text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
संयुक्त राज्य इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद विन जायद अल नाहयानले यूएईमा अप्ठ्यारोमा परेका नेपालीको समस्या लिएर सिधै आफूकहाँ आउन यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललाई आग्रह गरेका छन् । |
पुस १६, २०७८ |
वार्षिकोत्सवमा १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग |
कान्तिपुर संवाददाता |
ए-स्टार फाइनान्सियल सोलुसन्स् यूकेले दसौं वार्षिकोत्सवमा १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको छ । कम्पनीले १० जना ग्राहकलाई गिफ्ट हयाम्परसहित उनीहरुले रोजेका १० च्यारिटी संस्थालाई दुई हजार पाउन्ड (करिब ३ लाख २० हजार रुपैयाँ) सहयोग गरेको हो । |
निसानामा बेलायतका नेपाली सुनचाँदी व्यवसायी |
कान्तिपुर संवाददाता |
डिसेम्बर दोश्रो साता बेलायत अल्डरसटस्थित नेपालीका दुई गहना पसलमा एकैपटक लुटपाट प्रयास भयो । लुटेराले राति ३ बजेतिर अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलर्सको सटरमा गाडी जोतेर लुटपाट प्रयास गरे । |
नेपाली युवा वैज्ञानिकलाई चीनको राष्ट्रिय स्तरको ‘रिसर्च ग्रान्ट’ |
लक्ष्मी लम्साल |
चीनमा कार्यरत एकजना नेपाली वैज्ञानिकले चीनकै प्रतिष्ठित राष्ट्रिय स्तरको अनुसन्धान ‘ग्रान्ट’ प्राप्त गरेका छन्। झापाको महारानीझोडाका डा.जनकलाल पाठकलाई चीनको राष्ट्रिय प्राकृतिक प्रतिष्ठानले यस वर्षको विदेशी युवा अनुसन्धान अनुदान प्रदान गरेको हो। |
पुस १०, २०७८ |
बनारसमा नेपाल–भारत सांस्कृतिक कार्यक्रम |
कान्तिपुर संवाददाता |
नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई उजागर तथा थप सुदृढ गर्ने उद्देश्यले शनिबार बनारसमा दुई देशबीचको सांस्कृतिक आदानप्रदान कार्यक्रम गरिएको छ । बीपी कोइराला इन्डिया नेपाल फाउन्डेसन नयाँ दिल्लीको सहयोगमा कार्यक्रम गरिएको हो । |
गोर्खा मुद्दामा बेलायत अग्रसर, नेपाल मौन |
कान्तिपुर संवाददाता |
भूतपूर्व गोर्खाहरूले आफ्ना माग सम्बोधनका लागि बेलायतले चासो देखाए पनि नेपाल सरकारले तत्परता नदेखाएको आरोप लगाएका छन् । |
पुस ३, २०७८ |
इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु |
कान्तिपुर संवाददाता |
इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । |
मंसिर २५, २०७८ |
कोरियाले सन् २०२२ मा नेपालीसहित ६६ हजार कामदार ल्याउने |
गोकुल थोकर |
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तरगत सन् २०२२ मा ६६ हजार विदेशी कामदार भित्र्याउने भएको छ । शुक्रबार बसेको विदेशी कामदार कोटा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि यो कोटा निर्धारण गरेको हो । |
मंसिर २०, २०७८ |
कांग्रेसको नेदरल्याण्ड जनसम्पर्क समितिमा गौतम |
कान्तिपुर संवाददाता |
कांग्रेसको जनसम्पर्क समिति नेदरल्याण्डको अध्यक्षमा शालिक गौतम चयन भएका छन् । आइतबार सम्पन्न छौटौं अधिवेशनले गौतम नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षद्वयमा चन्द्र पौडेल र तेजेन्द्र केसी चयन भएका छन् । |
नेपाली वेलफेयर सोसाईटी यूके अध्यक्षमा सार्की |
कान्तिपुर संवाददाता |
