text stringlengths 2 914 |
|---|
नविन पाेखरेल |
लन्डनस्थित नेपाली दूतावासले बेलायतबाट स्वदेश फर्कन चाहनेका लागि सूचना जारी गरेसँगै नाम टिपाउने क्रम बढेको छ । बिहीबार साँझसम्म २ सय ३० जनाले नाम दर्ता गराएको दूतावासले जनाएको छ । |
जेष्ठ २१, २०७७ |
अस्ट्रेलियाबाट नेपाल फर्कन १३०० ले भरे फारम |
नारायण खड्का |
नेपाल सरकारले आफ्ना नागरिक नेपाल फर्काउने घोषणा गरेसँगै अस्ट्रेलियाबाट नेपाल फर्कनका लागि १ हजार २ सय ८३ जनाले आवेदन दिएका छन् । ठूलो संख्यामा नेपाल फर्कन चाहे पनि तेस्रो पटक आउने राष्ट्रिय ध्वजावाहक विमान भने यसपटक पनि रित्तै फर्किने भएको छ । |
मणिपुरमा ३२ नेपाली अलपत्र |
सुरेशराज न्यौपाने |
दिल्लीस्थित नेपाली दूतावासले बेवास्ता गर्दा वैदेशिक रोजगारीका लागि हिँडेका ३२ जना नेपाली महिला विगत ८ महिनादेखि भारतको मणिपुरमा अलपत्र परेका छन् । मानव तस्करहरूको प्रलोभनमा परेर म्यान्मारको बाटो हुँदै खाडी मुलुक जान हिँडेका उनीहरूलाई विभिन्न मितिमा मणिपुरमा स्थानीय प्रहरीले उद्धार गरेको थियो । |
जेष्ठ २०, २०७७ |
दक्षिण कोरियामा एक महिनामा ४ नेपालीको मृत्यु |
गोकुल थोकर |
दक्षिण कोरियामा एक महिनामा ४ जना नेपालीले ज्यान गुमाएका छन् । तीन जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ भने एक जनाले औद्योगिक दुर्घटनाका कारण ज्यान गुमाएका छन् । |
बेलायती अध्ययन भन्छ– ग्रामीण प्रसूतिसेवामा स्वास्थ्य प्रवर्द्धकहरूको भूमिका अहम् |
नविन पोखरेल |
नेपालको ग्रामीण भेगमा सुरक्षित प्रसूतिसेवाका लागि स्थानीय स्वास्थ्य प्रवर्द्धकहरूको भूमिका प्रभावकारी हुन सक्ने एक बेलायती अध्ययनले औंल्याएको छ । |
जेष्ठ १७, २०७७ |
कतारमा एकैदिन ५ हजार २ सय ३५ जना डिस्चार्ज, निको हुने अधिकांश नेपाली |
होम कार्की |
कतारमा शनिबार मात्रै ५ हजार २ सय ३५ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेमा अधिकांश नेपाली कामदार छन् । |
अस्ट्रेलियाका नेपाली फर्काउन दूतावासको ७ सर्त |
नारायण खड्का |
अस्ट्रेलियास्थित नेपाली दूतावासले इच्छुक नागरिकलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरेको छ । सूचना जारी गरेर फर्कन चाहनेले फाराम भरेर जुन २ तारिखसम्म पठाउन आग्रह गरिएको छ । |
जेष्ठ १६, २०७७ |
बहराइनमा कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या |
कान्तिपुर संवाददाता |
बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा बिहीबार आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले उपचार भइरहेका बेला आत्महत्या गरेका हुन् । उनी एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत थिए । |
जेष्ठ १५, २०७७ |
कतार सरकारद्वारा ५० हजार आप्रवासी कामदारलाई खाद्यान्न वितरण |
कान्तिपुर संवाददाता |
कतार सरकारले खाद्य संकटको जोखिममा परेका नेपालीसहित आप्रवासी कामदारका लागि खाद्यान्न सहयोग गरेको छ । उसले तत्कालका लागि ५० हजार कामदारलाई पुग्ने खाद्यान्न वितरण गर्न सम्बन्धित समुदायका प्रतिनिधिलाई उपलब्ध गराएको हो । |
जेष्ठ १४, २०७७ |
कोरियामा ४५ सय नेपालीको भिसा अवधि सकिँदै, भन्छन्- 'जसरी हुन्छ फर्काइदेऊ' |
