text
stringlengths
2
914
जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो : गृहमन्त्री लेखक
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन् । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरण आजको आवश्कता भएको बताए ।
नेताहरूलाई कारबाहीपछि एमाले महासचिवको पोस्ट : 'पार्टी अनुशासनबारे एआईको धारणा'
कान्तिपुर संवाददाता
पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेका तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको छ । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
कानुन सबैका लागि बराबर हो : उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् ।
शौचालय : संघर्षको एक कथा
अजित तिवारी
जन्मिँदै सरस्वती पासवानको दुवै खुट्टा थिएन । लहान–११ पररियाको सदाय (मुसहर) बस्तीमा हुर्केकी सरस्वतीलाई खुट्टा नहुँदा दिनचर्यामा सकस त छँदै थियो, दिसा–पिसाब गर्ने बेलामा उनलाई युद्ध गरेजस्तै लाग्थ्यो । घर–बस्तीमा शौचालय थिएन । शौच गर्न नजिकको खेत वा बाँसघारी पुग्नुपर्थ्यो । हातले घिस्रिँदै नजिकको खेत वा बाँसघारी पुग्नुपर्थ्यो ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते काठमाडौंमा बस्ने
कान्तिपुर संवाददाता
नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक यही पुस २१ र २२ गते काठमाडौंमा बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४२औं बैठकले केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको हो ।
सौराहामा सुरू भयो हात्ती महोत्सव
रमेशकुमार पौडेल
सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव सुरू गरेको हो । यो १८ औं हात्ती महोत्सव हो । कोरोनाको समयमा महोत्सव हुन सकेको थिएन ।
सामूहिक बलात्कारका अभियुक्त सार्वजनिक
कान्तिपुर संवाददाता
जहदा गाउँपालिका ३ की २२ वर्षीया महिलालाई मंगलबार सामूहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । तीन जना अभियुक्तविरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ।
लामिछानेलाई बयानका लागि अदालत उपस्थित गराइयो
दीपक परियार
रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि बिहीबार कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा आइतबार उनीसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
१ सय २६ यात्रु लिएर पोखरा आइपुग्यो सिचुवानको जहाज
दीपक परियार
चीनको छेङ्दुबाट १ सय २६ यात्रु बोकेर सिचुवान एयरलाइन्सको जहाज विहिबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ । पोखरामा सिचुवानको यो तेस्रो चार्टर उडान हो । फेवा तालमा पुस १४ र १५ मा हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागी हुने १ सय २६ जनाको चिनियाँ टोलीलाई लिएर न्यारोबडी जहाज आएकाे हाे ।
जाजरकोटमा भूकम्पको धक्का महसुस
तृप्ति शाही
जाजरकोटमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान ६:३३ बजेको समयमा जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको हो ।
वाग्मतीमा ७ सचिव रिक्त
सुवास विडारी
नेता व्यवस्थापन र दलीय भागबण्डा मिलाउन मन्त्रालयको संख्या बढाएको वाग्मती प्रदेश सरकारले सचिव व्यवस्थापन गर्नै सकेको छैन । १४ मन्त्रालय रहेको वाग्मती प्रदेशमा ७ सचिव पद रिक्त छन् भने चार सचिव दोहोरो जिम्मेवारीमा छन् ।
सत्ता गठबन्धनले बनायो तीन कार्यदल
कान्तिपुर संवाददाता
कांग्रेस र एमाले सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले संविधान संशोधन र कानुन निर्माणमा गृहकार्य गर्न तीन वटा कार्यदल बनाउने निर्णय गरेको छ ।
युक्रेनमा युद्धबन्दी बनेका नेपालीद्वारा सिधै स्वदेश फर्कन अस्वीकार
होम कार्की
एक वर्षदेखि युक्रेनमा युद्धबन्दी बनाइएका ७ नेपालीले सिधै स्वदेश फर्कन अस्वीकार गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीहरूले युक्रेनी अधिकारीसँगको बयानमा आफूहरू सिधै नेपाल नगई रुस गएर मात्र स्वदेश फर्कन चाहेको बताएका हुन् ।
एमालेबाट पूर्वउपाध्यक्ष रावल निष्कासित, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेना निलम्बित
गंगा बीसी
पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेका तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको छ । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
थातथलो खोज्दै ४० वर्षपछि नेपाल
तृप्ति शाही
घर छाड्दा बमबहादुर डाँगी १३ वर्षका थिए । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ का उनी साथीहरूसँगै खेल्दै एक घण्टा दूरीको वीरेन्द्रनगर बजार पुगेका थिए । त्यहींबाट एक अपरिचित भारतीयको साथ लागेर अनायासै भारततिर लम्किए ।
मेलाबाट फर्किरहेकी किशोरी बलात्कृत
रूपा गहतराज
नेपालगन्जस्थित भेरी अस्पतालको गेटबाट १४ वर्षीया छोरीलाई साथमा लिएर हिँडेकी उनी दिनभर छोरीको स्वास्थ्य जाँचका लागि अस्पताल वरिपरि दौडिरहेकी थिइन् । सोमबार अस्पतालका कोठाहरू चहार्दा पनि उनले छोरीलाई छाडिनन् । उनका आँखामा पीडासँगै डर पनि देखिन्थ्यो ।
शौच गर्न गएकी महिलालाई हातखुट्टा बाँधेर सामूहिक बलात्कार
पर्वत पोर्तेल
