text stringlengths 2 914 |
|---|
प्रवासमा बसेर पौरख गरिरहेका दोस्रो पुस्ता नेपालमा उद्यमशीलताका लागि तत्पर रहेको प्रवासी अधिकारीहरूले बताएका छन् । |
स्वदेश फिर्नेहरू मौकाको खोजीमा |
कान्तिपुर संवाददाता |
‘नेपाल फर्केर के पाइन्छ ?’ भन्ने बहसका सहभागीहरूले मौकाको खोजीमा रहेको बताएका छन् । कान्तिपुर कन्क्लेभको सोमबारको छलफलमा सहभागी इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक अरनिको पाण्डे, कुबेतस्थित सिटी बैंकका भाइस प्रेसिडेन्ट प्रदीप पौडेल, क्याटलिस्ट टेक्नोलोजीकी प्रमुख कार्यकारी अधिकृत प्रतिभा पाण्डेले अनुभव साट्दै मौकाको खोजीमा रहेको बताएकी हुन् । |
फाल्गुन ४, २०७५ |
अष्ट्रेलियामा अध्ययनरत सयौं विद्यार्थी अन्यौलमा |
नारायण खड्का |
नर्सिङ अध्ययन गर्न आएका सयौं नेपाली विद्यार्थीहरु अन्यौलमा परेका छन् । आफू अध्ययन गर्न आएको कलेजमा अध्ययन गरेको विषयले सम्बन्धित क्षेत्रमा काम गर्न नपाउने र सर्टिफिकेट काम नलाग्ने खुलेपछि उनीहरु सहयोगका लागि दूतावाससम्म पुगेका छन् । |
माघ २८, २०७५ |
अस्ट्रेलियामा दोस्रो पुस्तालाई प्रोत्साहन |
कान्तिपुर संवाददाता |
अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई प्रोत्साहन दिने उद्देश्यले उच्चशिक्षा सम्पन्न गरेका बालबालिकाहरुलाई पहिलोपटक सम्मान तथा पुरस्कृत गरिएको छ । |
माघ २५, २०७५ |
अस्ट्रेलियामा 'हार्मोनी कप' |
कान्तिपुर संवाददाता |
पश्चिम अस्ट्रेलियामा रहेका नेपाली खेलाडीहरुलाई हौसला तथा अवसर प्रदान गर्ने उद्देश्यले पहिलोपटक हार्मोनी कप खेलकुल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा फुटबल, क्रिकेट तथा भलिबल खेलको विभिन्न चरणमा प्रतिस्पर्धा गराइएको थियो । |
माघ १८, २०७५ |
समझदारीको १२ वर्षपछि पहिलो बैठक |
होम कार्की |
संयुक्त अरब एमिरेट्स (यूएई) सँग श्रम समझदारी भएको १२ वर्षपछि नेपालले उससित पहिलोपटक प्राविधिक बैठक गरेको छ । श्रम समझदारीमा नेपाली श्रमिकसँग सरोकार राख्ने विषयहरूवारे हरेक बर्ष प्राविधिक बैठक वस्दै टुंगाउने उल्लेख छ । नेपालले कूटनीतिक लबिङ नहुँदा प्राविधिक बैठक बसेको थिएन । |
माघ १६, २०७५ |
अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु |
कान्तिपुर संवाददाता |
न्यु साउथ वेल्सको वेन्टसबेसिनमा पौडी खेल्ने क्रममा नेपाली विद्यार्थीको मृत्यु भएको छ । चाल्र्स स्टेट युनिभर्सिटीमा इन्जिनियरिङ अध्ययनरत विराटनगरका विश्वास जोशी बेपत्ता भएको केही घण्टापछि उद्धारकर्ताले शव फेला पारेका थिए । |
माघ १२, २०७५ |
डा. केसीको समर्थनमा प्रदर्शन |
कान्तिपुर संवाददाता |
अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै अस्ट्रेलियाको सिड्नी र ब्रिसबनमा प्रदर्शन गरिएको छ । |
माघ ७, २०७५ |
पर्यटक पठाउन जुट्दै बेलायतस्थित नेपाली |
कान्तिपुर संवाददाता |
बेलायतबाट नेपाल जाने पर्यटक संख्या वृद्धिका लागि यूकेको नेपाली डायस्पोराले अभियान थालेको छ । |
माघ ६, २०७५ |
लगानी सम्मेलनमा ओमनको सहभागिता रहने |
कान्तिपुर संवाददाता |
ओमानले नेपालमा हुन गइरहेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले आँउदो मार्च २९ र ३० गते काठमाडौंमा लगानी सम्मेलन गर्दैछ । |
