text
stringlengths
2
914
न्युर्योक क्विन्स कम्युनिटी बोर्डमा नेपाली
कान्तिपुर संवाददाता
अमेरिकाको न्युयोर्क राज्यको क्विन्स कम्युनिटी बोर्ड ५ सदस्यमा ज्ञानल थापा नियुक्त भएका छन् । थापाले क्विन्सबोरो प्रेसिडेन्ट मेलिण्डा काजबाट नियुक्ति लिएका हुन् । यो पदमा पुग्नका लागि राजनीतिक र सामाजिक कार्यको अनुभव र छवि महत्वपूर्ण हुन्छ ।
चैत्र २५, २०७५
मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु
कान्तिपुर संवाददाता
मलेसियाको राजधानी क्वालालम्पुर विमानस्थल नजिकै नेपाली कामदार बोकेको बस आइतबार राति ११ः३० बजे दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएको छ । एकको अवस्था गम्भीर छ । ९ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
चैत्र २३, २०७५
कांग्रेस जनसम्पर्क समिति बेल्जियमबाट राहत रकम हस्तान्तरण
कान्तिपुर संवाददाता
नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमको सक्रियतामा बारा र पर्साका हावाहुरीपीडित परिवारका लागि संकलित १ लाख १२ हजार सहयोग प्रदान गरिएको छ ।
चैत्र १७, २०७५
घले दम्पती अस्ट्रेलियाको ८५औँ धनी
नारायण खडका
नेपाली मूलका व्यवसायी दम्पती शेष घले तथा जमुना गुरुङ अस्ट्रेलियाको ८५औं र ८६औं धनी बनेका छन् । अस्ट्रेलियाको प्रतिष्ठित पक्रिका द अस्ट्रेलियनले शनिबार सार्वजनिक गरेको अस्ट्रेलियाका २ सय ५० धनी व्यत्तिहरूको सूचीमा उनीहरू गत वर्षको भन्दा २ सय २४ मिलियन अस्ट्रेलियन डलर जोडदै यो सूचीमा परेका हुन् ।
चैत्र १५, २०७५
अस्ट्रेलियामा नेपाली विद्यार्थी ५० प्रतिशतले बढे
नारायण खड्का
अस्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या एक वर्षमा करिब ५० प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागको तथ्यांकअनुसार सन् २०१७ मा ३५ हजार २ सय १२ विद्यार्थी भर्ना भएकामा २०१८ मा यो संख्या बढेर ५२ हजार २ सय ४३ पुगेको छ । जुन गत वर्षको तुलनामा ४८ दशमलव ४ प्रतिशतले बढी हो ।
चैत्र १०, २०७५
बेलायतमा नेपाली संस्कृति चिनाउँदै युवा
नवीन पोखरेल
बेलायतको नेपाली डायस्पोरामा बल्ल उदाउँदै छ, दोस्रो पुस्ता । स्थानीय समुदायसँग बढी घुलमिल भए पनि यो पुस्ता मातृभूमिबारे भने बेखबरजस्तै छ । नेपालीभन्दा अंग्रेजी लवजमा सहज महसुस गर्ने यो पुस्ता सप्ताहन्तमा अभिभावकले गर्ने कार्यक्रमको साटो पब, थिएटर वा नाइट लाइफतिर आकर्षित देखिन्छ ।
चैत्र ६, २०७५
मलेसियाको प्रस्तावित श्रम नीति सार्वजनिक गर्न माग
कान्तिपुर संवाददाता
श्रमिक सम्बद्ध सरोकारवालाहरुले मलेसियाली मन्त्रिपरिषद् र संसदमा छलफलमा लैजाने तयारीमा रहेको प्रस्तावित श्रम नीति सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । मलेसियामा क्रियाशील विभिन्न मजदुर युनियन र अधिकारवादी सरोकारवालाहरुले सरकारले हालै संशोधनका लागि तयार गरीएको प्रस्तावहरु सार्वजनिक गर्न माग गरेका हुन् ।
बेलायतस्थित नेपालीबीच छुवाछूत
कान्तिपुर संवाददाता
बेलायतको नेपाली समुदायमा पनि जातीय भेदझाव र छुवाछुत कायम रहेको जिकिर एक कार्यक्रमका वत्ताहरूले गरेका छन्  । नेपालमा कानुनले वर्जित गर्दासमेत दलितमाथि उत्पीडन कायमै रहेको र प्रवासी दलितले पनि जातीय उत्पीडन सहनुपरेको उनीहरूको गुनासो छ  ।
चैत्र ५, २०७५
राजदूत पाण्डेले भेटे मलेसियाली परराष्ट्र अधिकारी
कान्तिपुर संवाददाता
