text stringlengths 2 914 |
|---|
विभिन्न विधामा एघार चलचित्रहरुलाई पुरस्कृत गर्दै तेस्रो नेपाल-अमेरिका चलचित्र महोत्सव मेरिल्याण्डमा सम्पन्न भएको छ । महोत्सवमा तउक्वीर अहमदले निर्देशन गरेको ‘फगुन हवे ’ ले उत्कृष्ट चलचित्रको पुरस्कार जित्यो । |
असार २३, २०७६ |
खाडी देशका राजदूत भन्छन्– ‘घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिए हुन्छ’ |
होम कार्की |
खाडीस्थित नेपाली राजदूतहरूले रोजगारी गुम्ने डरले खाडीमा रोकिएका घरेलु कामदारलाई दूतावासको जिम्मेवारीमा पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । |
असार २२, २०७६ |
एनआरएनए अस्ट्रेलियामा केशव कँडेल |
नारायण खड्का |
गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नेतृत्वमा केशव कँडेल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले प्रतिद्वन्द्वी दिनेश पोखरेललाई पराजित गर्दै एनआरएनए अस्ट्रेलियाको नेतृत्व लिन सफल बनेका हुन् । |
असार २०, २०७६ |
प्रा. डा. सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि |
कान्तिपुर संवाददाता |
विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ । प्रा. सुवेदीले आफ्ना अन्तर्राष्ट्रियस्तरका प्रकाशित कृतिबाट आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिइएको हो । |
असार १५, २०७६ |
ओमन एनआरएनको पाँचौं अधिवेशन सम्पन्न |
कान्तिपुर संवाददाता |
ओमानस्थित गैर आवासीय नेपाली संघको पाँचौं अधिवेशनले सेवन्त पुर्जाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । ओमानमा एनआरएनए गैरआवासीय नेपाली सोसल क्लबको रुपमा ओमानको सामाजिक विकास मन्त्रालयमा दर्ता छ । |
असार ११, २०७६ |
इराकमा नेपालीद्वारा नेपालीको हत्या |
होम कार्की |
इराकको स्वप्रशासित राज्य कुर्दीस्थानको अर्विलमा बर्दीयाका विशाल पौडेलले देवदह नगरपालिका–९, रुपन्देहीका ३७ वर्षीय मीनबहादुर सुनारलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । |
असार १०, २०७६ |
नेपाली सेफ सोसाइटी यूएई गठन |
कान्तिपुर संवाददाता |
नेपाली सेफ सोसाइटी यूएई गठन गरिएको छ । यूएईलाई कर्मथलो बनाई विभिन्न होटल, रेस्टुरेन्टमा कार्यरत सेफहरुको भेलाबाट श्याम अम्गाईंको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उपाध्यक्ष उद्धव श्रेष्ठ, महासचिव अरुण अधिकारी, सचिव रामहरि कार्की, कोषाध्यक्ष राजकुमार गिरी र सहकोषाध्यक्ष विशाल मोक्तान चयन चयन भएका छन् । |
केन्यामा एनआरएनको चौथो महाधिवेशन |
कान्तिपुर संवाददाता |
केन्यास्थित गैरआवासिय नेपाली संघ (एनआरएनए)को चौथो राष्ट्रिय महाधिवेशन राजधानी नैरोवीमा सम्पन्न भएको छ । तर, आवश्यक उम्मेद्वारी नपरेपछि निर्वाचन प्रक्रिया भने स्थगित भएको छ । |
असार ९, २०७६ |
मलेसियामा पक्राउ परेका नेपाली कलाकार ‘फिर्ती केन्द्र’ मा |
कान्तिपुर संवाददाता |
मलेसियामा पक्राउ परेका ३ जना नेपाली कलाकारहरुलाई स्वदेश फर्काउने तयारी भइरहेको छ । एसएसओजी धमाका वान नामक सांगितिक कार्यक्रमका लागि करिब तीन साताअघि मलेसिया आएका गायिकाद्वय श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङदम्बेलाई अदालती प्रक्रिया पुरा भएपछि हाल फिर्ती केन्द्रमा राखिएको छ । |
असार ७, २०७६ |
विद्यार्थीको समस्या सुन्दै दूतावास |
नारायण खड्का |
पछिल्लो समय अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीमा धेरै समस्या देखिएको गुनासो आएपछि दूतावासले विद्यार्थीहरुको समस्या बुझ्ने पहल सुरु गरेको छ । |
