text
stringlengths
2
914
भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति राष्ट्रपति पौडेलद्वारा शोक व्यक्त
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले सिंहलाई एक दूरदर्शी नेताका रूपमा सम्झिँदै उनको निधन दक्षिण एसियालाई नै क्षति पुगेको बताएका छन् ।
आज दिनभर देशमा के-के भयो ?
कान्तिपुर संवाददाता
आज हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानमा प्राप्त हुने ९ रुपैयाँको नुनलाई २ हजार ५ सय रुपैयाँसम्म खर्च गरिरहनु पर्ने, एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको भण्डाफोर गर्नेदेखि एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागतसम्मका खबर चर्चामा रहे ।
सांसदहरूलाई सत्ता र प्रतिपक्षी दलनिकट ट्रेड युनियनको संयुक्त चेतावनी
कान्तिपुर संवाददाता
निजामती सेवामा राजनीतिक दलपिच्छे 'ट्रेड युनियन' खारेज गर्नुपर्ने भनी राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूले दिएका अभिव्यक्तिप्रति सत्ता र प्रतिपक्षी दल निकट ट्रेड युनियनका कर्मचारी नेताहरूले आपत्ति जनाएका छन् ।
सहकारी ठगी प्रकरण : कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सकियो
दीपक परियार
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा शुक्रबार बयान सकिएको छ । न्यायाधीश नीतिज राईको इजलाशमा बिहीबार र शुक्रबार उनको बयान भएको हो ।
कांग्रेसका नेताहरुले ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् : उपमहासचिव पुन
कान्तिपुर संवाददाता
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग कांग्रेस र एमालेकै नेताहरु वाक्क हुन थालेको बताएका छन् ।
एआई नियमन एक महिनाभित्र : मन्त्री गुरुङ
दीपक परियार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक महिनाभित्र आर्टिभिसयल इन्टिलिजेन्स (एआई) को नियमन गरिने बताएका छन् ।
केपी ओलीको तानाशाही दमनविरुद्ध देशव्यापी भण्डाफोर गर्छु : भीम रावल
कान्तिपुर संवाददाता
एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको भण्डाफोर गर्ने बताएका छन् । पूर्वउपाध्यक्षसमेत रहेका रावलले अध्यक्ष ओलीको स्वेच्छाचारी कदमप्रति देशव्यापी रूपमा अभियान चलाउने बताएका छन् ।
गाउँपालिका, नगरपालिका र जिसस महासंघद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीय गाउँ तथा नगरपालिका र जिल्लासम्बद्ध संघ तथा महासंघले कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनसहितका ‘एजेन्डा’मा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को बैठक बस्नुपर्नेलगायत विषयवस्तुलाई समेटेर सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ ।
एक महिना बित्दा पनि आएन माझी दम्पतीको पोस्टमार्टम रिपोर्ट
विवेक पोख्रेल
एक महिनाअघि सिनामंगलस्थित एक होटलको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका माझी दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । एक महिना पुग्दासमेत पोस्टमार्टम र मोबाइल फरेन्सिक जाँचको रिपोर्ट नआएपछि परिवार थप चिन्तामा छ।
९ रुपैयाँको नुन लिन २५ सय खर्च !
