text stringlengths 2 914 |
|---|
गैरआवासीय नेपाली संघ (एनआरएनए), बहराइनको अध्यक्षमा लक्ष्मी गिरी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनले प्रतिद्वन्द्वी सुभाष केसीलाई पराजित गरेकी हुन् । |
श्रावण ८, २०७८ |
प्राध्यापक सुवेदीले निजी पुस्तकालय ल क्याम्पसलाई दिने |
कान्तिपुर संवाददाता |
बेलायतमा तीन दशकदेखि प्राध्यापन गर्दै आएका सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन र संग्रह गरेका अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारसम्बन्धी बहुमूल्य पुस्तकहरू नेपाल ल क्याम्पसलाई दिने घोषणा गरेका छन् । पुस्तकसँगै क्याम्पसलाई १० लाख रुपैयाँ पनि उपलब्ध गराउने उनले बताएका छन् । |
श्रावण ६, २०७८ |
बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाहरुको रिले अनशन |
कान्तिपुर संवाददाता |
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै बुधबार दिउँसो एक बजेदेखि लण्डनमा रिले अनसन गर्ने भएको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गर्न लागेको हो । |
श्रावण ४, २०७८ |
एनआरएन केन्याको पाँचौ राष्ट्रिय महाधिवेशन |
कान्तिपुर संवाददाता |
गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्यामा कृष्णप्रसाद गैरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । केन्याकोतर्फबाट अन्तर्राष्ट्रिय समन्वय समितिमा प्रतिनिधित्व गर्नेमा भने टिका धिताल चयन भएका छन् । |
असार ३०, २०७८ |
चिनियाँ व्यापारिक संस्था र नेपाल चीन चेम्बर अफ कमर्सबीच समझदारी |
लक्ष्मी लम्साल |
अन्तरदेशीय व्यापार, लगानी तथा उद्योग लगायतका क्षेत्रमा आपसी सहजीकरण गर्ने उद्देश्यले नेपाल र चीनका व्यावसायिक संस्थाहरूबीच बुधबार बेइजिङमा एउटा समझदारी (एमओयू) पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । |
असार २९, २०७८ |
कोरियामा तलब बढ्ने |
गोकुल थोकर |
दक्षिण कोरियाले सन् २०२२ का लागि कामदारको ज्याला वृद्धि गर्ने भएको छ । सोमबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिले अहिलेको ज्यालामा ५.१ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार १ सय ६० वन (९ सय रुपैयाँ) बनाएको हो । |
असार २५, २०७८ |
नेपाल पत्रकार महासंघ कतारमा पुन: मियाँ |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमा करिमबक्स मियाँ पुन: चयन भएका छन् । मियाँ दुई दशकदेखि कतारमा कार्यरत छन् । |
असार १७, २०७८ |
एनआरएनको निर्वाचन समिति गठन |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । संघको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार संघका अध्यक्ष कुमार पन्तले कार्यकारी सचिवालय बैठकको निर्णयअनुसार समिति गठन गरेका हुन् । |
असार ८, २०७८ |
दुई वर्षपछि खुल्यो बेइजिङको श्वेत चैत्य |
लक्ष्मी लम्साल |
झण्डै २ वर्षको अन्तरालपछि नेपाली कालिगढ अरनिकोले बनाएको बेइजिङको श्वेत चैत्य सर्वसाधारणका लागि खुला गरिएको छ। जीर्णोद्धारका क्रममा सन् २०१९ नोभेम्बरदेखि बन्द रहेको श्वेत चैत्य सन् २०२१ को जुन दोस्रो सातादेखि खोलिएको हो । |
असार २, २०७८ |
नेपालमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स स्थापना |
कान्तिपुर संवाददाता |
अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुले सामूहिक लगानी गर्न भन्दै एनआरएन अफ्रिका भेन्चर कम्पनी स्थापना गरेका छन् । |
जेष्ठ ३१, २०७८ |
पत्रकार महासंघ यूकेमा नयाँ नेतृत्व |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल निर्वाचित भएका छन् । आइतबार लन्डनमा सम्पन्न पाँचौं अधिवेशनले अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। |
जेष्ठ २३, २०७८ |
एनआरएनएद्वारा अरनिको अन्तर्राष्ट्रिय पुरस्कार स्थापना |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले प्रवासी नेपालीको उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्न अरनिको पुरस्कार स्थापना गरेको छ । नेपाली भाषामा प्रकाशित कुनै पनि विधाको उत्कृष्ट पुस्तकलाई वार्षिक दुई लाख र प्रमाणपत्र दिने गरी पुरस्कार स्थापना गरिएको हो । |
जेष्ठ २२, २०७८ |
एनआरएनए यूकेले नेपाल पठायो १५० थान अक्सिजन कन्सन्ट्रेटर |
कान्तिपुर संवाददाता |