‘भिजिट नेपाल २०२०’ सफल बनाउन दूतावासको आग्रह |
नारायण खड्का |
अस्ट्रेलियामा रहेर नेपालमा पर्यटक पठाइरहेका व्यवसायी तथा संघसंस्थाहरुलाई दूतावासले नेपाल सरकारको पर्यटकीय योजना ‘भिजिट नेपाल २०२०’ सफल बनाउन आग्रह गरेको छ । |
असार ५, २०७६ |
बेइजिङमा नेपाल-चीन रेलवार्ता, अर्को बैठक काठमाडौंमा |
लक्ष्मी लम्साल |
नेपाल-चीन रेलमार्ग सहयोगसम्बन्धी चौंथो बैठक बेइजिङमा बसेको छ । केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा लाग्ने खर्च, यातायात सम्पर्क विस्तार, मानवीय तथा भौतिक सहयोग लगायत विषयमा छलफलका लागि बैठक बसेको हो । बैठकमा कुनै ठोस निर्णय हुन नसकेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । पाँचौं द्विपक्षीय बैठक भने काठमाडौँमा आयोजना गर्ने सहमति बनेको छ । |
नेपाललाई दुख दिने भारतकाे कुनै मनसाय हुँदैन : याेगी आदित्यनाथ |
कान्तिपुर संवाददाता |
भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगीआदित्यनाथले नेपालीलाई दुख दिने भारतको कुनै मनसाय नहुने बताएका छन्। उनले नेपाल भारत सम्बन्ध धर्म संस्कृतिसँग जोडिएको भन्दै कुनै एक पलले सदियौंको सम्बन्ध नबिग्रने बताए । |
असार ३, २०७६ |
एनआरएन अस्ट्रेलियामा दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा |
नारायण खड्का |
दुईवर्षे कार्यकालका यही जुलाई ६ मा हुने निर्वाचनमा एनआरएन अस्ट्रेलियाका आकांक्षीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । नेतृत्वका लागि हालसम्म सबै राज्यमा प्रजातान्त्रिक र समावेशी प्यानल बनाएर उम्मेदवारले मत माग्न सुरु गरिसकेका छन् । |
खाडीमा दिउँसो काममा रोक |
होम कार्की |
तापक्रम बढेपछि खाडीका ६ देशले मध्याह्नको समयमा काम गराउन कम्पनीहरूलाई रोक लगाएका छन् । बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय काम गर्न रोक लगाउने निर्णय गरेका हुन् । उनीहरूले निर्णय उल्लंघन गर्ने कम्पनीलाई कारबाही गर्ने जनाएका छन् । कुवेतमा ६२ डिग्रीसम्म तापक्रम पुगेको थियो । |
असार १, २०७६ |
ओमनमा २५६३ औं बुद्ध जयन्ती मनाइयो |
कान्तिपुर संवाददाता |
ओमनस्थित नेपाली बुद्ध भिजनले २५६३ औं बुद्ध जयन्ती मनाएको छ । इस्लाम धर्मालम्बी रमदान र इद पर्न गएकोले ढिलो गरी बुद्ध जयन्ती मनाइएको हो । लामाद्वारा विशेष पूजा कार्यक्रम गरी मनाइएको थियो । |
साउदीमा बन्दी बनाइएकी हुमाको ७ वर्षपछि उद्धार |
कान्तिपुर संवाददाता |
साउदी अरबस्थित नेपाली दूतावासले ७ वर्षसम्म बन्धक बनाइएकी चरली–४, झापाकी हुमा दाहाललाई उद्धार गरी स्वदेश पठाएको छ । |
जेष्ठ २८, २०७६ |
एनआरएनए चीनमा महिला फोरम गठन |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनमा रञ्जिता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन भएको छ । ग्वान्जाउमा हालै आयोजित कार्यक्रममा एनआरएनए चीनका अध्यक्ष सुदेशकुमार झाले उनलाई मनोनीत गरेको विज्ञप्तिमा उल्लेख छ । |
न्युजिल्यान्डमा सगरमाथा दिवस |
नारायण खडका |
न्युजिल्यान्डको संसद् भवनमा पहिलोपटक सगरमाथा दिवस मनाइएको छ । न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा पहिलो पाइला राखेको सम्झना स्वरूप हरेक वर्ष न्युजिल्यान्डमा ‘एभरेस्ट डे’ मनाइने गरिन्छ । |
जेष्ठ २७, २०७६ |
प्रवासीलाई देश फर्कन प्रधानमन्त्रीको आग्रह |
ददि सापकोटा |
