text
stringlengths
2
914
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा एक नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु भएको छ । इपिएसमार्फत पाँच महिनाअघि कोरिया आएका उदयपुर कटारीका २० वर्षीय दिपक कार्कीको बुधबार मृत्यु भएको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए ।
मंसिर ३, २०७५
मलेसियाका व्यापारीद्वारा स्वास्थ्यको कागजात संकलन
होम कार्की
मलेसियामा कामदार सप्लाई गर्ने वार्सिन समूहका बजार निर्देशक याङ अबुल कासिमले काठमाडौंमा ‘फोमेमा’ को सदस्य दिलाइदिने भन्दै इच्छुक स्वास्थ्य संस्थाको प्रमाणपत्र संकलन गरेका छन् ।
मंसिर २, २०७५
सहयोग बढाउन बेलायतसँग आग्रह
कान्तिपुर संवाददाता
बेलायत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलले सहयोग वृद्धि गर्न बेलायत सरकारसँग आग्रह गरेको छ ।
न्यूजिल्याण्ड र ब्रिसबनमा नेपाल महोत्सव
नारायण खड्का
विदेशमा नेपाली कला संस्कृति, परम्परा र पर्यटनको प्रवद्र्धन तथा प्रचार गर्ने उद्देश्यका साथ अष्ट्रेलियाको ब्रिसबन र न्यूजिल्याण्डको अकल्याण्डमा नेपाल महोत्सव सम्पन्न गरिएको छ ।
कार्तिक ३०, २०७५
तेक्वान्दो खेलाडी क्षेत्रीलाई कोरियामा मानार्थ नागरिकता
कान्तिपुर संवाददाता
तेक्वान्दो खेलाडी भजिन्द्र क्षेत्रीलाई दक्षिण कोरियाकाे साेल महानगरपालिकाबाट मानार्थ नागरिकता प्रदान गरिएकाे छ ।
कार्तिक २८, २०७५
लगानीकर्ता आकर्षित गर्न लन्डनमा विकास सम्मेलन
कान्तिपुर संवाददाता
ब्रिटिश लगानीकर्ता आकर्षित गर्ने एउटा पहल स्वरुप लन्डनस्थित नेपाली दूतावासमा ‘नेपाल विकास सम्मेलन ४’ भएको छ ।
कार्तिक २७, २०७५
जनजाति महासंघ बेल्जियममा तामाङ
कान्तिपुर संवाददाता
नेपाल आदिबासी जनजाति महासंघ, बेल्जियमको अध्यक्षमा बाबुराजा लामा तामाङ निर्बाचित भएका छन् । हालै महासंघका केन्द्रीय अध्यक्ष जगतबहादुर बरामको उपस्थितिमा भएको दोश्रो अधिबेशनबाट उनी निर्बिरोध चयन भएका हुन् ।
कार्तिक २६, २०७५
एभरेष्ट टाइम्स १० वर्ष पुगेकोमा प्रधान सम्पादक शेर्पालाई सम्मान
कान्तिपुर संवाददाता
अमेरिकाको न्युयोर्क सहरबाट प्रकाशित हुँदै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्सले दश वर्ष पुरा गरेको छ । उक्त अवसर पारेर न्यूयोर्क सीटीले पत्रिकाका प्रधान सम्पादक आङछिरिङ शेर्पालाई बिशेष सम्मान प्रदान गरेको छ ।
अपांग महिला पत्रकारलाई प्रोत्साहनका लागि पुरस्कार
कान्तिपुर संवाददाता
बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकले अपाङ्गता भएका महिला पत्रकारको प्रोत्साहनका लागि पुरस्कार स्थापना गरेको छ ।
कार्तिक २४, २०७५
कलेजो जोडिएका भुटानी बालिकाको सफल शल्यक्रिया
नारायण खड्का
