text
stringlengths
2
914
नारायण खड्का
अस्ट्रेलियामा नेपालीको जनसंख्या करिब १ लाख ३० हजार पुगेको छ । ५ वर्षअघि ५५ हजार मात्र रहेको नेपालीको जनसंख्या झण्डै १ सय २५ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ ।
असार १०, २०७९
अस्ट्रेलियामा आफ्नै भवन बनाउँदै नेपाली समुदाय
नारायण खड्का
अस्ट्रेलियामा रहेका नेपालीले हरेक राज्यमा नेपाली कलासंस्कृति, पहिचान र परम्परा झल्काउने आफ्नै सामुदायिक भवन निर्माणको काम अघि बढाएका छन् ।
असार ८, २०७९
कोरियन एयरले आउँदो अगस्ट महिनादेखि नेपालमा नियमित उडान गर्ने
गोकुल थोकर
कोरियन एयरले अगस्ट महिनादेखि सोल-काठमाडौं नियमित उडान गर्ने भएको छ । प्रत्येक सोमबार र बुधबार उडान गर्ने एयरले जनाएको छ । कोरोना महामारीका कारण रोकिएको उडान दुई वर्ष पछि पुनः सुरु हुन लागेको हो ।
असार ५, २०७९
दिल्लीमा नेपालीद्वारा सञ्चालित को अपरेटिभको साधारणसभा
कान्तिपुर संवाददाता
दिल्लीमा रहेका नेपालीहरूले चलाएको युनाइटेड को अपरेटिभले आइतबार दोस्रो साधारणसभा गरेको छ । प्रवासी नेपालीहरू संगठित भएर को अपरेटिभ चलाएका छन् ।
जेष्ठ ३०, २०७९
‘कोभिड-१९ कथाहरू’ र ‘अ जोर्नी अफ इनोसेन्स’ पुस्तक लोकार्पण
नवीन पोखरेल
नेपाल सेन्टर इन्टरनेसनलद्वारा प्रकाशित ‘कोभिड-१९ कथाहरू’ र ‘अ जोर्नी अफ इनोसेन्स’ पुस्तकको लोकार्पण गरिएको छ ।
जेष्ठ २८, २०७९
नयाँदिल्लीमा प्रवासीका लागि स्वास्थ्य शिविर
कान्तिपुर संवाददाता
दिल्लीमा रहेका प्रवासी नेपालीका लागि शनिबार नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ । प्रभु बैंकको दिल्ली कार्यालय र केयर फर क्योर संस्थाले संयुक्तरूपमा शिविर आयोजना गरेको हो ।
जेष्ठ २६, २०७९
याक्थुङ भाषा लिपिका प्रवर्द्धक मुरिङ्ला रहेनन्
प्रदीप मेन्याङ्बो
याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिको विकास र प्रवर्द्धक रहेका साहित्यकार बीबी मुरिङ्ला सुब्बा (बिर्खबहादुर मुरिङ्ला लिम्बु) को निधन भएको छ । उनको बुधबार सिक्किमको राजधानी गान्तोकस्थित द सर थतोव नाम्ग्याल मेमोरियल हस्पिटल (न्यूएसटिएनएम)मा निधन भएको हो । उनी ८० वर्षका थिए । मुरिङ्लाको मस्तिष्कमा भएको रक्तस्रावका कारण निधन भएको अस्पतालले जनाएको छ ।
जेष्ठ २४, २०७९
एनआरएन राष्ट्रिय समन्वय परिषद् यूएईको अध्यक्षमा ढुंगाना निर्वाचित
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, यूएईको अध्यक्षमा ठाकुरप्रसाद ढुंगाना निर्वाचित भएका छन् । मध्यपूर्व संयोजक मनोजकुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न भेलाले अध्यक्षमा ढुंगानासहित ५७ सदस्यीय समितिलाई सर्वसम्मतिले निर्वाचित गरेको हो ।
जेष्ठ २२, २०७९
गोर्खाकप : बेलायतका हजारौं नेपाली एकै थलोमा
कान्तिपुर संवाददाता
बेलायतमा नेपाली समुदायको सबैभन्दा ठूलो इभेन्ट मानिने गोर्खा कपले झण्डै १० हजार नेपालीलाई एकै थलोमा उतारेको छ । तमुधिं यूकेले आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा गरेको २० औं गोर्खा कप फुटबल प्रतियोगितामा बेलायतभरबाट आप्रवासी नेपालीको उत्साहजनक सहभागिता थियो ।
जेष्ठ १३, २०७९
लन्डनमा मन्त्री पौडेलले भने- अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनबाट धेरै सिकें