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाली परराष्ट्र मन्त्रालयका अधिकारीसँग भेटवार्ता गरेका छन् । पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयका उपमहासचिव नुरसीरवान बीन जाइनल अविद्दिनसँग भेटेर श्रम सम्झौताको कार्यान्वयन, कलिंग भिसा लागेका कामदार लिन र स्वास्थ्यसम्बन्धी नयाँ मापदण्डको व्यवस्था लगायत विषयमा सघाउन आग्रह गरेका हुन् ।
फाल्गुन ३०, २०७५
मलेसिया र सिङ्गापुरका लगानीकर्तालाई नेपालमा निम्तो
कान्तिपुर संवाददाता
नेपाली अधिकारीहरूले मलेसिया र सिङ्गापुरका व्यवसायी तथा लगानीकर्ताहरूसँग भेट गरी काठमाडौँमा हुन लागेको लगानी सम्मेलनमा सहभागिता हुन निम्तो दिएका छन् ।
मलेसियाका फिर्तीकेन्द्रबाट २३ नेपालीको उद्दार
कान्तिपुर संवाददाता
मलेसियाका विभिन्न फिर्ती केन्द्र (डिटेन्सन सेन्टर) मा रहेका २३ जना नेपालीहरुको उद्दार गरिएको छ । विभिन्न अभियोगमा सजाय भुक्तान गरिसकेपछि हवाई टिकट अभावमा फिर्ती केन्द्रहरुमा रहेका उनीहरुको उद्दार गरिएको नेपाली दूतावासले जनाएको छ ।
फाल्गुन २९, २०७५
राजदूत आचार्यले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र
सुरेशराज न्यौपाने
भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले बुधबार बिहान भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र (क्रिडेन्सिअल) बुझाएका छन् । नयाँदिल्लीस्थित भारतको राष्ट्रपति कार्यालयमा बुधबार बिहान ११ हुने विशेष कार्यक्रमबीच आचार्यले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
फाल्गुन २७, २०७५
कोरियामा फेरि नेपाली कामदारको मृत्यु
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएका एक नेपालीको निधन भएको छ । उदयपुर पुरानो गाइघाट निवासी भुपाल राईको शनिबार अचानक बेहोस भएपछि अस्पताल लैजादै गर्दा निधन भएको आफन्तले बताएका छन् ।
फाल्गुन २५, २०७५
विद्यार्थीलाई सहयोग पुर्‍याउन हेल्प डेस्क
नारायण खड्का
अस्ट्रेलियाको सिड्नीस्थित अवैतनिक महावाणिज्य दूतावासको कार्यालयले अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी (एआईबिटी) बाट प्रभावित भएका विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले हेल्प डेस्कको स्थापना गरेको छ । महावाणिज्य दूतावासले सयौँ विद्यार्थी प्रभावित भएका र उनीहरूको समस्यालाई सरोकारवाला निकायहरूसँगको समन्वयमा सहयोग पुर्‍याइने जनाएको छ ।
फाल्गुन २४, २०७५
श्रम कानुन फेर्दै मलेसिया, विदेशी कामदार भर्ना पनि नयाँ प्रक्रियाबाटै
कान्तिपुर संवाददाता
मलेसियाले श्रम कानुन हेरफेरको अन्तिम तयारी गरेको छ । विदेशी कामदारहरुको सही व्यवस्थापन गर्न भर्ना प्रक्रिया, सेवा सुविधा, सुरक्षा आदि विभिन्न विषयमा आधारित ६४ वर्षे पूरानो आफ्नो रोजगारसम्बन्धी ऐन (१९५५) मा महत्वपूर्ण परिवर्तन गर्न लागिएको हो । यसमा उल्लेखित कतिपय व्यवस्थाहरु ७ वर्षअघि संशोधन गरेको थियो । उक्त प्रस्तावित ऐन पारित भइ लागु भएमा नयाँ कामदार भर्नासमेत उक्त ऐनबमोजिम नै गर्ने मलेसियाको तयारी छ ।
फाल्गुन २३, २०७५
लन्डनमा छुरा प्रहार बढेपछि सेनालाई गुहार
कान्तिपुर संवाददाता
लन्डनमा छुरा प्रहारका घट्ना बढेपछि यसले राष्ट्रिय राजनीतिसमेत तरंगित बनेको छ । प्रहरी कटौतीका कारण छुरा अपराध बढेको भन्दै प्रधानमन्त्री टेरेजा मेमाथि चौतर्फी दवाव थोपरिएको छ ।
फाल्गुन २१, २०७५
मलेसियामा नेपाली लुटिए
कान्तिपुर संवाददाता
गोरखाका रितेश गुरुङ कार्यस्थलबाट क्याम्पभित्र छिर्दा बेडहरू ठीक ठाउँमा थिएनन् । सबैका दराज फोरिएका थिए । ‘मेरो पर्समा ३ हजार रिंगेट थियो । मोबाइल थियो,’ उनले सुनाए, ‘नेपाली १० रुपैयाँ मात्रै छाडिदिएछन् । बाँकी सबै लगेछन् ।’
फाल्गुन १८, २०७५
