text
stringlengths
2
914
बेलायती पीसीआर रिपोर्टको ढाँचा नेपाल सरकारले तोकेभन्दा फरक भनेर यात्रुलाई सास्ती दिँदै एयरलाइन्स
नवीन पोखरेल
लकडाउनका कारण ६ महिनाभन्दा बढी बेलायतमै रोकिएकी रामेछाप निवासी दलमाया कार्की आइतबार नेपाल फर्कन पाइने आशामा उत्साहित हुँदै हिथ्रो एयरपोर्ट पुगिन् । जब बोर्डिङ पास लिन कतार एयरवेजको काउन्टर पुगिन्, त्यहाँका कर्मचारीले पीसीआर रिपोर्टको ढाँचा नेपाल सरकारले मागे जस्तो भएन भन्दै उडाउन नसक्ने बताए ।
भाद्र २६, २०७७
भारतका लागि सुरु भएन उडान
सुरेशराज न्यौपाने
कोरोना महामारीका कारण विभिन्न देशमा रहेका नेपालीलाई सरकारले स्वदेश फिर्ता गर्ने निर्णय गरेको भए पनि भारतस्थित नेपाली भने अलपत्र परेका छन् । भदौ १६ देखि असोज १४ सम्म एक सय ४२ नियमित र चार्टर उडानका लागि तोकिएका २० वटा गन्तव्यमा भारत भने परेको छैन । जसका कारण रोजगारी, अध्ययन, उपचार तथा अन्य प्रयोजनका लागि भारत आइपुगेका नेपाली यहीं रोकिन बाध्य भएका हुन् ।
भाद्र २३, २०७७
कोरियामा ३८ नेपाली अलपत्र
गोकुल थोकर
श्यामप्रसाद डुम्रे कोरियाको खावान्दोमा कृषिमा काम गर्थे । कोरोना संक्रमणका कारण कम्पनीमा भने जसरी काम चलेन । उनको कार्यअवधि सकिन दुई महिना बाँकी छँदै कम्पनी छाड्नु पर्ने भयो । नयाँ कम्पनी फेर्न समय नभएपछि नेपाल फर्कने विचार गरे ।
भाद्र १७, २०७७
भारतको हरियाणामा आठतले भवनबाट खसेर नेपाली चिकित्सकको मृत्यु
सुरेशराज न्यौपाने
भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा. साह विगत चार वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रुपमा कार्यरत थिए ।
भाद्र ९, २०७७
भारतीय होटलमा दस वर्षसम्म ‘बँधुवा मजदुर’
सुरेशराज न्यौपाने
दस वर्षसम्म थुनिएको थुनियै । न तलब न सुविधा । दैनिक सोह्र घन्टासम्म काम । नमाने उल्टै यातना । भारतको जयपुर सहरमा हालै सार्वजनिक भएको घटना हो यो । यस्तो यातना भोग्ने नेपाली हुन्, कास्कीको बूढीखोला, रामकोटका ४० वर्षीय मंगलबहादुर सुनार ।
भाद्र ४, २०७७
मलेसियाको पार्कमा छाप्रो बनाएर आमा–छोराको बास
होम कार्की
मलेसियाको क्‍वालालम्पुरस्थित सुवाङ पार्कमा छाप्रो बनाइ ६ महिनादेखि आमा र ४ वर्षीय छोरा बस्दै आएका छन् । दुवै जनाको कानूनी हैसियत छैन ।
भाद्र २, २०७७
बालिकामाथि यौन दुर्व्यवहारमा ब्रिटिस गोर्खालाई साढे २ वर्ष जेल
कान्तिपुर संवाददाता
बेलायती सेनामा कार्यरत एक जना गोर्खा सैनिक १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जेल चलान भएका छन् ।
श्रावण २४, २०७७
भिक्टोरियामा १४६ नेपाली संक्रमित
नारायण खड्का
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका १ सय ४६ नेपालीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ४ जना आइसोलेसनमा छन् । अधिकारीहरुका अनुसार ४२ जना निको भएका छन् ।
श्रावण १६, २०७७
चीनमा ६ महिनाअघि मृत्यु भएका नेपालीको शव न‍ेपाल पठाइयो
लक्ष्मी लम्साल
चीनमा माघ दोश्रो साता निधन भएका एक नेपालीको शव शुक्रबार नेपाल फर्काइएको छ । कोभिड-१९ महामारीका कारण गत जनवरी २३ तारिख वुहानमा लकडाउन गरिएपछि त्यहाँस्थित एउटा होटलका ‘सेफ’ पुष्कर खड्काको शव अस्पतालमै रहेको थियो ।
