text stringlengths 2 914 |
|---|
हङकङका नेपालीबीच दसैं उल्लास |
प्रदीप मेन्याङ्बो |
हङकङ नेपाली महासंघको आयोजनामा हङकङमा बसोबास गर्दै आएका नेपाली समुदायवीच एकापसमा सद्भाव कायम राख्न विजया दशमी तथा शुभदीपावलीको उपलक्ष्यमा भेटघाट तथा शुभकामना आदानप्रदान गरेको छ । |
आश्विन २०, २०७८ |
न्यूयोर्कमा ६० जना हिमाल आरोही सम्मानित |
कान्तिपुर संवाददाता |
नेपालका ६० जना हिमालआरोहीहरू अमेरिकामा सम्मानित भएका छन् । न्यूयोर्क राज्य सांसद जेनिफर राजकुमारले ती हिमाल आरोहीहरूलाई सम्मान गरेकी हुन् । न्यूयोर्कमा आयोजित विशेष समारोहमा आरोहीहरूलाई सम्मानपत्रबाट सम्मान गरिएको हो । सोही अवसरमा ‘युएस–नेपाल क्लाइम्बर्स एसोशिएसन' का स्वयंसेवकहरुलाई कदर पत्र प्रदान गरिएको थियो । |
आश्विन १४, २०७८ |
नेपालको जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह |
कान्तिपुर संवाददाता |
अर्थमन्त्री जनार्दन शर्माले बेलायती लगानीकर्तालाई नेपालको जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् । |
आश्विन १३, २०७८ |
रक्तदाता मैनालीद्वारा २ लाख सहयोग |
कान्तिपुर संवाददाता |
सबै बिरामीले सजिलै रगत पाउन भन्ने उद्देश्यले रक्तदाता अर्जुनप्रसाद मैनालीले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । हाल अमेरिकामा रहेका मैनालीले ब्लड बैंक निर्माणका लागि बनेपामा रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखालाई १ लाख र त्रिवि लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र कीर्तिपुरलाई १ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेका हुन् । |
आश्विन ९, २०७८ |
बेलायतमा पहिलो भीसी विजेता गोर्खाको सालिक |
नवीन पोखरेल |
बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भीसी) पाउने पहिलो गोर्खा राइफल म्यान कुलवीर थापाको सालिक अनावरण भएको छ । |
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार अधिकारीलाई |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले यस वर्षको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार लेखक तथा साहित्यकार हरि अधिकारीको 'संकलित गद्य रचना' लाई दिने निर्णय गरेको छ । |
आश्विन ६, २०७८ |
जीएफसी कप सिम्रिक फुटबल क्लबलाई |
कान्तिपुर संवाददाता |
अस्ट्रेलियाको ब्रिसबनमा आयोजना गरिएको जीएफसी कप स्थानीय सिम्रिक फुटबल क्लबले जितेको छ । कोरोना माहामारीबिच समेत आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न स्थानका १२ क्लबले सहभागिता जनाएका थिए । |
आश्विन ४, २०७८ |
तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन : २८ बुँदे लन्डन घोषणापत्र जारी |
कान्तिपुर संवाददाता |
२८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ। 'महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरस महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली नागरिक र स्वास्थ्यकर्मीको सराहना गरेको छ। |
आश्विन ३, २०७८ |
ओमानको क्रिकेट मैदानमै संविधान दिवस मनाइयो |
कान्तिपुर संवाददाता |
ओमानमा संविधान दिवस अल अमारतस्थित क्रिकेट मैदानमा मनाइएको छ । कार्यक्रममा अल अमारतस्थित क्रिकेट मैदानमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उपकप्तान दीपेन्द्र सिंह ऐरीले केक काटेका थिए । नेपाल कप्तान ज्ञानेन्द्र मल्लको बुबा स्वर्गारोहण भएको एक वर्ष नपुगेका कारण उनी साथमा उभिएका मात्र थिए । केकमा नेपाल र ओमानको झन्डा बनाइएको थियो । |
