text stringlengths 2 914 |
|---|
ददि सापकोटा |
स्पेनका सात र फ्रान्सका एकगरी ८ नेपालीमा कोरोना भाईरस संक्रमण भएको छ । स्पेनको बार्सिलोना निवासी सात नेपाली मध्ये एक जना गत सोमबारदेखि आईसीयूमा छन् । |
चैत्र १३, २०७६ |
रहेनन् तत्कालीन माओवादी नेतालाई सेल्टर दिने जयबहादुर |
सुरेशराज न्यौपाने |
दस वर्षे सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाललगायत नेतारलाई सेल्टर दिएका जयबहादुर थापाको भारतको राजधानी नयाँदिल्लीमा उपचारको क्रममा निधन भएको छ । ५४ वर्षको उमेरमा थापा विगत दुई वर्षदेखि मिर्गौला रोगबाट पीडित थिए । |
कोरोनाबाट बेलायतमा अर्का नेपालीको मृत्यु |
नवीन पोखरेल |
बेलायतमा अर्का नेपालीको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गत सोमबार लन्डनमा निधन भएका ४० वर्षीय एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो । लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । |
चैत्र १२, २०७६ |
आपसी सहयोगमा जेनेभाको ‘डिप्लोमेटिक नोट’ |
ददी सापकोटा |
कोरोना भाइरसको संक्रमण सुरु भएपछि एक अर्का देशमा रहेका नागरिकलाई सबैखाले सहयोग र उद्धारका लागि हातेमालो गर्न भन्दै स्विजरल्यान्डस्थित नेपाली दूतावासले ईटाली र स्विजरल्यान्ड सरकारलाई पत्राचार गरेको छ । |
विद्यार्थीलाई सहयोग गर्न दूतावासद्वारा अस्ट्रेलियाली सरकारलाई पत्राचार |
नारायण खड्का |
कोरोना भाइरसको संक्रमण र यसबाट सिर्जित समस्याबाट पीडित बनेका नेपाली विद्यार्थीलाई सहयोग पुर्याइदिन आग्रह गर्दै यहाँस्थित नेपाली दूतावासले अस्ट्रेलियाको विदेश विभागलाई पत्राचार गरेको छ । |
लन्डनमा कोरोना संक्रमित नेपाली निको भएर घर फर्किइन् |
कान्तिपुर संवाददाता |
लन्डनमा कोरोना संक्रमित एक नेपाली महिला उपचारपछि निको भएर घर फर्किएकी छन्। |
चैत्र ११, २०७६ |
कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु |
कान्तिपुर संवाददाता |
लामो समयदेखि न्युयोर्कमा बसोबास गर्दै आएका एक जना नेपाली नागरिकको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । |
चैत्र १०, २०७६ |
लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण |
नवीन पोखरेल |
लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । |
चैत्र ९, २०७६ |
एनआरएनएले कोरोना प्रभावितको समन्वय गर्न हरेक देशमा संयोजक तोक्ने |
कान्तिपुर संवाददाता |
कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना शाखाहरुलाई परिचालन गर्ने भएको छ । |
कतारमा सार्वजनिक स्थलमा जमघट गर्न रोक |
कान्तिपुर संवाददाता |
कतार सरकारले कोभिड-१९ (कोरोना भाइरस) संक्रमणलाई फैलिन नदिन आइतबारदेखि सार्वजनिक स्थलमा जमघट गर्न रोक लगाएको छ । |
कोरोनाबाट बेलायतमा भूतपूर्व गोर्खाको मृत्यु |
नवीन पोखरेल |
कोभिड–१९ को संक्रमणबाट लन्डनमा एकजना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । संखुवासभा, खाँदबारी स्थायी घर भई लन्डन साउथ ह्यारो बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो । संखुवासभा समाज बेलायतका अध्यक्ष नैनसिंह गुरुङका अनुसार लन्डनस्थित नर्थविक पार्क अस्पतालले फोनमार्फत कोभिड–१९ का कारण राईको मृत्यु भएको जानकारी गराएको छ । |
चैत्र ८, २०७६ |
‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’ |
गोकुल थोकर |
आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी अन्योलमा परेका छन् । |
नेपाली विद्यार्थीको पीडा, ‘डिग्री लिन बेलायत आएको तर बिजोग भयो’ |
नवीन पोखरेल |
कलैयाका विशाल सिंह बेलायत आइपुगेको झन्डै डेढ महिना भयो । ‘युनिभर्सिटी अफ हडर्सफिल्ड’ मा कम्प्युटर साइन्स पढ्न आउँदा उनले ७ हजार २ सय ३५ पाउन्ड बुझाएका थिए । ११ मार्चमा ५ हजार ५ सय पाउन्ड तिर्ने समयसीमा थियो । |
चैत्र ६, २०७६ |
साउदीमा कोरोनासम्बन्धी गलत सूचना फैलाउनेलाई ५ वर्ष जेल र ३० लाख रियाल जरिवाना : दूतावास |
होम कार्की |
साउदी अरबस्थित नेपाली दूतावासले कोरोना भाइरसका बारेमा भ्रमपूर्ण सूचना फैलाउनेलाई ५ वर्ष जेल र ३० लाख रियाल जरिवाना रहने भन्दै नेपाली कामदारलाई सूचित गरेको छ । |
दक्षिण भारतबाट धमाधम फर्कँदै नेपाली |
सुरेशराज न्यौपाने |
भारतको बैंग्लोरमा कुकका रुपमा कार्यरत डोटीका मनोज भट्टको दुई महिना पछि घर फर्कने योजना थियो । विगत तीन वर्षदेखि बैंग्लोरमा काम गर्दै आएका भट्टको कमाइ र बसाइ पनि राम्रो थियो । |
चैत्र २, २०७६ |
कोरोना प्रभाव : व्यापार घटेपछि अमेरिकावासी नेपाली चिन्तित |
प्रतिमा बाँस्कोटा |
