text
stringlengths
2
914
कान्तिपुर संवाददाता
साउदी अरबमा कोरोना भाइरसको संक्रमण बढेपछि सोमवार रातिदेखि २४ घण्टे कर्फ्यु जारी गरिएको छ । साउदीमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ५ सय २३ पुगिसकेको छ ।
चैत्र २४, २०७६
के अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई घर फर्किन भनेको हो ?
नारायण खड्का
४ दिनअघि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले नियमित पत्रकार सम्मेलनमा यदि अस्थायी भिसाबाहकले आफूलाई यो अवस्थामा धान्न सक्ने अवस्था छैन भने आफ्नै घर फर्कन सुझाव दिएका थिए ।
एम्सका विदेशी चिकित्सकलाई पनि निर्वाह भत्ताको माग गर्दै मोदीलाई पत्र
सुरेशराज न्यौपाने
भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्च्युट अफ मेडिकल साइन्स (एम्स)का चिकित्सकहरूले त्यहाँ अध्ययनरत विदेशी चिकित्सकहरूलाई स्टाइपेन्ड (निर्वाह भत्ता) दिन सरकारसमक्ष माग गरेका छन् ।
चैत्र २३, २०७६
‘डर र शंकाबीच बेसमेन्टमा रात बित्यो’
दिनेशजंग शाह
न्युयोर्कका रेन्टुरेन्ट व्यवसायी जंग (जीवन) बम, ५०, को दैनिकी, न्युयोर्क सहरको ‘रफ्तार’ सँगै दौडिरहेकै थियो । ग्राहकहरुको आथित्य, कामदार एवं आवश्यक सरसामानको व्यवस्थापन र किनमेलकै भागदौड ।
‘फ्रान्समा नेपाली सुरक्षित छन्’
दीपक अधिकारी
फ्रान्सको दूतावासले एन्डोरा, मोनाको, पोर्चुगल, फ्रान्स र युनेस्को हेर्छ । मोनाकोमा कन्सुलर हुनुहुन्छ । अहिलेसम्मको रेकर्डअनुसार मोनाको र एन्डोरामा नेपाली एक जनापनि छैनन् । त्यसैले त्यहाँ नेपालीमा कोरोना भाइरस संक्रमणको कुरै भएन ।
चैत्र २२, २०७६
युरोपमा लकडाउन: ढुक्क तर सतर्क नेपाली
ददि सापकोटा
चीनबाट सुरु भएको कोरोना संक्रमण यतिखेर युरोपकेन्द्रित बनेको छ । युरोपका फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, स्पेन, इटाली र पोर्चुगलसहितका मुलुकमा बसेका प्रतिनिधि नेपालीसँग कोरोना संक्रमणका उब्जिएको सन्त्रास र यथास्थितिका बारे फ्रान्सको पेरिसस्थित कान्तिपुर प्रतिनिधि ददी सापकोटाले गरेको कुराकानी आधारित समाचार सामग्री-
अस्थायी भिसा भएकालाई अस्ट्रेलियाद्वारा राहत
नारायण खड्का
अध्यागमन तथा नागरिकता मन्त्रालयले अस्ट्रेलियामा एक वर्षदेखि विद्यार्थी भिसामा रहेका विदेशी नागरिकलाई राहतस्वरुप आफ्नो सुपर एनएसन रकम झिक्न पाउने व्यवस्था गरेका छन् ।
बहराइनमा एकैपटक ९ जना नेपाली कोरोनाबाट संक्रमित
होम कार्की
बहराइनमा एकैपटक ९ जना नेपाली कामदार कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित भएका छन् । यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो ।
चैत्र २१, २०७६
भारतमा अध्ययनरत नेपाली विद्यार्थीको गुनासो : ‘दूतावासले सामान्य चासोसमेत राखेन’
सुरेशराज न्यौपाने
दक्षिण भारतको पोन्डीचरी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर अध्ययनरत विभु लुइँटेललाई आफूसँगै होस्टलमा बस्ने भुटानकी एक साथीको कुरा सुनेर झट्ट त विश्वास लागेन ।
अस्ट्रेलियाका नेपाली विद्यार्थी- ‘न रोजगारी छ, न हारगुहार गर्न पाइएको छ’
नारायण खड्का
