अवसरमा कविता वाचन कार्यक्रम आयोजना गरेको थियो ।
असार २२, २०७९
चण्डीगढको सरकारी सेवामा जम्दै नेपाली
राजेश मिश्र
स्याङ्जाका छविलाल पाठक उमेरले ४० वर्ष पुगे । उनी चण्डीगढ नगरपालिकामा कनिष्ठ सहायक पदमा कार्यरत छन् । त्यहाँ उनले जागिर खाएको २० वर्ष पुग्दै छ । उनका बुबाले पनि चण्डीगढकै प्रशासनमा २९ वर्ष नोकरी गरेका थिए । उनको निधनपछि पाउने पेन्सनको हिस्सा पाठककी आमाले बुझ्छिन् ।
बेलायती पर्यटक नेपाल भित्र्याउन दूतावासको पहल
नवीन पोखरेल
लन्डनस्थित नेपाली दूतावासले ब्रिटिस पर्यटक नेपाल भित्र्याउन पहल सुरु गरेको छ । कोभिड महामारीपछि पहिलोपटक प्रत्यक्ष कार्यक्रम गरी दूतावासले नेपालको पर्यटन प्रवर्द्धनका लागि पहल गरेको हो ।
असार १६, २०७९
दक्षिण कोरियामा ५ प्रतिशत तलब बढ्ने, नेपाली कामदार लाभान्वित हुने
गोकुल थोकर
दक्षिण कोरियाले सन् २०२३ का लागि कामदारको ज्याला वृद्धि गर्ने भएको छ । बुधबार बसेको ज्याला निर्धारण समितिको बैठकले अहिलेको ज्यालामा ५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) बनाएको हो । तलब वृद्धिले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आएका ३५ हजारभन्दा बढी नेपाली कामदार लाभान्वित हुनेछन् ।
असार १४, २०७९
अस्ट्रेलियामा १ सय २५ प्रतिशतले बढे नेपाली