क्यालिफोर्नियाको माउन्टेन भ्यूमा ६ वर्षदेखि बलिउड ब्युटी शैलुन चलाइरहेकी निलुफा चौधरी २५ प्रतिशत पनि व्यापार हुन छाडेका बताउँछिन् । ‘प्राय: जसो ९० प्रतिशत भारतीय ग्राहक छन्, उनीहरु निक्कै डराएका छन्’ उनले भनिन् ‘बजारको धेरै सामग्री पनि भारतीयले नै उठाएर लगेका छन् ।’ |
चैत्र १, २०७६ |
दक्षिण कोरियामा राजदूत नहुँदा समस्या |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियामा रहेका नेपाली स्वदेश फर्कन चाहिरहेका छन् । कोभिड–१९ त्रासका कारण उनीहरू नेपाल फर्कन खोजिरहेका हुन् । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आएका नेपाली कम्पनीले घर बिदा वा कम्पनी छोड्ने अनुमति नदिएसम्म देश फर्कन पाउँदैनन् । |
फाल्गुन २६, २०७६ |
यूएईमा कार्यरत दुई नेपालीलाई कोरोना संक्रमण |
कान्तिपुर संवाददाता |
यूएईमा कार्यरत २ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार दुई नेपालीसहित थप १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । योसँगै यूएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । |
फाल्गुन २५, २०७६ |
अस्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण |
नारायण खड्का |
करिब दुई साताअघि नेपालबाट बिदा मनाएर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट संक्रमित पाइएको छ । अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका विद्यार्थी संक्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् । उनी नेपालबाट आएको यहाँस्थित स्वास्थ्य विभागले उल्लेख गरेको भए पनि उनको परिचय खुलाएको छैन भने नेपाली नागरिक भनेर समेत उल्लेख गरिएको छैन । |
फाल्गुन २२, २०७६ |
समुद्रमा डुबेर अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु |
नारायण खड्का |
समुद्रमा डुबेर अस्ट्रेलियाको ब्रिस्वेनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । क्यानबेरास्थित नेपाली दूतावासका अनुसार पोखरा घर भएका निकित श्रेष्ठको पौडी खेल्ने क्रममा बुधबार डुबेर मृत्यु भएको हो । |
फाल्गुन २०, २०७६ |
अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या ३३ प्रतिशतले बढ्यो |
नारायण खड्का |
अध्ययनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या ३३ दशमलव ५ प्रतिशतले बढेको छ । अस्ट्रेलिया सरकारको शिक्षा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यहाँ अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा नेपाल अहिलेपनि तेस्रो नम्बरमा रहेको छ । |
फाल्गुन १८, २०७६ |
घरेलु कामदारको अवस्था अध्ययन गर्ने संसदीय टोली ओमानमा |
कान्तिपुर संवाददाता |
खाडीमा रहेका घरेलु कामदारहरुको अवस्था अध्ययन गर्न उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तावको नेतृत्वको ९ सदस्यीय टोली शनिबार ओमान पुगेको छ। |
४३२ गोर्खा बेलायत आइपुगे |
नवीन पोखरेल |
बेलायती सेनाका लागि छानिएका ४ सय ३२ नेपाली युवा बेलायत आइपुगेका छन् । यो सन् १९८५ यताकै सबैभन्दा ठूलो संख्या हो । गत वर्ष ४ सय नेपाली सेनामा छनोट भएर बेलायत आएका थिए । |
फाल्गुन १४, २०७६ |
साम्राज्ञी लन्डनमा |
नवीन पोखरेल |
तेस्रो पटक लन्डन आइपुगेकी छन् अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह । यसपटक उनको एउटै लक्ष्य छ लन्डन घुम्ने । ‘यसअघि जहिल्यै काम लिएर आएकाले राम्रोसँग घुम्न पाएकी थिइनँ,’ उनले सुनाइन्, ‘बेलायतमा मारुनीको केही सोबाहेक मज्जाले घुम्ने मुड बनाएकी छु ।’ |
माघ २३, २०७६ |
विदेशी बुहारीलाई गाह्रो छ कोरियामा |
गोकुल थोकर |
नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । उनले रंगमञ्चका अनेक पात्रका फिचर स्टोरी लेखिन् । धेरै कलाकारका अभिनय हेरिन् । नवरसका भावहरु बुझ्ने प्रयास गरिन् । क्यानभासका रंगहरु नियालिन् । सन् २०११ मा उनकै जीवन रंगमञ्च झै भयो । |
माघ २०, २०७६ |
पोर्चुगलमा दूतावास स्थापना गर्न माग |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएन) ले पोर्चुगलमा दूतावास स्थापना गर्न माग गर्दै सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ । |
माघ १५, २०७६ |
कोरोना भाइरस : नेपाल-भारत-भुटान सीमामा बढ्यो सतर्कता |
मनोज बोगटी |
कोरोना भाइरसले चीन र नेपाललाई प्रभावित गर्न थालेदेखि नेपाल-भारत-भुटान सीमा क्षेत्रमा भारत सरकारले सतर्कता अपनाउन थालेको छ । नेपाल-भारत सीमानजिक बाघडोगरा एयरपोर्टमा चीनबाट आएका हरेक यात्रीलाई विशेष निरिक्षण शुरु गरिएको छ । बाघडोगरा एयरपोर्टका निदेशक सुब्रमणि पी.ले यात्रीहरूलाई सतर्क रहन एयरपोर्टमा डिस्प्ले बोर्डसमेत लगाएको जानकारी दिए । |
माघ १४, २०७६ |
परदेशमा पञ्चेबाजा |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.