नेपाली वेलफेयर सोसाईटी यूकेको दोस्रो अधिवेशनले धनबहादुर सार्कीलाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार लन्डनमा सम्पन्न अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष सार्की एनआरएनए यूकेको पूर्व कार्यसमिति सदस्य हुन् । |
कांग्रेसको भारत सम्पर्क समितिको नेतृत्वमा पुन: पाण्डे |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेस महाधिवेशनको चहलपहल प्रवासमा पनि देखिएको छ। भारतभरि छरिएरका कांग्रेस कार्कताहरूले चण्डीगढमा आफ्नो महाधिवेशन सम्पन्न गरेका छन् । |
इंग्ल्यान्डको काउन्टी काउन्सिलमा पहिलो पटक नेपाली मूलका उम्मेदवार |
नवीन पोखरेल |
इंग्ल्यान्डको काउन्टी काउन्सिलमा पहिलो पटक नेपाली मूलका उम्मेदवार छनोट भएका छन् । हाल नर्थ योर्कसायरकै कोलबर्न टाउन काउन्सिलर डा. जगन्नाथ शर्मा नर्थ योर्कसायर काउन्टी काउन्सिलमा काउन्सिलर उम्मेदवार छनोट भएका हुन् । |
मंसिर १९, २०७८ |
यूएईमा नेपाली युवकको मृत्यु |
कान्तिपुर संवाददाता |
पूर्व भलिबल खेलाडीसमेत रहेका रोल्पाका एक युवकको यूएईमा मृत्यु भएको छ । रोजगारका लागि तीन वर्षअघि यूएई पुगेका रोल्पा नगरपालिका–८ जंकोटका दीपक डांगीको गत शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ। |
कतारमा नेपाली युवकको हत्या |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको हत्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते हत्या भएको परिवारले जनाएको छ । |
मंसिर १८, २०७८ |
अस्ट्रेलियामा पहिलोपटक नेपाली मूलकी काउन्सिलर |
नारायण खड्का |
अस्ट्रेलियामा पहिलोपटक नेपाली मुलकी महिला काउन्सिलर निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्षी दल लेबरबाट उम्मेदवारी दिएकी भद्र वाइबा शनिबार भएको चुनावमा न्यु साउथ वेल्स राज्यको ब्यांक्सटाउनबाट काउन्सिलर निर्वाचित भएकी हुन् । उनी अस्ट्रेलियामा काउन्सिलर बन्ने नेपाली मूलको पहिलो व्यक्ति हुन् । उक्त क्षेत्रमा नेपाली मूलका अस्ट्रेयालीहरूको बाक्लो उपस्थिति छ । |
मंसिर १३, २०७८ |
हङकङ नेपाली महासंघमा रीता गुरुङ |
कान्तिपुर संवाददाता |
हङकङमा बस्ने नेपालीहरूका विभिन्न संघसंस्थाका छाता संगठन हङकङ नेपाली महासंघको ११ औं महाधिवेशनले तीन वर्षे कार्यकालका लागि रीता गुरुङलाई निर्वाचित गरेको छ । |
मंसिर ११, २०७८ |
भेट्रान कपको उपाधि एकेएफसीलाई |
नारायण खड्का |
दक्षिण अस्ट्रेलियामा पहिलोपटक शनिबार आयोजना गरिएको भेट्रान फुटबल कपको उपाधि एडिलेड खुकुरी फुटबल क्लब (एकेएफसी) ले जितेको छ । प्रतिस्पर्धी नेपाली पाठशालाको निलो टीमलाई ७–१ ले हराउँदै उक्त क्लबले उपाधि चुमेको हो । |
मंसिर ५, २०७८ |
एनआरएनए निष्पक्ष हुनुपर्छ, सबैप्रति समान व्यवहार गरिनुपर्छ : शेष घले |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले कुनै पनि संस्थामा निष्पक्षता हुनुपर्ने र सबैप्रति समान व्यवहार गरिनुपर्ने बताएका छन्। उक्त संस्थालाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । |
मंसिर ४, २०७८ |
कतारमा जनप्रगतिशीलको पाँचौं अधिवेशन |
कान्तिपुर संवाददाता |