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवाशका नेपालीलाई आफ्नो देश फर्किन आव्हान गरेका छन् । स्विट्जरल्यान्डको जेनेभामा आइतबार साँझ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वदेश फर्कन नसके देशलाई हित हुने काम गर्न आग्रह गरे । |
जेष्ठ २६, २०७६ |
पेरिसमा नेपाली मेलाको रौनक [फोटोफिचर] |
कान्तिपुर संवाददाता |
नेपालका विभिन्न जातजातिको भेषभूषा तथा संस्कृति झल्काउने नृत्य र जीवित देवी कुमारीको रथयात्रा प्रदर्शन गर्दै पेरिसमा १६ औं नेपाली मेला आयोजना गरिएको छ । पेरिसको भासेन पार्कस्थित बुद्धको प्यागोडा रहेको ठाउँमा मेला गरिएको हो । नेपाली सांस्कृतिक गृह, पेरिसले गरेको मेला शनिबारदेखि दुई दिनसम्म चल्ने छ । मेलामा हजारौं फ्रान्सेली लगायत नेपाली सहभागी छन् । |
मलेसियामा ३२ जना नेपाली पक्राउ |
कान्तिपुर संवाददाता |
मलेसियामा आयोजना हुने भनिएको एक सांगितिक कार्यक्रमका लागि मलेसिया आएका ३ जना कलाकारसहित ३२ जनालाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । |
जेष्ठ १८, २०७६ |
मिस इंग्ल्यान्डमा नेपाली चेलीलाई पब्लिसिटी क्वीन उपाधि |
कान्तिपुर संवाददाता |
प्रतिष्ठा ‘तृष’ राउत बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतिष्पर्धा ‘मिस इंग्ल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छन्। बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा शुक्रबार भएको सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये छानिएकी हुन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् । |
फोनिज यूकेको 'द जर्नलिस्ट' सार्वजनिक |
कान्तिपुर संवाददाता |
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको वार्षिक प्रकाशन 'द जर्नलिस्ट' को दोस्रो अंक सार्वजनिक भएको छ । शुक्रबार बेलायतको अल्डरसटस्थित एम्पायर ब्याक्वेट हलमा आयोजित समारोहमा उक्त स्मारिक सार्वजनिक गरिएको हो । |
मलेसियामा विदेशी कामदार प्रतिस्थापनसम्बन्धी नयाँ निर्णय –‘अब डेढ सातामै कामदार भर्ना’ |
कान्तिपुर संवाददाता |
मलेसियाले रोजगारी अवधि पूरा गरि स्वदेश फिर्ने विदेशी कामदारको सट्टामा नयाँ कामदार लिने सम्बन्धी एक योजनाको घोषणा गरेको छ । मलेसियाली मन्त्रीपरिषद्ले हालै यससम्बन्धी निर्णय गरेको हो, यद्यपि यो नयाँ भने होइन । |
जेष्ठ १५, २०७६ |
चिनियाँ सगरमाथा आरोही सम्मानित |
कान्तिपुर संवाददाता |
नेपाली दूतावासले सगरमाथा दिवसका अवसरमा बुधबार ६ चिनियाँ पर्वतारोहीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सुन यिछ्वान, सोङ छियाङ, मा च्यानक्वो, वाङ स्वेफङ, ह युलोङ र लु हाइछ्वान छन् । सन् २०१७ यता उनीहरुले फरक-फरक समयमा नेपाली मोहडाबाट सगरमाथा आरोहण गरेका थिए । |
जेष्ठ १३, २०७६ |
गैरआवासीय नागरिकता समयानूकुल बनाउन माग |
नवीन पोखरेल |
बेलायतमा भेला भएका एनआरएन नेता तथा कानुनविद्हरूले प्रवासी नेपालीका लागि गैरआवासीय नागरिकता सम्बन्धी कानुन उदार र समयानुकूल बनाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । |
जेष्ठ १२, २०७६ |
ओमनमा बंगालीद्वारा नेपाली युवतीको हत्या |
होम कार्की |
ओमनको पर्यटकीय सहर सललाहामा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीय अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको छ । बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको रहस्यमय मृत्यु भएको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार दुवै घटनाको अनुसन्धान भइरहेको छ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.