text
stringlengths
2
914
नारायण खड्का
सन् १७८८ मा पहिलो डुंगा आइपुगेको थियो अस्ट्रेलियाको न्यु साउथ वेल्समा । यही दिनको स्मृतिमा बहुसांस्कृतिक चिनारीसहित ‘अस्ट्रेलिया डे’ मनाइँदै आएको छ । पछिल्लोपटक यो सांस्कृतिक परेडमा थपिएको छ– नेपाली चिनारी । यसपटक पनि यहाँका नेपालीहरू पञ्चेबाजासहितको परेडमा उत्रिए ।
म्हेन्दोमाया र सेलो सँगसँगै
गोकुल थोकर
माइनस ५ डिग्री सेल्सियसको चिसो मौसम । कोरियन नयाँ वर्ष सलनालको फुर्सदिलो समय । यही बेला सेलोदेखि म्हेन्दोमायासम्मका भाका गुन्जिए । सोनाम ल्होछारको अवसरमा यहाँस्थित नेपाल तामाङ संघले राजधानी सोलमा गरेको कन्सर्टमा गायक–गायिकाले आ–आफ्नो थातथलोमा प्रचलित रैथाने भाका गाएका हुन् ।
माघ १२, २०७६
लीलबहादुरलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार
मनोज बोगटी
भारत सरकारले यसवर्ष असमका साहित्यकार लीलबहादुर छेत्रीलाई पद्मश्री प्रदान गर्ने भएको छ । छेत्रीसँगै सिक्किमका खेलाडी तरुणदीप राई र उत्तरप्रदेशका खेलाडी जितु छेत्रीलाई पद्मश्री पुरस्कार प्रदान गरिँदै छ ।
माघ ९, २०७६
कोरोना फैलिन नदिन चीनस्थित नेपाली नियोगहरूको हटलाइन
लक्ष्मी लम्साल
चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणप्रति सचेत रहन चेतावनी जारी गर्दै चीनस्थित नेपाली निकायहरूले चीनका विभिन्न स्थानहरूमा आकस्मिक सेवाका लागि हटलाइन सेवाको व्यवस्था गरेका छन् ।
कोरोना भाइरसले चीनको वुहानमा अड्कियो नेपालीको शव
लक्ष्मी लम्साल
चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएपछि एक नेपाली युवाको शव नेपाल फर्काउन समस्या भएको छ। एक दशकदेखि चीनमा कार्यरत दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको गत आइतबार आफू बसेकै होटलमा निधन भएको थियो ।
माघ ६, २०७६
कतारमा रहेका नेपाली व्यवसायीले भने,-‘हामीलाई श्रम स्वीकृति चाँहिदैन’
हाेम कार्की
कतारमा रहेका नेपाली व्यवसायीले आफुहरुलाई श्रम स्वीकृति लिनुपर्ने प्रावधानलाई बाध्यकारी नबनाइदिन नेपाली दूतावासमार्फत सरकारलाई अनुरोध गरेका छन् । कतारमा झन्डै ५ सय नेपाली व्यवसायी कार्यरत छन् । कतारमा रहेका व्यवसायीहरुको छाता संगठन नेपाल व्यवसायी संघले नेपाली दूतावास समक्ष ज्ञापनपत्र पेश गर्दै यस्तो आग्रह गरेको हाे ।
माघ ५, २०७६
गान्तोकमा ग्लोबल फिल्म फेस्टिबल हुने
मनोज बोगटी
सिक्किमको राजधानी गान्तोकमा पहिलोपल्ट तीनदिवसीय चलचित्र महोत्सव (ग्लोबल फिल्म फेस्टिबल) हुने भएको छ। सिक्किम चलचित्र कोअपरेटिभ सोसाइटीले फिल्म फेडरेसन अफ् इण्डियासितको सहकार्यमा महोत्सव गर्ने भएको हो।
माघ १, २०७६
अष्ट्रेलियामा विवेकको कन्सर्ट हुने
कान्तिपुर संवाददाता
पोखरेली सांगीतिक समूह कन्दराका गायक विवेक श्रेष्ठले अष्ट्रेलियामा एकल गायन गर्ने भएका छन् । 'युफोनिक : क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ' नामक कन्सर्टमा उनले आफ्नो सांगीतिक जीवनमा प्रभाव पारेका र नेपाली संगीतमा योगदान दिएका श्रष्टाका अजर-अमर करिब २ दर्जनजति गीत प्रस्तुत गर्ने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पुस २७, २०७६
कोरियामा पाँचथरका युवाले आत्महत्या गरे