कलेजो जोडिएका १४ महिनाका दुई भुटानी बालिकालाई मेलबर्नका चिकित्सकहरुले सफलतापूर्वक छुट्टयाएका छन् । शरीर जोडिएका निमा र दावा उपचार गराउनका लागि आफ्नी आमासँग करिब २ महिनाअघि अष्ट्रेलिया आइपुगेका थिए ।
मेलबर्नमा छुरा प्रहारबाट एकको हत्या, दुई घाइते
नारायण खड्का
मेबलर्नको अति व्यस्त स्थान बर्क स्ट्रिटमा शुक्रबार एक युवाले जथाभावी छुरा प्रहार गरेर एक जनाको हत्या गरेका छन् भने दुईजनालाई घाइते बनाएका छन् ।
कुटपिट पछि पत्रकार राईलाई मिल्ने दबाब
कान्तिपुर संवाददाता
समाचारको विषयलाई लिएर पूर्व कान्तिपुरकर्मीलाई कुटपिट गरिएको छ । शुक्रबार रातिको एक कार्यक्रमस्थल बाहिर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले पत्रकार लोकमणि राईलाई कुटेका हुन् ।
कार्तिक २०, २०७५
मेसिनमा चेपिएर कोरियामा एक नेपालीको मृत्यु
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा काम गर्न आएका एक नेपाली युवाको मंगलबार निधन भएको छ।‍ झल्लाबुक्दो प्रान्तको यान्जीस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा चेपिएर मृत्यु भएको हो ।
कार्तिक १८, २०७५
दलित विद्यार्थी र प्राध्यापकमाथि भेदभाव घट्दै : अनुसन्धान
नवीन पोखरेल
नेपालका विश्वविद्यालयहरूमा दलित विद्यार्थी तथा प्राध्यापकमाथि जातीय आधारमा गरिने भेदभाव घट्दै गएको एक अनुसन्धानले देखाएको छ ।
स्तम्भकार लामिछानेलाई जेसिआईको अन्तर्राष्ट्रिय सम्मान
कान्तिपुर संवाददाता
विश्वका १२५ राष्ट्रमा आफ्नो सञ्जाल रहेको र मानविय क्षेत्रमा कृयाशिल जुनिअर चेम्बर इन्टरनेश्नल (जेसिआइ)ले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका १० उत्कृष्ट व्यक्तिहरूलाई छनोट गरी सम्मानित गर्दै आएको छ ।
कार्तिक १७, २०७५
गोस्वामीको कोशिष–२ एल्बम सार्वजनिक
कान्तिपुर संवाददाता
अष्ट्रेलिामा रहेर सांगितिक सृजना गर्दै आएका युवा गायक राजकुमार गोश्वामीले एकल सांगितिक एल्बम कोशिष–२ सार्वजनिक गरेका छन् ।
कार्तिक १६, २०७५
हरिवंश मामाघरमा
नारायण खडका
चाडपर्व आयो कि कलाकारलाई दसैं लागेझैं हुन्छ  । अझ दसैं–तिहारको चटारो त बेग्लै ! बाहिरका नेपालीहरू आफन्त मिलनको चाह बोकेर मुलुक फिरिरहेका बेला कलाकर्मी भने कन्सर्ट या सांस्कृतिक प्रस्तुतिका लागि विदेश उडिरहेका हुन्छन्  ।
कार्तिक १५, २०७५
नेपालीभाषी भुटानीहरुले मनाए पुनर्वास एक दशक
नारायण खड्का
अस्ट्रेलियाका विभिन्न शहरहरुमा शरणार्थीका रुपमा पुनर्वासमा आएका नेपालीभाषी भुटानीहरुले पुनर्वासको एक दशक विभिन्न कार्यक्रमहरु गरेर मनाएका छन्।
हलोविनमा रमाए नेपाली बालबालिका
कान्तिपुर संवाददाता
सिड्नीको पेन्टहस्टमा बस्ने ५ वर्षकी आरुषी पोखरेल बुधबार भूतको लुगामा बिहानैदेखि सजिएर बसिन् । हेर्दै डर लाग्ने पोशाक,मेकअप लगाएर आफुले चिनेका छिमेकी र ठुलाबडाहरुकोमा गएर उनीहरुलाई तर्साउन उनी आफ्ना आधा दर्जन साथीहरु लिएर साँझभरी हिँडेकी थिईन् ।
कार्तिक १२, २०७५