कांग्रेसको बेल्जियम अधिवेशन स्थगित
कान्तिपुर संवाददाता
कांग्रेसको बेल्जियमस्थित जनसम्पर्क समितिको पाँचौ अधिवेशन स्थगित भएको छ । जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले शनीबार विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी दिएकी हुन् ।
फाल्गुन १७, २०७५
बेलायतमा आप्रवासीको संख्या १५ वर्षयताकै उच्च
कान्तिपुर संवाददाता
बेलायतको वर्तमान सत्तारुढ कन्जरभेटिभ पार्टीले आप्रवासी नियन्त्रण प्रमुख एजेन्डा बनाएरै आमनिर्वाचन जित्यो । आप्रवासीलाई धपाइनुपर्ने वकालत गर्दै आएका ब्रेक्जिट पक्षधरहरुकै कारण बेलायत युरोपेली संघ -ईयू) बाट बाहिरिने स्थितिमा पुगेको विश्लेषण गर्ने पनि अत्यधिक छन् ।
सेल्टरमा सुत्केरी भएकी महिलालाई डिपोर्टेसन सेन्टर लगियो
कान्तिपुर संवाददाता
साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ ।
फाल्गुन १६, २०७५
ब्रिटिस फोर्सबाट राजीनामा दिएर हिमालतिर
नवीन पोखरेल
ब्रिटिस आर्मीको जागिर खान नेपालमा बर्सेनि दसौं हजार युवा मैदानमा उत्रन्छन् । बेलायतमा स्थायी बसोबास र अन्य सुविधाले पनि आकर्षक मानिन्छ आर्मी करिअर । तर एक युवा ब्रिटिस आर्मी, त्यसमा पनि स्पेसल फोर्सेसको जागिर र ५ लाख पाउन्ड (करिब ७ करोड रुपैयाँ) पेन्सन माया मारेर विश्व कीर्तिमान राख्न हिमाल आरोहणमा निस्कने साइतमा छन् ।
फाल्गुन १२, २०७५
आकर्षक जागिर छाडी विश्व कीर्तिमान राख्न हिमाल चढ्दै म्याग्देली युवा
नवीन पोखरेल
बेलायती सेना बन्न नेपालमा वर्षेनी दसौं हजार युवा मैदानमा उत्रन्छन् । बेलायतमा स्थायी बसोवास र अन्य सुविधाले पनि आकर्षक मानिन्छ आर्मी करिअर । तर, एक जना युवा बेलायती सेना, त्यसमा पनि स्पेशल फोर्सेसको जागिर र ५ लाख पाउन्ड (करिब ७ करोड रुपैयाँ) पेन्सन माया मारेर विश्व कीर्तिमान राख्न हिमाल आरोहणमा निस्कने तयारीमा छन् ।
अस्ट्रेलियामा विद्यार्थी समस्या : कलेज नछाड्न सरकारको सुझाव
नारायण खड्का
सरकारले दर्ता रद्द गरेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) मा अध्ययनरत विद्यार्थीहरुलाई कलेज नियमित गइरहन सुझाव दिएको छ । अस्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागले सूचना जारी गरेर सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुप्रतिको जिम्मेवारी अत्यन्तै गम्भीर रुपमा लिने समेत जनाएको छ ।
नेपाली सिक्दै दोस्रो पुस्ता
नारायण खड्का
अस्ट्रेलियामा जन्मिएकी आहाना दाहाल यहाँ खोलिएको नेपाली पाठशाला जान थालेको केही वर्ष भयो। ५ वर्षीया आहाना आफ्नै उमेर समूहका बालबालिकाहरूसँग प्रत्येक साता ३ घण्टा नेपाली अध्ययन गर्छिन् । उनी अहिले कखरा मात्रै हैन नेपाली अक्षर राम्ररी चिन्छिन् ।
फाल्गुन ९, २०७५
लन्डन दूतावासमा प्रजातन्त्र दिवस
कान्तिपुर संवाददाता
लन्डनमा रहेको नेपाली दूतावासले प्रजातन्त्र दिवसको अवसर पारेर उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा एक विशेष समारोहकाबीच विविध कार्यक्रम गरी मनाएको छ ।
लगानी भित्र्याउन नेपालका अर्थमन्त्री बेलायतमा
नबिन पोखरेल
नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार संयुक्त अधिराज्यको राजधानी लन्डन आइपुगेका छन् । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार राखेको लगानी केन्द्रित ‘नेपाल विकास सम्मेलन’मा प्रमुख वक्ताका रुपमा सहभागी हुन आएका खतिवडाको बेलायतबाट लगानी भित्र्याउने मुख्य प्राथमिकता छ ।
फाल्गुन ७, २०७५
प्रवासका दोस्रो पुस्ता उद्यममा तत्पर
कान्तिपुर संवाददाता