गोकुल थोकर
रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीले आत्महत्या गरेका छन् । २१ महिनाअघि कोरिया आएका पाँचथर लालीखर्कका विवेक राईले शनिबार राति आत्महत्या गरेका हुन् ।
पुस २६, २०७६
नेपाल पर्यटक पठाउन चिट्ठा
कान्तिपुर संवाददाता
‘नेपाल भ्रमण वर्ष २०२०’ मा विदेशी पर्यटक आकर्षित गर्न चिट्ठाको माध्यम अपनाइएको छ । नेपाल आयरल्याण्ड सोसाइटीको सहकार्यमा नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास लन्डनले ‘भिजिट नेपाल २०२० युरोप लोटरी’ कार्यक्रम ल्याएका हुन् ।
पुस २३, २०७६
गाडीको ठक्करबाट न्युयोर्कमा एक नेपाली बालकको मृत्यु
कान्तिपुर संवाददाता
अमेरिकाको न्युयोर्कमा मंगलबार बिहान भएको सडक दुर्घटनामा नेपाली मूलका बालकको मृत्यु भएको छ । विद्यालय जाने क्रममा बिहान सात बजे आमासँगै बाटो पार गर्दा, न्युयोर्क सिटीको फोहोर उठाउने ‘गार्बेज ट्रक’ले दश वर्षीय श्रीजल पन्थीलाई ठक्कर दिएको थियो ।
पुस २२, २०७६
बेलायतमा फस्टाउँदै नेपाली व्यवसाय
नवीन पोखरेल
लन्डनका सफल व्यवसायी कुल आचार्यले अघिल्लो सोमबार दक्षिण पश्चिम लन्डनको पटनीमा नयाँ रेस्टुराँ खोले । बेलायतमा ‘होली काउ’ समूहको यो नवौं तथा पहिलो सिट इन हो । यसअघि आचार्यका सबै रेस्टुराँ ‘टेक अवे’ थिए । नयाँ रेस्टुराँमा करिब सय सिट छन्, दर्जन बढी कामदार ।
पुस २०, २०७६
बेलायतबाट एक लाख पर्यटक पठाउने घोषणा
कान्तिपुर संवाददाता
नेपाली दूतावासले भ्रमण वर्ष २०२० मा बेलायतबाट एक लाख पर्यटक पठाउने घोषणा गरेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियान सफल बनाउन संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले भ्रमण वर्षमा बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने दूतावासको योजना सार्वजनिक गरेका हुन् ।
पुस १९, २०७६
सिड्नीमा दुई नेपाली विद्यार्थीको मृत्यु
नारायण खड्का
अस्ट्रेलियाको सिड्नीमा दुई नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । एकजनाको उपचार भइरहेको छ । एनआरन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार स्थानीय निकुञ्जमा क्याम्पिङ गएका उनीहरुको पौडी खेल्ने क्रममा दलदलमा डुबेर मृत्यु भएको हो ।
भिसी विजेता थापा अब चलचित्रको पर्दामा
कान्तिपुर संवाददाता
भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली स्वर्गीय कुलवीर थापाको जीवनीमा आधारित चलचित्र बन्दैछ । बेलायत बसोवासरत भूतपूर्व ब्रिटिस गोर्खा सन्तानहरुले थापाको जीवनीमा आधारित ‘गोर्खाः बिनिथ द ब्रेभरी’ नामक चलचित्र बनाइरहेका हुन् ।
पुस १८, २०७६
अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु
दिनेशजंग शाह
अंग्रेजी नयाँ वर्षकै दिन बुधबार अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु भएको छ । रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिनाको म्यासाचुसेट्स राज्यको स्टोनहृयाममा मृत्यु भएको हो ।
पुस १६, २०७६
नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे
गोकुल थोकर
नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ ।
पुस ११, २०७६
सुम्निमा साँझमा ‘सागर सरी...’
