text
stringlengths
2
914
होम कार्की
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले बेलायत र सिंगापुर सरकारबाट नेपाली गोर्खा प्रहरीमाथि विभेद भइरहेको भन्दै नेपाल सरकारलाई औपचारिक जानकारी गराएको छ । संगठनका पदाधिकारीले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
कार्तिक ९, २०७६
इन्टरनेटले जो कोहीलाई जोड्न सक्ने
लक्ष्मी लम्साल
चीनमा भएको छैठौं विश्व इन्टरनेट सम्मेलनका केही सहभागीहरुले निरक्षर बाहुल्य दुर्गम क्षेत्रमा इन्टरनेटको आवश्यकतालाई कम आँकेका छन् । विकसित देशबाट सहभागी हुन आएका प्रतिनिधिहरूले नै भने, ‘दुर्गममा किन चाहियो इन्टरनेट ?
कार्तिक ७, २०७६
बेइजिङमा सुन्दर नेपालको चित्रण
लक्ष्मी लम्साल
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा चीनको राजधानी बेइजिङस्थित प्रमुख पर्यटकीय गन्तव्य समर प्यालेस (गृष्म प्रासाद)मा बिहीबारदेखि २ साता लामो ‘सुन्दर नेपाल’ विषयक फोटो प्रदर्शनी सुरु भएको छ।
कार्तिक ३, २०७६
नेपाल घुम्न हतारिए चिनियाँ
लक्ष्मी लम्साल
नेपाल भ्रमण वर्ष २०२० को लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री स्वी छिङ्प्रति चिनियाँ सर्वसाधारणले सकारात्मक र तीव्र प्रतिक्रिया जनाएका छन्।
आश्विन २४, २०७६
बेलायतमा नेपाली महिलाको हत्या
कान्तिपुर संवाददाता
बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले चिनिने ३२ वर्षीया शुभेक्षा बुराथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आश्विन १४, २०७६
सुमनलाई नेपाली नृत्य उपाधि
नारायण खड्का
अस्ट्रेलियाको ब्रिसबनमा गरिएको अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिताको उपाधि सुमन गुरुङले हात पारेका छन् । हरेक दुई वर्षमा हुने प्रतियोगितामा एकल, जोडी र समूहगत नृत्य गरिएको थियो ।
आश्विन १३, २०७६
ल्हासास्थित महावाणिज्य दूतावासको भवन तयार
लक्ष्मी लम्साल
चीनको तिब्बत स्वशासित क्षेत्रस्थित ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासको नयाँ भवन एक वर्षमा निर्माण सम्पन्न भएको छ।
आश्विन ११, २०७६
लन्डनमा ‘नेपाल प्रवर्द्धनात्मक’ अभियान
कान्तिपुर संवाददाता
बेलायतको लन्डनस्थित नेपाली दूतावासले विश्व पर्यटन दिवसका अवसरमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले नेपाल अनुपम प्राकृतिक सौन्दर्य, प्रचूर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधार्मिक, सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण र विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित रहेको चर्चा गरे ।
हरियाणामा नेपालीको मृत्यु
कान्तिपुर संवाददाता
नयाँदिल्लीनजिक फरिदाबादको होटलमा एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु भएकामा अर्घाखाँची मालारानी-५ का १९ वर्षीय विवश कुँवर हुन् । उनी दुई साताअघि मात्रै फरिदाबाद आएका थिए ।
आश्विन ९, २०७६
अस्ट्रेलियामा उच्च शिक्षा : नेपाल उच्च जोखिम सूचीमा
नारायण खड्का
अस्ट्रेलियाले नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययन गर्न आउने देशमध्ये उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । यसअघि मध्यमस्तरको जोखिम भएको देशमा नेपाललाई सूचीकृत गरिएको थियो ।
एनआरएनए अध्यक्षमा आचार्यको पनि उम्मेदवारी
नवीन पोखरेल
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्  । यसअघि संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
आश्विन ८, २०७६
कर्मथलोबाटै आचार्यले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। संघका वर्तमान उपाध्यक्ष आचार्यले कर्मथलो बेलायतको अल्डरसटस्थित अम्पायर हलमा मंगलबार २०१९–२०२१ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।
आश्विन ६, २०७६
एनआरएन यूके इतिहासमा पहिलो महिला अध्यक्ष
कान्तिपुर संवाददाता
झन्डै डेढ दशक लामो एनआरएन यूके इतिहासमा पुनम गुरुङ पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । प्रतिस्पर्धी शेरबहादुर सुनारलाई २ सय ३ मत अन्तरले हराउँदै पुनमले नयाँ इतिहास रचेकी हुन् ।
आश्विन ५, २०७६
बेइजिङ विश्व बागवानी एक्स्पोमा 'नेपाल दिवस'
लक्ष्मी लम्साल
हरित जीवन, सुन्दर घर भन्ने नाराका साथ बेइजिङमा जारी विश्व बागवानी एक्स्पो अन्तर्गत लुम्बिनी बगैंचामा आइतबार ‘नेपाल दिवस’ मनाइएको छ।
आश्विन ४, २०७६
ओमानमा संविधान दिवस मनाइयो
कान्तिपुर संवाददाता