एनआरएनए यूकेले बेलायतको नेपाली समुदायबाट संकलित रकमबाट १५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ । |
जेष्ठ २१, २०७८ |
ओमानमा खोपका लागि नाम दर्ता गर्न नेपाली कामदारलाई अनुरोध |
कान्तिपुर संवाददाता |
ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन)ले कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि नाम दर्ता गर्नको लागि ओमानमा कार्यरत नेपाली कामदारलाई आग्रह गरेको छ । |
जेष्ठ १९, २०७८ |
अफ्रिकी मुलुकका एनआरएन शाखाबाट ११ जिल्लाका २६ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग |
कान्तिपुर संवाददाता |
अफ्रिकाका विभिन्न देशमा रहेका एनआरएनएनका शाखाहरुले ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा सहयोग गरेका छन् । |
जेष्ठ १२, २०७८ |
कतारका नेपाली व्यवसायीले एक करोडको स्वास्थ्य सामग्री पठाउँदै |
कान्तिपुर संवाददाता |
कतारस्थित नेपाली व्यवसायीहरुले एक करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाउने भएका छन् । नेपाल बिजेनस एसोसिएसन कतारले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र पल्स अक्सिमिटर पठाउन लागेको हो । |
जेष्ठ १०, २०७८ |
चीनको छङ्तुमा पनि नेपाली महावाणिज्य दूतावास |
लक्ष्मी लम्साल |
चीनसँगको वाणिज्य आदानप्रदान फराकिलो बनाउने क्रममा नेपालले चीनको अर्को एउटा सहरमा महावाणिज्य दूतावासको औपचारिक शुभारम्भ गरेको छ । सोमबार सछ्वान प्रान्तको राजधानी सहर छङ्तुमा आयोजित एक समारोहका बीच चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नयाँ महावाणिज्य दूतावासको उद्घाटन गरे। |
वैशाख २५, २०७८ |
जर्मनीमा अन्तर्राष्ट्रिय नेपाली समाज गठन |
कान्तिपुर संवाददाता |
देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासको काम गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली समाजले जर्मनीमा नयाँ नेतृत्व चयन गरेको छ । |
वैशाख २१, २०७८ |
नेपाल एशोसिएसनद्वारा दुबईमा राहदानी फाराम संकलन |
कान्तिपुर संवाददाता |
दुबईमा कार्यरत नेपालीले अब फाराम बुझाउन आबुधावीस्थित नेपाली दूतावास जानु नपर्ने भएको छ । |
वैशाख १४, २०७८ |
भारतमा रहेका नेपालीहरुलाई संक्रमणबाट जोगिन सावधानी अपनाउन अपिल |
कान्तिपुर संवाददाता |
नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरुलाई कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै सावधानी अपनाउन अपिल गरेको छ । |
वैशाख ११, २०७८ |
दिल्लीमा नेपालीको हारगुहार |
सुरेशराज न्यौपाने |
दिल्लीमा बस्दै आएका गुल्मी, छत्रपुर गाउँपालिकाका ५५ वर्षीय जेएल शर्मालाई साता दिनअघि कोरोना संक्रमण पुष्टि भयो । परिवारले अस्पताल भर्ना गर्न निकै दौडधूप गर्यो । कतै खाली बेड पाइएन । शर्माको स्वास्थ्य थप बिग्रँदै गयो । त्यसपछि परिवारले दूतावाससम्म गुहार्यो । सामाजिक सञ्जालमार्फत पनि हारगुहार गर्यो । |
चैत्र ३०, २०७७ |
ईपीएसमार्फत कोरिया आएका कामदारको कार्य अवधि एक वर्ष थपिने |
गोकुल थोकर |
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नयाँ कामदार ल्याउन नसकेपछि कोरियामै भएका कामदारलाई एक वर्षको थप भिसा दिने भएको छ । मंगलबारदेखि लागू हुने गरी फेरिएको नियम अनुसार भिसा सकिन लागेका सबै कामदारको एक वर्ष कार्यअवधि स्वत: थपिनेछ । |
चैत्र २४, २०७७ |
एनआरएन सोसल क्लब ओमनमा विकल झा चयन |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन) ओमनको नेतृत्वमा जनकपुरका विकल झा चयन भएका छन् । |
चैत्र १४, २०७७ |
ईपीएसमा नयाँ कानुन पारित |
गोकुल थोकर |
कोरियाली सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)मा केही सुधार गरेर कानुन पारित गरेको छ । |
चैत्र ३, २०७७ |
कोरियामा विदेशीले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने |
गोकुल थोकर |
कोरियामा रहेका विदेशीमा कोरोना संक्रमण बढेसँगै यहाँको स्थानीय सरकारले विदेशीहरुले अनिवार्य पीसीआर टेस्ट गर्ने नियम लागू गरेको छ । कोरियाको धेरै जनसंख्या रहेको राजधानी सोल र ख्याङ्गी प्रान्तले यस्तो नियम सुरु गरेको छ भने अन्य ठाउँमा पनि यस्तै नियम लागू गराउने तयारी भइरहेको छ । |
फाल्गुन १२, २०७७ |
बेलायतमा नर्सिङ पढाइप्रति बढ्यो आकर्षण |
नवीन पोखरेल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.