चितवनबाट अध्ययनका लागि एक महिनाअघि सिड्नी आएका मनीष श्रेष्ठले अहिले घरबाट बाहिर निस्किन पाएका छैनन् । साथीभाइको सहयोगले जेनतेन खाना खाइरहेका उनी आउने दिनमा के गर्ने भन्ने चिन्तामा छन् ।
साउदी अरबमा अनिश्‍चितकालका लागि कर्फ्यु जारी
कान्तिपुर संवाददाता
साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ । यो क्षेत्रमा झन्डै एक लाख नेपाली नागरिक कार्यरत छन् ।
समस्या भएका विद्यार्थी र पर्यटकलाई घर फर्कन अस्ट्रेलियाका प्रधानमन्त्रीको सुझाव
नारायण खड्का
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरसका कारण अत्यन्तै समस्या परेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा आगन्तुक भिसामा रहेकाले आफ्नै देश फर्कन सक्ने बताएका छन् ।
अमेरिकामा संक्रमित नेपालीको तथ्यांक संकलन कठिन
कान्तिपुर संवाददाता
कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट न्युयोर्क सिटी आक्रान्त छ । इपिसेन्टर भनिएको ‘बिग एप्पल’ नामले परिचित यो सहरमा सन्नाटा छाएको छ । हरेक दिन कोभिड १९ को संक्रमणले हजारौं थला पर्दैछन्, सयौंले मृत्युवरण गर्दैछन् ।
चैत्र २०, २०७६
मलेसियामा एक नेपाली कोरोना भाइरसबाट संक्रमित
होम कार्की
मलेसियाको सेलाङगुरमा कार्यरत एक नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनको सुङ्गाई बुल्व अस्पतालमा उपचार भइरहेको छ । उनी झापाका हुन् ।
दक्षिण भारतमा एक नेपाली दम्पतीमा कोरोना संक्रमण
सुरेशराज न्यौपाने
कामको सिलसिलामा भारतमा बस्दै आएको एक नेपाली दम्पतीमा कोरोना संक्रमण भएको खुलेको छ । दक्षिण भारतको बेंग्लोरमा बस्दै आएको एक नेपाली परिवारका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो ।
कोरोनाविरुद्ध लड्न एनआरएनए युरोपको आपत्‌‌कालीन कोष
ददि सापकोटा
गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय कमिटीले कोरोना संक्रमणविरुद्ध लड्न ५० हजार युरोको आपत्‌‌कालीन कोष स्थापना गरेको छ । कमिटीको बैठकले एनआरएनए युरोप कोभिड १९ सहयोग समिति समेत गठन गरेको छ ।
कुवेतमा कोरोना भाइरसबाट एक नेपाली संक्रमित
कान्तिपुर संवाददाता
कुवेतमा एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कतारमा ८० प्रतिशत कामदारलाई घरबाटै काममा लगाइने, सनैयाको लकडाउन थपियो
होम कार्की
कतार सरकारले निजी क्षेत्रका ८० प्रतिशत कामदारलाई बिहीबारदेखि घरबाटै काममा लगाउने निर्णय गरेको छ । उनीहरूको काम गर्ने अवधिलाई ६ घण्टा कायम गरिएको छ । बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम गर्ने समय तोकिएको छ । यो दुई हप्ताका लागि लागु हुनेछ ।
चैत्र १८, २०७६
कोरोना भाइरसबाट संक्रमित विदेशी कामदारको पनि नि:शुल्क उपचार गर्न साउदी राजाको आदेश
होम कार्की
साउदी अरबका राजा सलमानले कोरोना भाइरसबाट संक्रमित भएका स्थानीय नागरिकसहित विदेशी कामदारको निःशुल्क उपचार गर्न आदेश दिएका छन् । सरकारीका साथै निजी अस्पतालतबाट कोरोना संक्रमितको उपचार निःशुल्क हुनेछ ।
यूएईमा थप दुई नेपाली कोरोना भाइरसबाट संक्रमित
होम कार्की
संयुक्त अरब इमिरेट्स (यूएई)मा थप दुई जना नेपाली कामदार कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित भएका छन् ।
कोरोना प्रकोप : चिलीमा दर्जनौं नेपाली मारमा