कोभिड–१९ सँग जुध्न बेलायतले नेपाललाई सहयोग जारी राख्ने |
कान्तिपुर संवाददाता |
बेलायतले कोभिड–१९ सँग जुध्न नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । लन्डनस्थित नेपाली दूतावासमा शनिबार ‘तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन’ उद्घाटनमा भर्चुअल माध्यमबाट जोडिएकी बेलायती राजदूत निकोल पोलिटले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । |
आश्विन २, २०७८ |
सल्यानका राउटे परिवारलाई लन्डनबाट सहयोग |
कान्तिपुर संवाददाता |
लन्डन । सल्यानस्थित सल्लीबजार नजिक रहेका राउटे परिवारलाई लन्डनस्थित एक व्यवसायीले विभिन्न सामग्री सहयोग गरेका छन् । चिसिँदो मौसमलाई मध्यनजर गर्दै दयनीय जीवनशैली बिताइरहेका ४६ राउटे परिवारका १४१ जनालाई शुक्रबार एक कार्यक्रमबीच व्यवसायी रवीजंगले लामिछाने टेन्ट, म्याट्रेस, ब्ल्यांककेट, चप्पल, साबुन, आंटालगायत सामग्री प्रदान गरेका हुन् । |
भाद्र २६, २०७८ |
नेपालमा रोकिएका हङकङ परिचयपत्र वाहक फर्किन पाइने |
कोरोना महामारीका कारण लामो समयदेखि नेपालमा रोकिएका हङकङ परिचयपत्र वाहक नेपाली फर्किन पाउने भएका छन् । हङकङ सरकारले नेपाल कोरोनाको अति जोखिमयुक्त मुलुकको श्रेणीमा राखेर गत मे महिनादेखि हवाइ यात्रा बन्द गरिदिएपछि हङकङ परिचयपत्र वाहक (हङकङ आइडी) नेपालीहरु अड्किएका थिए । |
भाद्र २१, २०७८ |
स्विडेनको तीजमा नेपाली झल्को |
कान्तिपुर संवाददाता |
नेपाली महिलाको महत्त्वपूर्ण चाडको रुपमा रहेको तीजमा स्वदेशमात्र नभइ विदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । स्विडेनमा रहेका नेपाली चेलीलाई तीजको दर खुवाउने र नेपाली कला संस्कृतिलाई फैलाउने उद्देश्यले स्विडेनमा पनि धुमधामका साथ तीज मनाइएको छ । |
भाद्र १८, २०७८ |
बेलायतको ‘रेड लिस्ट’मा नेपाल पर्दा यात्रुलाई सास्ती |
नवीन पोखरेल |
कोभेन्ट्री युनिभर्सिटीमा 'इङ्लिस ल्याङ्वेज टिचिङ एन्ड अप्लाइड लिङ्गुइस्टिक'मा मास्टर्स गर्न पूर्ण शुल्क १६ हजार ६०० पाउन्ड जुटाउन कम सजिलो थिएन ज्ञानेन्द्र थपलियालाई । ऋणधन गरेर युनी फि जुटाए, भिजा पनि लाग्यो । जब बेलायत टेके, थप २२८५ पाउन्ड (करिब चार लाख रुपैयाँ) होटल क्वारेन्टिनबापत तिर्नु पर्यो । सरकारी नियम पालना नगरी सुखै थिएन । |
भाद्र १४, २०७८ |
लन्डनमा १२औं संस्करणको नेपाली मेला |
कान्तिपुर संवाददाता |
कोरोनाका कारण गत वर्ष स्थगित नेपाली मेलाको १२औं संस्करण सोमबार सकिएको छ । 'हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव' भन्ने नाराका साथ तमुधिं युकेले मेलाको आयोजना गरेको हो । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा केम्पटन पार्क रेस कोर्समा सम्पन्न मेलाका मुख्य आकर्षण झाँकी र नृत्य थिए । |
अमेरिकामा हाइकिङमार्फत रकम जुटाएर झापा र मोरङमा वृक्षरोपण |
कान्तिपुर संवाददाता |
अमेरिकाको क्यालिफोर्नियामा रहेको एउटा संस्था हाइकिङमार्फत रकम जुटाएर नेपालमा वृक्षरोपण र महिला सशक्तीकरणको काममा जुटेको छ । |
भाद्र १३, २०७८ |
मनालीमा रोजगारी गर्ने नेपालीले गरे समानताको माग |
कान्तिपुर संवाददाता |
हिमाचल प्रदेशको कुल्लू–मनाली जिल्लाका नेपालीहरुले त्यहाँका मुख्यमन्त्री जयराम ठाकुरसँग भारतीय नागरिक सरहका समान व्यवहार र हक अधिकार उपलब्धताको माग गरेका छन् । |
भिसा बोकेर बसेका विद्यार्थीलाई कहिले खुल्ला अस्ट्रेलियाको ढोका ? |
नारायण खड्का |