हरिवंशले हँसाए अष्ट्रेलियाका नेपालीलाई
नारायण खड्का
हरिवंश आचार्य नेपालीहरुको लागि नयाँ नाम होईन् तरपनि आइतबार हरिबंश आचार्यले कलाकारिताको उत्कृष्ठ उदाहरण दिएर यहाँका नेपालीलाई नतमस्तक बनाइदिए । उनको प्रस्तुतीले यहाँका नेपालीहरु नतमस्तक मात्र भएनन् कि हरिबंशजस्तो अन्य नेपाली कलाकार नभएको दाबी समेत गर्न भ्याए ।
कार्तिक ११, २०७५
ओमनमा नेपालीलाई निशूल्क स्वास्थ्य परिक्षण
कान्तिपुर संवाददाता
ओमनस्थित नेपाली दूतावासले अविर अस्पतालको सहकार्यमा नेपालीको स्वास्थ्य परिक्षण निशुल्क रुपमा गरेको छ ।
युएईमा नेपाली युवतीद्वारा सहकर्मीको हत्या
होम कार्की
संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाँमा सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी छिन् । एक जनाको अवस्था गम्भीर छ । दुई जना सामान्य घाइते भएका छन् ।
बेलायत गृहमन्त्रीले गोर्खाका सन्तानको डीएनए परीक्षण गराएकोमा क्षमा मागे
कान्तिपुर संवाददाता
आफ्नो गल्ती ढाकछोप होइन, बरु सार्वजनिक रुपमै माफी माग्न र परिआए पदबाट राजिनामा दिन समेत पछि पर्दैनन् पश्चिमा मुलुकका राजनीतिज्ञ । गत साता बेलायती गृहमन्त्री साजिद जावीदले संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ मा आफ्नो मन्त्रालयको कदमप्रति क्षमा याचना गरे ।
कार्तिक ९, २०७५
कांग्रेसको बेल्जियम जनसम्पर्क समितिमा विवाद, पूर्व र वर्तमान दुई पदाधिकारी निष्काशित
कान्तिपुर संवाददाता
समानान्तर संस्था खोलेर गतिविधि गरेको भन्दै कांग्रेसको बेलिज्यमस्थित जनसम्पर्क समितिले संस्थाका पूर्व र वर्तमान दुई पदाधिकारीलाई कारबाही गरेको छ ।
कोरियामा आङकामी शेर्पाको मृत्यु, शव नेपाल पठाउन आर्थिक संकलन
कान्तिपुर संवाददाता
दक्षिण कोरियाको जिन्जु शहर स्थित अस्पतालमा उपचारर्थ दोलखा गौरीशंकर गाउँपालिका ९ घर भएका आङकामी शेर्पाको शुक्रबार निधन भएको छ । मृतक शेर्पा करीब एक महिनाअघि हृदयघात भएपछि उपचार गराइरहेका थिए ।
अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी शुरु
नारायण खड्का
प्रत्येक दुई बर्षमा नेपालको पर्यटन, कला संस्कृती र परम्पराको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने नेपाल महोत्सवको तयारी अष्ट्रेलियाको सबै शहरहरुमा शुरु भएको छ ।
बेलायतमा छानिए मिसेस सुन्दरी
कान्तिपुर संवाददाता
भनिन्छ सुन्दरताको कुनै मापदण्ड हुँदैन । न त त्यसलाई नाप्ने कुनै यन्त्र नै । तर पनि विश्वमा यस्ता कयौं प्रतियोगीता हुँदै आइरहेका छन् । यसै साता बेलायती नेपाली समुदायमाझ त्यस्तै एक प्रतियोगिता सम्पन्न भएको छ ।
कार्तिक ७, २०७५
कतारमा भलिवल प्रतियोगिता
कान्तिपुर संवाददाता
बिजया दशमीको अवसरमा कतारमा आयोजित भलिवल प्रतियोगिताको उपाधी आयोजक म्याग्दी सेवा समाज (मोना)ले हात पारेको छ ।
कार्तिक ४, २०७५