माघ ५, २०७५ |
साताको साहित्य पुरस्कार कवि प्यासीलाई दिइने |
कान्तिपुर संवाददाता |
एकवर्षसम्म प्रकाशित रचनाहरुमध्येबाट उत्कृष्ट एक सिर्जनालाई पाठक प्रतिक्रिया तथा निर्णायकहरुको छनोटका आधारमा प्रदान गरिने यस पुरस्कार प्यासीको ‘आशीर्वाद’ कवितालाई दिइएको हो । पुरस्कारको राशि २० हजार रुपैयाँ र तामपत्र रहेको छ । |
माघ ४, २०७५ |
अस्ट्रेलियामा रहेका विद्यार्थी समेट्ने एनआरएनको प्रयास |
नारायण खड्का |
प्रवासी नेपालीको संगठन एनआरएन अस्ट्रेलियाले संस्थागत सर्वेक्षण सुरु गरेको छ । यहाँका केही विद्यार्थीहरुको आलोचनापछि एनआरएनले अस्ट्रेलियाका सबै राज्यहरुमा रहेका विद्यार्थी समेट्ने उद्देश्यसाथ सर्वेक्षण थालेको हो । |
माघ ३, २०७५ |
राजदूत शेर्पा अस्ट्रेलियामा |
नारायण खडका |
आफ्नै पूर्व कर्मचारीबाट रकम लिएर अस्ट्रेलिया ल्याएको आरोप लागेपछि अनुसन्धानका लागि नेपाल बोलाइएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी छन् । |
माघ २, २०७५ |
डोटीका दुई गाउँपालिकालाई एम्बुलेन्स सहयोग |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिका डोटी जिल्लाका दुई गाउँपालिकालाई दुई वटा एम्बुलेन्स प्रदान गरेको छ । कांग्रेस डोटी जिल्ला कार्यसमितिद्वारा हालै आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा जनसम्पर्क समिति अध्यक्ष आनन्द विष्टले डोटीका जोरायल र बडीकेदार गाउँपालिकालाई एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । |
पुस ३०, २०७५ |
बेलायतकाे ईयूबाट बहिगर्मन बारे मंगलबार संसदमा मतदान |
कान्तिपुर संवाददाता |
बेलायत युरोपेली संघ (ईयू) बाट बहिगर्मनको मुद्दा गम्भीर मोडमा आइपुगेको छ । प्रधानमन्त्री टेरेजा मेले प्रस्ताव गरेको ब्रेक्जिट डिलबारे बेलायती संसद हाउस अफ कमन्समा मंगलबार साँझ ७ बजे मतदान हुँदैछ । |
सिर्जनालाई हङकङमा सफलता |
प्रदीप मेन्याङ्बो , किसन राई |
हङकङमा सम्पन्न क्युनेट गोर्खा ट्रेलब्लेजरको २६ किलोमिटरको अल्ट्रा ट्रेल रेसमा नेपालकी सिर्जना राई १८–२९ उमेर समूहमा पहिलो भएकी छन् । |
पुस २९, २०७५ |
कुवेतमा मदिरा भट्टी चलाउने ४ नेपाली पक्राउ |
कान्तिपुर संवाददाता |
कुवेतमा अवैध ढङ्गले मदिरा भट्टी सञ्चालन गरेको आरोपमा चार जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । जसमा २ पुरुष र २ महिला छन् । |
पुस २७, २०७५ |
नेपाली असहाय बालबालिकाका लागि हङकङमा ४ सय २ धावक दौडदै |
प्रदीप मेन्याङ्बो |
हङकङमा शनिवार क्युनेट गोर्खा ट्रेलब्लेजरको दोस्रो संस्करणको अन्तिम तयारी पुरा भएको छ । उक्त दौडबाट सङ्कलित रकम नेपालका गरिब असहाय बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने आयोजक गोर्खा समेटी ट्रस्ट र चाइल्ड वेल्फेयर स्किमले जनाएको छ । दौडमा सहभागी हुन ३१ मुलुकका ४ सय २ धावकहरूले आफ्नो नाम दर्ता गरेका छन् । |
सडक दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु |
नारायण खड्का |
सिड्नीको ओलङ्गनमा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । चितवनको भरतपुर घर भएका सुजन दहालले चलाएको कार रोकिराखेको ट्रकमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । |
पुस २६, २०७५ |
