text stringlengths 2 914 |
|---|
जेष्ठ ११, २०७६ |
८१ वर्षीय प्रेमध्वजले लन्डनमा गाए 'घुम्तीमा नआउ है...' |
कान्तिपुर संवाददाता |
'घुम्तीमा नआउ है, आँखा तिमी जुधाउन बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन...' |
जेष्ठ ८, २०७६ |
इराकमा रहेका नेपाली भन्छन्- ‘चिन्ता छ तर आत्तिएका छैनौं’ |
होम कार्की |
अमेरिका र इरानबीचको बढ्दो तनावले इराकमा पुन: युद्ध भड्किने सम्भावनाले त्यहाँ कार्यरत नेपाली कामदार चिन्तित देखिएका छन् । इराकमा झन्डै २५ हजार नेपाली छन् । |
जेष्ठ ६, २०७६ |
गोर्खा कपमा ४२ टोली |
नवीन पोखरेल |
बेलायती नेपाली डायस्पोराको सबैभन्दा बृहत इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपालि ४२ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । आउँदो आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु खेल मैदानमा हुने १७ औं संस्करणमा ३२ मुख्य र १० भेट्रानको सहभागिता रहेको आयोजक तमुधिं यूकेले जनाएको छ । |
जेष्ठ ५, २०७६ |
बेलायती नेपाली डायस्पोराको बृहत् इभेन्ट गोर्खा कपमा ४२ टिमबीच प्रतिस्पर्धा |
कान्तिपुर संवाददाता |
बेलायती नेपाली डायस्पोराको सबैभन्दा बृहत् इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यस पटक ४२ टिमबीच भिडन्त हुने भएको छ । आउँदो आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १७ औं प्रतियोगितामा ३२ मेन र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने आयोजक तमुधिं यूकेले जनाएको छ । |
जेष्ठ २, २०७६ |
अमेरिका–नेपाल मेडिकल फाउण्डेसनमा नयाँ नेतृत्व |
कान्तिपुर संवाददाता |
अमेरिका–नेपाल मेडिकल फाउण्डेसनको २३औँ वार्षिक साधरणसभाले डाक्टर सन्तोष सापकोटाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । |
वैशाख ३१, २०७६ |
पुस्तकालय बनाउन बेलायतका सेफहरुको सहयोग |
कान्तिपुर संवाददाता |
नेप्लिज सेफ एशोसिएसन यूकेले धादिङस्थित एउटा विद्यालयमा पुस्तकालय बनाउन करिब १० लाख रुपैयाँ संकलन गरेको छ । |
न्यूनतम तलब नदिने साउदी कम्पनीको मागपत्र प्रमाणीकरण नगर्न आग्रह |
कान्तिपुर संवाददाता |
साउदी अरबस्थित नेपाली सामाजिक संस्थाहरुले न्यूनतम तलब नदिने कम्पनीलाई मागपत्र प्रमाणीकरण नगराउनको लागि नेपाली दूतावाससमक्ष आग्रह गरेको छ । |
वैशाख ३०, २०७६ |
एनआरएनए कतारको अधिवेशन अगष्ट ३० मा हुने |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय अधिवेशन आगामी अगष्ट ३० मा हुने भएको छ । |
'विज्ञता लगानीको कार्ययोजना चाहियो’ |
नवीन पोखरेल |
नेपाल सरकारले विदेशमा रहेका नेपालीको सीप क्षमता पहिचान गरी त्यसलाई मुलुकको आर्थिक र सामाजिक विकासमा उपयोग गर्न स्थापना भएको 'ब्रेन गेन सेन्टर' प्रति गैरआवासीय नेपालीले मिश्रित प्रतिक्रिया दिएका छन् । |
वैशाख २८, २०७६ |
आफ्नो पार्टी निर्वाचित भए १ मिलियन डलर सहयोग गर्ने अध्यागमन मन्त्रीकाे घोषणा |
नारायण खड्का |
अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले एक सातापछि हुने निर्वाचनमा लिबरल सरकार पुनः निर्वाचित भए नेपाली सामुदायकाे भवन निर्माण गर्न १ मिलियन डलर (करिब ८ करोड रुपैया) सहयोग दिने घोषणा गरेका छन् । |
वैशाख २७, २०७६ |
जोर्डनमा ५ नेपाली महिला जेलमुक्त |
कान्तिपुर संवाददाता |
जोर्डनमा सहकर्मीमाथि यौनहिंसा गरेको अभियोग लागेका ५ नेपाली महिलालाई अदालतले सफाइ दिएको छ । उनीहरू एक वर्षदेखि जेलमा थिए । |
वैशाख २६, २०७६ |
[ब्लग] खाडीमा मृत्यु : कारण के, दोषी को ? |
मेघराज सापकोटा |
दुई महिना पहिले दुबईमा एक नेपालीको मृत्यु भयो । मृत्यु प्रमाणपत्रमा उनको मृत्युको कारण 'प्राकृतिक' भनेर लेखियो । उनको मृत्युको वास्तविक कारण थियो- 'ब्रेन हेम्रेज' । उनी बाथरूम गएको बेला बाथरूम भित्रै ढले । बाथरूमबाट किन बाहिर आएनन् भनेर हेर्न जाँदा अर्धचेत अवस्थामा भेटिए । |
वैशाख २४, २०७६ |
एनआरएन क्षेत्रीय सम्मेलन सिड्नीमा हुने |
नारायण खड्का |
प्रवासी नेपालीहरुको संगठन एनआरएनको ओसिनिया क्षेत्रको सम्मेलन सिड्नीमा आयोजना हुने भएको छ । 'समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि' नारासहित आयोजना हुने कार्यक्रममा विभिन्न देशका दर्जंनौ प्रतिनिधीहरुले सहभागिता जनाउने भएका छन् । |