दिनेशजंग शाह
‘आउँदै हुनुहुन्छ, चिरपरिचित उनै राजेशपायल राई ।’ उद्घोषकको घोषणा नै काफी थियो, रंगीन माहोललाई ऊर्जा थप्न ।
मंसिर २९, २०७६
अस्ट्रेलियामा कानुनी समस्या झेल्दै नेपाली
नारायण खड्का
अस्ट्रेलियाको सिड्नीस्थित एउटै घरमा कोठा सेयर गरेर बस्ने दुई जोडीबीच झगडा पर्‍यो । झगडा कुटाकुटसम्म पुगेपछि उनीहरू प्रहरीसम्म पुग्नुपर्‍यो । स्थानीय एक वकिलको सहायतामा अहिले उनीहरू जमानतामा रिहा भएका छन् । केही समयअघि सिड्नीमै रातको समयमा एकआपसमा झगडा गरेर कुटाकुट गर्दा नेपाली विद्यार्थी जेलमा पुग्न बाध्य भए ।
मंसिर २५, २०७६
बेलायतको चुनावमा नेपाली समुदाय सक्रिय
नवीन पोखरेल
बेलायतका राजनीतिक दल, नेता तथा कार्यकर्ता बिहीबार हुने आमनिर्वाचनमा आ–आफ्नो पक्षधरलाई विजयी गराउने अभियानमा जुटिरहेका छन् । ब्रेक्जिटले रुमल्लिएको बेलायतमा यो समयअगावै हुन लागेको दोस्रो चुनाव हो । निर्वाचनमा ‘हाउस अफ कमन्स’ को ६ सय ५० सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।
मंसिर १३, २०७६
नेपाली भूमी मिचिएको विरोधमा फ्रान्सस्थित भारतिय दूतावास आगाडि नेपालीको प्रदर्शन
ददि सापकाेटा
फ्रान्सवासी नेपालीहरुले भारतद्वारा अतिक्रमित नेपाली भूमी फिर्ता गर्नुपर्ने माग गर्दै बिहीबार पेरिसस्थित भारतिय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
मंसिर ११, २०७६
दक्षिण कोरियामा एक हप्तामा तीन नेपालीको मृत्यु
गोकुल थोकर
दक्षिण कोरियामा एक हप्ताभित्र तीन नेपालीको मृत्यु भएको छ ।
मंसिर ८, २०७६
चीनमा नेपालीले गरे रक्तदान
लक्ष्मी लम्साल
दक्षिण चीनको व्यापारिक सहर क्वाङ्चौमा रहेका नेपालीहरूले चिनियाँ भूमिमा रक्तदान गरेका छन्। लामो समयदेखि अध्ययन तथा बसोबासरत नेपालीहरूले औपचारिक रूपमा पहिलोपटक यति ठूलो परिमाणमा रक्तदान गरेका हुन्।
सिड्नीमा एक नेपालीको मृत्यु, हत्याको आशंकामा श्रीमती प्रहरी नियन्त्रणमा
नारायण खड्का
सिड्नीको ग्रानभिलमा सन्तोष गौतम नाम गरेका एक नेपाली युवाको हत्या भएको छ । हत्या आरोपमा मृतककी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यू साउथ वेल्स प्रहरीका अनुसार घरायसी विवाद हुँदा घटना भएको देखिएको छ ।
मंसिर ५, २०७६
ब्रिसबनमा “रातो र चन्द्रसूर्य...”
नारायण खड्का
गोपालप्रसाद रिमालको ‘रातो र चन्द्रसूर्य जंगी निसान हाम्रो....’ गीत यतिबेला थप चर्चामा छ । पूर्वराजा ज्ञानेन्द्रले काठमाडौंको एउटा रात्रि क्लबमा यही गीतमा नाचे । अम्बर गुरुङको संगीतमा किरण प्रधान, रविन शर्मा र सुनीता सुब्बाले धेरैअघि गाएको यही गीतलाई नेपाली लोक रक ब्यान्ड नेपथ्यले पनि झन्डै डेढ दशकदेखि गाउँदै आएको छ । यतिबेला अस्ट्रेलियाको सांगीतिक यात्रामा आएको नेपथ्य टोलीले ब्रिसबेनमा मंगलबार आयोजित कन्सर्टमा यही गीत सुनाउँदा यताका दर्शक निकै उत्साहित बने ।
कार्तिक २७, २०७६
डढेलोबाट पीडितको सहयोगार्थ सहयोग जुटाउँदै नेपाली
कान्तिपुर संवाददाता
अस्ट्रेलियाको न्यु साउथ वेल्स तथा क्युन्सल्यान्ड राज्यमा फैलिएको डढेलोबाट पीडितको सहयोगार्थ अस्ट्रेलियास्थित नेपालीले सहयोग संकलन सुरु गरेका छन् । एनआरएनए अस्ट्रेलिया, नेप्लिज अस्ट्रेलियन एसोसिएसनलगायतको पहलमा सुरु ‘गो फन्ड’ अभियानमा हालसम्म ७ हजार डलर संकलन भइसकेको छ ।
कार्तिक २१, २०७६
सिंगापुरका गोर्खा प्रहरीमाथि विभेद