अष्ट्रेलियामा नदीमा खेल्ने क्रममा एक नेपाली विद्यार्थी बेपत्ता |
कान्तिपुर संवाददाता |
समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको दुई साता नबित्दै न्यू साउथ वेल्सको अल्बरीमा अर्का एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । बुधबार साथीहरुसँग स्थानीय मुरे नदीमा पौडी खेल्न गएका २१ वर्षीय बिगुल पण्डित बेपत्ता भएका हुन् । |
पुस २५, २०७५ |
नेपाल भ्रमण गर्ने बेलायती पर्यटक बढे |
कान्तिपुर संवाददाता |
नेपाल भ्रमण गर्ने बेलायती पर्यटक संख्या वृद्धि भएको छ । बेलायतबाट गत वर्ष सन् २०१८ मा ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा गएको लन्डनस्थित नेपाली दूतावासले मंगलबार जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १५ दशमलव ६ प्रतिशत बढी हो । |
बेलायती जेलमा नेपाली सङ्ख्या घट्यो |
कान्तिपुर संवाददाता |
बेलायती जेलमा नेपालीको सङ्ख्या घटेको छ । बेलायतको गृह मन्त्रालय (होम अफिस) सँग लन्डनस्थित नेपाली दूतावासले मागेको तथ्याङ्क अनुसार जनवरी ८ सम्म बेलायती जेलमा जम्मा ७ जना नेपाली छन् । जेलमा रहेकाको एक दुईबाहेक त्यस्तो गम्भीर प्रकृतिको अपराध नभएको पनि दूतावासले जनाएको छ । |
पुस २४, २०७५ |
अस्ट्रेलियामा ज्ञान बाँड्दै पारस |
नारायण खड्का |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अहिले अस्ट्रेलियाका विभिन्न सहरमा व्यस्त छन् । उनी व्यावसायिक प्रतियोगिता खेल्न नभई अहिले अस्ट्रेलियामै जन्मिएका दोस्रो पुस्ताका नेपाली बालकालिकालाई क्रिकेट सिकाइरहेका छन् । |
पुस २२, २०७५ |
कतारमा गुरुङ समुदायले मनाए 'फो' ल्होसार |
कान्तिपुर संवाददाता |
कतारमा कार्यरत गुरुङ समुदायले ल्होसार (नयाँ वर्ष) मनाएका छन् । तमु समाजद्वारा समालमा आयोजित ‘फो–ल्होसार तथा स्योकैं’मा गुरुङहरु गाँउघरमा रहेझैं रमाए । यस वर्ष गुरुङहरुले 'खि' कुकुर वर्गलाई बिदाइ गरी फो (मृग वर्ग) को स्वागत गरेका छन् । |
बेलायतमा युवकलाई बलात्कार गरेको ठहर गर्दै एक नेपालीलाई १३ वर्ष जेल सजाय |
कान्तिपुर संवाददाता |
बेलायतमा एक नेपाली युवकलाई बलात्कार गरेको ठहर गर्दै अदालतले रेडिङ सहर बस्ने ४३ वर्षका देउकुमार लिम्बुलाई १३ वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्थानीय अदालतले लिम्बुलाई २२ वर्षीय युवकमाथि यौन हिंसा गरेको ठहर गर्दै जेल सजाय सुनाएको हो । |
पुस १७, २०७५ |
अस्ट्रेलियामा टोपी दिवस |
नारायण खड्का |
अस्ट्रेलियामा नेपालीको मौलिक पहिचान दिने ढाकाटोपी लगाएर टोपी दिवस मनाइएको छ । विभिन्न रंग तथा डिजाइनका ढाकाटोपीलगाएका अभिभावकका साथै बालबच्चा, महिला तथा युवाहरुले टोपी दिवसको माध्यमबाट नेपालको मौलिक पहिचान दिएका थिए । |
बेलायतबाट सबै नेपालीलाई घर फर्कन प्रदेशमन्त्रीको आव्हान |
कान्तिपुर संवाददाता |
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बेलायतवासी नेपालीलाई अब स्वदेश फर्कन आव्हान गरेका छन् । तमुधिं यूकेको १८ औं ‘फो ल्होछार' कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गुरुङले बेलायतका नेपालीलाई ज्ञान, सीप, प्रविधि र लगानी आफूसाथ लिएर मातृभूमि फर्कन निम्तो दिएका हुन् । |
पुस १६, २०७५ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.