text
stringlengths
2
914
भाद्र ३, २०७६
एनआरएनए क्यानडाको अध्यक्षमा घिमिरे
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) क्यानडाको अध्यक्षमा चिरञ्जिवी घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
भाद्र २, २०७६
एनआरएनए फ्रान्समा शाही विजयी
ददि सापकाेटा
गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा नरेन्द्र शाही निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा उनले प्रतिद्वन्द्वी हरि सापकोटालाई पराजित गर्दै एनआरएनए फ्रान्सको नेतृत्व लिन सफल भएका हुन् ।
श्रावण २९, २०७६
जम्मु-कश्मीरमा रहेका नेपालीका सम्बन्धमा दिल्लीस्थित दूतावासमा छलफल
सुरेशराज न्यौपाने
जम्मु-कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले यहाँका प्रवासी नेपालीका संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।
श्रावण २७, २०७६
भारतमा निर्वाह भत्ता नपाएर नेपाली विद्यार्थी हैरान
सुरेशराज न्यौपाने
भारतको सरकारी मेडिकल कलेजहरुमा अध्ययरनत नेपाली विद्यार्थीहरु स्टाइपेन्ड (निर्वाह भत्ता) नपाएर हैरान भएका छन् । स्टाइपेन्ड दिने सम्बन्धमा प्रधानमन्त्री तहमा भारतले एक वर्षअघि नै सहमति जनाए पनि अहिलेसम्म पनि नेपाली विद्यार्थीहरु त्यो सुविधा पाएका छैनन् । जबकी चिकित्साशास्त्र अन्तर्गत एमडी/एमएस, डिएम/एमसीएच अध्ययन गर्ने विद्यार्थीलाई मासिक रुपमा निर्वाह भत्ता (स्टाइपेन्ड) दिने विश्वव्यापी प्रचलन छ । र, नेपालमा पढ्ने भारतीय विद्यार्थीहरुले समेत मासिक रुपमा त्यस्तो भत्ता पाइरहेका छन् ।
श्रावण २५, २०७६
जम्मु-कश्मीरमा तनाव : नेपालीलाई बढ्दो चिन्ता
सुरेशराज न्यौपाने
नरेन्द्र मोदी सरकारले जम्मु-कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशाव्यवसाय गर्दै आएका नेपालीहरु भने आफ्नो सुरक्षालाई लिएर चिन्तित हुन थालेका छन् । गत आइतबारबाट जम्मु-कश्मीरमा लगाइएको कर्फ्यु र निषेधाज्ञाले त्यहाँ रहेका नेपालीहरुको जनजीवन पनि कष्टकर बनेको छ । हालसम्म नेपालीहरु सुरक्षित नै रहे पनि आगामी दिनमा बढ्न सक्ने तनावले उनीहरुको चिन्ता बढाएको हो ।
श्रावण २१, २०७६
भ्रमण वर्ष प्रवर्द्धन गर्न बेलायतमा पैदल यात्रा
कान्तिपुर संवाददाता
नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन गर्ने उद्देश्यले वेल्सको ब्रेकनमा ३ दिने क्याम्पिङ र हाइक फर नेपाल (लामो दूरीको पैदल यात्रा) गरिएको छ।
श्रावण २०, २०७६
एनआरएनए युरोप बैठक : भ्रमण वर्षलाई सघाउने समझदारी
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले भ्रमण वर्ष २०२० कार्यक्रमसँग सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेको छ । गत शुक्रबारबाट इटालीस्थीत रोममा भएको १२ औं युरोप बैठकले भ्रमण वर्षलाई सघाउने गरी भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यबीच सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।
श्रावण १९, २०७६
एनआरएन कतारमा त्रिपक्षीय प्रतिस्पर्धा