कान्तिपुर संवाददाता
बेलायत भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बेलायतवासी नेपाली र विदेशी विज्ञबाट धेरै सिकेको बताएका छन् । मन्त्री पौडेल वर्ल्ड एजुकेशन फोरमले लन्डनमा आयोजना गरेको अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनमा भाग लिन बेलायत आएका छन् ।
जेष्ठ ११, २०७९
दशकपछि केरलमा भेटिइन् सीता
राजेश मिश्र
भारतको दक्षिण पश्चिमी प्रान्त केरलको कन्नुर सहरको सडकमा ७ वर्ष अगाडि अलपत्र अवस्थामा भेटिएकी एक अधबैंसे महिला नेपाली रहेको परिचय खुलेको छ । केरल प्रहरीले ती महिलालाई सन् २०१५ को फेब्रुअरीमा सडकबाट उठाएर सामाजिक संस्था होप च्यारिटेबल ट्रस्टको जिम्मा लगाएको थियो ।
जेष्ठ ९, २०७९
लन्डनको ऐतिहासिक ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती
कान्तिपुर संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बहुभाषा, संस्कृति र सभ्यता भएको नेपाललाई विश्वभर चिनाउन सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले संसारलाई मार्गदर्शन दिएको बताएका छन् ।
जेष्ठ ८, २०७९
गैरआवासीय नेपाली नागरिकता तत्काल प्रदान गर्न एनआरएनएको माग
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता तत्काल लागू गर्न नेपाल सरकारसँग माग गरेको छ। नेपालको संविधान २०७२ मा सार्क मुलुकबाहेक अन्यत्र बसोबास गर्ने प्रवासी नेपालीहरूका लागि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए पनि त्यससम्बन्धी कानुन नबनेकाले अझै लागू हुन सकेको छैन ।
जेष्ठ ३, २०७९
इंग्ल्यान्डको कोलबर्न टाउन काउन्सिलर शर्मा दोस्रोपटक मेयर निर्वाचित
कान्तिपुर संवाददाता
इंग्ल्यान्डको कोलबर्न टाउन काउन्सिलर जगन्नाथ शर्मा पुन: मेयर निर्वाचित भएका छन् । गत ५ मेको स्थानीय निर्वाचनबाट निर्वाचित काउन्लिरहरुको सोमबार सम्पन्न पहिलो बैठकले शर्मालाई सर्वसम्मत मेयर निर्वाचित गरेको हो । कोलबर्न टाउनका ११ जना काउन्सिलरबाट उनी सर्वसम्मत मेयर चुनिएका हुन् ।
वैशाख २९, २०७९
न्युजिल्यान्ड र अस्ट्रेलियामा ‘एभरेष्ट डे’ को तयारी
नारायण खड्का
अस्ट्रेलिया तथा न्युजिल्यान्डमा रहेका नेपालीले यसवर्ष विभिन्न सहरमा ‘एभरेष्ट डे’ मनाउने भएका छन् । न्युजिल्यान्डको राजधानी वेलिंगटनमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री जसिन्था आर्डन सहभागी हुने भएकी छन् ।
वैशाख २८, २०७९
चीनको ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा ‘युन् ता’ अब नेपालमा
लक्ष्मी लम्साल
चीनको लोकप्रिय ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा युन् ताले नेपालमा आफ्नो एकीकृत सेवा सुरू गर्ने भएको छ। चीनमा अनलाइन किनमेलको निर्यात तथा ढुवानी सेवाका लागि आवश्यक रसद उपलब्ध गराउने गरी यो सेवा नेपालमा सञ्चालन गर्न लागिएको युन् ताले जनाएको छ।
वैशाख १९, २०७९
९ वर्षीय नेपाली बालक बेलायतको प्रतिष्ठित क्रिकेट क्लबमा छनोट
नवीन पोखरेल
लन्डन बस्ने एक नेपाली बालक बेलायतको एक प्रतिष्ठित क्रिकेट क्लबबाट खेल्नका लागि छनोट भएका छन् । ९ वर्षीय आर्यन ढुंगाना मिडलसेक्स काउन्टी अन्डर टेन (यू-१०) बरो प्लेयरमा अनुबन्धित भएको उनका बुबा सुरेन्द्र ढुंगानाले जनाए ।
वैशाख १८, २०७९