गोकुल थोकर |
सोमबार प्रधानमन्त्रीले देशका नाममा सम्बोधन गर्दा कोरियाका उमेश पन्थी लकडाउन खुल्छ कि भन्ने आसमा थिए । लकडाउन खुले अन्तराष्ट्रिय हवाई उडान होला र नेपाल फर्किऊँला भन्ने उनको आशा थियो । उनी रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका हुन् । उनले भिसा सकिएको दुई महिनाभन्दा बढी भइसक्यो । |
जेष्ठ १३, २०७७ |
मलेसियामा थप तीन नेपाली संक्रमित |
होम कार्की |
मलेसियामा गैरकानुनी हैसियतका कामदार राख्न बनाइएका डिपोर्टेसन सेन्टर (घरफिर्ती केन्द्र) मा रहेका ३ नेपालीसहित २२७ जनालाई कोरोना संक्रमण देखिएको छ । |
जेष्ठ १२, २०७७ |
तीन महिनादेखि कुवेतमा एक नेपाली बेपत्ता |
कान्तिपुर संवाददाता |
करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत गएका भोजपुरको षडानन्द नगरपालिका ५ का ३३ वर्षीय खड्गबहादुर बस्नेत गत चैतदेखि बेपत्ता भएका छन् । |
जेष्ठ ११, २०७७ |
क्यानडाका २३ नेपालीमा संक्रमण, ११ निको भए |
माधव घिमिरे |
कोरोना भाइरसबाट क्यानडामा अहिलेसम्म २३ नेपाली संक्रमित भएका छन् । तीमध्ये ११ जना उपचारपछि निको भइसकेका छन् । |
जेष्ठ ९, २०७७ |
कतारद्वारा ५ हजार नेपालीलाई पुग्ने खाद्यान्न उपलब्ध |
कान्तिपुर संवाददाता |
कतार सरकारले खाद्यान्न संकट भएका ५ हजार नेपाली कामदारलाई पुग्ने खाद्यान्न उपलब्ध गराएको छ । यो खाद्यान्नलाई दोहास्थित नेपाली दूतावासमा भण्डार गरिएको छ । |
जेष्ठ ८, २०७७ |
कतारमा एक जना नेपालीलाई मृत्युदण्ड दिइयो |
होम कार्की |
कतारमा औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको छ । कतारमा पहिलो पटक नेपाली नागरिकलाई मृत्युदण्ड दिइएको हो । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो । |
जेष्ठ ६, २०७७ |
माल्दिभ्समा अलपत्र नेपाली भन्छन् : सरकारको आस गर्दागर्दा थाकियो |
सुरेशराज न्यौपाने |
नेपाल सरकारले समयमै उद्धारका लागि चासो नदेखाउँदा माल्दिभ्समा रहेका नेपालीहरू स्वदेश फर्कन नपाएर छटपटाइरहेका छन् । त्यसमाथि विगत केही दिनयता माल्दिभ्समा बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले उनीहरूलाई थप त्रसित बनाएको छ । माल्दिभ्समा हालसम्म एक हजार नब्बे जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ जना नेपाली छन् । |
जेष्ठ १, २०७७ |
बेलायतले फर्कायाे ३० हजार नागरिक |
नविन पोखरेल |
बेलायत सरकारले कोभिड–१९ पछि जारी लकडाउनका कारण विदेशमा फसेका आफ्ना ३० हजारभन्दा बढी नागरिक फिर्ता ल्याएको छ । बेलायत सरकारले १४२ विशेष चार्टर उडानमार्फत नेपालसहित २७ देशमा रोकिएका नागरिक ल्याएको हो । |
वैशाख ३०, २०७७ |
साउदीमा ६ सय ७४ जना नेपाली संक्रमित |
होम कार्की |
साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ जना पुगेको छ । जसमा ११ जना नेपाली महिला छन् । एकजनाको मृत्यु भएको छ । |
वैशाख २९, २०७७ |
भारतले नेपाली भूमि मिचेको भन्दै कांग्रेसका प्रवासी संगठनहरू विरोधमा |
सुरेशराज न्यौपाने |
भारतले लिपुलेकमा सडक बनाएर नेपालको सीमा अतिक्रमण गरेको भन्दै नेपाली कांग्रेसनिकट प्रवासी संगठनहरूले विरोध जनाएका छन् । विभिन्न मुलुकमा गठित कांग्रेसनिकट ३४ वटा जनसम्पर्क समितिका सभापतिले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमको भर्त्सना गरेका हुन् । |
