text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतसबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो । |
चैत्र २१, २०७८ |
एभरेस्टको अध्यक्षमा पुनः बराल |
कान्तिपुर संवाददाता |
भारतमा रहेका नेपाली उद्योगी व्यवसायीहरूको संस्था एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको अध्यक्षमा पुनः युवराज बराल चयन भएका छन् । नोयडामा भएको चौथो अधिवेशनले बराललाई सर्वसम्मतिले अध्यक्षमा दोहोर्याएको हो । |
चैत्र १६, २०७८ |
गोविन्दको कला:लन्डन हुँदै दुबई |
नवीन पोखरेल |
कक्षा कोठामा लेखपढ भन्दा चित्र कोरेर समय बिताउन रमाउँथे उनी । न प्रशिक्षण, न पढाइ । भित्तामा जे देख्यो त्यही उतार्न तम्सिने उनको जोश थियो । पढाइमा तेज छोरालाई इन्जिनियर बनाउने बाबुआमाको चाहना उनको चित्रकला लहड अगाडि के लाग्थ्यो र ? |
चैत्र १५, २०७८ |
आप्रवासी कामदारको मानव अधिकारका लागि समझदारीपत्रमा मानवअधिकार संस्थाबीच हस्ताक्षर |
कान्तिपुर संवाददाता |
नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार संस्थाहरूबीच आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । |
चैत्र १४, २०७८ |
एनआरएनएले नेपालमा वृद्धाश्रम बनाउने |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको वृद्धाश्रम बनाउने घोषणा गरेको छ । संघको नवनिर्वाचित कार्यसमितिको ८४औं बैठकले पशुपति क्षेत्रमा उक्त आश्रम बनाउने निर्णय गरेको हो । |
चैत्र १३, २०७८ |
दिल्लीमा नेपाली सेना दिवसमा कार्यक्रम |
कान्तिपुर संवाददाता |
नेपाली सेना दिवसको अवसरमा नेपाली दूतावासले दिल्लीले विभिन्न देशका सैनिक सहचारीहरुलाई आमन्त्रण गरेर औपचारिक कार्यक्रम गरेको छ । सेना दिवस महाशिवरात्रिकै दिन मार्च १ मा रहे पनि विभिन्न देशका कूटनीतिक नियोगहरुले अनुकूलको तिथिमा कार्यक्रम गर्दै आएका छन् । |
चैत्र १२, २०७८ |
नेपाली श्रमिकले धानेको मनालीको अर्थतन्त्र |
राजेश मिश्र |
भारत हिमाचल प्रदेशको ‘हिल स्टेसन’ मनाली पर्यटकीय स्थलका रूपमा परिचित छ । बढी गर्मी हुने भारतका विभिन्न सहरका सर्वसाधारणलाई यहाँको चिसो मौसमले लोभ्याउने गरेको छ ।बर्सेनि लाखौं भारतीय नागरिक मनाली घुम्न आउँछन् । |
चैत्र १०, २०७८ |
अस्ट्रेलियामा मानसिक स्वास्थ्यमा भविष्य देख्दै नेपाली नर्स |
नारायण खड्का |
१० वर्षअघि अस्ट्रेलिया आएका ओमकार थापाले केही वर्षपहिले नर्सिङ अध्ययन गरे । अध्ययन पश्चात स्थानीय स्वास्थ्य निकायमा काम गर्दै आएका उनी अस्ट्रेलियाली सरकारले सुरु गरेको मानसिक स्वास्थ्य नर्सिङ कार्यक्रममा छनोट भए । गौतमजस्तै केही वर्षपहिले नर्सिङ सकेकी सन्तोषी गौतमसमेत यसै कार्यक्रममा छनोट भएर मानसिक स्वास्थ्य नर्स बन्ने उद्देश्यमा लागिपरेकी छिन् । |
चैत्र ७, २०७८ |
श्रम सम्झौता नवीकरण गर्न नेपाल र कतार सहमत |
कान्तिपुर संवाददाता |
कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन् । कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विमर्श भएको छ । |
