text
stringlengths
2
914
कोरोना महामारीपछि बेलायती विश्वविद्यालयमा नर्सिङ विषय पढ्ने विद्यार्थीको आकर्षण बढेको छ । युनिभर्सिटी एड्मिसन्स सर्भिस (युकास) को तथ्यांकअनुसार नर्सिङ पढ्न आवेदन दिनेको संख्या ३२ प्रतिशतले वृद्धि भएको हो ।
माघ २४, २०७७
'ओलीले आफ्ना विरोधीलाई समाप्त पार्छु भन्ने इगो लिएर देशलाई नै भड्खालोमा हाले'
कान्तिपुर संवाददाता
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले नेपालको संविधान र व्यवस्था नै मृत्युवरणतर्फ धकेलिएको कानुनविद्हरुले टिप्पणी गरेका छन् । यदि सर्वोच्च अदालतले विघटन सदर गर्‍यो भने देश अस्थिरतातर्फ गइ धार्मिक तथा जातीय द्वन्द्व हुन सक्ने जोखिम पनि उनीहरुले औंल्याए ।
माघ ११, २०७७
मैनालीलाई तत्काल रक्तदान नगर्न निर्देशन
कान्तिपुर संवाददाता
कोरोना महामारीको नौ महिनाको अवधिमा ११ लिटर रगत तथा प्लेटलेट दान गर्ने नेपालका अभियन्ता अर्जुन मैनालीलाई अमेरिकाको न्युयोर्क ब्लड सेन्टरले तत्काल रक्तदान नगर्न निर्देशन दिएको छ ।
‘हामी अस्ट्रेलिया आउन पाउने कहिले ?’
नारायण खड्का
कोरोना महामारी फैलनभन्दा केही साताअघि मात्र नेपाल गएका चितवनका मनीष श्रेष्ठले अस्ट्रेलियास्थित नेपाली दूतावासमा इमेल लेखेर आफू कहिले अस्ट्रेलिया फर्कन पाउने हो त्यसको जानकारी गराइदिन आग्रह गरे । उनले आफ्नो अध्ययन रोकिएकाले अस्ट्रेलिया फर्किएर आफू १४ दिन क्वारेन्टाइन बस्न तयार रहेको जानकारीसमेत दिए ।
माघ २, २०७७
मलेसियामा श्रमिकलाई आलोपालो ड्युटी
होम कार्की
मलेसियामा कोरोना भाइरसको महामारी देखिएपछि अधिकांश रोजगारदाता कम्पनीले श्रमिकलाई फेरि आलोपालो ड्युटी (काम) लगाउन थालेको छ ।
पुस २९, २०७७
लन्डनमा कामबाट फर्किंदै गर्दा नेपाली सेफको हत्या
नवीन पोखरेल
लन्डनमा काम सकेर फर्किंदै गर्दा एक नेपाली सेफको हत्या भएको छ । आइतबार राति करिब साढे १० बजे लन्डन इस्टकोट रेल स्टेसन अगाडि झगडा हुँदा अन्दाजी ३५ वर्षीय विक्रम केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए ।
पुस २३, २०७७
छङ्तुमा महावाणिज्य दूतावासस्थलको खोजी
लक्ष्मी लम्साल
बेइजिङस्थित नेपाली दूतावासले चीनको सिचुवानमा रहने नयाँ नेपाली महावाणिज्य दूतावासस्थलको खोजी थालेको छ ।
पुस १६, २०७७
नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्यो
गोकुल थोकर
नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन पाउने भएका छन् । योवर्ष कोरोना महामारीका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ।
पुस ९, २०७७
दक्षिण कोरियाले सन् २०२१ मा ५२ हजार कामदार लैजाने
गोकुल थोकर
दक्षिण कोरियाले सन् २०२१ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् आउने कामदारको संख्या निर्धारण गरेको छ ।
रक्तदाता मैनालीलाई न्युयोर्कमा सम्मान
कान्तिपुर संवाददाता
काभ्रे सिपाली घर भई हाल विश्वभर रक्तदानबारे अभियान सञ्चालन गर्दै आएका रक्तदाता अर्जुन मैनालीलाई न्युयोर्कस्थित नासाउ काउन्टीले मंगलबार सम्मान गरेको छ ।
पुस ४, २०७७
पोर्चुगलमा नेपालीको रेस्टुरेन्टलाई ४ अवार्ड
कान्तिपुर संवाददाता
पोर्चुगलको राजधानी लिस्बनस्थित बागलुङका टंक सापकोटाद्वारा सञ्चालित इटालियन रेस्टुरेन्ट र्फोनो दि ओरोले चार विधामा अवार्ड प्राप्त गरेको छ ।
मंसिर २५, २०७७
बेलायतमा नेपाली चिकित्सकले लिन थाले कोभिडविरुद्धको खोप
कान्तिपुर संवाददाता
बेलायतमा आममानिसमा कोभिड खोप लगाउन सुरु भएसँगै नेपाली चिकित्सकहरुले पनि कोभिडविरुद्धको खोप लिएका छन् ।
मंसिर १८, २०७७
कोरोनाबाट जर्मनीमा एक नेपालीको निधन
कान्तिपुर संवाददाता
कोरोना भाइरसको संक्रमणका कारण जर्मनीमा एक नेपालीको मृत्यु भएको छ । विद्यार्थी भिसामा करिब एक दशकअघि जर्मनीको फ्यांकफर्ट आएका सुरज थापाको उपचारका क्रममा ज्यान गएको हो ।
मंसिर १७, २०७७
'चीनको गरिबी निवारण अनुभव विश्वकै लागि अनुकरणीय'
लक्ष्मी लम्साल
चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीनको गरिबी निवारणको अनुभव विश्वकै लागि अनुकरणीय रहेको बताएका छन् ।