रासस
सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने ९ रुपैयाँको नुनलाई उनीहरूले २ हजार ५ सय रुपैयाँसम्म खर्च गरिरहेका छन् ।
भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् ।
जगमग साउदीभित्र मृत्युदण्डको अँध्यारो शृंखला
बुद्धिसागर मरासिनी
साउदी युवराज मोहम्मद बिन सलमानले सन् २०२२ मा साउदी अरबलाई नयाँ खुला राज्य बनाउने योजना अघि सारेका थिए । ‘एमबीएस’ का रूपमा चिनिने सलमानले योजनाअन्तर्गत हत्याका मुद्दामा बाहेक मृत्युदण्डको सजाय हटाइएको दाबी गरेका थिए ।
हिमपात र शीतलहरबाट जोगिन विपद् व्यवस्थापन प्राधिकरणको आग्रह
रासस
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।
विद्युत् प्रणाली सुधार र विस्तारका लागि जुट्यो लगानी
कान्तिपुर संवाददाता
देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवं आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर) लगानी जुटेको छ ।
नरबहादुरको घिस्रिरहेको जिन्दगी
मोहन शाही
बोगटान फुडसिल गाउँपालिका–७ खत्याडीका नरबहादुर बोहरा अशक्त छन् । दुवै हातका औंला पन्जासहित बाउँडिएका छन् भने मसिना खुट्टा विपरीत दिशातर्फ मोडिएका छन् । घिस्रिएरै भए पनि उनी काम गर्छन्, बजारसम्म पुगेर किनमेल गर्छन् र घरमा अरूलाई सघाउँछन् ।
नक्कली मेडिकल रिपोर्ट बनाउने संस्थालाई कारबाही गर्न माग
होम कार्की
वैदेशिक रोजगारमा जाने श्रमिकको नक्कली मेडिकल रिपोर्ट तयार गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्न सरोकारवालाहरूले माग गरेका छन् ।
विशेष अदालतमा ६ महिना नाघेका सबै मुद्दा फरफारक
घनश्याम खड्का
विशेष अदालत ऐनमा मुद्दा परेको ६ महिनाभित्र किनारा लगाउनुपर्ने उल्लेख छ तर ६ वर्षमा समेत नटुंगिएका मुद्दा धेरै हुन्थे । अन्य अदालतमा पनि मुद्दा परेको निश्चित अवधिभित्र छिन्नू भनी तोकिएको कानुनी मापदण्ड कहिल्यै पूरा भएको पाइँदैन ।
किन नजिकिँदै छन् शर्मा र चन्द ?
गंगा बीसी
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच पछिल्लो समय हिमचिम बढेको छ । उनीहरू एउटै मञ्चमा सँगै पनि देखिन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उपमहासचिव शर्माको दूरी बढिरहेका बेला चन्दसँग देखिएको निकटताले नेताहरूसमेत सशंकित छन् ।
दलहरू नै दलीय ट्रेड युनियनको विपक्षमा
जयसिंह महरा
स्थायी सरकार मानिने निजामती कर्मचारीतन्त्रमा राजनीतिक दलपिच्छेका ट्रेड युनियनलाई प्रतिबन्ध लगाउनुपर्नेमा राजनीतिक दलहरू एकमत देखिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार भएको बैठकमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकले निजामती कर्मचारीमा पार्टीगत ट्रेड युनियनको विपक्षमा धारणा राखेका हुन् ।
५ वर्षमा १० हजार सैनिक र प्रहरीले जागिर छाडे
विवेक पोख्रेल
बुटवलका कुमार पौडेल २०६७ मा नेपाल प्रहरीमा जवानमा भर्ती भएका थिए । बीचमा बढुवा भएर सहायक हवल्दार भए । तर सेवा प्रवेशको १२ वर्षमै प्रहरीबाट राजीनामा दिएर बिदेसिए । अहिले उनी वैदेशिक रोजगारीका क्रममा पोर्चुगलमा छन् ।
पुस ११, २०८१
रास्वपाद्वारा सुदूरपश्चिमका नौ जिल्लामा पार्टी अध्यक्ष चयन
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ वटा जिल्लामा जिल्ला समिति गठन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषराज जोशीले जानकारी दिएका छन् ।
सगरमाथा संवादको तयारी भइरहेको छ : परराष्ट्रमन्त्री
कान्तिपुर संवाददाता
परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवादको आयोजना गर्न लागेको जानकारी गराएकी छन् ।
कोप–२९ समीक्षा : नेपाललाई ८ विषयमा उपलब्धि हासिल
कान्तिपुर संवाददाता
वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले आठ वटा विषयमा उपलब्धि हासिल गरेको जनाएको छ ।
श्रमिकबिनै मेडिकल रिपोर्ट तयार, सरोकारवाला भन्छन् : स्वास्थ्य संस्थालाई कारबाही गर्नुपर्छ
होम कार्की
वैदेशिक रोजगारमा जाने श्रमिक स्वंय उपस्थित नभई मेडिकल रिपोर्ट तयार हुने गरेको उच्चस्तरीय विशेषज्ञ कार्यदलको सार्वजनिक प्रतिवेदनमाथि सरोकारपक्षहरूले चिन्ता जनाएका छन् । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वको कार्यदलले गत पुस ३ गते अधिकांश सूचीकृतस्वास्थ्य संस्थाले नक्कली मेडिकल रिपोर्ट बनाइदिने गलत अभ्यासले गन्तव्य देशहरूले नेपालको मेडिकल रिपोर्टमाथि अविश्वास गर्न थालेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
आज दिनभर देशमा के–के भयो ?