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतारको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसमा कपिलवस्तुका मोहम्मद मुक्तदा मुसलमान, सुनसरीका तेज कटुवाल र नुवाकोटका रामचन्द्र माझीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु एकदशक बढी देखि कतारमा कार्यरत छन् ।
नेपाली उत्पादनलाई ब्रिटिश अवार्ड
कान्तिपुर संवाददाता
नेपाली सुकुटीले खाना र पेय पदार्थको एउटा प्रतिष्ठित ब्रिटिश अवार्ड पाएको छ । नेपाल फुड्सको उत्पादन बफेलो सुकुटीले ग्रेट टेष्ट अवार्ड २०१९ पाएको हो ।
श्रावण १८, २०७६
एनआरएनएको १२ औं युरोप बैठक सुरु
कान्तिपुर संवाददाता
गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोप बैठक सुरु भएको छ । इटालीको रोममा सुरु भएको कार्यक्रममा भाग लिन काठमाडौं तथा विभिन्न देशहरुबाट करिब ४ सय गैर आवासीय नेपाली भेला भएका छन् । कार्यक्रमको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले गरे ।
श्रावण १७, २०७६
जोन्सनलाई बधाईसँगै गोर्खाले माग तेर्स्याए
कान्तिपुर संवाददाता
ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिँदै आफ्ना माग अघि सारेको छ । समितिका पदाधिकारीले बिहीबार प्रधानमन्त्री कार्यालय पुगेर शुभकामना तथा ज्ञापनपत्र बुझाएका हुन् ।
श्रावण १२, २०७६
सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु
नारायण खड्का
अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
श्रावण ९, २०७६
मलेसियाको रोजगार नीति संशोधनमा ढिलाइ
कान्तिपुर संवाददाता
मलेसियाको रोजगारसम्बन्धी नीति संशोधनमा ढिलाइ भएको छ । विदेशी कामदारहरुको सही व्यवस्थापन गर्न रोजगारसम्बन्धी ऐन (१९५५) मा महत्वपूर्ण परिवर्तन गर्न भन्दै गतवर्षको अक्टोबरमा एक स्वतन्त्र परामर्श समिति गठन गरेको थियो ।
श्रावण ३, २०७६
लन्डनमा नेपाली चिया महोत्सव
कान्तिपुर संवाददाता
नेपाली दूतावास लन्डनमा 'नेपाल विकास सम्मेलन-८ तथा नेपाली चिया महोत्सव" आयोजना गरिएको छ । ‘ब्रिटेन इन नेपाल एनजीओज’ (ब्रांगो) सँगको सहकार्यमा नेपाली दूतावासले बिहीबार सो कार्यक्रम गरेको हो ।
श्रावण २, २०७६
लन्डनको बसमा नेपालको पर्यटन प्रवर्द्धन
कान्तिपुर संवाददाता
विश्वमाझ लन्डनको चिनारी बनेका लन्डनका राता बसहरु यतिबेला नेपालको पर्यटन प्रवर्द्धनका सामग्रीसहित गुडिरहेका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनको लक्ष्यसहित राता बसका भित्ताहरुमा 'नेपाल लाइफटाइम एक्सपेरियन्सका पोस्टरहरु टाँसिएका छन् ।
मन्दिर निर्माणका लागि ५० लाख संकलन
नारायण खड्का
अस्ट्रेलियामा नेपालीहरुको आफ्नै मन्दिर निर्माण गर्ने उद्देश्यले गरिएको सप्ताह महायज्ञबाट ६० हजार डलर (करिब ५० लाख रुपैयाँ) संकलन भएको छ । नेपाली हिन्दु सोसाईटी अस्ट्रेलियाको आयोजनामा भएको महापुराणमा सहभागिता जनाउन नेपालका जगतगुरु डा. कृष्णदास जी महाराज समेत अस्ट्रेलिया आएका थिए ।
असार ३१, २०७६
उद्धारमा आएको म्यानपावर उल्टै उद्धार पर्खिंदै
लक्ष्मी लम्साल