वैशाख २२, २०७६ |
बेलायती स्थानीय चुनाव : नेपालीमूलका आधा दर्जन विजयी |
नवीन पोखरेल |
बेलायतको संसदीय निर्वाचनमा हालसम्म एक मात्र उम्मेदवार बने पनि स्थानीय तहमा भने विजयी हुने नेपालीमूलका व्यक्तिको संख्या बढ्दाे छ । |
वैशाख १९, २०७६ |
कुवेतमा नेपाली युवतीद्वारा नेपालीको हत्या |
कान्तिपुर संवाददाता |
कुवेतमा चार वर्षदेखि सँगै बस्दै आएकी एक नेपाली युवतीले युवकको हत्या गरेकी छिन् । नेपाली युवती माया गुरुङले एउटै कोठामा 'लिभिङ टुगेदार'को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् । |
नेपाली विद्यार्थीलाई लक्षित गरेर अष्ट्रेलियाको अध्यागमनले लागु गर्यो नयाँ नियम |
नारायण खड्का |
अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुका लागि नयाँ नियमको घोषणा गरेको छ । नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलोपटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको छ । |
वैशाख १४, २०७६ |
बेलायती भूमिमा नेपाली फुटबल टिमले खेल्ने घोषणा |
कान्तिपुर संवाददाता |
बेलायती भूमिमा नेपाली राष्ट्रिय फुटबल टिमले खेल्ने ऐतिहासिक घोषणा भएको छ । आउँदो वर्ष ३० मे, २०२० का दिन इंग्ल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फुटबल टिमबीच अल्डरसट टाउन फुटबल क्लबमा खेल हुने घोषणा गरिएको हो । |
लिबियामा फसे २० नेपाली |
होम कार्की |
लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापामगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हारगुहार गरिरहेका छन् । |
वैशाख १३, २०७६ |
निर्वाचन मिति तय नहुँदै उम्मेदवारी घोषणा |
नारायण खड्का |
निर्वाचन कहिले, कसरी र कुन दिने हुने सार्वजनिक नभइरहेको अवस्थामा अष्ट्रेलियामा भने एनआरएनए निर्वाचनमा उम्मेदवारी दिनेको लहर चलेको छ । |
वैशाख १२, २०७६ |
देउवा र कोइरालबीच बढ्यो असमझदारी |
कुलचन्द्र न्यौपाने |
पार्टीका निर्वाचित कार्यसमितिलाई विधानविपरित विघटन गरिएको विषयलाई लिएर कांग्रेस सभापति शेरवहादुर देउवा र पार्टी महामन्त्री शशांक कोइरालाबीच असमझदारी बढेको छ । |
वैशाख ११, २०७६ |
अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलकाको पहुँच |
नारायण खड्का |
नेपाली मूलका युवा प्रमेज श्रेष्ठलाई सत्तारुढ दल लिबरलले सांसदको उम्मेदवार बनाएसँगै अस्ट्रेलियामा रहेका नेपाली मूलकाले राजनीतिक क्षेत्रमा समेत फडको मारेका छन् । |
वैशाख ९, २०७६ |
बेल्जियमस्थित जनसम्पर्क समितिको अधिवेशन गराउन गएका प्रतिनिधिले गरे विघट्नको घोषणा |
कान्तिपुर संवाददाता |
कांग्रेसको बेल्जियमस्थित जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति एकपक्षीय रुपमा भंग गरिएको भन्दै पार्टीको संस्थापन इतरपक्षले विरोध गरेको छ । अधिवेशन गराउन तोकिएका प्रतिनिधिले समिति नै विघट्न गरेर फर्केपछि संस्थापन इतरपक्षीय नेताहरुले सभापति शेरबहादुर देउवाकै भूमिकाथि नै आशंका प्रकट गरेका छन् । |
वैशाख ८, २०७६ |
बाबुको पदचाप पछ्याउँदै गायनमा |
नारायण खड्का |
पहिलोपटक विदेशी भूमिमा गायकका रुपमा कार्यक्रम गर्ने अवसर पाएका मर्कस दासलाई अष्ट्रेलियाका नेपालीहरुले उनले सोचेभन्दा धेरै मन पराइदिए । |
वैशाख ४, २०७६ |
अष्ट्रेलियाद्वारा अध्यागमन नीतिमा परिवर्तन, पीआर आवेदन दिने नियममा पनि परिवर्तन |
नारायण खड्का |
अष्ट्रेलियाले आफ्नो अध्यागमन तथा भिषा नीतिमा परिवर्तन गरेको छ । परिवर्ततित नियममा मुख्य गरेर स्थायी बासिन्दाको अनुमतिपत्र (पीआर) लिनका लागि लागु गरिएको ‘पोइन्ट’ अंक सिस्टममा ठुलो फेरबदल गरिएको छ । |
वैशाख ३, २०७६ |
कतारमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु |
आश गुरुङ |
बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो । |
चैत्र २९, २०७५ |
नेपाली युवा अस्ट्रेलियामा सांसद्का उम्मेदवार |
नारायण खड्का |
यहाँको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसद्मा उम्मेदवार बनाउने निर्णय गरेको छ । न्यु साउथ वेल्सको लिबरल पार्टीले उनलाई सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा चयन गरेको हो । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.