ददि सापकोटा
दक्षिण अमेरिकी देश चिलीको इकिकीस्थित एउटा व्यापारिक मल बन्द हुँदा करिब ८० जना नेपाली बेरोजगार बनेका छन् । दक्षिण अमेरिकाकै ठूलामध्ये एक जोफ्री मल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको त्रासले बन्द हुँदा त्यहाँ कार्यरत नेपालीहरू मारमा परेका हुन् ।
बेलायतमा नेपाली चिकित्सक र विद्यार्थी अलपत्र, उद्धारको अपिल
नविन पोखरेल
बेलायतमा रहेका नेपाली चिकित्सक र विद्यार्थीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् ।
चैत्र १७, २०७६
मलेसियामा कार्यरत नेपालीको अनुभव : 'ड्युटी जारी छ, तर सुरक्षित छौं'
बलेन्द्र सुनार
पाँच वर्षदेखि मलेसियाको मलाका अलोरगाजास्थित एक बिस्कुट उद्योगमा काम गर्दै आइरहेको छु। म बस्ने अलोरगाजा एउटा औद्योगिक क्षेत्र हो। यहाँ उद्योग र कामदारका लागि बस्ने क्याम्पमात्रै राखिएको छ। यहाँबाट सहर पुग्न आधा घन्टा लाग्छ। राजधानी क्वालालम्पुर पुग्न भने गाडीमा दुई घन्टा।
चैत्र १६, २०७६
अष्ट्रेलियाका नेपालीलाई नेपाल फर्काउने दूतावासको पहल
नारायण खड्का
अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बढिरहेको सन्दर्भमा अष्ट्रेलियास्थित नेपाली दूतावासले कठिन अवस्थामा रहेका नेपालीलाई उद्दार गर्ने गृहकार्य सुरु गरेको छ ।
लन्डनमा ४ हजार शय्याको अस्पताल निर्माणमा गोर्खा सैनिक
नवीन पोखरेल
बेलायती सेनाको रोयल गोर्खा राइफल्समा कार्यरत गोर्खा सैनिक लन्डनमा ४ हजार शय्याको अस्पताल निर्माणमा जुटेका छन् ।
समुदायलाई सचेत गर्न भन्दै दुई नेपालीले सार्वजनिक गरे संक्रमण
कान्तिपुर संवाददाता
कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट संक्रमित दुई नेपालीले ‘समुदायको हित’ लाई मध्यनजर भन्दै आफनो स्थिति सार्वजनिक गरेका छन् ।
चैत्र १५, २०७६
कोरोना परीक्षण किट किन्‍न कोरियामा १ करोड २० लाख संकलन
गोकुल थोकर
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले नोबल कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने २ हजार थान किट नेपाल पठाउने भएको छ । संघको अगुवाइमा दक्षिण कोरियामा रहेका नेपालीले संकलन गरेको १ करोड २० लाख रुपैयाँ पैसाले परीक्षण किट किनिएको हो ।
यूएईमा दुई नेपाली कोरोना भाइरसबाट संक्रमित
कान्तिपुर संवाददाता
संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत दुई नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको नेपाली दूतावासले जनाएको छ ।
सिड्नीमा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण
नारायण खड्का
अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु अहिले आफ्नै घरमा 'सेल्फ क्वारेन्टाइन' मा बसिरहेका छन । संक्रमित सबै युवती रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।
चैत्र १४, २०७६
‘आशैआशमा कटिरहेका छन् सनैयामा दिनहरु’
होम कार्की
सधैं दिन एकनासको हुँदैन भन्थे, दिल भट्टराईलाई अहिले त्यस्तै लाग्छ । दैनिक १२ घण्टा काममा खटिने भट्टराई यतिखेर खाटमा पल्टिरहेको छन् । उनी गाडी मर्मत गर्ने कम्पनीमा काम गर्थे । ग्यारेजमा सधैं भीडभाड हुन्थ्यो ।
स्पेन र फ्रान्समा आठ नेपालीमा कोरोना संक्रमण