ओमनस्थित नेपाली दूतावासको आयोजनामा संविधान दिवस मनाइएको छ । बिहीबार साँझ आयोजना गरिएको कार्यक्रममा ओमनको वातावरण तथा मौसम मामिलामन्त्री मोहम्मद विन सलिम विन अहम्द अल टोवी सहभागी थिए ।
आश्विन २, २०७६
बिएनसीसीमा नयाँ नेतृत्व
कान्तिपुर संवाददाता
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) को अध्यक्षमा डा. कपिल रिजाल सर्वसम्मत चुनिएका छन् । मंगलबार साँझ लन्डनमा भएको संस्थाको वार्षिक साधारणसभाले डा. रिजाललाई अध्यक्ष चुनेको हो । डा. रिजाल बेलायतका प्रोपर्टी र दन्त व्यवसायी एवं म्यूजिक भिडियो निर्देशक, निर्माता पनि हुन् ।
भाद्र २८, २०७६
पन्जाबको भटिण्डामा सडक दुर्घटना हुँदा दुई नेपालीको मृत्यु
सुरेशराज न्यौपाने
गत बिहीबार राति करिब १० बजे भारतको पन्जाब राज्यको भटिण्डामा भएको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–३ का कृष्णबहादुर विक र सितगंगा नगरपालिकाका विष्णुबहादुर बिक छन् ।
भाद्र २६, २०७६
सामान्य कामदार सरह नै नेपाली सुरक्षा गार्ड मलेसिया जान पाउने, अरु कामदार सरह नै सुविधा पाउने
होम कार्की
मलेसियाले गत कार्तिक १२ गते भएको श्रम समझदारी अनुसार नै नेपाली सुरक्षा गार्डलाई पनि लैजाने सहमति गरेको छ । नेपाली सुरक्षा गार्डको लागि ‘विशेष श्रम समझदारी’ नगरी सामान्य कामदार सरह नै ल्याउन मलेसिया सहमत भएको हो ।
भाद्र २५, २०७६
एनआरएनए केन्यामा डुम्रे
कान्तिपुर संवाददाता
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्‌, केन्याको चौथो राष्ट्रिय महाधिवेशनले सुरज डुम्रेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
भाद्र २४, २०७६
नेपालीले पाउने भए स्टाइपेन्ड सुविधा
सुरेशराज न्यौपाने
भारतका विभिन्न सरकारी मेडिकल कलेजमा उच्चशिक्षा अध्ययरनत नेपाली विद्यार्थीले अन्ततः स्टाइपेन्ड (निर्वाह भत्ता) पाउने भएका छन् । चण्डीगढको पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिचर्स (पीजीआईएमईआर) ले मंगलबार स्टाइपेन्ड दिने निर्णय गरेको छ । पीजीआईएमईआरका निर्देशकले मंगलबार जारी गरेको पत्रमा विदेशी विद्यार्थीलाई समेत भारतीय विद्यार्थीसरह स्टाइपेन्ड उपलब्ध गराउने उल्लेख छ ।
भाद्र २३, २०७६
चीनमा एनआरएन नेतृत्व निर्विरोध
लक्ष्मी लम्साल
गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको शनिबार क्वाङ्चौमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनले प्रदीप न्यौपानेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। निर्विरोध निर्वाचित कार्यसमितिको उपध्यक्षमा सुशील बेल्बासे र खुश्बु अग्रवाल छानिएका छन्।
भाद्र २०, २०७६
एनआरएनए फिनल्याण्डमा खनाल
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ (एनआरएनए) फिनल्याण्डको अध्यक्षमा श्रवण खनाल निर्वाचित भएका छन् । गैर आवासीय नेपाली संघ फिनल्याण्डको अधिवेशनले आगामी कार्यकालको लागि खनाललाई अध्यक्षमा निर्वाचित गरेहको हो ।
भाद्र १६, २०७६
एनआरएन मलेसियाको अध्यक्षमा भट्टराई सर्वसम्मत
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा हरि भट्टराई चयन भएका छन् । आइतबार सम्पन्न संघको छैटौं अधिवेशनले भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
भाद्र ११, २०७६
क्यानडामा आदिवासी दिवस : सेलो, धिँमेदेखि हाकुपटासीसम्मको प्रस्तुति
कान्तिपुर संवाददाता
जहाँ नेपाली, त्यहाँ संस्कृति । २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा आइतबार क्यानडाका नेपालीहरुले आफ्नै भेषभुषा, लोकनृत्य र संस्कृति प्रस्तुत गरे । नेप्लीज जनजाति एसोसिएसन अफ क्यानडाले मिसीसागा सहरको मेडोभेलस्थित कन्जरभेसन पार्कमा नेपाली आदिवासी समुदायको सांस्कृतिक पहिचान प्रस्तुत गरेको हो ।
भाद्र १०, २०७६
एनआरएनए कतारमा मुक्तदा निर्वाचित
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ(एनआरएनए) कतारको आठौं महाधिवेशनले कपिलवस्तुका मुक्तदा मुसलमान अध्यक्ष पदमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी तेज कटुवाललाई ९ सय ४६ मत अन्तरले पराजित गर्दै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । मुक्तदाले दुई हजार ६६ सय मत प्राप्त गरेका थिए ।
भाद्र ४, २०७६
विदेशमा तीज रौनक
नारायण खड्का
हिन्दु महिलाहरूको चाड तीज आउनुभन्दा झन्डै एक महिना अघिदेखि नै अस्ट्रेलियामा यसको रौनक छाइसकेको छ । अहिलेसम्म यहाँका विभिन्न सहरमा दर्जनबढी तीज कार्यक्रम भइसकेका छन् भने अझै दर्जनौं हुँदै छन् ।