कान्तिपुर संवाददाता
आज एमाले केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल, सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयानदेखि निजामती कर्मचारी प्रशासन र राजनीतिक दलका ट्रेड युनियनसम्मका खबर चर्चामा रहे ।
पार्टीभित्रका बहसलाई नकारात्मक रुपमा लिने प्रवृत्ति हाबी भयो : शर्मा
कान्तिपुर संवाददाता
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक रहेको बताएका छन् । कम्युनिस्ट पार्टीभित्र हुने बहसलाई नकारात्मक चिन्तनका रूपमा लिने प्रवृत्ति हाबी भएको पनि शर्माको भनाइ थियो ।
संसद्‌मा विचाराधीन विधेयकमाथि विपक्षी दलका प्रमुख सचेतकसँग सत्तारुढ कार्यदलले छलफल गर्ने
कान्तिपुर संवाददाता
सत्तारुढ गठबन्धनको संयुक्त संसदीय कार्यदलले संसद्मा विचाराधीन विधेयक समयसीमाभित्रै पास गर्ने विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
एमाले सचिवालय बैठकमा ओली : भारत भ्रमण भएन भनेर हल्लाखल्ला गर्नुको अर्थ छैन
कान्तिपुर संवाददाता
एमाले केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ । बुधबारको बैठकमा ओलीले आफ्नो चीन भ्रमण सफल भएको उल्लेख गर्दै भारत भ्रमणबारे सन्दर्भ उप्काएका थिए ।
जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था तथा व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको सामना गर्न जुट्नुपर्ने बताएका छन् ।
निजामती सेवामा ट्रेड युनियन पूर्ण खारेज गरौँ : राप्रपा सचेतक लामा
कान्तिपुर संवाददाता
निजामती सेवामा ट्रेड युनियन पूर्ण रूपमा खारेज गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक बिना लामाले बताएकी छन् ।
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीहरुको बयान जारी
रासस
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई बयानका लागि कास्की जिल्ला अदालतमा गराइएकामा प्रतिवादी लीला पछाइको बयान जारी रहेको छ ।
निजामतीमा एउटै व्यक्तिलाई हरेक पदमा आरक्षण गलत छ : एमाले प्रमुख सचेतक बर्तौला
कान्तिपुर संवाददाता
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निजामती सेवामा एउटै व्यक्तिलाई पटक-पटक आरक्षण दिने व्यवस्था सही नभएको बताएका छन् ।
कर्मचारीमा पार्टीगत ट्रेड युनियन खोल्न दिनै हुन्न : कांग्रेस प्रमुख सचेतक घिमिरे
कान्तिपुर संवाददाता
सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले निजामती कर्मचारीमा राजनीतिक दलका ट्रेड युनियन खोल्न दिनै नहुने बताएका छन् । कांग्रेस पार्टीको धारणा नै कर्मचारीतन्त्रमा राजनीतिक दलका ट्रेड युनियन खोल्न नहुने रहेको घिमिरेले स्पष्ट पारे ।