मोरङको जहदा गाउँपालिका–३ खदरा बस्तीकी एक २२ वर्षीया दलित महिलालाई हातखुट्टा बाँधेर सामूहिक बलात्कार गरिएको छ । मंगलबार बिहान शौच गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमाकपडा कोचिएको तथा हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो ।
पुस १०, २०८१
नेतृत्वका लागि देश दौडाहामा कोइराला
कुलचन्द्र न्यौपाने
कांग्रेस नेता शेखर कोइरालाले १५ औं महाधिवेशनको टुंगो नहुँदै नेतृत्वका लागि अभियान अघि बढाएका छन् । १४ औं महाधिवेशनताका पनि उनले यस्तै अभियान दुई वर्षअघि नै सुरु गरेका थिए ।
एमाले सचिवालय : संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने
कान्तिपुर संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठक तोकेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
शुक्रबारदेखि पुनःबदली र वर्षा हुने
रासस
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।
औषधिको जेनेरिक नाम सिफारिस गर्ने व्यवस्था मिलाउन समिति गठन
प्रशान्त माली
चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीलाई औषधि सिफारिस गर्दा अनिवार्य रूपमा जेनेरिक नाम उल्लेख गर्ने व्यवस्था मिलाउन औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
सहकारी ठगीमा भएको अनुसन्धानमा राजनीतिक प्रतिशोध छैन : एमाले
कान्तिपुर संवाददाता
एमालेले सहकारी ठगीमा भएको अनुसन्धानमा राजनीतिक प्रतिरोध नभएको दाबी गरेको छ ।
एमाले नेतृत्वलाई तिम्सिनाले भनिन्- पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो
कान्तिपुर संवाददाता
सचिवालय बैठकले आफूलगायत नेतालाई निलम्बन र निष्कासन गर्ने निर्णय गणतान्त्रिक पद्धतिविपरीत भएको एमालेकी निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले प्रतिक्रिया दिएकी छन् । पार्टीमाथि प्रश्न उठिरहेका बेला पार्टीले आफूलाई निलम्बित गरेकोमा उनको असन्तुष्टि छ ।
आज दिनभर देशमा के–के भयो ?
कान्तिपुर संवाददाता
फरार श्रीमतीको बिदा थप्न लेखा समिति सभापति ऋषिकेश पोखरेलले विद्यालयलाई दबाब दिएको, एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निस्कासन गरेकोदेखि आज कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटनासम्मका समाचार चर्चामा रहे ।
हामी पार्टी काममै थियौँ, नेताले ६ महिना छुट्टी दिए : पाण्डे
कान्तिपुर संवाददाता
एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ । मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालयका लागि जग्गा र भवन दान दिने र एमालेले लिने निर्णयको आलोचना गरेकामा पाण्डे र तिम्सिना निलम्बनमा परेका हुन् ।
एमालेबाट रावल निष्कासित, पाण्डे र तिम्सिना निलम्बित
कान्तिपुर संवाददाता
नेकपा एमालेले नेताहरू भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको छ ।
'न्यायालय छामीछामीकन कहाँ-कहाँ हान्नुपर्ने हो हानेर हिँडिरहेको छ'
कान्तिपुर संवाददाता
सभामुख देवराज घिमिरेले न्यायालयले छामीछामी हान्दै हिँडिरहेको टिप्पणी गरेका छन् । संघीय संसद् सचिवालयले भक्तपुरमा बुधबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसद्‍बाट पारित गरेर खर्च गर्दा पनि सर्वोच्चले रोक्ने गरेको र सदनमा बोलेको विषयलाई लिएर मानहानिको मुद्दा चलाइएको भन्दै न्यायालयको आलोचना गरेका हुन् ।
सरकार संसद्सँग तर्केर हिँडिरहेको छ : सभामुख घिमिरे
कान्तिपुर संवाददाता
सभामुख देवराज घिमिरेले सरकार संसद्‍बाट तर्केर हिँडिरहेको बताएका छन् । आफूलाई समस्या नपरेसम्म वा संसद्‍बाट कानुन निर्माण गर्नैपर्ने अवस्था नआएसम्म सरकार तर्केर हिँड्ने गरेको उनको भनाइ छ ।
सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ : मन्त्री गुरुङ
कान्तिपुर संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् ।
संविधान संशोधनका लागि सबै दलहरूसँग छलफल हुन्छ : उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधनका विषयमा सबै राजनीतिक पार्टीहरूसँग छलफल गर्ने बताएका छन् । रुपन्देहीमा बुधबार आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस र एमालेले आन्तरिक रूपमा काम गरिरहेको बताएका हुन् ।
निवृत्त कर्मचारीलाई संवैधानिक पदमा नियुक्तिका लागि ‘कुलिङ पिरियड’ राख्न सुझाव
जयसिंह महरा
निजामती सेवाको उच्च पदबाट सेवानिवृत्त भएपछि संवैधानिक आयोग वा अन्य सरकारी निकायमा नियुक्तिका लागि निश्चित समयावधि तोक्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'माथि प्रशासनविज्ञहरूले सेवाबाट निवृतहरूलाई संवैधानिक आयोग र सरकारी नियुक्तिमा जानका लागि ‘कुलिङ पिरियड’ राख्नुपर्ने सुझाव दिएका हुन् ।
एमाले सचिवालय बैठक आज
कान्तिपुर संवाददाता
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।
ट्रम्प फेरि विवादमा
बुद्धिसागर मरासिनी
सत्तामा हुँदा र नहुँदा पनि बारम्बार चर्चा र विवादमा आइरहने राजनीतिज्ञ हुन् डोनाल्ड ट्रम्प । आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको पद सम्हाल्दै गरेका ट्रम्प पछिल्लो पटक भने ग्रिनल्यान्ड टापु, पनामा नहर र क्यानडाबारेको अभिव्यक्तिका कारण चर्चासँगै विवादमा आएका छन् ।