text
stringlengths
2
914
कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया वालिका निर्मला पन्त लगायतका महिलामाथि भएको हिंसा, बलात्कार र हत्याकाबिरुद्ध पेरिसका नेपालीहरुले बिरोध प्रदर्शन गरेका छन् ।
आश्विन ७, २०७५
अस्ट्रेलियाली नागरिकद्वारा क्यान्सरपीडित नेपाली साथीलाई १६ लाख सहयोग
कान्तिपुर संवाददाता
एक अस्ट्रेलियाली नागरिकले ब्रेन क्यान्सरबाट पीडित नेपाली साथीको उपचारका लागि हिँडेरै १६ लाख रुपैयाँ संकलन गरेका छन् । सिड्नीको सेन्ट्रल कोस्टका म्याट लोयडले डब्बोमा बस्दै आएका विदुर कर्माचार्यको उपचार खर्च जुटाउन नयाँ उपाय निकालेका हुन् ।
मलेसियामा गैरकानुनी कामदारविरुद्ध थप ‘कडाइ’
कान्तिपुर संवाददाता
गैरकानुनी आप्रवासी कामदारहरुविरुद्ध मलेसियाले थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन:भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि गत जुन ३० मा सकिएलगत्तै मलेसियाले संचालन गरेको ‘ओपिएस थ्री’ (ओप्स ३.०) नामक कारबाही अभियान जारी छ ।
आश्विन ६, २०७५
गोलीकाण्डमा एक नेपालीको मृत्यु
कान्तिपुर संवाददाता
बिहीबार मेरिल्याण्ड राज्यमा घटेको गोलीकाण्डमा एक नेपाली महिलाको मृत्यु भएको छ । मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा भएको गोलीकाण्डमा ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो ।
गोलीकाण्डमा नेपाली महिलाको मृत्यु
कान्तिपुर संवाददाता
बिहीबार मेरिल्याण्ड राज्यमा घटेको एक गोलीकाण्डमा एक नेपाली महिलाको मृत्यु भएको छ । मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा भएको गोलीकाण्डमा ४१ वर्षीया बृन्दा गिरीको ज्यान गएको हो । घटनामा अन्य तीन जनाको समेत निधन भएको प्रहरीले जनाएको छ ।
आश्विन ४, २०७५
कम्युनिस्ट शासनमा विकास सम्भव छैन : कांग्रेस नेता पौडेल
कान्तिपुर संवाददाता
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट एकताको नाममा अराजकता र दण्डहिनता बढ्दै गएको बताउँदै त्यसले लोकतन्त्रलाई धरापमा पारेको बताएका छन् ।
आश्विन ३, २०७५
मलेसियामा विशाक्त मदिरा सेवन प्रकरण : ६ जना नेपाली सहित १९ जनाको मृत्यु [अपडेट]
कान्तिपुर संवाददाता
मलेसियामा गत सोमबार विशाक्त मदिरा सेवन गरेपछि बिरामी परेका भनिएका ६ जना नेपालीसहित १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबैजना पुरुष रहेका छन् ।
आश्विन २, २०७५
मलेसियामा ४ नेपालीसहित ७ जनाको रहस्यमय मृत्यु
कान्तिपुर संवाददाता
मलेसियामा चार जना नेपालीसहित सात जनाको रहस्यमय मृत्यु भएको छ । उनीहरूको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने आंशका गरिएको छ ।
आश्विन १, २०७५
कतारमा प्रदेश नम्बर ३ गठन
कान्तिपुर संवाददाता
कतारमा प्रदेश नम्बर ३ बाट काम गर्न पुगेका नेपाली कामदारले प्रदेश नम्बर ३ को समन्वय परिषद् गठन गरेका छन् । समिर केशीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
कतारको अनेसासमा भट्टराई
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको अध्यक्षमा खोटाङका प्रेमप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
भाद्र ३१, २०७५
अष्ट्रेलियामा विज्ञ सम्मेलन : ज्ञान र सीपको पनि सदुपयोग गर्न आग्रह
नारायण खड्का
अष्ट्रेलियामा भएको विज्ञ सम्मलेनले विदेशमा रहेका नेपालीसँग पुँजीमात्र नभएर ज्ञान र सीपसमेत भएकाले उनीहरुको सदुपयोग गर्नका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिइएको छ ।
भाद्र ३०, २०७५
चेपाङ बस्तीको स्वास्थ्यचौकीलाई हङकङबाट सात लाख
किसन राई
मकवानपुरको चेपाङ बस्तीमा निर्माणाधीन स्वास्थ्यचौकीका लागि प्रथम मिसेज हङकङ नेपाल टीमले सात लाख सहयोग गर्ने भएको छ । मिस नेपाल श्रृङ्खला खतिवडाको प्रोजेक्ट उक्त स्वास्थ्यचौकी कैलाश गाउँपालिका–७ ताम्लाङमा रहने छ ।
भाद्र २९, २०७५
समुद्रमा हामफालेर आत्महत्या
कान्तिपुर संवाददाता
क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा बस्दै आएका एक नेपाली युवाले समुद्रमा हामफालेर आत्महत्या गरेका छन् । बे एरियामा बस्दै आएका विद्यार्थी सन्जित भट्टले बुधबार पुलबाट समुद्रमा हामफालेका थिए । भट्टको मुलघर नवलपरासीको परासी बजार रहेको बुझिएको छ ।
एनआरएनए क्षेत्रीय बैठक हङकङमा हुने
किसन राई
गैर–आवासीय नेपाली संघ (एनआरएनए)को छैठौं एशिया–प्यासफिक क्षेत्रीय बैठक मंसिर २२–२३ (डिसेम्बर ८–९)का दिन हङकङमा हुने भएको छ ।
अमेरिकामा नेपाली युवकद्वारा आत्महत्या
कान्तिपुर संवाददाता