न्युयोर्कमा १७३ नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग |
दिनेशजंग शाह |
कोभिड–१९ महामारीका कारण समस्या भोगिरहेका न्यूयोर्कमा रहेका एक सय ७३ नेपाली विद्यार्थीहरुलाई न्यूयोर्कमा क्रियाशील नेपाली संघ संस्थाहरुको साझा सन्जाल ‘कोरोना विरुद्व सचेतना एवं सहयोग समुह’ले खाद्यान्न वितरण गरेर सहयोग गरेको छ । विद्यार्थी भिसा (एफ वान) रहेका दर्जनौं विद्यार्थीहरुलाई तीन चरणमा गरी एक महिना पुग्ने खाद्यान्न दिइएको छ । |
वैशाख २८, २०७७ |
कोरोनाले बेखर्ची भएका विद्यार्थीलाई ऋण |
प्रतिमा बाँसकोटा |
अप्रिल पहिलो साता टेक्सास बस्ने एक नेपाली युवतीले फेसबुक पेजमा कोरोनाका कारण कोठाभाडा तिर्न नसकेको गुनासो लेखिन् । ‘नेप्लिज इन अमेरिका कन्फेसन पेज’मा उनले कोरोनाका कारण जागिर गएको भन्दै घरभाडा तिरिदिनेसँग ‘लिभिङ टुगेदर’ बस्ने र भविष्यमा आफूसँग बिहे नगरे पनि आपत्ति नहुने उल्लेख गरेकी छन् । |
वैशाख २७, २०७७ |
कोरिया आउनुअघि अनिवार्य क्वारेन्टाइन निर्धारण गर्नुपर्ने |
गोकुल थोकर |
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा रोजगारी गरी अहिले नेपाल गएका कामदारले पुन: कोरिया प्रवेश गर्दा क्वारेन्टाइन स्थल अनिवार्य निर्धारण गर्नुपर्ने भएको छ । |
भारतमा २८ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु |
सुरेशराज न्यौपाने |
दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । |
वैशाख २५, २०७७ |
नेपाल फर्कन अमेरिकाबाट ५ सयको गुहार |
दिनेशजंग शाह , प्रतिमा बाँस्कोटा |
कामकाज एवं भ्रमणको सिलसिलामा आएकासहित अमेरिकामा फसेका पाँच सयभन्दा बढी नेपालीले तत्काल नेपाल फर्किने वातावरण मिलाइदिन वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा निवेदन हालेका छन् । गैरआवासीय नेपाली संघ, अमेरिकाले नेपाल फर्किनेको सूची तयार गरेलगत्तै उनीहरूले दूतावास गुहारेका हुन् । |
वैशाख २४, २०७७ |
मापदण्डसहित कतारको सनैयामा लकडाउन खुला |
कान्तिपुर संवाददाता |
कतारले आप्रवासी कामदारको प्रमुख बासस्थान रहेको सनैया क्षेत्रमा लगाइएको लकडाउन झन्डै डेढ महिनापछि बुधाबारदेखि खुला गरेको छ । |
‘भोका छोरीहरूको अनुहार देख्दा खपिनसक्नु हुन्छ’ |
सुरेशराज न्यौपाने |
खोटाङकी मीना तामाङ सुत्केरी भएको १२ दिन मात्र भयो । भर्खरै जन्मेकी छोरीका लागि भए पनि उनले पोसिलो कुरा खानुपर्ने हो । तर, लकडाउनका कारण दुई छाक सादा दालभात जुटाउन पनि हम्मे छ । छोरीले पुग्दो गरी आमाको दूध खान पाएकी छैनन् । ‘खोइ दुई छाक खानै मुस्किल छ, पोसिलो खान पाए पो दूध आउँथ्यो,’ मीनाले भनिन् । |
वैशाख २२, २०७७ |
एम्बुलेन्सबाटै फर्कंदै नेपाली बिरामी |
सुरेशराज न्यौपाने |
भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्ब्याउने निर्णय गरेसँगै उपचारका लागि भारतको राजधानी नयाँदिल्लीलगायतका विभिन्न सहरमा रोकिएका बिरामी र तिनका आफन्तहरू एम्बुलेन्सबाट धमाधम घर फर्किन थालेका छन् । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.