नेकपा माओवादी केन्द्रको विदेशस्थित भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च कतारको पाँचौ अधिवेशनले बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । |
मंसिर १, २०७८ |
दिल्लीमा दुई नेपालीभाषी महिलाको हत्या |
पर्वत पोर्तेल |
भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या भएको छ । |
कार्तिक २९, २०७८ |
३ सातापछि विदेशी विद्यार्थी अष्ट्रेलिया प्रवेश गर्न पाउने, नेपालीबारे अन्योल |
नारायण खडका |
अष्ट्रेलियाले करिब २० महिनापछि विदेशी विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने भएको छ । न्यु साउथ वेल्स सरकारले नमुना कार्यक्रमका रुपमा हरेक महिना ५ सय विद्यार्थीलाई यही डिसेम्बरको पहिलो सातादेखि ल्याउने भएको छ । |
कार्तिक २८, २०७८ |
हङकङ नेपाली महासंघमा महाधिवेशन चटारो |
प्रदीप मेन्याङ्बो |
हङकङ सरकारले दिएको हङकङ आईडी (परिचयपत्र) वाहक नेपालीहरुको छाता संगठन हङकङ नेपाली महासंघको ११ औं महाधिवेशन २८ नोभेम्बरमा गर्ने तयारी सुरु भएको छ । याउमातेई कम्युनिटी सेन्टरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि पदाधिकारी चयन (निर्वाचित) गर्नेछ । |
कार्तिक २५, २०७८ |
न्यु साउथ वेल्सको स्थानीय निर्वाचनमा ९ नेपालीको उम्मेदवारी |
नारायण खड्का |
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा करिब ३ सातापछि हुन गइरहेको स्थानीय निर्वाचनमा ९ नेपालीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा प्रमुख दल लिबरल र लेबरले मनोनित गरेका र केही स्वतन्त्र छन् । जनसंख्याको हिसाबले सबैभन्दा ठूलो राज्य न्यु साउथ वेल्समा यही डिसेम्बर ४ तारिखमा निर्वाचन हुँदैछ । |
कार्तिक २०, २०७८ |
ईपीएस कामदार नोभेम्बर अन्तिम सातादेखि कोरिया आउन पाउने |
गोकुल थोकर |
दक्षिण कोरियाली सरकारले कोरोना महामारीका कारण २० महिनादेखि रोकिइरहेका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका कामदारलाई नोभेम्बरको अन्तिम सातादेखि लैजाने भएको छ । यहाँको श्रम मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ निर्णय अनुसार ईपीएसमार्फत कोरिया आउने १६ वटै देशबाट कामदार ल्याउन लागिएको हो । |
कार्तिक १३, २०७८ |
पेरिसमा देउसी र भैलो |
ददि सापकोटा |
फ्रान्सको राजधानी पेरिसका नेपालीहरुले शुक्रबार साँझ देउसी भैलो खेलेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको आयोजनामा नेपालीहरुले पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीको निवासबाट देउसी भैलो सुरु गरेका हुन् । |
कार्तिक १, २०७८ |
कोलकातामा नेपालीको सामूहिक दुर्गापूजा |
रासस |
प्रवासी नेपालीले कोलकाता महानगरीमा सामूहिक दुर्गापूजा उत्सव गरेका छन् । श्रीगोरखनाथ सेवा समितिको आयोजनामा कोलकाताका नेपालीले दुर्गापूजा सम्पन्न गरेका हुन् । |
आश्विन २९, २०७८ |
लकडाउनबीच अस्ट्रेलियामा दसैंको उल्लास |
नारायण खड्का |
कोरोनाका कारण अन्य वर्षजस्तै साथीभाईसँग रमाइलो गर्न नपाएपनि अस्ट्रेलियाका नेपालीले दसैं उल्लासका साथ मनाएका छन् । अहिलेपनि भिक्टोरिया लगायतका केही राज्यमा लकडाउन जारी रहेपनि नेपालीले आफ्नै परिवारसँग मात्र भएपनि दसैं मनाइरहेका छन् । |
आश्विन २६, २०७८ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.