चैत्र ६, २०७८ |
विदेशका नेपालीलाई मताधिकार दिन दलहरू प्रतिबद्ध |
रासस |
प्रमुख राजनीतिक दलहरूले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिनेगरी यथाशीघ्र कानुन बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । |
चैत्र ४, २०७८ |
बेलायतमा सद्गुरुले भने- नेपाली मेरो मुटुमा छन् |
कान्तिपुर संवाददाता |
योगी सद्गुरुले नेपालसँग आफ्नो आत्मीय सम्बन्ध रहेको बताएका छन्। ‘सेभ सोइल’ (माटो जोगाउँ) अभियान शुभारम्भका लागि लन्डनमा रहेका सधगुरुले बिहीबार लन्डनस्थित नेपाली दूतावासमा सम्बोधन गर्दै भने, ‘नेपाल र नेपाली मेरो मुटुमा छन् ।’ |
चैत्र १, २०७८ |
एनआरएनए अध्यक्षमा केसी र थापा भिड्दै |
कान्तिपुर संवाददाता |
गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी चैत १० र ११ गते हुने निर्वाचनका लागि अध्यक्षमा वर्तमान उपाध्यक्षद्धय रविना थापा र बद्रि केसीले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै अध्यक्षमा थापा र केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । |
फाल्गुन २३, २०७८ |
गोर्खा वार्ताका लागि बेलायती रक्षा मन्त्रालयलाई आह्वान |
कान्तिपुर संवाददाता |
लन्डनस्थित नेपाली दूतावासले बेलायतको रक्षा मन्त्रालय (एमओडी) लाई पत्र लेख्दै भूतपूर्व गोर्खाहरुको माग सम्बन्धमा त्रिपक्षीय वार्ताका लागि आह्वान गरेको छ । |
फाल्गुन १८, २०७८ |
के छन् सरकारी वार्ता टोलीले उठाउनुपर्ने भूपू ब्रिटिस-गोर्खा सैनिकका मुद्दा ? |
जगदीश्वर पाण्डे |
सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूका सम्बोधन हुन बाँकी मागहरूबारे बेलायत सरकारसँग वार्ता गर्न बेलायतका लागि नेपाली राजदूतको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । |
फाल्गुन १४, २०७८ |
किभ छाड्दै नेपाली पनि |
होम कार्की |
रुसले युक्रेनमाथि आक्रमण बढाएपछि गोरखाका सञ्जित भट्ट शुक्रबार बिहान ६ बजे आफू बसिरहेको होस्टल छाडेर बाहिर निस्किए । उनी युक्रेनको राजधानी किभस्थित एक होस्टलमा एक महिनादेखि बस्दै आएका थिए । ‘किभमा बस्नु निकै खतरा भयो,’ उनले भने, ‘हामी पोल्यान्डको लभिभ बोर्डरतिर गइरहेका छौं ।’ |
फाल्गुन ११, २०७८ |
जग्गा खरिदको ४ वर्षसम्म सुरु भएन दूतावास भवन निर्माण |
नारायण खड्का |
जग्गा खरिद गरेको ४ वर्ष बितिसक्दा समेत अस्ट्रेलियास्थित नेपाली दूतावासको भवन निर्माण सुुरु हुन सकेको छैन । तर, दूतावासले डिजाइन र नक्सा पास भइसकेकाले केही महिनाभित्रैमा निर्माण थालिने बताएको छ । |
फाल्गुन १०, २०७८ |
चीनमा अलपत्र नेपालीको उद्धारमा कठिनाइ |
लक्ष्मी लम्साल |
विगत ६ महिनादेखि चीनको एउटा हिरासतमा रहेका नेपालीको पर्याप्त प्रमाण अभावका कारण उद्धारमा कठिनाइ भएको छ। हङकङसँग सीमा जोडिएको क्वाङ्तोङ प्रान्तमा अवैध तरीकाले प्रवेश गरेका ती नेपालीको आवश्यक कागजात अभावमा उद्धार गर्न सकस परेको हो। |
फाल्गुन ४, २०७८ |