विराटनगरकी रेश्मा सुवालले अस्ट्रेलियाको विद्यार्थी भिसा लिएर बसेको एक वर्ष भयो । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बोर्डर खुल्ने आशामा अनलाइन पढिरहेकी उनले अहिलेसम्म यसबारे कुनै निर्णय भएको जानकारी पाएकी छैनन् । त्यस्तै, काठमाडौंका विकल श्रेष्ठ उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान पाउने आशामा एक वर्षदेखि कुरेर बसिरहेका छन् । |
भाद्र ७, २०७८ |
लन्डनमा आगामी साता १२औं नेपाली मेला, तयारी तीव्र |
कान्तिपुर संवाददाता |
तमुधिं युकेले आउँदो आइतबार गर्न लागेको नेपाली मेलाको तयारी तीव्र पारिएको छ । कोरोनाका कारण गत वर्ष स्थगित मेलाको यो १२औं संस्करण हो । |
भाद्र ६, २०७८ |
मलेसियामा सप्तरीका युवकको कोरोनाले मृत्यु |
कान्तिपुर संवाददाता |
चार वर्षदेखि मलेसियामा रोजगारी गर्दे आएका सप्तरीका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खंगको कोरोना संक्रमणका कारण मृत्यु भएको मलेसियामै रहेका उनका आफन्त किसुनदेव खंगले बताए । उनी दुई हप्ताअघि कोरोना संक्रमति भएका थिए । |
भाद्र ५, २०७८ |
भूतपूर्व गोर्खालाई समान पेन्सनको माग गर्दै लाख बढी हस्ताक्षर संकलन |
कान्तिपुर संवाददाता |
भूतपूर्व गोर्खा सैनिकलाई समान पेन्सन दिइनुपर्ने मागसहित सुरु गरिएको अनलाइन पिटिसन (हस्ताक्षर) एक लाख नाघेको छ । उक्त अभियानमा एकलाख तीन हजार ८ सय बढीले हस्ताक्षर गरेका छन् । |
भाद्र ३, २०७८ |
भूतपूर्व गोर्खाहरूले १३ औं दिनमा तोडे अनशन |
नवीन पोखरेल |
लन्डन । भूतपूर्व गोर्खा सैनिकहरूले समान पेन्सन लगायत अधिकारको माग गर्दै लन्डनमा शुरु गरेको आमरण अनशन १३ औं दिनमा बिहीबार अपरान्ह अन्त्य भएको छ । भूपू गोर्खा सैनिकका मागलाई लिएर तीन जना साउन २३ गतेदेखि अनशनमा रहेका थिए । |
भाद्र १, २०७८ |
बेलायती प्रधानमन्त्री जोन्सनलाई एनआरएन यूकेको ज्ञापनपत्र |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ यूकेले भूतपूर्व गोर्खा सैनिकहरुले उठाएको समान पेन्सन, सुविधा लगायतका माग तत्काल सम्बोधन गर्न बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको ध्यानाकर्षण गराएको छ । |
कोभिड−१९ महामारीका कारण नेपाल फर्किएका विद्यार्थीलाई बोलाउन चीन ‘गम्भीर’ |
लक्ष्मी लम्साल |
चीनले कोभिड−१९ महामारीका कारण नेपाल फर्किएका तथा नयाँ शैक्षिक सत्रमा अनलाइनबाट अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई बोलाउन आफू गम्भीर रहेको जनाएको छ । कम्तीमा ‘इन्टर्नसिप’ गर्नुपर्ने विद्यार्थीलाई सकेसम्म छिटो बोलाउन गरेको अनुरोधमा चीनले यस्तो प्रतिक्रिया दिएको चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले बताए। |
श्रावण २३, २०७८ |
एनआरएनए यूकेमा नयाँ नेतृत्व |
कान्तिपुर संवाददाता |
एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर निर्वाचित भएका छन् । एनआरएनए यूके इतिहासमा पहिलोपटक भएको अनलाइन मतदानमा गाहामगरले अध्यक्षका अरु दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गरेका हुन् । गाहामगरले ४ हजार ५ सय ७४ मत पाएका छन् भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरे । |
श्रावण १७, २०७८ |
एनआरएनए अस्ट्रेलियामा नयाँ नेतृत्व |
नारायण खड्का |
प्रवासी नेपालीहरुको संगठन एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा वर्तमान प्रवक्ता रहेका गुरुङले प्रतिद्वन्द्वी डा. ज्ञानेन्द्र रेग्मीलाई करिब ३ हजार मतान्तरले हराउँदै विजयी बनेका हुन् । |
श्रावण १४, २०७८ |
एनआरएनए बहराइनको अध्यक्षमा गिरी |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.