लन्डनमा बुद्धजयन्ती मनाइँदै
कान्तिपुर संवाददाता
नेपालमा पर्यटन प्रवर्द्धनका लागि बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित ट्राफलगर स्क्वायरमा बुद्धजयन्ती मनाउने भएको छ ।
वैशाख १७, २०७९
बेलायतको स्थानीय निर्वाचनमा दर्जनबढी नेपालीमूलका उम्मेदवार
कान्तिपुर संवाददाता
संयुक्त अधिराज्य (यूके) मा यही ५ मेमा स्थानीय निर्वाचन हुँदैछ । इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका मतदाताले आफ्नो क्षेत्रमा दैनिक जीवनयापनमा प्रभाव पार्ने सेवा सुचारु गर्न सक्ने उम्मेदवारलाई छान्नेछन् । नर्दन आयरल्याण्डमा नयाँ सरकार चुनिने छ ।
वैशाख १५, २०७९
नेपाल-कोरिया हवाई उडान खुलाउन माग
कान्तिपुर संवाददाता
कोरियामा कार्यरत नेपालीहरूले नेपाल-कोरिया नियमित हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । विगतमा नियमित उडान हुने गरेकोमा कोभिड-१९ का कारण नियमित उडान सेवा बन्द भएको थियो । त्यसयता लामो समयदेखि नेपाल-कोरिया/कोरिया-नेपाल उडान हुन सकेको छैन । कोरियामा रहेका विभिन्न राजनीतिक दलसम्बद्ध संघसंस्थाहरूले नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै नियमित हवाई सेवा सञ्चालनको व्यवस्था गरिदिन माग गरेका हुन् ।
वैशाख ७, २०७९
बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । आचार्यले जोन्सनको आसन्न दक्षिण एसिया भ्रमणका क्रममा नेपालमा पनि आउन आउन निम्तो दिएका हुन् ।
वैशाख ६, २०७९
मैनालीद्वारा २ सय २ पटक रक्तदान
कान्तिपुर संवाददाता
विश्व रक्तदाता अभियन्ता अर्जुनप्रसाद मैनालीले रक्तदान गरेको २ सय २ पटक पुगेको छ । पछिल्लो पटक उनले शनिबार अर्जेन्टिनाको राजधानी बुएनोस आइरेसमा रक्तदान गरेका हुन् ।
वैशाख २, २०७९
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाल अध्ययन दिवस मनाइयो
नवीन पोखरेल
बेलायत–नेपाल प्रज्ञा परिषद्को १९ औं वार्षिक नेपाल अध्ययन दिवस सम्पन्न भएको छ । हरेक वर्ष बेलायतका विभिन्न विश्वविद्यालयमा पालैपालो भौतिक रूपमा आयोजना हुने यो प्राज्ञिक सम्मेलन पहिलोपटक हाइब्रिड मोडल (अनलाइन र भौतिक रूपमा सहभागी) मा गरिएको हो ।
चैत्र २९, २०७८
बेलायतमा रथ तानेर पहिलोपटक बिस्का जात्रा
नवीन पोखरेल
बेलायतमा पहिलोपटक उल्लासका साथ बिस्का जात्रा मनाइएको छ । पासा पुचः गुथी यूकेले आइतबार साउथ इस्ट लन्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा आयोजना गरेको जात्रामा नेवा तथा गैर नेवा समुदायका ८ सयभन्दा बढी नेपालीको सहभागिता रह्यो । पासा पुचः यूकेले हरेक दुई वर्षमा बेलायतमा गर्दै आएको नेवाः मुनाको अवसरमा यसपटक बिस्का जात्रा पनि गरिएको हो ।
चैत्र २६, २०७८
आविष्कार केन्द्रलाई बेलायतबाट २० लाखभन्दा बढी सहयोग
कान्तिपुर संवाददाता
राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट १३ हजार पाउन्ड (२० लाख ५४ हजार रुपैयाँ) सहयोग प्राप्त भएको छ । कोषवृद्धिका लागि युरोप भ्रमणका क्रममा हाल बेलायत रहेका केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनलाई बेलायतस्थित विभिन्न व्यक्ति तथा संस्थाबाट उक्त रकम सहयोग भएको हो ।
चैत्र २४, २०७८
नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा आतसबाजी गरिने