क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा बस्दै आएका एक नेपाली युवाले समुद्रमा हामफालेर आत्महत्या गरेका छन् । बे एरियामा बस्दै आएका विद्यार्थी सञ्जित भट्टले बुधबार पुलबाट समुद्रमा हामफालेका थिए ।
भाद्र २८, २०७५
मलेसियामा भिसासम्बन्धी नयाँ नियम, हजारौं नेपाली लाभान्वित हुनसक्ने
कान्तिपुर संवाददाता
मलेसिया सरकारले विदेशी कामदारको अस्थायी रोजगार अनुमति (पीएलकेस) भिसा १० वर्षभन्दा बढी अवधिपछि नवीकरण नहुने प्रावधानमाथि हेरफेर गर्दै ३ वर्षसम्म थप्न सक्ने निर्णय गरेकाे छ।
भाद्र २६, २०७५
पशु चिकित्सक तिवारीको ओमानमा मृत्यु
कान्तिपुर संवाददाता
पशु चिकित्सक डा. विष्णुबाबु तिवारीको सोमवार ओमनमा मृत्यु भएको छ । ओमनको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा कार्यरत तिवारीको सडक दुर्घटनामा ज्यान गएको हो ।
अष्ट्रेलियामा दुई सातामा तीन नेपालीको मृत्यु
कान्तिपुर संवाददाता
दुई साताको अवधिमा अष्ट्रेलियाको सिड्नीमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक विद्यार्थी, एक युवक र नेपालबाट आफन्त भेट्न सिड्नी आएकी एक महिला रहेको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।
भाद्र २५, २०७५
न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सवको तयारी पुरा
कान्तिपुर संवाददाता
नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) ले यही सेप्टेम्बर १५ र १६ मा आयोजना गर्न लागेको दोश्रो आदिवासी चलचित्र महोत्सव र निफ्फ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
भाद्र २४, २०७५
एभरेस्ट टाइम्सको १० औं वार्षिकोत्सवमा च्यारिटी कार्यक्रम आयोजना
कान्तिपुर संवाददाता
बेलायतबाट प्रकाशित हुँदै आएको एभरेस्ट टाइम्सले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा च्यारिटी कार्यक्रम गरेको छ । उक्त पत्रिकाले अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार च्यारिटी कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । च्यारिटीबाट संकलित रकम नेपालमा क्रियाशील अपांगता भएका महिला पत्रकारहरुलाई पुरस्कृत गरिने एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक दुत पुनले जानकारी दिए ।
भाद्र २२, २०७५
साथी बचाउन २५० किलोमिटर पदयात्रा
नारायण खडका
क्यान्सरपीडित, त्यो पनि ब्रेन क्यान्सरको तेस्रो स्टेजमा पुगेर बाँच्ने संघर्ष गरिरहेको साथी बचाउन केसम्म गर्न सकिन्छ ? सिड्नीका एक अस्ट्रेलियाली नागरिकले आफ्ना नेपाली साथीको उपचारमा सहयोग जुटाउन २ सय ५० किलोमिटर जंगल पदयात्रा गर्दै छन् । त्यो पनि लगातार १० दिनसम्म ।
भाद्र २१, २०७५
मलेसियामा कामदारको पारिश्रमिक वृद्धि, आगामी जनवरीदेखि लागू हुने
कान्तिपुर संवाददाता
मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
भाद्र १९, २०७५
एम्बेसी फेस्टिवलमा नेपालको सहभागिता
कान्तिपुर संवाददाता
नेदरल्याण्ड्सको डेन हाग नगरपालिकाको सहयोगमा लाइभ वेभ संस्थाले आयोजना गरेको बहु सांस्कृतिक प्रवर्द्धन गर्नका लागि गत एक सेप्टेम्बरमा आयोजना गरेको एम्बेसी फेस्टिवलमा नेपाली दूतावास बेल्जियमले पनि सहभागिता जनाएको छ ।
भाद्र १८, २०७५
सर्वाेच्चको आदेशप्रति अस्ट्रेलियाका नेपाली खुसी
नारायण खड्का
सर्वाेच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन दिएको आदेशप्रति अस्ट्रेलियाका नेपालीले खुसी व्यक्त गरेका छन् । प्रवासी नेपालीहरूको संगठन एनआरएनएले उक्त आदेशको स्वागत गरेको छ ।
भाद्र १७, २०७५
बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसका रुपमा मनाउन स्वामी अरुणको अभियान
कान्तिपुर संवाददाता
बेलायत भ्रमणमा रहेका ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन अभियान थालेका छन् ।
भाद्र ११, २०७५
लन्डनमा नेपाल बिर्साउने मेला
नवीन पोखरेल
दिनभर परिरहेको झरी पर्वाह नगरि आइतबार केम्पटन पार्क रेस कोर्समा हजारौं नेपाली ओइरिए । बेलायतका नेपालीलाई तानेको थियो नेपाली मेलाले । नेपालमै दुर्लभ लाग्ने साँस्कृतिक झांकी, नृत्य र भेषभुषाले ‘मिनी नेपाल’ झैं लाग्थ्यो त्यहाँको माहोल ।
भाद्र १०, २०७५
सिड्‌नीमा ओसिनिया क्षेत्रका विज्ञहरुको सम्मेलन हुने
कान्तिपुर संवाददाता
अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक ओसिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रहरुमा सफलता हासिल गरेका विज्ञहरु सम्मिलित सम्मेलनको आयोजना हुने भएको छ ।
नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लामा मातृशिशु केन्द्र बनाउने