एनआरएनए चुनाव चैत पहिलो साता हुने |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी चैत ७ र ८ (मार्च २१ र २२ तारिख)मा हुने भएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताका लागि फागुन २० गते (मार्च ४)लाई समय गते तोकिएको छ । |
फाल्गुन ३, २०७८ |
प्रवासीको नोट चल्यो, भोट चलेन |
होम कार्की |
कतारमा पाइला राखेयता पोखराका बिल गुरुङले कुनै पनि निर्वाचनमा मत दिन पाएका छैनन् । मुलुकको निर्वाचनमा भाग लिई राज्यको नीति, निर्माण र शासन व्यवस्थामा मत जाहेर गर्ने अधिकारबाट उनी वञ्चित हुँदै आएका छन् । |
माघ २८, २०७८ |
बेलायतमा नेपाली युवालाई लागूऔषध कारोबारमा ३८ महिना जेल सजाय |
नवीन पोखरेल |
बेलायतको अदालतले लन्डन निवासी एक नेपाली युवालाई लागूऔषध (क्लास ए ड्रग्स) कारोबारमा दोषी ठहर गर्दै ३८ महिना जेल सजाय सुनाएको छ । |
माघ २४, २०७८ |
मलेसिया जाने नेपाली श्रमिकले अब औंठा छाप दिनु नपर्ने |
कान्तिपुर संवाददाता |
मलेसिया जाने नेपाली श्रमिकको औंठा छाप (फिंगर प्रिन्ट) लिने भन्दै नेपालसहित श्रोत देशमा स्थापना गरिएको अध्यागमन सुरक्षा जाँच (आईएससी)को संयन्त्रलाई हटाइएको छ । अब मलेसिया जाने श्रमिकले फिंगर प्रिन्ट दिन छुट्टै संयन्त्रमा जान नपर्ने भएको छ । |
माघ २२, २०७८ |
अस्ट्रेलियामा खानेबस्ने समस्या झेल्दै विद्यार्थी |
नारायण खड्का |
कोभिड–१९ को संक्रमण रोक्नका लागि करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले केही महिनाअघि भिसावाहक विदेशीलाई भित्र्याउने निर्णय गर्यो । त्यति मात्र नभई केही समयअघि प्रधानमन्त्री स्कट मरिसनले योग्य विदेशी नागरिक समयमै अस्टेलिया आउन भनेर निश्चित समयभित्र आउनेलाई भिसा शुल्क मिनाहा गरिदिने निर्णय नै गरे । |
माघ ७, २०७८ |
भूतपूर्व ब्रिटिस गोर्खालाई प्रतिष्ठित ‘एमबीइ’ पदक |
कान्तिपुर संवाददाता |
एकजना भूतपूर्व ब्रिटिस गोर्खा दिलीप गुरुङले बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक ‘एमबीइ’ ग्रहण गरेका छन् । परोपकारी कार्यमा क्रियाशील सहारा यूकेका पूर्वअध्यक्ष गुरुङलाई ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) पदक प्रदान गरिएको हो । |
माघ ५, २०७८ |
समृद्ध कोरियाका कहालीलाग्दा कारखाना : औद्योगिक दुर्घटनामा ज्यान गुमाउँदै नेपाली कामदार |
गोकुल थोकर |
नुवाकोटका अर्जुन तामाङ कोरिया उड्नुअघि अनेक सपना बुन्दै थिए । सहरमा घर, सुखी परिवार । आफन्त साथीभाइबीच राम्रो आर्थिक हैसियत । त्यसबेला उनको तरकारी पसल थियो । तर राम्रो लगानी थप्न नसकेर पसल चलेन । उनी डान्स पनि गर्थे । साथीभाइ मिलेर खोलेको डान्स सेन्टर थियो । केही म्युजिक भिडियोमा अभिनय पनि गरेका थिए । |
पुस ३०, २०७८ |
बेलायतले नेपाली नर्स लैजान श्रम सम्झौता गर्ने |
कान्तिपुर संवाददाता |
बेलायतले नेपालसँग श्रम सम्झौता गरेपछि मात्रै कामदारको रुपमा नर्सहरू लैजाने सहमति जनाएको छ । |
पुस १९, २०७८ |
नेपाली राजदूतलाई यूएईका राजकुमारले भने- 'समस्या लिएर सिधै मलाई भेट्नू' |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.