सिड्नीबाट ५३० डलर सस्तोमा फर्किए नेपाली
नारायण खड्का
कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै अस्ट्रेलियामा अलपत्र परेका १ सय ६० नेपाली बिहीबार सिड्नीबाट नेपाल फर्किएका छन् । उनीहरू यसपहिले सरकारले तोकेको भाडादरभन्दा ५ सय ३० अमेरिकी डलर सस्तो भाडामा चार्टर विमानमार्फत नेपाल फर्किएका हुन् । सरकारले विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउने योजनाअनुरूप चौथो पटक यहाँका नेपाली फर्किएका हुन् ।
श्रावण १५, २०७७
ईपीएस कामदारको भिसा थपिने
गोकुल थोकर
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएर भिसा अवधि सकिएका विदेशी कामदारलाई सरकारले भिसा थप गरिदिने भएको छ । सरकारका अनुसार त्यस्ता कामदारहरूले भिसा अवधि थप भएको समयमा समेत काम गर्न पाउनेछन् ।
श्रावण ४, २०७७
भारतमा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु
सुरेशराज न्यौपाने
कोरोना भाइरसको संक्रमणबाट भारतमा थप एक नेपालीले ज्यान गुमाएका छन् । दक्षिण भारतको बेंगलोरमा बस्दै आएका ५६ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको हो । बझाङको छबिस पाथीभेरा गाउँपालिका घर भएका ती पुरुष करिब ३० वर्षदेखि बेंगलोरमा बस्दै आएका थिए ।
भारतमा नेपाली कामदारको बिचल्ली
सुरेशराज न्यौपाने
पर्वत स्थायी घर भएका सीपी सुवेदी विगत १८ वर्षदेखि मुम्बईको एउटा कपडा रंगाउने कारखानामा काम गर्दै आएका छन् । गत मार्च २४ देखि कारखाना बन्द भयो । उनले कम्पनी व्यवस्थापनसँग अनुनयविनय गरेपछि गर्जो टार्नका लागि भन्दै मासिक न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । त्यसबाट उनको जेनतेन घर खर्च धानिएको छ ।
असार ३१, २०७७
साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थप्यो
कान्तिपुर संवाददाता
साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थपिदिएको छ । यसले आवासीय भिसाको म्याद समाप्त भएका कामदार गैरकानुनी हैसियत हुनबाट जोगिएका छन् ।
असार २६, २०७७
मेलबर्नमा चार नेपाली विद्यार्थीलाई कोरोना
कान्तिपुर संवाददाता
अस्ट्रेलियाको मेलबर्नमा चार नेपाली विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । संक्रमितमध्ये तीन जना एकै स्थानमा बस्दै आएका थिए । अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दाहालका अनुसार एक विद्यार्थीमा भाइरसको संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्यको परीक्षण गरिएको थियो ।
असार २५, २०७७
चीनबाट १०५ जना नेपाली स्वदेश फर्किए
लक्ष्मी लम्साल
कोभिड-१९ महामारीका कारण चीनका विभिन्न स्थानमा रोकिएका नेपालीहरू बिहीबार नेपाल फर्किएका छन्। अध्ययनका सिलसिलामा चीनमा रहेका १०५ जना नेपाली विद्यार्थी र अन्य बिहीबार बिहान हिमालय एयरलाइन्सको उडानमार्फत् नेपालका लागि उडेका हुन्।
असार २१, २०७७
एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग
कान्तिपुर संवाददाता
संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई ५ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ ।
असार ९, २०७७
अस्ट्रेलियाबाट फर्किए २ सय ५९ नेपाली
नारायण खड्का
अस्ट्रेलियाको सिड्नीबाट २ सय ५९ जना नेपाल फर्किएका छन् । अस्ट्रेलियामा उद्धारका लागि पर्खिएर बसेका नेपाली लिनका लागि नेपाली ध्वजावाहक विमान मंगलबार सिड्नी उत्रिएको थियो ।
मुम्बई र पुनेबाट घर हिँडेका ७० जना नेपालीको बिचल्ली
सुरेशराज न्यौपाने
रोजगारी गुमे पनि कोरोनाको संक्रमणबाट बच्ने आसमा स्वदेश हिँडेका नेपालीहरू भारतको मुम्बईमा तीन दिनदेखि बिचल्लीमा परेका छन् । भारतका पुने र मुम्बईमा रहेका ७० जना नेपालीहरू गत शनिबार बिहान बसबाट कैलालीका लागि हिँडेका थिए । तर, बस गुडेको केही घण्टामै स्थानीय प्रहरीले नियन्त्रणमा लियो ।
असार ८, २०७७
अस्ट्रेलियाबाट फर्केनेलाई तिराइयो महँगो शुल्क
नारायण खड्का
अस्ट्रेलियामा १३ वर्षदेखि हवाई टिकट व्यवसाय गर्दै आएका व्यवसायी भीम न्यौपानेले सरकारले तोकेको भन्दा कम भाडामा नेपालीलाई अस्ट्रेलियाबाट उडाउन सकिने भन्दै नेपालस्थित वायुसेवा निगममा मेलबर्नबाट पटकपटक सम्पर्क गरे ।
असार ४, २०७७
बेलायतमा अलपत्र नेपालीको उद्धार गरिँदै
कान्तिपुर संवाददाता
लकडाउनका कारण बेलायतमा रोकिएका नेपालीहरुको यही २४ र जुन २६ मा उद्धार गरिने भएको छ । नेपाली दूतावास लन्डनले आउँदो बुधबार र शुक्रबार दिउँसो २ बजेर ५० मिनेटमा लन्डन ग्याटविक विमानस्थलबाट चार्टर विमान छुट्ने जानकारी दिएको हो ।
जेष्ठ ३०, २०७७
चीनबाट नेपाल फर्किन चाहनेको संख्या दुई सय हाराहारी
लक्ष्मी लम्साल
कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा चीनमा अड्किएका करिब २ सय जना नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन् । बेइजिङस्थित नेपाली दूतावासले जुन ७ तारिखसम्मको समय सीमा दिएर यहाँका नेपालीहरूलाई फारम भर्न सूचित गरेको थियो ।
जेष्ठ २८, २०७७
उडानको पर्खाइमा ईपीएस कामदार
गोकुल थोकर
सोल, दक्षिण कोरिया- रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल ।
सीमा मिचेको विरोधमा मोदीलाई ज्ञापनपत्र
कान्तिपुर संवाददाता
नेपाली भूमि अतिक्रमण गर्ने भारतीय हस्तक्षेपको विरोध गर्दै गैरआवासीय नेपाली संघ बेलायतले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ । लकडाउनका कारण हुलाकमार्फत ज्ञापनपत्र पठाइएको हो ।
जेष्ठ २६, २०७७
भारतबाट घर फर्कनै सास्ती
सुरेशराज न्यौपाने
कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई उद्धार गर्ने योजनाअन्तर्गत तेस्रो मुलुकबाट शुक्रबारदेखि नेपालीहरू फर्कन थालेका छन् । तर, रोजगारीको सबैभन्दा ठूलो गन्तव्य भारतमा रहेका नेपालीका लागि भने सरकारले कुनै ठोस योजना अघि सारेको छैन ।
जेष्ठ २३, २०७७
७५ दिनदेखि पानीजहाजभित्रै छन् बोहरा
नविन पोखरेल
दुईमहिने बिदामा नेपाल गएर परिवारसँग रमाउने उनको योजना चकनाचुर हुन पुग्यो जब विमानस्थलका कर्मचारीले लकडाउनको कारण देखाउँदै त्यहीँबाट फर्काइदिए ।
बेलायतबाट नेपाल फर्कन चाहने करिब ३ सय