उत्तरपूर्वी चीनको ल्याउनिङ प्रान्तस्थित तानतोङ गार्मेन्टबाट ४४ युवती उद्धार गएको म्यानपावर कम्पनी उल्टै आफ्नो उद्धारका लागि नेपाली दूतावासको शरणमा परेको छ । गार्मेन्टले क्षतिपूर्तिको नयाँ सर्त तेर्स्याएपछि कम्पनी दूतावास पुगेको हो ।
असार ३०, २०७६
दृष्टिविहीनलाई सहयोग जुटाउन अस्ट्रेलिया
नारायण खड्का
नेपाली फिल्मका नायक राजेश हमाल केही कलाकारसहित अहिले अस्ट्रेलिया भ्रमणमा छन्  । तीन साता लामो अस्ट्रेलिया भ्रमणमा आएका उनीहरू कुनै सांगीतिक कार्यक्रम गर्न आएका भने हैनन्  ।
असार २९, २०७६
कुवेतमा आगलागी भई मृत्यु हुने ३ नेपालीको परिचय खुल्यो
होम कार्की
कुवेतको महाबुल्ला-२ स्थित आप्रवासी कामदार बस्ने अपार्टमेन्ट भवनमा आगलागी हुँदा ज्यान गुमाउने ३ नेपालीको पहिचान खुलेको छ । जसमा दुई घरेलु महिला र एक पुरुष कामदार रहेका छन् ।
कोरियामा न्यूनतम ज्याला बढ्यो
निकुञ्ज तिवारी
दक्षिण कोरियाले न्यूनतम पारिश्रमिक वृद्धि गरको छ । बढेको ज्याला कार्यान्वयनमा आउनका लागि संसद्बाट पारित हुनुपर्ने छ । अगस्ट ५ को संसद्ले पारित गरेमा श्रमिकले आगामी वर्षको जनवरीदेखि डिसेम्बरसम्मको ज्याला २.९ प्रतिशत बढ्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
असार २८, २०७६
कुवेतमा आगलागी हुँदा ३ नेपालीको मृत्यु
कान्तिपुर संवाददाता
कुवेतको महावुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको ज्यान गएको छ ।
असार २६, २०७६
बैगंलुरुमा अपार्टमेन्ट भत्किँदा तीन नेपालीको मृत्यु
कान्तिपुर संवाददाता
दक्षिण भारतीय राज्य कर्नाटकको बैंगलुरुमा एक भवन भत्किँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान बैगंलुरुको कस्टाउनस्थित चार तले अपार्टमेन्टको पहिलो तल्ला भासिँदा बझाङ थलरा गाउँपालिका-२, बगडाका २८ वर्षीय नारायण खडका, उनकी श्रीमती २३ वर्षीय निर्मला खडका र छोरी चार वर्षीय अनुष्का खडकाको मृत्यु भएको हो ।
‘युवतीहरू काममा फर्किनु सकारात्मक’
लक्ष्मी लम्साल
चिनियाँ रोजगारदाता कम्पनीले सेवा सुविधाका सर्त उल्लंघन गरेको भन्दै काम बहिष्कार गरेका नेपाली युवती र सम्बन्धित म्यानपावर कम्पनीबीच वार्ता सकारात्मक रूपमा अघि बढेको छ ।
ओमानमा घट्दै नेपाली कामदार
होम कार्की
स्याङ्जाका ५३ वर्षीय प्रेम भट्टराईले आफ्नो भरभराउँदो उमेर ओमानलाई नै दिए । तीन दशकदेखि ओमानमा कार्यरत उनी अझै स्वदेश फिरिहाल्न तयार छैनन् । अर्धसरकारी अलमुज्लिस फुड कम्पनीमा कार्यरत उनी भन्छन्, ‘ओमान मेरा लागि दोस्रो घरजस्तै भइसक्यो ।
असार २४, २०७६
सगरमाथा आरोहण गर्ने ओमनी युवतीलाई सम्मान
कान्तिपुर संवाददाता
ओमनस्थित नेपाली दूतावासले सगरमाथा आरोहण गर्ने पहिलो ओमनी महिला नादिरा अल हार्थीलाई कदरपत्र दिई सम्मान गरेको छ ।
युएईमा नेपाली राजदूतद्वारा ओहादाको प्रमाणपत्र पेश
कान्तिपुर संवाददाता
संयुक्त अरब इमिरेट्स (युएई)को लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईका उपराष्ट्रपति समेत रहेका प्रधानमन्त्री शेख मोहम्मिद बिन रसहिद अल मक्तोयुम समक्ष आफ्नो ओहादाको प्रमाणपत्र पेश गरेका छन् ।
नेपाल-अमेरिका चलचित्र महोत्सवमा बंगाली चलचित्र उत्कृष्ट
कान्तिपुर संवाददाता