मंसिर १४, २०७७
थानकोटबाट हराएकी बालिकाको भारतको मध्यप्रदेशबाट उद्धार
सुरेशराज न्यौपाने
चन्द्रागिरी नगरपालिका बस्ने १६ वर्षीय बालिका गत ९ मंसिरदेखि हराइरहेको भन्दै उनका अभिभावकले त्यसको भोलिपल्ट काठमाडौं महानगरीय प्रहरीको खोजतलास शाखामा निवेदन दिए ।
मंसिर १, २०७७
हङकङकाे रेस्टुरेन्टमा आगलागी हुँदा ७ नेपालीको मृत्यु
लक्ष्मी लम्साल
स्थानीय समयानुसार आइतबार साँझ हङकङको याउमातेईस्थित एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएको छ । हङकङस्थित नेपाली वाणिज्य दूतावासबाट हिँडेर करिब २० मिनेटमा पुगिने र नेपालीहरूको बाक्लो बसोबास रहेको जोडन एरियाको एउटा रेस्टुरेन्टमा आगलागी हुँदा यो मानवीय क्षति भएको हो ।
कार्तिक १४, २०७७
रोमानियामा ५ सय नेपाली संक्रमित
कान्तिपुर संवाददाता
युरोपेली मुलुक रोमानियामा करिब ५ सय जना नेपाली कोभिड–१९ बाट संक्रमित भएका छन् । संक्रमितमध्ये दुई दर्जनको अवस्था गम्भीर छ । केही नेपाली उपचारपछि फर्किएका तथा करिब डेढ सय नेपालीहरू घरैमा आइसोलेसनमा छन् ।
कार्तिक १२, २०७७
अस्ट्रेलियामा पहिचान दिलाउँदै दसैं
नारायण खड्का
भिक्टोरियामा कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेका राज्य प्रमुख तथा प्रिमियर ड्यानियल एन्ड्रुजले यस वर्ष वडादसैंको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिए । दसैंंलाई यहाँ बस्ने सबै नेपालीको महत्त्वपूर्ण दिन र पर्वका रुपमा व्याख्या गर्दै उनले कोरोना भाइरसका कारण अप्ठ्यारो अवस्था भएपनि दसैंलाई अलग तरिकाले मनाउन आग्रह गर्दै शुभकामना सन्देश दिए ।
कार्तिक ११, २०७७
चीनका नेपालीहरूले पनि मनाए दसैं
लक्ष्मी लम्साल
चाइना एकेडेमी अफ साइन्सका सह-प्राध्यापक डिबी कट्टेल अहिले दसैंको जमरा राखेर आफूलाई संस्कृतिको संरक्षक महशुस गरिरहेका छन् ।
कार्तिक ५, २०७७
नेपाली युवा चीनको ‘क’ श्रेणीका प्रतिभा
लक्ष्मी लम्साल
चिकित्सा क्षेत्रमा कार्यरत एक नेपाली युवा चीनको ‘क’ श्रेणीको प्रतिभामा छनोट भएका छन् ।
आश्विन २७, २०७७
कोरिया आएका ११ विद्यार्थीमा कोरोना
कान्तिपुर संवाददाता
शनिबार दक्षिण कोरिया आएका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ । राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका लागि आएका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा संक्रमण देखिएको हो ।
आश्विन २४, २०७७
पूर्वगोर्खालाई बेलायतको प्रतिष्ठित पदक
कान्तिपुर संवाददाता
परोपकारी कार्यमा क्रियाशील भूतपूर्व ब्रिटिस गोर्खाले बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक पाउने भएका छन् । सहारा यूकेका पूर्वअध्यक्ष दिलीप गुरुङलाई बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ पदक दिइने घोषणा गरिएको हो ।
आश्विन १०, २०७७
ईपीएस नियम केही सहज हुने
गोकुल थोकर
दक्षिण कोरियाली सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी नियम केही सहज बनाउने भएको छ ।
आश्विन ६, २०७७
लन्डन दूतावासमा नेपाल विकास सम्मेलन
कान्तिपुर संवाददाता
नेपाली दूतावासले राष्ट्रिय दिवस एवं पाँचौं संविधान दिवसको उपलक्ष्यमा असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम गरेको छ । २ असोजमा नेपाली दूतावास र यूके नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट फोरमको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट ‘नेपाल विकास सम्मेलन’ गरियो ।
आश्विन ४, २०७७
चीनको शासनशैली अनुकरणीय : राजदूत पाण्डे
लक्ष्मी लम्साल
चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले वर्तमान चीनको शासन प्रणाली अनुकरणीय रहेको बताएका छन् ।
भाद्र ३१, २०७७
नेपालको जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्न ओमान तयार
कान्तिपुर संवाददाता
ओमानले नेपालको जलविद्युत र कृषि क्षेत्रमा सहकार्य गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।
भाद्र २९, २०७७